चैत, वीरगञ्ज । हर्न र प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयन हुन नसकेको वीरगञ्ज महानगरपालिकाले पुनः अर्को निर्णय गरेको छ । वीरगञ्ज महानगरपालिकामा मंगलबार बसेको बैठकले जथाभावी ध्वनि प्रदूषण गर्न नदिने निर्णय गरेको हो !
राति १० बजेदेखि बिहान ६ बजेसम्म कुनै किसिमको ध्वनि प्रदूषण गर्न नपाउने निर्णय गरिएको नगरप्रमुख बिजय कुमार सरावगीले जानकारी दिए । ‘महानगरपालिकाले ध्वनी प्रदूषण गर्न नपाउने गरी ऐन यसअघि नै ल्याइसकेको छ । राजनीतिक पार्टी, प्रशासन लगायत सरोकारवालासँग छलफल गरेर कडाइका साथ कार्यान्वयन गर्न खोजेका हौं ।’
उनले चर्को आवाजमा विवाह/उत्सवमा डिजे घुमाउन नपाउने र प्रेसर हर्न बजाउनेलाई कारबाही गरिने बताए ।