काठमाडौं, ४ चैत । प्रदेश २ को नामाकरणका लागि भएको मतदानमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जानकी प्रदेश प्रस्ताव प्रदेशसभामा अस्वीकृत भएको छ ।
१०७ सजना प्रदेशसभा सदस्य रहेको प्रदेश २ मा जानकी प्रदेशका लागि भएको गोप्य मतदानमा ३७ जना प्रदेश सांसदले हुन्छ र ७० सांसदले हुन्न भन्नेमा मतदान गरेका छन् ।
यो सँगै नेकपाको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । सत्तारुढ समाजवादी पार्टी र राजपा नेपाल मधेश प्रदेश हुनुपर्ने अडान सुरुदेखि नै राख्दै आएको छ । यता, नेपाली कांग्रेसले मिथिला भोजपुरा र केही सांसदहरुले मध्य मधेश भन्दै आएका छन् ।
अब सत्तारुढ दल समाजवादी र राजपाको मधेश प्रदेश प्रस्ताव दुई तिहाइले पास हुने सम्भावना बढेको दाबी गरिएको छ ।