वीरगन्ज– कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट जोगिन सरकारले मुलुकभर ‘लकडाउन’ को घोषणा गरेको छ ।
सरकारले गरेको घोषणाको पालना गर्नु एक नेपालीको कर्तव्य मात्र होईन । यस्तो संकटको घडीमा सरकारको घोषणालाई एक जिम्मेवार नागरिकको रुपमा थप प्रभावकारी कसरी बनाउँन सकिन्छ त्यसमा सबले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
‘लकडाउन’ पालना गर्न र गराउँन आम जनता पनि आ—आफनो स्तरबाट सहयोग गरीरहेको छ । सरकारको जारी दिशा निर्देशको पालना गर्दै यहाँका मठ मन्दिर, पसल, व्यापार, उद्योग, सवारी साधन लगायत सम्पूर्ण सेवाहरु बन्द गरेर आफनो स्तरबाट सहयोग गरी रहेका छन् ।

कोरोना भाइरस कसैलाई चिन्दैन, नजात हेर्छ, नसमुदाय, नत धनी हेर्छ नत गरिब, ठूला बडालाई पनि चिन्दैन यो भाइरसले । एक अर्काको माध्यमले सर्ने एक प्रकारको प्राणघातक सरुवा रोग भएकोले यसबाट बच्नको लागि एकअर्काको सम्पर्क जोड्नकै लागि अहिले मुलुकभर ‘लकडाउन’ को घोषणा गरिएको हो ।
सरकारले आफनो लागि ‘लकडाउन’ गरेको होईन । नेपाली जनताको ज्यानको सुरक्षाको लागि ‘लकडाउन’ गरेको हो तर यहाँका केहि मुस्लिम समुदायले सरकारले गरेको घोषणाको उलंघन गरेको भेटिएको छ । वीरगन्जको मेनरोड स्थित लाठगल्लीमा रहेको मदीना जामे मस्जिदमा नवाज पढ्नको लागि मुस्लिम समुदायको सामुहिक भेला भएको छ ।
सरकारले घोषणा गरेको ‘लकडाउन’ को ठाडो उलंघन गरी केहि मुस्लिम समुदायका व्यक्तिहरु शुक्रबार दिउँसो करिब १ बजेको नवाज पढ्न मदीना जामे मस्जिदमा सामुहिक भेला भएका हुन् । गस्तीमा रहेको नेपाल तथा सशस्त्र प्रहरीले मस्जिदमा सामुहिक भेला भएको देखेपछि रोकेका थिए ।
प्रहरीले सामुहिक भेला भएर नवाज नपढ्न आग्रह गरेको थियो । तर उनको आग्रहको पालना कसैले गरेन् । नवाज पढ्न आएका एक मुस्लिम युवकले प्रहरीलाई उल्टै थर्काउँदै हामी सामुहिक भेला भएर नै मस्जिदमा नवाज पढछौ तपाईको हिम्मत छ भने रोकेर देखाउन चेतावनी दिए ।
उनको कुरा सुनेर प्रहरी केहि जवाफ दिन सकेन् । धार्मिक स्थल भएको हुनाले प्रहरीले कुनै कारवाही गरेन् सयंता अपनाउँदै सामुहिक भेला बारे आफनो माथिलो निकायका प्रमुखलाई फोन गरेर जानकारी गराएका थिए । एकजना प्रहरीले नाम नछाप्ने सर्तमा भने, नवाज पढ्न आएका ति युवकले भड्किलो कुरा गरीरहेको थियो तर हाम्रो सरले उसको कुरालाई वास्ता गरेनन् धार्मिक स्थल नभएको भए त्यसको हालत खराब हुन्थ्यो ।
हामीले सकभर सम्झाउँने प्रयास ग¥यो, कोरोना भाइरस एकअर्काबाट सर्न सक्ने प्राणघातक रोक भएकोले यसरी भेलाभयो भने तपाईहरुकै ज्यान जोखिम हुन्छ, परिवारका सदस्य बाहेक जो जो संग सम्पर्क हुन्छ त्यसमा पनि सर्न सक्छ र ज्यान पनि जान सक्ने भएकोले यसी सामुहिक भेला भएर नवाज नपढ्न आग्रह ग¥यो उनले भने ।

