कप्तान ज्ञानेन्द्र मल्लले भुटान विरुद्ध शतक प्रहार गरेका छन् । उनले आफ्नो शतक दुई महिनाकी छोरीलाई समर्पित गरे ।
फोटो @cricketing Nepal/ Kaushal Adhikari
नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भुटान बिरुद्धको खेलमा शतक प्रहार गरे पछि आफ्नो शतक छोरीलाई समर्पण गरेको बताएका छन् ।
त्रिवि क्रिकेट मैदानमा भुटानले टस जितेर पहिले फिल्डिङ्ग गर्ने निर्णय लिएपछि पारस र ज्ञानेन्द्रले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए । यसअघि ज्ञानेन्द्र र प्रदिप ऐरिले नेपालका लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए ।
उनीहरुले जुलाईमा सिँगापुरमा भएको आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकप क्वालिफायर एसियामा मलेसियाबिरुद्ध उक्त किर्तिमान राखेका थिए । २८ बलमा ५७ रन बनाई आउट भएका पारसले २२ बलमै अद्र्धशतक पुरा गरेका थिए । उनले ९ चौका र एक छक्का प्रहार गरेका थिए ।