भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारत विरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ। नेपाल-भारत सहसचिव स्तरीय सीमा व्यवस्थापनसम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुप’ (जेडब्लजी) को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो।
नेपाल-भारत सीमा व्यवस्थापनको १२औँ बैठकमा भारतीय पक्षले सीमासम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरसाबाट भारत विरोधी आतङ्कवादी काम भइरहेको आरोप लगाएपछि नेपाली पक्षले प्रतिवाद गरेको थियो। बैठक बुधबार र बिहीबार नयाँ दिल्लीमा बसेको थियो। वार्तामा नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव एवं शान्तिसुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले गरेका थिए। भारतीय टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशीष कुमारले गरेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।
अन्तर्राष्ट्रिय
अमेरिकी सेनाका प्रशान्त क्षेत्र प्रमुख जर्नेल चार्ल्स ए फ्लिनले आफ्नो पहिलो नेपाल भ्रमण सम्पन्न
यस अवसरमा वहाँले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र नेपाली सेनाका अन्य इकाईहरूमा मानवीय सहयोग, विपद् व्यवस्थापन तथा राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यका निम्ति गरिएको अमेरिकी सहयोगको अवलोकन गर्नुभयो। साथै वहाँले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरी आपसी हितका क्षेत्रमा अमेरिका र नेपालबिचको सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरूबारे छलफल पनि गर्नुभयो।
photo credit :- Nepali army
निर्वाचन आचारसंहिता लागु हुँदै,प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाईन्छ ।

२५ चैत, काठमाडौं | आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि बर्जित हुन्छ । कुनै कार्यक्रम गर्नुभन्दा ७२ घण्टा अगाडि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्छ ।
यसैगरी योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन । यसैगरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ ।
दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला लगायत पनि बोक्न हुँदैन । तर उम्मेदवारले ‘ए–फोर’ आकारको कागजमा आफ्नो व्यक्तिगत विवरण खुलाएर वितरण गर्न भने मिल्छ । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ ।
प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न पाइन्छ तर दुई दलका मुख्य प्रचारकमात्र हेलिकप्टरमा हुनुपर्छ । तर साइकल, रिक्सा, ठेलागाडा,बयलगाडा, टाँगा लगायतका सवारी साधन चुनाव प्रचारमा प्रयोग गर्न भने नपाइने निर्वाचन आचार संहितामा उल्लेख छ ।
आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेको दोस्रो दिन अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानले आफ्नो धारणा सार्वजनिक गरेको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै तालिबान सरकारले सबै पक्षहरूलाई संयमता अपनाउनुका साथै वार्ता र शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो।

तालिबानले युक्रेनमा रहेका अफगान नागरिकको सुरक्षामा ध्यान दिन पनि दुबै पक्षलाई भनेको छ।
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उनले अब पारित हुने बताएका हुन् ।
प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उनलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अब पास हुन्छ ।’

