काठमाडौं– वीरगञ्जमा ३ जनामा कोरोना पुष्टि भएसँगै वीरगञ्ज महानगरपालिकामा सुरक्षा व्यवस्था कडा पारेको छ । त्यस्तै वीरगञ्जको छपकैयास्थित मस्जिदमा क्षेत्रलाई सिल गर्ने तयारीमा भइरहेको छ ।
छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यसमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड–१९ पोजिटिभ देखिएको थियो । उनीहरूको नारायणी क्षत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
कोरोनाको संक्रमित भेटिएसँगै विरगञ्ज महानगरपालिकमा सुरक्षा समितिको बैठक बस्ने भएको छ । बैठकमा मस्जिद क्षेत्रलाई सिल गर्ने र जिल्लमा रहेको अन्य मस्जिदहरूमा कस्तो अनुगमन हुने भन्ने विषयमा छलफल हुने सहायक प्रमुख जिल्ला अधिकारी एवम प्रवक्ता ललित कुमार बस्नेतले जानकारी दिए ।