काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेवसाइट केपीशर्माओलीडटकम (kpsharmaoli.com) मा पोर्न भिडियो अपलोड भएको पाइएको छ । व्यक्तिगत जानकारी समेटिएको ओलीको सो वेभसाइटको डोमेन एक्पाएर भएपछि अन्य व्यक्तिले पुनः दर्ता गरी पोर्न भिडियो अपलोड गरेको देखिन्छ ।
सन् २०१७ को मार्च अन्तिमतिरसम्म व्यक्तिगत जानकारी समेटिएको ओलीको वेवसाइट अस्तित्वमा देखिएपनि त्यसपछि भने अर्कै व्यक्तिले दर्ता गरेर दुरुपयोग भएको देखिन्छ । लामो समयसम्म ओलीले सो डोमेन नवीकरण नगरेपछि अर्कैले दर्ता गराएर दुरुपयोग गरेको बुझिएको छ ।
चीनको छेन्दु वेस्ट डायमेन्सन डिजिटल टेक्नोलोजीले सन् २०१९ को मे २८ मा सो वेवसाइटको डोमेन पुनः दर्ता भएको देखिन्छ । यस्तै डोमेनको म्याद सकिने मिति आगामी मे २८ उल्लेख छ । आईपी लोकेसन क्यालिफोर्निया देखाइएको डोमेन दर्ता गरिँदाको आईपी ठेगाना 156.238.216.62 देखिएको छ ।
उक्त वेवसाइटमा अहिले सयौँ अश्लिल भिडियोहरु राखिएको छ ।
यस्तो तथ्य थाहा पाएर सो वेवसाइट सरकारले बन्द गराएको भएपनि भीपीएन प्रयोग गरेर अझै हेर्न सकिने अवस्था छ । भीपीएन प्रयोग नगरी खोल्दा भने संचार तथा सूचना प्रविधि मन्त्रालय, तथा नेपाल दुर संचार प्राधिकरणको निर्देशन बमोजिम वेबसाईट बन्द गरिएको उल्लेख गरिएको छ । व्यक्तिगत वेवसाइट नवीकरण नगरेका ओलीको अहिले अर्कै वेवसाइट http://kpsharmaoli.com.np/ सञ्चालनमा छ ।
via :- Ratopati.


सिन्धुपाल्चोक– दोलखाको कालिन्चोक भगवतीको दर्शन गरेर फर्किदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
हरेक पाँच वर्षमा मनाइने गढीमाई मेलामा श्रद्धालुहरूले चढाईएको नगद तथा जिन्सी तथा नगद रकम यकिनगर्न समितिले गन्ती शुरु गरेको छ ।
दश बालक उद्धार, दलाल र चोर पक्राउ:
काठमाडौँ – काठमाडौँमा बिहिबार साँझ भूकम्पको धक्का महशुस गरिएको छ। बिहिबार साँझ ७ बजेर १२ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्पको विष्तृत जानकारी भने प्राप्त हुन बाँकि छ।
भारत बिहारकी बालिका मामा घर कलैयामा गढिमाई दर्शनका लागी अभिभावकसँग आएकि थिइन्। गत मंसिर १७ गते मेलाको मुख्य दिन मंगलबार दिउँसो पिडित बालिकाका सानो भाइ बिरामी हुँदा उनकी आम भाइलाई लिएर स्वास्थ्य चौकि गइन्।