
पूर्व मेयर विजय कुमार सरावगीको पालामा एसियाली विकाश बैंक (एडिबी) को सहयोगमा निर्माण गरिएको टंकी गलत डिजाइन र कमसल सामग्री प्रयोग गर्दा सडक सहित टंकी नै भांसिन पुगेको हो ।
झण्डै पौने तीन अर्बको लागतमा कालिका कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको साना सहर तथा एकीकृत मझौला सहर विकास आयोजना अन्तर्गतको उक्त संरचना भत्किएको हो । 
एशियाली विकास बैंकको ऋण सहयोगमा वीरगंजलाई डुबानमुक्त बनाउन पूर्व मेयर सरावगीको पालामा निर्माण गरिएको पूर्वाधारहरुले महानगरवासीलाई भने निरन्तर दुःख दिईरहेको छ ।
वीरगंजवासीको घरघरबाट निस्किने फोहोर नाला मार्फत छपकैयाँ स्थित वाटर ट्रिटमेन्ट प्लान्टसम्म पु¥याउन निर्माण गरिएको सेफ्टी टंकी बिहीबार राती भाँसिएसँगै पुल दक्षिणतर्फबाट हुँदै आएको आउजाउ अवरुद्ध हुन पुगेको छ । 
छठ पर्वका लागि घाट बनाउने क्रममा राती अचानक टंकी सहित सडकको संरचना नै भासिन पुगेपछि आउजाउ नै ठप्प बन्न पुगेको छ ।
वीरगंजवासीको घरघरबाट निस्किने फोहोर नाला मार्फत छपकैयाँ स्थित वाटर ट्रिटमेन्ट प्लान्टसम्म पु¥याउन राधेमाई सिर्सिया पुल नजिक र रानीघाट पुल नजिक गरि २ स्थानमा सेफ्टी टंकी निर्माण गरिएको थियो । रानीघाट पुल दक्षिणतर्फ बनाइएको टंकी सहितको सडक संरचना भने बिहीबार राती भासिएको हो । गलत डिजाइन र कमसल सामान प्रयोगले निर्माण भएको ३÷४ वर्ष वित्न नपाउँदै संरचनाहरु भत्कन थालेको स्थानीय बताउँछन् ।
pilot

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – १३ मुर्लीस्थित नयाँ टोलमा बुधवार दिउँसो छुरा प्रहारबाट एक जना घाइते भएका छन् । घरेलु हतियार (मासु काट्ने दाब) प्रहारबाट सोही ठाउँका २१ वर्षीय कलामुद्दिन हवारी घाइते भएका हुन् ।
घाइते कलामुद्दीनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको, बायाँ कोखा, पिठ्यूँ र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
स्थानीय ३६ वर्षीय आलम अन्सारी, ४० वर्षीय समसुदिन अन्सारी र १८ वर्षीय जले आलमले कलामुद्दिनमाथि छुरा प्रहार गरी घाइते बनाएको उनका दाइ जैनुदिन हवारीले बताए ।
दाइ जैनुदीनका अनुसार जले आलम र १६ वर्षीय जावेद आलम समेतका बच्चाहरू आफ्नो घर अगाडि इदगाह नजिक बसी बुधवार नशालु पदार्थ सेवन गर्दै गरेको देखेर त्यसलाई रोक्न आग्रह गरेपछि उनीहरूले भाइ कलामुद्दीनलाई कुटपिट गर्नुका साथै छुरा प्रहार गरेको । जैनुदीनका अनुसार छुरा प्रहार गर्न उनीहरू घर मै आइपुगेका थिए । उनीहरूले आफ्नो बिरामी बुवामाथि समेत हातपात गरेको जैनुदीनको कथन छ ।
जैनुदीनले आफ्नो भाइ र बुवामाथि कुटपिट गर्नुका साथै छुरा प्रहार गर्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरेका छन् ।
वीरगंजको आदर्शनगरस्थित “स्काइलाइन” बहुउद्देश्यीय मलमा नेपालकै सर्वोत्कृष्ट क्युएफएक्ससँगको सहकार्यमा मल्टीप्लेक्स सिनेमा हल सञ्चालनमा आएको हो ।
काठमाडौँ, पोखरा लगायत देशका अधिकांश ठूलो सहरमा पहिल्यै स्थापित क्युएफएक्सले वीरगञ्जको स्काइलाइन मल मार्फत मधेस प्रदेशमा प्रवेश लिएको हो ।
मल्टिप्लेक्स सिनेमा हलको बिहीबार प्रतिनिधिसभा सदस्य प्रदीप यादबले उद्घाटन गर्नुभएसँगै औपचारिक रुपमा संचालनमा आएको हो ।
पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहनु भएका सांसद यादबले सुस्ताएको वीरगञ्ज बजारमा आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सुबिधा सम्पन्न मल्टिप्लेक्सको सुबिधा लिन काठमाण्डौ नै पुग्नु पर्ने बाध्यता अब हटेको भन्दै उहाँले वीरगंजवासीले आफ्नै स्थानमा त्यो सुबिधा उपभोग गर्न पाउनु खुसीको कुरा भएको बताउनु भयो ।
बिहीबारदेखि संचालनमा ल्याइएको मलमा रहेको क्यूएफएक्स सिनेमा हलमा तिन वटा छुट्टाछुट्टै अडीटोरियम स्क्रिनहरू छन् । जहाँ एकै पटक तिन वटासम्म चलचित्र देखाउन सकिने सञ्चालकहरूले जनाएका छन् । कूल ३ सय ८२ सिट सङ्ख्या रहेको हलका दुई वटा अडीटोरियममा रिक्लाइनर सिट पनि छ ।
सिनेमाको उत्कृष्ट अनुभव दिनका निमित्त अडीटोरियमहरूमा डल्बी साउण्ड सिस्टम जडान गरिएको छ भने एट्मस डल्बी सुविधा समेत रहेको छ । दर्शकहरूले क्यूएफएक्स वीरगञ्जमा टिकट बुक गर्न क्यूएफएक्सको आधिकारिक एप, वेबसाइटको प्रयोग गर्न सक्ने छन् भने खल्ती वालेटबाट पनि टिकेट बुकिङको सुविधा रहेको छ । त्यस्तै मलकै पहिलो तल्लामा रहेको बक्स अफिस काउन्टरबाट पनि टिकट बुकिङ गर्न सकिने सुविधा रहेको छ ।