प्रतिनिधिसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता एमससीसी अनुमोदनका लागि टेबल गरेका थिए ।
सप्तरी २३ फागुन । सप्तरीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भई उपचारको क्रममा एका पुजारीको निधन भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका नम्बर ९ घरहरीका ब्रम्ह देव साह भनिने ६५ वर्षीया रेखा दासको अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । दास ईटवालस्थित राम मन्दिरका महन्थ थिए ।
गत शुक्रवार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका नम्बर ५ तारखोला पुलस्थित बा ४० प २२१५ नम्वरको मोटरसाइकलले ठक्कर दिएपछि दास गम्भीर घाइते भएका थिए ।
रुपनीस्थित युनिक अस्पतालमा दासको उपचारपछि थप उपचारको लागी विराटनगरस्थित बिराटनर्सिङ अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा विहान ६ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।
मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका नम्बर ६ का ३० वर्षीय मोहम्मद रमजानी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
source :- Yatradaily
सरकारले काठमाडौँ–रक्सौल जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडलाई अनुमति दिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले काठमाडौँ–रक्सौल अन्तरदेशीय रेलमार्ग निर्माण तथा सञ्चालन गर्न डीपीआर तयार गर्न भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडले अनुमति माग गरेकोमा अनुमति प्रदान गरिएको जानकारी दिनुभयो । रेलमार्ग निर्माणको डीपीआर तथा निर्माण कार्य अगाडि बढाउन भारतले गएको भदौमा नेपाल सरकारसँग औपचारिक अनुमति मागेको थियो ।
रेलमार्गको डीपीआरसहित सम्पूर्ण निर्माण कार्य सुरु गर्नुअघि भारतद्वारा पठाइएको पत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो रायसहित डीपीआर लगायत निर्माण कार्य अगाडि बढाउन स्वीकृति प्रदान गरी भारतलाई पत्र पठाइसकिएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको रायसुझावसहित सहमति लिई डीपीआरसहित निर्माण कार्य अगाडि बढाउन अनुमति प्रदान गरिएको पत्र भारतलाई पठाइसकिएको छ भन्नुभयो । दुई दिनअघि भारतलाई पत्र पठाइएको बताउँदै उहाँले काम सुरु गर्न भारतीय पक्ष जनशक्ति र उपकरणसहित छिट्टै नै नेपाल आउने जानकारी दिनुभयो ।
कोङ्कर्ण रेल्वे कर्पोरेसनले यसअघि नै सो रेलमार्गको प्रारम्भिक अध्ययन (प्रिमिनरी इन्जिनियरिङ कम ट्राफिक सर्भे, पीईटी) गरी सोको प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको थियो । २०७६ भदौ १८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सो अध्ययनको प्रस्तुतिसमेत गरिएको थियो । प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार भारतको रक्सौलबाट नेपालको वीरगञ्ज सुक्खा बन्दरगाह हुँदै आउने यो रेलमार्ग बाराको जितपुर–निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएर काठमाडौँ आउने बताइएको छ । कुल लम्बाई १३६ किलोमिटर रहने यस रेलमार्गमा ४२ किलोमिटर सुरुङ रहनेछ ।
उक्त रेलमार्गको डीपीआर तयार गर्न भारत सरकारले यो वर्ष बजेट विनियोजनसमेत गरेको छ । भारत सरकारको सम्पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा सो रेलमार्ग निर्माण गर्ने सहमति दुई मुलुकबीच भएको हो । यो रेलमार्ग निर्माणमा कुल तीन खर्ब रुपियाँ खर्च हुने अनुमान छ ।
काठमाडौँमा २०७५ भदौमा सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले उक्त रेलमार्गको अध्ययन गर्न समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गर्नुभएको थियो ।
source :- Ankushdaily.
वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भइ अन्त्येष्टि समेत भइसकेका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण रहेको पुष्टि भएपछि अस्पतालमाथि कारबाही गरिने भएको छ। अस्पतालले सरकारको निर्देशिका विपरित स्वाब परीक्षणमा शंकास्पद रिपोर्ट देखिएका बिरामीको मृत्यु भएपछि रिपोर्टलाई गुपचुप राखी शव परिवारको जिम्मा लगाएको थियो ।
यो पनि पढ्नुहोस् : वीरगन्जमा मृत्यु भएका कोरोना संक्रमितको सूचना लुकाउन क-कस्को चलखेल ?
यस घटनामाथि छानबिन भइरहेको र गृह मन्त्रालय मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कारबाहीका लागि आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। शंकास्पद बिरामीको पीसीआर रिपोर्ट नआउदै हतार–हतारमा शव अन्त्येष्टिका लागि परिवारलाई दिइ चरम चरम लापरवाही गरेको र संक्रमितको विवरण लुकाइएको ७ दिनसम्म लुकाइएको विषयमा छानबनि गरी कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
मृतक वृद्धमा कोरोना संक्रमण रहेको सोमबार पुष्टि भएपछि ३ बजेदेखि अस्पतालको आईसीयू कक्ष सिल गरिएको छ। उपचारमा संलग्न मेडिकल कलेजका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखी पीसीआर जाँचको तयारी गरिएको छ।
मृतकको सम्पर्कमा आएकाहरुको कन्टयाक्ट ट्रेसीङ पनि सुरु गरिएको छ।
via :- healthpati
गोकुल बाँस्कोटाको घुस काण्डको समचार नयाँ पत्रिकाले छाप्न नमानेपछि पत्रकारले दिए राजिनामा
काठमाडौं– सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बाँस्कोटाको घुस काण्डको समचार छाप्न नमानेपछि नयाँ पत्रिका दैनिकका पत्रकारले राजिनामा दिएका छन्।
नयाँ पत्रीका दैनिकका पत्रकार पुष्प ढुंगानाले बास्कोटाले कमिसनका लागि डिल गरेको अडियो टेप बाहिरिदाँ पनि समाचार लेखेर पत्रिकाले छाप्न तयार नभएपछि पदबाट राजिनामा दिएका छन् !
सामाजिक संजालमा एक पोष्ट लेख्दै पत्रकार ढुंगानाले भनेका छन्, ‘मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन ।
ग्लानी यो अर्थमा कि मैले कसका लागि पत्रकारिता गर्दैछु ? खरदारले सय रूपैया घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु ।’