मस्जिदमा सामुहिक भेला भएको बारे आफूले पनि आज मात्र जानकारी पाएको छु सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता ललित कुमार बस्नेतले भने, ‘हामीले सोचेका थिएनौं मस्जिद खुल्ला होला प्रहरीले घटनाबारे जानकारी गराई सकेको छ, आज बस्ने सुरक्षा समन्वय समितिको बैठकमा सम्बन्धीत सस्थाका प्रतिनिधिलाई बन्द गर्न निर्देशन दिन्छौं मानेन् भने कानुन बमोजिम कडा कारवाही गर्ने छौ ।
सरकारले चालेको ‘लकडाउन’ को अभियान पूर्णरुपमा पालना गराउँनको लागि वीरगन्जको प्रसिद्ध गहवामाई मन्दिर लगायत मठमन्दिरहरु पूर्णरुपमा बन्द गरिएको छ । केहि मस्जिद पनि स्वयरुपमा स्थानिय मुस्लिम समुदायले बन्द गरेर राखेका छन । सस्थाका प्रतिनिधिले स्वंय सूचना टाँसेर ‘लकडाउन’ अवधिभर र सरकारले अर्को निर्णय नगरुन्जेल सम्पूर्ण मठमन्दिरहरु पूर्णरुपमा बन्द गरिएको जानकारी गराएका छन ।
‘लकडाउन’ अवधीभर आ—आफनो घरमा पुजापाठ गरी सरकारले गरेको निर्देशनका पालना गर्न अनुरोध गरिएको सूचनामा उल्लेख गरिएको छ ।
Via :- The nepal top
वीरगन्जका सडक र चोकहरूमा गीत बजाएर नाचगान गर्दै मानिसहरूले रङ–अबिर साटासाट गरे भने ग्रामीण क्षेत्रमा होली गीत गाएर मनाइयो। 
बुधबार घरमा खानपानको ब्यवस्थापन गरेर आफ्ना इस्टमित्र र आफन्तलार्इ बोलाइ खुवाउने र होली बुधबार पनि मनाउने भएका हुन् ।



बाटोमा मलाई सधैं सताइरहने एउटा केटाले जग दिँदै भन्यो – पानी खाने हो? खाऊ! म नखाने भन्दै ऊसँग तर्किएर फटाफट अगाडि बढेँ। उसले मलाई मेरो नाम लिँदै पछाइरह्यो। म रोकिइनँ।



चिसो हवा चलन साथ विरगंज लगायत मधेश साथै देशमैं बढेको जाडो ले जनजीवन प्रभावित हुन साथ हरेक बर्ष धेरै मानिसहरु कष्टकर जिवन बाचन वाध्य भएका हुने गरेका छन ।

वीरगञ्जबाट सशस्त्र प्रहरीले ११ किलो चरेस बरामद गरेको छ । मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लग्दै गरेको अवस्थामा उक्त चरेस सशस्त्र प्रहरीले विहिवार बरामद गरेको हो ।
२ बर्ष नेपाल प्रहरीको विपद व्यवस्थापन महाशाखा समेत काम गरेका प्र नि मैनालीले स्वदेश तथा विदेशमा विपद सम्बन्धि बिभिन्न तालिम गरेका छन । उनको क्षमताको मनन गर्दै उनलाई अन्तराष्ट्रिय प्रशिक्षकको रुपमा पाकिस्तान पठाइएको हो । त्यसो त उनि नेपालमा भएका विपद व्यवस्थापन सम्बन्धी प्रशिक्षणहरुमा निरन्तर प्रशिक्षको रुपमा काम गर्दै आएका छन । यस अघि गत श्रावणमा नेपाल, भुटान, श्रिलंका र माल्दिभ्सका प्रशिक्षार्थीहरु सहभागि भएका Regional Collapsed Structure Search and Rescue (CSSR)” तालिममा नेपाल प्रहरीको तर्फबाट प्रशिक्षकको रुपमा खटिएका थिए ।