मँसिर ७ बिरगञ्ज
नेशनल मेडिकल कलेज अस्पतालकका सञ्चालक बस्रुदिन अन्सारी बिरुद्ध समाजबादी पार्टी निकट समाजबादी बिधार्थी युनियनले आज घण्टाघरमा बिरोध प्रदर्शन गरेको छ ।हिजो शान्तिपुर्ण रुपमा आन्दोलन गरिरहेका नेशनल मेडिकल कलेजका बिधार्थीहरु आन्दोलन पशचात होस्टेलमा जान खोज्दा भएको कुटपिटको बिरोधमा कलेजका सञ्चालक अन्सारी बिरुद्ध युनियनले बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा उनीहरुले नेशनल मेडिकल कलेज अस्पतालकका सञ्चालक बस्रुदिन अन्सारीको तस्बिर समेत जलाएका थिए । युनियनका केन्द्रिय सचिव सुजित गिरीको नेतृत्वमा गएका बिधार्थी नेताहरुले मेडिकल बिधार्थीहरुलाई भएको कुटपिटको बिरोधमा कलेजका सञ्चालक अन्सारी बिरुद्ध बिरोध प्रदर्शन गरेका हुन ।बिरोध प्रदर्शनमा ठाकुरराम बहुमुखी क्याम्पसका ईकाई अध्यक्ष हरेन्द्र साह,सचिव बिकाश मेहता लगायतका बिधार्थी नेताहरुको सहभागिता रहेको थियो ।हिजो साँझ सरकारले तोकेको भन्दा लिएको बढी शुल्क नेशनल मेडिकल कलेजले फिर्ता गर्नुपर्ने माँग गर्दै कलेज गेट अगाडि धर्नामा बसेका मेडिकल बिधार्थीहरु होस्टेलमा जान खोज्दा उनीहरु माथि कुटपिट भएको थियो ।कुटपिटमा कलेजका सञ्चालक अन्सारीले बाहिरबाट मान्छे बोलाएर बिधार्थीहरुलाई कुटपिट गर्न लगाएको आरोप लगाउदै नारा जुलुस गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका थिए ।यसैबिच युनियनले आज शनिबार बिदा भएको भन्दै भोलि जिल्ला प्रशासन कार्यालयमा मेडिकल शिक्षाको बिषयमा यस अघि दिईएको ज्ञापन पत्रको बारेमा जानकारी लिने तथा त्यसपछि अगामी दिनको आन्दोलनका कार्यक्रमहरु तय गरिने ससमाजबादी बिधार्थी युनियनका केन्द्रिय सदस्य निखिल बर्णवालले जानकारी दिए ।
pilot

नेपालको मुख्य प्रवेशद्वारको रुपमा चिनिने शंकराचार्य गेटको वरि परि रहेको फोहरमैला लाइ सरसफाइ गर्ने उद्देश्यले आज शनिबार (दोश्रो सप्ताह ) सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ। volunteer team द्वारा गरियो सो कार्यक्रममा बिरगंज महानगरपालिकाका प्रतिनिधि मुकेस द्वीवेदि महिला समूह 4GR, पब्लिक फिटनेस, बि.पि.एस स्कुलका बिद्यार्थी लगायत विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
काठमाडौं । प्रभु बैङ्कका सीईओ अशोक शेरचनले २ करोड २९ लाख तलब बुझेका छन् । सीईओ शेरचनको यो तलब कर्मचारी बोनस, तलब भत्ता, दसैं तथा विदा बापतको रकम हो । तलब बाहेक शेरचनलाई बैंकले इन्धन र मर्मत सम्भार खर्चसहित सवारी साधन उपलब्ध गराएको छ ।