वीरगञ्जमा जारी “प्रथम वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता” अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदै छ ।
यहाँस्थित आदर्शनगर रङ्गशालामा दिउँसो अढाई बजेदेखि सुरु हुने पहिलो सेमिफाइनल खेलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्ज र नेपाल पुलिस क्लब भिड्ने छन् ।
नकआउट चरणमा वीरगञ्जले भारतको दिल्लीलाई र पुलिस क्लबले भारतको कलकत्तालाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् । यसअघि मङ्गलवार भएको खेलमा झापा फुटबल क्लबलाई २–० गोलले हराउँदै त्रिभुवन आर्मी क्लबले सेमिफाइनलको यात्रा तय गरेको थियो ।
मङ्गलवारको विजेता आर्मीले अब फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा सङ्कटा क्लब काठमाडौँको सामना गर्नेछ । सङ्कटा क्लब नकआउट चरणमा चर्च ब्वाइज युनाइटेड नवलपरासीलाई पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशिको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका छ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन् ।
वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको विजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

१५ वर्षीया किशोरीको बलात्कार र हत्या भएको घटनालाई लिएर गुल्मीको एक मदरसा बन्द भएको छ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा रहेको गुल्सने मदिना मदरसा बन्द भएको हो।
गत कात्तिक १७ गते बिहान चन्द्रकोट-४ हुग्दी खोलामा १५ वर्षीया किशोरी मृत फेला परेकी थिइन्। किशोरी नग्न अवस्थामा फेला परेकी थिइन्।
किशोरी मृत फेला परेपछि उनको हत्या आरोपमा प्रहरीले बाँके खजुरा गाउँपालिका वडा नम्बर ७ घर भई चन्द्रकोट बस्ने २३ वर्षीय रहिस खाँलाई पक्राउ गरेको थियो। उनी मदरसाका प्रशिक्षक हुन्।
यस घटना बाहिरिएपछि चन्द्रकोट गाउँपालिकाले उक्त मदरसाको अनुमती रद्द गरेको छ।
किशोरीको बलात्कार र हत्या आरोपमा प्रशिक्षक रहिस पक्राउ परेपछि मदरसा व्यवस्थापन समितिले नै विद्यालयको अनुमति रद्द गर्न सोमबार गाउँपालिकालाई पत्र लेखेको थियो। सोही पत्रका आधारमा मदरसा सञ्चालन अनुमति रद्द गरेको गाउँपालिकाका अध्यक्ष युवराज खत्रीले बताए।
चन्द्रकोटमा मुस्लिम समुदायको बसोबास रहेको र दैनिक सामूहिक नमाज पढ्न सहज होस् भनेर चार वर्षअघि मदरसा सञ्चालन ल्याइएको थियो।
मुस्लिम समुदायको धार्मिक विद्यालय मानिने उक्त गुल्सने मदिना मदरसामा पाका उमेरका मुस्लिम व्यक्तिहरू हरेक हप्ता शुक्रबार पुग्थे। विद्यालय जाने उमेरका बालबालिकाहरू दैनिक बिहानमा सामूहिक नमाज पढ्न जाने गरेका थिए।
मदरसामा दैनिक १५/१६ जना बालबालिकाले सामूहिक नमाज पढ्ने गरेको स्थानीय कमल खत्रीले बताए। तर सोही मदरसाका प्रशिक्षक २३ वर्षीय रहिस खाँ बालिका हत्या आरोपमा पक्राउ परेपछि मदरसा व्यवस्थापन समितिले नै विद्यालयको अनुमति रद्दको लागि गाउँपालिकालाई पत्र लेखेको हो।
किशोरीको हत्या अभियोगमा पक्राउ परेका खाँमाथि थप अनुसन्धानका लागि सोमबार जिल्ला अदालत गुल्मीबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। प्रशिक्षक खाँ केही महिनाअघि मात्रै मदरसाको प्रशिक्षक भएर चन्द्रकोट गएका थिए।
मृतक किशोरी कक्षा ९ मा पढ्थिन्। बिहीबार परिवारसँग खेतमा धान काट्न किशोरी पनि पुगेकी थिइन्। खेतमा काम गर्ने व्यक्तिले उनलाई सुर्ती किन्न पठाएका थिए। त्यसपछि किशोरी फर्किएकी थिइनन्।
नफर्किएपछि शुक्रबार प्रहरीलाई जानकारी दिइएको थियो। त्यही बिहान किशोरी मृत अवस्थामा फेला परेकी थिइन्। किशोरीको घाँटी थिचेर हत्या भएको खुलेको प्रहरीले जनाएको छ।
श्रोत:- सेतोपाटी

