
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वीरगञ्जको मेयरमा पत्रकार गिरिश गिरीलाई उम्मेदवार बनाउने भएको छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेको दोस्रो दिन अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानले आफ्नो धारणा सार्वजनिक गरेको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै तालिबान सरकारले सबै पक्षहरूलाई संयमता अपनाउनुका साथै वार्ता र शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो।

तालिबानले युक्रेनमा रहेका अफगान नागरिकको सुरक्षामा ध्यान दिन पनि दुबै पक्षलाई भनेको छ।
वीरगञ्ज, ८ फागुन । नेपाली कांग्रेस पर्साका युवा नेता कञ्चन झाले कांग्रेस महामन्त्री गगन थापालाई भेट््नुभएको छ । पार्टी र यसका भ्रातृ÷सुभेच्छुक संगठनहरुलाई कसरी थप चलायमान बनाउन सकिन्छ लगायतका विविध विषयमा छलफल गर्न नेता झाले महामन्त्री थापालाई भेट्नुभएको हो ।
भेटघाटमा नेता झाले युवा, समुदाय र सूचना प्रविधिका सवालमा आउँदा दिनहरुमा कांग्रेसले तय गर्नुपर्ने नीति सम्बन्धी सुझाव पत्र महामन्त्री थापा समक्ष पेश गर्नुभएको थियो ।
आईतबार नारायणचौरस्थित महामन्त्री थापाको कार्यालयमा भएको भेटघाटमा नेता झाले कांग्रेसलाई समुदायमा बलियोसँग उपस्थित गराउन अपनाउन सकिने उपायहरुका बारे महामन्त्री थापालाई जानकारी गराउनु भयो । वहाँले नेपाली कांग्रेस बलियो हुँदाहुँदै पनि २०७४ साल जस्तो परिणाम आउन नदिन संगठन र संगठनमा आबद्ध नेता–कार्यकर्ताहरूको उपयुक्त व्यवस्थापनको विषयमा बुलन्द कार्यनिती बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरि नेपाली कांग्रेसले समुदायसँग परस्पर सम्बन्ध सुदृढ गर्न सामुदायिक चासोका विषयमा गम्भीर बन्नुपर्ने आवश्यक्ता नेता झाले औँल्याउनु भएको हो । साथै नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरुमार्फत युवाहरुको मन बुझ्ने र नेतृत्वमार्फत सम्बोधन गर्ने दिशामा केन्द्रीय समिति अघि बढ्नुपर्ने वहाँको भनाई रहेको थियो ।
नेता झाले नेपाली कांग्रेसको वर्तमान अवस्था र पार्टी नेतृत्वबाट कार्यकर्ताहरुले गरेको आशालगायतका विषयमा पनि महामन्त्री थापाको ध्यानाकर्षण गराउनुभएको थियो ।
वीरगन्ज ३० फागुन । कोराना नियन्त्रणको लागि नेपालले २९ मिलियन अमेरिकन डलर अनुदान सहयोग पाएको छ। विश्व बैंकले नेपाललाई उक्त डलर सहयोग दिने सम्झौता गरेको हो।
मंगलबारको विनिमय दरअनुसार उक्त रकम नेपाली ३ अर्ब ४३ करोड रुपैयाँ हुन्छ। विश्वको एक सयभन्दा बढी देशमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि विश्व बैंकले १२ बिलियन (अर्ब) डलर सहयोग गर्ने निर्णय केही दिनअघि मात्रै गरेको थियो। सोहीअनुसार नेपाललाई २९ मिलियन डलर प्रदान गरेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
उनका अनुसार आज उक्त सम्झौतामा हस्ताक्षर समेत भएको छ। तर नेपालले सहयोग रकम कसरी खर्चिन्छ भन्नेबारे विश्व बैंकले चासो दिएको ती अधिकारीको भनाइ छ।
विश्व बैंकले उक्त रकम दिएपछि मंगलबार नै स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, विश्व बैंक प्रतिनिधि र अर्थ सचिवसम्मिलित बैंठक समेत बसेको छ। उक्त बैठकमा विश्व बैंकले नेपालको सिमाना चीनसँग जोडिएको र भारतसँग खुल्ला सिमाना रहेको कारण यसको नियन्त्रणमा नेपालले के गर्छ भन्नेबारे चासो व्यक्त गरेको थियो।
साथै, विश्व बैंकले नेपालमा हाल कोरोना भाइरस संक्रमण रोक्न आवश्यक पर्ने उपकरणहरुको अवस्था र ल्याउनुपर्ने उपकरणबारे जानकारी माग गरेको छ।
नियन्त्रणको लागि अहिले नेपालले समग्रमा तयार गरिरहेको योजनाबारे उसले जानकारी समेत लिएको अर्थ मन्त्रालयले बताएको छ। मन्त्रालयले यो सहयोगलाई तत्काल उपयोग गरी कोरोना नियन्त्रणमा सरकार लाग्ने जानकारी विश्व बैंकलाई गराएको छ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि विश्व बैंकले संक्रमित देश र जोखिमको लागि भन्दै एक हप्ताअघि उक्त रकम सहयोग गर्ने घोषणा गरेको थियो। घोषित रकममध्ये केहीलाई अनुदान र केहीलाई ऋण सहयोग गर्ने भनेको थियो। नेपाललाई भने विश्व बैंकले अनुदान दिएको हो।
त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले समेत न्यून तथा मध्यम आय भएका मुलुकलाई सहयोग प्रदान गर्ने घोषणा गरेको छ। आईएमफले तत्काल गर्ने सहयोगअनुसार ऋण लिने देशहरुलाई ब्याजदरमा सहुलियत दिने घोषणा गरेको छ।
कुन देशलाई कति दिने भन्ने निर्णय भने गर्न बाँकी रहेको छ। यो संक्रमणले विश्व अर्थतन्त्रलाई नै असर पारिरहेको र कमजोर अर्थतन्त्र भएको मुलुकलाई अझै बढी असर पार्ने आईएमएफको विश्लेषण छ। सोहीअनुसार आईएमएफले कमजोर अर्थतन्त्र भएको मुलकलाई ध्यानमा राखी सहयोग गर्ने जनाएको छ।
साभार :-www.nepalkhabar.com
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले पौडीमा ऐतिहासिक स्वर्ण हात पारेकी छन्।
उनले २ सय मिटर फ्रीस्टायलमा स्वर्ण जितेकी हुन्। उनले भारतकी सुभांगी सिंहलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन्।
उनले निर्धारित दूरी २ मिनेट ०५.०६ सेकेन्डमा पौडिइन्। यसअघि नेपालले १९९९ मा टिम रिलेमा स्वर्ण जितेको थियो। नेपालले साग इतिहासमा पौडीमा २० वर्षपछि स्वर्ण जितेको हो।
गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औं सागमा रजत र कास्य पदक जितेकी थिइन्।

