भारत बिहारकी बालिका मामा घर कलैयामा गढिमाई दर्शनका लागी अभिभावकसँग आएकि थिइन्। गत मंसिर १७ गते मेलाको मुख्य दिन मंगलबार दिउँसो पिडित बालिकाका सानो भाइ बिरामी हुँदा उनकी आम भाइलाई लिएर स्वास्थ्य चौकि गइन्।
केही बेरमा आमा घर फर्किदा बालिका घरको पछाडि रुदै बसेकि थिइन्। आमाले आएर हेर्दा उनको लुगा भरी रगत लागेको थियो। लडेर घाउ भयो भनेर ६ बर्षिया बालिका आमाको अगाडि रोहिरहिन्। रगत भने रोकिन सकेन।
बालिकाको अवस्था बिग्रदै गएपछि छिमेकीको सहयोगमा आमाले उनलाई बाराको कलैया अस्पतालमा लगिन्। तर,उनको अवस्था हेरेर कलैया अस्पतालले रेफर गरेपछि नारायणी अस्पतालमा उपचारका लागि ल्याइयो। सुरुमा बालिकाको शरीरमा लागेको रगत नर्सहरुले सफा गरे तर भर्ना गरेर उपचार गरेनन्। योनांगबाट रगत आइरहेको अवस्थामा नारायणी अस्पतालले डाक्टर नभएको बाहानामा नेशनल मेडिकल कलेजमा पठायो।
वीरगञ्जको नेशनल मेडिकल कलेजमा पुगेपछि बालिकाको योनांगमा हेर्दा बलात्कारको घटना थाहा भयो। बालिकाको योनांगबाट धेरै रगत बगिरहेको अवस्थामा मेडिकल डाक्टरले तत्काल उपचार गर्नुको सट्टामा प्रहरीसँग सम्बन्धित भएको भन्दै फेरि पनि सरकारी अस्पतालमा फर्काए। ‘पोलिस केस त थियो तर पहिला बालिकालाई उपचारको खाँचो थियो। उनीहरु नारायणीमै फर्केर आए। बालिकाका अभिभावक यसैगरि कहिले यता त कहिले उता भौतारिरहे ।
पिडितकी आमाले भनिन्–“नारायणी अस्पतालमा पुग्दा केहि बेर कु¥यौ तर मेरी छोरीलाई बरिष्ठ डाक्टर नभएको भन्दै भर्ना गरीएन्।” बालिकालाई उपचार नपाएपछि विचल्लीमा परेकी थिइन्। यता उति भागदौड गरिरहेकी ती बालिकाको आमालाई एक नर्सले देखिन्। उनै नर्सले वीरगञ्ज हेल्थ केयर अस्पताल लैजान सुझाव दिएसँगै राति करीब ८ बजे पिडितलाई लिएर अभिभावक हेल्थ केयरमा पुगे।
बलात्कारको सिकार भएर रक्तस्राव रोकिन नसकेको छट्पटाइरहेकी बालिकाको गम्भिर अवस्था देखेर पनि नारायणी र नेशनल मेडिकल कलेजका चिकित्सकहरुको मानवता नै हराएको थियो।
वीरगञ्ज हेल्थ केयरमा त्यहाँका चिकित्सकहरुले तत्काल मेडिकल प्रक्रिया पूरा गरी उपचार सुरु गरे। उता बालिकाको उपचार हुँदे गर्दा पर्सा प्रहरीलाई बलात्कारको घटनाका बारेमा जानकारी गराइयो।
उपचारमा संलग्न डा. मोला साहकाअनुसार घटना घटेको ७ घण्टा पछि शल्यक्रिया भएपश्चात बालिकाको रक्तश्राप रोकियो। समयमा बालिकाको उपचार सुरु नभएको भए ज्यान समेत जाने खतरा थियो। तर, अहिले शल्यक्रिया पछि बालिकाको अवस्था सामान्य भएपनि बालिका डराएको र मानसिक रुपले आघात पुगेको उपचाररत चिकित्सकले बताइन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। ‘बालिकाको मेडिकल जाँचलगायत आवश्यक अनुसन्धान शुरु गरेका छौं’ डिएसपी राठौरले भने ‘थप अनुसन्धान भइरहेको छ।’
via :-Nepali.BreakNlinks.com

सो कार्यक्रममा ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साका सचिव अरबिन्द सिह,समाजसेवी सन्जय अग्रवाल, बिक्की सरार्फ, उमेस गुप्ता, अमेय देशमुख, मनिस यादव, राम रहिम संस्थाका प्रतिनिधि, संचारकर्मि लगायतको उपस्थिति रहेको थियोे ।





२ बर्ष नेपाल प्रहरीको विपद व्यवस्थापन महाशाखा समेत काम गरेका प्र नि मैनालीले स्वदेश तथा विदेशमा विपद सम्बन्धि बिभिन्न तालिम गरेका छन । उनको क्षमताको मनन गर्दै उनलाई अन्तराष्ट्रिय प्रशिक्षकको रुपमा पाकिस्तान पठाइएको हो । त्यसो त उनि नेपालमा भएका विपद व्यवस्थापन सम्बन्धी प्रशिक्षणहरुमा निरन्तर प्रशिक्षको रुपमा काम गर्दै आएका छन । यस अघि गत श्रावणमा नेपाल, भुटान, श्रिलंका र माल्दिभ्सका प्रशिक्षार्थीहरु सहभागि भएका Regional Collapsed Structure Search and Rescue (CSSR)” तालिममा नेपाल प्रहरीको तर्फबाट प्रशिक्षकको रुपमा खटिएका थिए ।
दशरथ रंगशालामा हुने उद्घाटन समारोहमा प्रत्यक्ष सहभागी हुन नसक्ने अवस्था रहेकाले आइसियूबाटै प्रधानमन्त्रीले टिभीमार्फत उदघाटन हेर्नुहुनेछ । मनमोहनको पाँचौ तल्लास्थित आईसीयुमै उहाँका लागि टिभी सेट उपलब्ध गराइएको उहाँको उपचारमा संलग्न डाक्टर अरुण सायमीले जानकारी दिए ।




