पुस १०, काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ । नेपाली समय अनुसार सूर्यग्रहण काठमाडौंमा विहान ८:४३ मा सुरु भई ११:३३ मा सकिनेछ ।
भने, सुदूरपश्चिमको महेन्द्रनगरमा ८:३८ मा सुरु भई ११:१९ मा सकिनेछ भने पूर्वको झापामा भने ८:४८ मा सुरु भई ११ः २७ मा सकिनेछ । भने १०ः०१ मा मध्य हुने सूर्यग्रहण र ११ः३१ मा मोक्ष हुनेछ ।
यस आधारमा सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेटको रहनेछ ।ज्योतिषीहरुका अनुसार यो सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भई पूर्व र दक्षिण को बीचमा मोक्ष हुनेछ ।
सूर्यग्रहण नेपाल, भारत, श्रीलंक लगायत एसियाका सबै तथा हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम अस्ट्रेलिया, पूर्वी अफ्रिकालगायत विश्वका अधिकांश ठाउँबाट देख्न सकिने जानकारहरुले बताएका छन् ।
सूर्य ग्रहणको फल राशीअनुसार निम्नबमोजीम रहने बताइएको छ ।
मेष– मानहानी
वृष– कष्ट
मिथुन– स्त्रीपीडा
कर्कट– सुख
सिंह– चिन्ता
कन्या– व्यथा
तुला– श्रीप्राप्ति
बृश्चिक– क्षति
धनु– घात
मकर– खर्च
कुम्भ– लाभ
मीन– सुखदायी
सूर्य ग्रहणलाई कसरी हेर्ने ?
सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन । यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ । साथै एक्स-रे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नु हुँदैन ।
हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ, साधारण चश्माबाट यसको अवलोकन गर्नु हुादैन ।
सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावबारे भने हालसम्म कुनै पनि वैज्ञानिक आधारहरू प्राप्त हुन नसकेको खगोलविदहरु बताउँछन् ।