4
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले पौडीमा ऐतिहासिक स्वर्ण हात पारेकी छन्।
उनले २ सय मिटर फ्रीस्टायलमा स्वर्ण जितेकी हुन्। उनले भारतकी सुभांगी सिंहलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन्।
उनले निर्धारित दूरी २ मिनेट ०५.०६ सेकेन्डमा पौडिइन्। यसअघि नेपालले १९९९ मा टिम रिलेमा स्वर्ण जितेको थियो। नेपालले साग इतिहासमा पौडीमा २० वर्षपछि स्वर्ण जितेको हो।
गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औं सागमा रजत र कास्य पदक जितेकी थिइन्।