दशरथ रंगशालामा हुने उद्घाटन समारोहमा प्रत्यक्ष सहभागी हुन नसक्ने अवस्था रहेकाले आइसियूबाटै प्रधानमन्त्रीले टिभीमार्फत उदघाटन हेर्नुहुनेछ । मनमोहनको पाँचौ तल्लास्थित आईसीयुमै उहाँका लागि टिभी सेट उपलब्ध गराइएको उहाँको उपचारमा संलग्न डाक्टर अरुण सायमीले जानकारी दिए ।
प्रम ओलीले सागको उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण (लाइभ) हेर्ने इच्छा व्यक्त गर्नुभएकोले आइसियूमै टिभी उपलब्ध गराइएको डा सायमीको भनाइ छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको समेत उनकाे भनाइ छ ।