
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका घर भई वीरगञ्ज महानगरपालिका – ६ गितामन्दिर रोड बस्दै आएका यजत फूड नेपाल प्रा.लिका सञ्चालक बिट्टू कुमार गुप्ता रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय बिर्ताको टोलीले आइतबार बिर्ता क्षेत्रबाट नियन्त्रणमा लिएको बुझिएको छ ।
पर्साको बहुदरमाई नगरपालिका – ७ बस्दै आएकी सोनामति देबी गुप्ताले दिएको जाहेरीको आधारमा गुप्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुप्ताले सोनामतिसँग ९५ लाख रुपैयाँ ठगी गर्न खोजेका छन् ।
गुप्ताले सोनामति देवीको चेकमा फर्जी सही गरेर ९५ लाख रुपैयाँ रकम भरी बैङ्क मार्फत बाउन्स गराएर ठगी गर्न खोजेको स्रोतको भनाई छ । स्रोतका अनुसार ठगीमा सोनामति देवीका नातामा पोता पर्ने एक व्यक्ति पनि संलग्न छन् । उनले नै सोनामति देवीको फर्जी सही गरेर चेक बाउन्स गराउन गुप्तालाई दिएको स्रोतको दाबी छ ।
गुप्ता हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका छन् । ठगीमा संलग्न अन्यको पनि प्रहरीले खोजी गरिरहेको बताइएको छ ।