विश्व व्यापी रुपमा फैलिएको COVID-19 (कोरोना भाइरस) को महामारी दिनदिनै बढदै गइरहेको सबैमा सर्वविदितै छ, सो नियण्त्रणको लागी नेपाल सरकारको निर्णय अनुसार जारी गरिएको लक डाउनको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणको निमित्त जि.प्र.का. पर्साबाट अनुगमनको लागी खटिएको प्रहरी टोलीले मिति २०७६।१२।१३ गते वेलुका अं.२०:३० बजेको समयमा जि.पर्सा, वीरगंज म.न.पा.वडा नं.१ छप्कैया स्थितबाट ऐ.ऐ.स्थान वस्ने अं.वर्ष ५० को जगनारायण पटेलले बजार मुल्य भन्दा दोब्बर, तेवर मुल्यमा आलु र प्याज प्रति के.जी रू. १००।- रुपैयाको दरले कालोबजारी गरि बेचि रहेको अवस्थामा आलु र प्याज सहित निजलाई नियन्त्रणमा लिई यस का.मा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।
वीरगंजमा कालोबजारी गर्ने मानिस नियन्त्रणमा
4