- प्र नि मैनाली अव अन्तराष्ट्रिय प्रशिक्षक
प्रहरी निरिक्षक कुमार मैनाली विपद व्यवस्थापन सम्बन्धमा सञ्चालन हुने CADRE तालिमको अन्तराष्ट्रिय प्रशिक्षक बनेका छन । पाकिस्तानको इस्लामावादमा नोभेम्वर २१ देखि २८ सम्म सञ्चालित तालिममा उनि नेपाल प्रहरीवाट प्रशिक्षककको रुपमा खटिएका थिए । Community Action for Disaster Response (CADRE) समुदायमा आधारित विपद उद्दार सम्वन्धि तालिम हो । यस तालिम मार्फत समुदायका सदस्यहरुलाइ तालिम दिइ उनिहरुको विपद उद्दार सम्बन्धि क्षमता अभिवृद्दि गरिन्छ । विपद व्यवस्थापनको क्षत्रमा लामो समयदेखि काम काम गर्दै आएका मैनाली प्रहरी संगठनभित्र पनि क्षमतावान अधिकृत मानिन्छन ।
२ बर्ष नेपाल प्रहरीको विपद व्यवस्थापन महाशाखा समेत काम गरेका प्र नि मैनालीले स्वदेश तथा विदेशमा विपद सम्बन्धि बिभिन्न तालिम गरेका छन । उनको क्षमताको मनन गर्दै उनलाई अन्तराष्ट्रिय प्रशिक्षकको रुपमा पाकिस्तान पठाइएको हो । त्यसो त उनि नेपालमा भएका विपद व्यवस्थापन सम्बन्धी प्रशिक्षणहरुमा निरन्तर प्रशिक्षको रुपमा काम गर्दै आएका छन । यस अघि गत श्रावणमा नेपाल, भुटान, श्रिलंका र माल्दिभ्सका प्रशिक्षार्थीहरु सहभागि भएका Regional Collapsed Structure Search and Rescue (CSSR)” तालिममा नेपाल प्रहरीको तर्फबाट प्रशिक्षकको रुपमा खटिएका थिए ।
वडा प्रहरी कार्यलय श्रीपुर, पर्सामा रहँदा समेत उनले स्कुल तथा समुदायमा विपद उद्दार सम्वन्धि सचेतना कार्यक्रम हरु गरी समुदाय र प्रहरीलाइ जोड्ने काम गरेका थिए ।