१ वैशाख, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन मंगलबार वीरगञ्जमा र यसै साता राजविराजमामा जडान गर्ने बताएका छन् ।
कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले प्रदेशको अस्थायी राजधानी जनकपुर, प्रमुख व्यापारिक नगरी वीरगञ्ज र राजविराजमा कोरोना परीक्षण ल्याब स्थापना गर्ने निर्णय गरेको थियो । मंगलबार वीरगञ्जमा र यही साताभित्र राजविराजमा ल्याब स्थापना गर्ने मुख्यमन्त्री राउतले जानकारी गराएका छन् !
जनकपुरमा ल्याब सञ्चालनमा आइसकेको छ’ मुख्यमन्त्री राउतले नयाँ वर्षको अवसरमा दिएको शुभकामना सन्देशमा भनेका छन् ‘वीरगञ्जमा समेत भोलिदेखी ल्याब सञ्चालनमा आईसक्ने जानकारी गराउँदछु ।”
कोरोनाको उपचारको लागि एक दुई दिनभित्र महोत्तरीको जलेश्वर र बाराको कलैया अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सञ्चालन गर्ने उनले बताए ।
कोरोनाभाइरस सङ्क्रमणलाई थप फैलनबाट रोक्न सामाजिक दुरीलाई बनाउन सरकारले लकडाउन लगाएको हो । तर लकडाउनले गर्दा भने दैनिक ज्यालादारी, मजदुरी र गरिब परिवारलाई भने छाक टार्न समस्या परेको छ । सरकारले आफ्नो स्तरबाट त्यस्ता व्यक्तिको भोक मेटाउन प्रयास गर्ने पनि त्यो प्रयाप्त भने हुन् सकेको छैन ।





यो निरन्तर रुपले जारी रहने छ !
सबै सहयोगी हाथ लाई धन्यवाद !



Via :- The nepal top