आइसिसी टी-२० विश्वकप एसिया छनोटमा नेपालले सेमिफाइनलमा युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल समूह ‘ए’ को उपविजेता बनेसँगै सेमिफाइनलमा समूह ‘बी’ को विजेता बनेको युएईसँग प्रतिस्पर्धा हुने पक्का भएको हो।
युएईले बिहीबार हङकङलाई पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो। अब नेपाल र युएईबीच भोलि शुक्रबार विहान ११ बजे मुलपानी मैदानमा सेमिफाइनल हुनेछ।
यो खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ। सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपाललाई १० वर्षपछि टी-२० विश्वकप खेल्ने अवसर छ।

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर सिंहासन सा तेलीले पदको दुरुपयोग गर्दै आफ्नै छोराको नाममा रहेको घर नगरपालिकाको कार्यालय सञ्चालन गर्न भाडामा लगाएको खुलासा भएको छ ।
आफ्नै भवन नरहेको बहुदरमाई नगरपालिका कार्यालयलाई विषयगत शाखा सञ्चालन गर्न मेयर तेलीले आफ्ना जेठा छोराको नाममा रहेको दुई तल्ले घर भाडामा लगाएको खुलासा भएको हो ।
बहुदरमाई – ४ बहुअरी पिडारीस्थित कित्ता नम्बर ९५१ र ९४९ मा रहेको दुई तल्ले घर ओमप्रकाश साहको नाममा छ । ओमप्रकाश मेयर तेलीका जेठा सन्तान हुन् ।
सोही घरको भुईँ र पहिलो तल्लामा नगरपालिकाले विगत डेढ वर्षदेखि आफ्नो विषयगत शाखा सञ्चालन गरिरहेको छ । घर भाडामा लिए बापत नगरपालिका कार्यालयले ओमप्रकाशलाई मासिक ४२ हजार रुपैयाँ (१० प्रतिशत घर बहाल कर कट्टा गरी) भुक्तानी समेत गर्ने गरेको छ ।
गत स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित भएको दुई महिना नबित्दै मेयर तेलीले विषयगत शाखा सञ्चालन हुँदै आएको घरलाई खाली गराएर छोराको नाममा रहेको घरमा सारेका थिए ।
विषयगत शाखा स्थापना गर्न २०७९ साउन १ गतेका दिन घरधनी ओमप्रकाश साह र नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद उप्रेतीबिच सम्झौता भएको थियो । मासिक ४२ हजार रुपैयाँ एक वर्षका लागि भएको सम्झौताको रोहबरमा स्वयम् मेयर तेलीले हस्ताक्षर गरेका छन् ।
एक वर्षका लागि भएको सम्झौता २०८० असार ३० गते समाप्त भयो । अहिले फेरी त्यसलाई नवीकरण गरिएको छ । २०८० भदौ २४ गते भएको नयाँ सम्झौता नगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहले हस्ताक्षर गरेका छन् । २०८१ असार ३० गतेसम्मका लागि भएको उक्त सम्झौताको रोहबरमा पनि मेयर तेलीकै हस्ताक्षर छ । सम्झौतामा पुरानै भाडा दरलाई निरन्तरता दिइएको छ ।
विषयगत शाखा स्थापना गर्नका लागि नगरपालिकाले भवन भाडा लिँदा अपनाएको प्रक्रिया बारे सूचना माग गर्दै पनि उपलब्ध गराएन । सार्वजनिक खरिद ऐन २०६४ को परिच्छेद–९ को दफा ९४ मा जिल्ला स्तरको सार्वजनिक निकायहरूले घर भाडामा लिन कार्यालयको सूचना पाटीमा कम्तीमा सात दिनको अवधिको सूचना टाँस गरी भाडाको प्रस्ताव माग गर्नु पर्ने व्यवस्था छ ।
बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले विषयगत शाखा रहेको भवन मेयर तेलीको छोरा ओमप्रकाश साहकै नाममा रहेको स्वीकार गरे । यसअघि विषयगत शाखा सञ्चालित भवनको भाडा बढी भएको कारण मेयर तेली निर्वाचित भएर आएपछि त्यसलाई सारेर आफ्नै छोराको नाममा रहेको घरमा सस्तो दरमा भाडा दिएर सारेको उनको भनाई छ । उनले भने, ‘पहिले रहेको भवनको भाडा हालको भन्दा झन्डै ३० – ४० हजारले महँगो थियो । त्यसैले शाखा सारेर मेयर सा’बले आफ्नै छोराको नाममा रहेको घरमा ल्याएका हुन् ।’

