गढीमाई भर्न पुगेको नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल गढीमाई मन्दिरमा पूजा गर्दै |
मेला सुरु भएको २१औ दिनसम्म आई पुग्दा ६० लाख भन्दा बढी श्रद्धालुहरु सहभागी भएका देखिन्छ,’ गढीमाई पञ्चवर्षिय मेला मुल व्यवस्थापन समितिका महासचिव मोतिलाल कुसवाहाले भने, ‘सहभागी भएका मध्ये ४० लाख भन्दा बढी भारतीय श्रद्धालुहरु रहेका छन्।’
गढीमाई मेलामा राँगा र बोकालगाएत पशुबलि दिइएको मंसिर १७, १८ र त्यस भन्दा एक दिन अघि मंसिर १६ गते गरि दिनमा मात्रै ३५ लाख भारतीय श्रद्धालुहरु मेला भर्न आएको दावी कुसवाहाले गरे।
नेपाली श्रद्धालु भन्दा बढि भारतीय श्रद्धालुहरु भाकल माग्न गढीमाई मन्दिरमा आउने गरेको जसले गर्दा मेलामा भारतीयहरु लाखौ संख्यामा आउने गरेको मन्दिरका पुजारी शिव चौधरीले बताए।