
सर्लाहीको बरहथवामा भएको गोली काण्डमा मृतक परिवार र प्रदेश सरकारबीच सहमति भएको छ । पाँच बुँदे सहमतिपछि मृतक जयशँकर साहको शव अन्तिम सँस्कारको लागि उठाउने सहमति भएको हो ।
सर्लाहीको बरहथवा घटना सम्बन्धमा पाँच बुँदे सम्झौतामा सरकारको प्रतिनीधिले सहमति जनाएपछि लाउ उठने सहमति भएको मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले जानकारी दिएका छन् ।
दुई पक्षबीच बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरि ५० सैय्याको बनाउने , सो अस्पतालको नाम मृतकको नाउँबाट नामाकरण गर्ने , मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने , संघीय सरकारले मृतक परिवारलाई १० लाख दिने घोषणा गरेको र प्रदेश सरकारले समेत पहल गर्ने र गोलि हान्ने प्रहरिलाइ अविलम्ब कारवाही गर्ने लगायतका मुख्य सम्झौता भएको हो ।
यो सहमती संगै मृतक जयशंकर साहको शव आजै घटनास्थलबाट उठने भएको छ । ज्ञातव्य छ, शुक्रबार अस्पतालको विषयलाई लिएर भएको प्रदर्शनको क्रममा प्रहरीले समेत निर्दोष भनेका जयशँकर साहलाई प्रहरीको गोली लागेर मृत्यू भएको थियो ।