युवा नेता बरनवाल द्वारा निरन्तर पाँचौ दिन सहयोग
अति नै जाड़ों र कुहिरो बिच आफ्नो ज़िम्मेवारीलाई निरन्तरता दिदै आज पुनः बिरगंजको सड़क पेटिका मा राती जिवन काटन बाध्यहरु लाई यस्तो चिसो मौसममा न्यानो बनाउन प्रयास जारी राखेका छन बिरगंजका युवाहरु ले ।
आज मध्यरात्रि मा बिरगंज को विभिन्न सड़क खण्डमा सुतिरहेको अवस्थामा भेंट भएका महानुभावहरु लाई कम्बल बाडेका छन ।

विधार्थी नेता निखिल बरनवाल को अगुवाई मा युवाहरु ले माध्यरात मा कम्बल सहयोग गरेका छन ।
यो सानो प्रयास ले परिवर्तन आओस र सम्पुर्ण मानव ले यो शीतलहर बाट बाचेर सुकुन साथ सुतन पाओस भन्ने कामना गर्दछु ।