१४ कात्तिक, वीरगंज । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि बुधबार बिहान १ बजेदेखि लागु हुने छ ।
आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

विरगन्ज । बाराको कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्यामा उनकै प्रेमिका संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले सर्राफको प्रेमिका भनिएकी ती महिलासहित सात जनालाई पक्राउ गरेपछि थप रहस्य खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार सर्राफ हाल पक्राउ परेकी महिलासँग लामो समयदेखि गहिरो प्रेममा थिए । विवाहित सर्राफको श्रीमती, एक छोरा र एक छोरी छन् । ‘ हाल पक्राउ परेका आरोपीहरूको बयान अनुसार सर्राफ लामो समयदेखि एक महिलासँग गहिरो सम्बन्धमा रहेको देखियो,’ एसपी काफ्लेले रातोपाटीसँग भने,‘ यही सम्बन्धमा खटपट सुरु भएपछि सर्राफको हत्या योजना बुनेको देखिन्छ ।’
उनका अनुसार सर्राफको दोस्रो प्रयासमा मात्रै हत्या भएको अनुसन्धानबाट खुलेको छ । यसअघि एक होटेलमा सर्राफको हत्या गर्न खोजिएको थियो । तर, उनी उम्कन सफल भएका थिए । त्यतिबेला सर्राफले प्रहरीमा कुनै जानकारी गराएका थिएनन् । उनले आफ्नो प्रेमसम्बन्ध परिवारमा समेत बताएका थिएनन् ।
सर्राफसँग प्रेममा रहेकी महिलाको अर्को एक पुरुषसँग पनि सम्बन्ध रहेको प्रहरीले जनाएको छ । ती पुरुषले पटक पटक सर्राफलाई प्रेमिकासँगको सम्बन्ध तोड्न चेतावनी दिँदै आएका थिए । सर्राफले सम्बन्ध तोड्न नमानेपछि हत्याको योजना बुनेको प्रहरीले जनाएको छ । बारा प्रहरीले आज पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिँदै छ । काफ्लेले भने,‘ अनुसन्धानबाट धेरै कुरा खुलेका छन्, पत्रकार सम्मेलनमा बताउँछु ।’ सर्राफको सोमबार गोली हानी हत्या गरिएको थियो ।

पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका घर भई वीरगञ्ज महानगरपालिका – ६ गितामन्दिर रोड बस्दै आएका यजत फूड नेपाल प्रा.लिका सञ्चालक बिट्टू कुमार गुप्ता रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय बिर्ताको टोलीले आइतबार बिर्ता क्षेत्रबाट नियन्त्रणमा लिएको बुझिएको छ ।
पर्साको बहुदरमाई नगरपालिका – ७ बस्दै आएकी सोनामति देबी गुप्ताले दिएको जाहेरीको आधारमा गुप्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुप्ताले सोनामतिसँग ९५ लाख रुपैयाँ ठगी गर्न खोजेका छन् ।
गुप्ताले सोनामति देवीको चेकमा फर्जी सही गरेर ९५ लाख रुपैयाँ रकम भरी बैङ्क मार्फत बाउन्स गराएर ठगी गर्न खोजेको स्रोतको भनाई छ । स्रोतका अनुसार ठगीमा सोनामति देवीका नातामा पोता पर्ने एक व्यक्ति पनि संलग्न छन् । उनले नै सोनामति देवीको फर्जी सही गरेर चेक बाउन्स गराउन गुप्तालाई दिएको स्रोतको दाबी छ ।
गुप्ता हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका छन् । ठगीमा संलग्न अन्यको पनि प्रहरीले खोजी गरिरहेको बताइएको छ ।