त्यस्तै, सीईओ शेरचनले दुर्घटना बीमा, औषधोपचार बीमाका साथै आफ्नो परिवारका सबै सदस्यहरुका लागि समेत औषधोपचार बीमा सेवा पाएका छन् । शेरचनले गत आर्थिक वर्षको तलब बापत २ करोड २९ लाख ८९ हजार तलब लिएका हुन् ।
यी सेवा तथा सुविधा बैङ्कका अन्य पदाधिकारीहरुका लागि पनि प्रदान गरिएको बैङ्कले जनाएको छ ।
यी बाहेक सञ्चालक समितिको बैठक वापत अध्यक्षलाई प्रति बैठक १२ हाजर, सञ्चालक सदस्यहरुलाई १० हजारका दरले प्रदान गरिएको बैङ्कले बताएको छ । यसैगरी, उपसमितिमा सहभागि सञ्चालक समितिका सदस्यहरुलाई १० हजारका दरले बैठक भत्ता समेत उपलब्ध गराएको बैङ्कले जनाएको छ ।
तलब भत्ता बाहेक सञ्चालक समितिको अध्यक्षलाई पत्रपत्रिका तथा टेलिफोन अर्च वापत प्रतिमहिना ११ हजार रुपैयाँ र अन्य सदस्यहरुलाई मासिक जनही १० हजार समेत बैङ्कले उपलब्ध गराएको छ । यी शीर्षकमा मात्र प्रभु बैैङ्कले गत आर्थिक २०७५÷७६ मा कुल ३० लाख ८४ हजार खर्च गरेको छ ।
बैङ्कका अन्य कर्मचारी तथा पदाधिकारीहरुको तलब भने वार्षिक २ करोड ३१ लाख ५ हजार मात्र खर्च भएको छ ।
बैङ्कले चालु आर्थिक बर्षको पहिलो तिन महिनासम्म १ खर्ब १४ अर्ब निक्षेप संकलन गरेको छ भने ९५ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैङ्कले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैङकको निस्कृय कर्जा अहिले ३.३२ प्रतिशत रहेको छ ।
सीईओसहित बैंकका अन्य पदाधिकारीहरुको तलब
काठमाडौं । भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्नुअघि अनुशासनको कारबाहीमा परेका नेपालका चार फुटबल खेलाडीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्रतिबन्ध गरिने भएको छ ।
यी चार खेलाडीलाई दुई बर्षसम्म प्रतिबन्ध कारबाही हुनसक्ने समेत श्रोतले बतायो । यी खेलाडी विनै भुटानमा कुवेतसँग नेपाली टोलीले राम्रो खेलेको पनि एन्फा श्रोतले जनाएको छ ।
तटस्थ भेन्यु भुटानमा भएको विश्वकप छनोटको दोस्रो खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको थियो ।
यसअघि कुवेतमा खेलिएको पहिलो खेलमा भने नेपालले कुवेतसँग ७–० गोलको अप्रत्यासित हार खेपेको थियो । पछिल्लो समय नेपाली खेलाडीको अप्रत्यासित नतिजालाई लिएर पनि भित्रभित्रै अनुसन्धान भईरहेको बताइएको छ ।
शुक्रबार राति करिब ८ बजेको समयमा नेशनल मेडिकल कलेजमा एमबिबिएस अध्यनरत विद्यार्थीले वीरगन्जको सडकमा मेडिकल माफियाको लडाइँमा वीरगन्जवासीको साथ मागेका छन् ।
सरकारले तोकेको भन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत नेशनल मेडिकल कलेजका विद्यार्थीबीच झडप भएको छ !