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको नयाँ भवन निर्माणको लागि गृह मन्त्रालायले २ करोड बजेट छुट्याएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको पहलमा नेपाल सरकारको गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय पर्साको नयाँ भवन निर्माणको लागी दुई करोड बजेट छुट्टयाइएको हो ।
जिल्ला प्रशासन कार्यालय संचालन रहेको भवनको पछाडि पट्टी ब्याडमिन्टन कोट भएको ठाउँमा नयाँ भवन निर्माण गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले वताउनु भयो । १२ करोडको लागतमा आधुनिक किसिमको ४ तल्ले भवन निर्माणको लागि पहिलो चरण अन्तर्गत मन्त्रालयले यस बर्ष २ करोड बजेट छुट्टयाएको अधिकारी भट्टराईले जानकारी गराउनु भयो । भवन निर्माणको लागि माटो परिक्षणको काम भइसकेको जानकारी गराउदै भट्टराईले छिटै नयाँ भवन निर्माणको काम पनि सुरु हुने वताउनु भयो ।
यसका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भट्टराई आए पछि थुप्रै कामहरु भएका छन् । भट्टराई पर्साका प्रजिअ भएर आए पछि जिल्ला प्रशासन कार्यालयलाई ब्यवस्थित गर्न सफल भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीहरुको लागि टोकन सिस्टम लागु भएको छ । नयाँ नागरिक्ता र नागरिक्ता प्रतिलिपी वितरणको लागी टोकन सिस्टम लागु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत प्राण मेहताले वताउनु भयो ।
केही दिन मै अब जिल्ला प्रशासन कार्यालयको सेवा प्रभाव बैंकिङग प्रणालीबाट सुचारु गर्ने प्रजिअ भट्टराईको तयारी छ । जिल्ला प्रशासन कार्यालयमा बैंकको शाखा स्थापना गरि बैंकीङग प्रणालीबाट सेवा प्रवाह सुचारु गरिने बताईएको छ । यसका साथै कार्यालय परिसर भित्र निःशुल्क वाईफाई सुविधा समेत उपलब्ध हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ !
via :- KalikaTimes.