मेडिकल माफिया नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जमा एम डि बसरुदिन असारीले अतिरिक्त शुल्क फिर्ताको माग गरेर बिरोधमा उत्रेका बिद्यार्थीहरु माथी गुण्डा लगाएर जिउदै जलाइ दिने धम्की दिएको घटनाले देशभर सनसनी फैलिएको छ । कलेजका सिनियर भनाउने उनका आसेपासे र आफन्त पर्ने बिद्यार्थीलाई समेत प्रयोग गराएर आन्दोलनरत बिद्यार्थीमाथी मानसिक तथा शारीरिक यातना दिलाउने गरेको घटना समेत बाहिरिएको छ । उनका एक दुई जना दलाल प्रवृत्तिका ब्यक्ति अतिरन्जिस तरिकाले आन्दोलन र बिद्यार्थीको जायज मागलाइ समेत ढाकछोप गर्ने प्रयास गरिएको छ ।
फोटो:- राहुल शाह
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् ।
पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ ।
‘राष्ट्रपति पुटिनले तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, रुस बाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्रोतले भन्यो ।
पिडितको सहयात्री सांसद यादव :आगलागी पिडितलाई घरमा पुगेर राहत सहयोग
वीरगंज,२३ कार्तिक २०७५
वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौका आगलागी पिडित सन्त महतोको परिवारलाइ पर्सा क्षेत्र नं.१ का सांसद प्रदिप यादवले आज राहत सामाग्री वितरण गर्नुभएको छ ।
पिडित महतोको घरमा पुगी संघिय सामाजबादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष समेत रहेका सांसद यादवले राहत स्वरुप चामल , दाल ,लता कपडा र त्रिपाल लगायतका राहत सामाग्री वितरण गर्नुभएको हो । राहत वितरण गर्न पुगेका सांसद सांसद यादवले महतोको घर बनाउन पहल समेत गर्ने आश्वासन दिनुभएको हो ।
राहत वितरण कार्यक्रममा संघिय सामाजबादी फोरम नेपाल पर्साका जिल्ला सह ईन्चार्ज रामनरेश यादव ,जिल्ला सदस्य तबरेज अहम्द , असलम आलम , सामाजबादी युवा फोरमका केन्द्रिय सचिवालय सदस्य सरोज यादव लगायतको उपस्थिति रहेको थियो । यस्तै आगलागी पिडित महतोे परिवारलाइ सामाजिक अभियन्ता बृजेश्वर चौधरीले आज नयाँ कपडालत्ता सहयोग गर्नु भएको छ ।
आगलागीमा महत्तोको घरमा रहेका खाद्यान्न ,लता कपड़ा ,साइकल , काठका फर्निचर लगायतका सामान जलेर नष्ट भएपछि बिचल्लीमा परेको महत्तोको परिवारलाइ आज चौधरीले २० थान नया लता कपडा हस्तान्तरण गर्नु भएको हो । महत्तोको घरमा अस्ति दिपावलीका राति आगलागी भएको थियो ।
सांसद यादवको पहलमा मुख्यमन्त्री राउतद्वारा क्षेत्र नं. १ को संभावित विकासबारे अवलोकन
वीरगंज,२३ कार्तिक
प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउत गदीले पर्सा क्षेत्र नं.१ को विभिन्न ठाउमा पर्ने सडक , विद्यालय , धर्मशाला , स्वास्थ्य चौकी लगायत विभिन्न ठाउको अवलोकन भ्रमण गर्नुभएको छ ।
पर्सा क्षेत्र नं.१ का सांसद प्रदिप यादवको विशेष आग्रहमा प्रदेश सरकारको सहयोगबाट क्षेत्र नं.१ को विकासको लागि संभावित ठाउको अवलोकन गर्नुभएको सांसद यादवले जानकारी दिनुभयो । मुख्यमन्त्री राउतले पर्सा क्षेत्र नं. १ को भवानीपुरको विद्यालय र पोखरीको अवलोकन गर्नुभयो भने हरपतगंजको अपौनीमा रहेको खेल मैदानको अवलोकन गर्नुभयो ।
अवलोकन पश्चात मुख्यमन्त्री राउतले निकट भविष्यमा विद्यालयको भौतिक पुर्वाधार र पोखरीको डिललाई छठघाट बनाउन र खेल मैदानको लागि बजेट बिनियोजन गरी सहयोग गर्ने आश्वासन दिनुभयो । मुख्यमन्त्री राउतले मधेश आन्दोलनका सहिद दिलिप चौरसियाको घरमा पुगी पारिवारीक अवस्थाको बारेमा पनि बसझनुभएको थियो ।
अवलोकन कार्यक्रममा सांसद प्रदिप यादव , प्रदेशसभा सदस्य जन्नत अंसारी संघिय सामाजबादी फोरम नेपाल पर्साका जिल्ला सह ईन्चार्ज रामनरेश यादव ,जिल्ला सदस्य तबरेज अहम्द , असलम आलम , सामाजबादी युवा फोरमका केन्द्रिय सचिवालय सदस्य सरोज यादव लगायतको सहभागिता रहेको थियो ।