बुधबार राति काठमाण्डाैलगायतका केही जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।
बुधबार राति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चाेककाे फुल्पिङकाेट केन्द्रविन्दु भएर ५ म्याग्निच्यूडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचाैरले जनाएकाे छ ।
सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प गए पनि काठमाण्डाै, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चाेकमा समेत भूकम्पकाे धक्का महसुस गरिएकाे छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भैसकेको छैन

नेशनल मेडिकल कॉलेज मा भईरहेको विधार्थी माथी शोसन , कुटपिट र अनैतिक कार्यलाई नज़रअंदाज़ गर्दै आएको जिल्ला प्रशासन प्रमुख ज्युलाई सुटबुट र ठुलो उपहार दिन साथै दोषीलाई कार्यवाही गराउन निमित समाजवादी विधार्थी युनियन र नेपाल विधार्थी संघ पर्सा द्वारा सार्वजनिक रुपमा चन्दा संकलन ।

७ मंसिर, वीरगञ्ज
नेपाल प्रवेश गर्ने मुख्यद्वार ‘गेट वे अफ नेपाल’ भनिरे चिनिने शंकराचार्य प्रवेशद्वारमा शनीवार भब्य सफाई कार्यक्रम सम्पन्न भएको छ । बीरगंज रक्सौल वीचमा रहेको मितेरी पुल नजिक शंकराचार्य गेट र आसपासको क्षेत्रमा शनिबार बिहान सरसफाई गरिएको हो ।
भोलुन्टर’ नामक वीरगञ्जका सचेत तन्नेरी आवद्ध समूहको आव्हानमा सरसफाई कार्यक्रम राखिएको थियो । सरसफाईमा जुटेका तन्नेरी अभियानकर्मीलाई वीरगञ्ज महानगरपालिकाले समेत साथ दिएको थियो ।
भोलुन्टर ग्रुपका संयोजक राजन श्रीवास्तवले दुई साताको मेहनत पछि नाकाको अवस्थामा केहि सुधार आएको बताउनु भयो । “भ्रमण वर्ष २०२० पूर्व सन्ध्यामा छौं, विश्व प्रसिद्ध गढीमाई मेला शुरु भईसकेको छ । लाखौं धार्मिक पर्यटक अब यही नाकाबाट आउँछन् ।
सो समुहमा श्याम सरार्फ, करण यादव, राजा रौनियार, बिनय गुप्ता, कम्लेश कुश्ववाहा, नुतन सरावगी, सुशिला पौडेल, देवेस गुप्ता, अनिल हजरा, बिक्की सरार्फ, अनिस कुश्वाहा, किस्सु सरार्फ लगायतका युवाहरुको सक्रिय सहभागीता रहेको छ ।
photographer :-Internet.
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.