श्री गढिमाइ मेलाको खुसिमा रक्तदान । २०७६/८/१६- volunteers समूह बिरगंजको समन्वय एवं Animal Equality को आयोजनामा श्री गढिमाइ मेलाको अवसर पारेर खुसियाली सहित रक्तदान कार्यक्रमको आयोजना बारा जिल्लाको कलैयामा गरिएको थियोे ।
उक्त रक्तदान कार्यक्रममा राजन श्रीवास्तव, श्याम सरार्फ, कमलेस कुश्वाहा, दयाशंकर सरार्फ(राज), भगवती सिग्देल, सुजित पटेल गरि २ महिला सहित १७ जनाले अमुल्य रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमको समन्यव एव सहकार्य किसन सरार्फले गरेका थिए भने रक्तसञ्चार केन्द्रका जितेन्द्र कुशवाहाको टोलिले प्राबिधिक सहयोग गरेका थिए ।सो कार्यक्रममा ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साका सचिव अरबिन्द सिह,समाजसेवी सन्जय अग्रवाल, बिक्की सरार्फ, उमेस गुप्ता, अमेय देशमुख, मनिस यादव, राम रहिम संस्थाका प्रतिनिधि, संचारकर्मि लगायतको उपस्थिति रहेको थियोे ।
pilot
बारा १७ मंसिर । पाँच वर्षमा एकपटक लाग्ने बराको प्रसिद्ध गढीमाई मेलामा मंगलबार बिहान विशेष पूजापछि बलि प्रदान सुरु भएको छ ।
महागढीमाई नगरपालिका १ बरियारपुरमा बलि प्रदान गर्न हजरौंको संख्यामा राँगा, बोका र परेवा भक्तजनले लाएका छन् । एक महिनासम्म लाग्ने यस मेला अवलोकन तथा बलि चढाउन नेपाल तथा भारतको विभिन्न स्थानबाट लाखौंको संख्यामा भक्तजन भेला हुन्छन् । देशमै सबभन्दा बढी बलि प्रदान हुने मेला गढीमाई रहेको छ ।
यता गढीमाई मेलाको विशेष पूजाको अवसरमा आज प्रदेश २ सरकारले सार्वजनिक विदा घोषणा गरेको छ । गत बुधबार बसेको मन्त्री परिषदको निर्णयले बाराको प्रसिद्ध गढीमाई मेलाको विशेष पूजाको उपलक्ष्यमा विदा दिने निर्णय गरेको थियो ।
मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले एक विज्ञप्ती जारी गरी ाजलाई प्रदेशभारि सार्वजनिक विदा दिएको जानकारी गराएको छ
via :- Yatradaily.com

कराँतेमा विप्लवलाल श्रेष्ठले दिलाए नेपाललाई अर्को स्वर्ण

काठमाडौँ — कराँतेको ८४ केजी प्लस कुमुतेमा नेपालका विप्लवलाल श्रेष्ठले स्वर्ण जितेका छन् । उनले पाकिस्तानका मोहम्माज बाजलाई ६-५ ले हराउँदै नेपालको लागि कराँतेमा पाँचौं स्वर्ण दिलाएका हुन् ।
तेक्वान्दोमा आयशाले पनि दिलाइन् नेपाललाई स्वर्ण

तेक्वान्दोमा पार्वतीले पनि दिलाइन् नेपाललाई स्वर्ण

काठमाडौँ — १३ औं साग खेल अन्तर्गत तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २३-२९ वर्ष उमेर समुहमा नेपालकी पार्वती गुरुङले स्वर्ण जितेकी छिन् । यसमा श्रीलंकाले रजत जितेको छ ।पार्वतीले यस खेलमा ८.२५० अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् भने रजतमा चित्त बुझाउन बाध्य भएकी श्रीलंकाकी थिलकसिका जयाविराले ८.१४० अंक प्राप्त गरेकी थिइन् ।यस्तै कास्य पदक भने भारतको पोल्टोमा रह्यो । भारतकी हर्षा सिंहाले ८.०३० अंक मात्रै प्राप्त गर्न सफल भइन् ।
माल्दिभ्सविरुद्धको महिला क्रिकेटमा नेपालको चार कीर्तिमान
पोखरा — माल्दिभ्स विरुद्धको महिला क्रिकेटमा नेपालले चारवटा नयाँ कीर्तिमान बनाएको छ । १३ औं सागको पहिलो खेलमा नेपाली बलर अञ्जली चन्दले दुई ओभरमा एक रन पनि नदिइ ६ विकेट लिएकी छन् । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जित निकाल्दा पोखराको मैदानमा अन्तर्राष्ट्रिय डेब्युमै कीर्तिमान बनाउन अञ्जली सफल भएकी हुन् ।
यो टी–ट्वान्टीमा कीर्तिमान भएको नेपाली प्रशिक्षक जगतबहादुर टमटाले दाबी गरे । त्यस्तै माल्दिभ्सका ९ खेलाडी शुन्य रनमै आउट भएकोपनि अर्को कीर्तिमान भएको टमटा बताउँछन् । १६ रनमा अलआउट गर्नु अर्को कीर्तिमान हो भने मात्रै ५ बलमा जित हाँसिल गर्नुपनि अर्को कीर्तिमान भएको टमटाको दावी छ ।
टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटिएको थियो । ७ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोस्रो र तेस्रो, १५ रनमा चौंथो, पाँचौं, छैठौं र सातौं तथा १६ रनमा बाँकी विकेट गुमाएको थियो । माल्दिभ्सको पारीमा हम्जा नियाजले ९ तथा हाफ्सा अब्दुल्लाहले ४ रन जोडिन् । बाँकी सबै खेलाडी शुन्यमै आउट भए । नेपालले अतिरिक्त ३ रन दिएको थियो ।
जितका लागि १७ रनको लक्ष्य सहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै विजयी लक्ष्य पार गर्यो । मात्रै ५ बलको सामना गरेकी काजल श्रेष्ठले ३ चौका प्रहार गर्दै अविजित १३ रन जोडिन् । पाँच बल फालेकी माल्दिभ्सकी बलर समा अलिले ४ अतिरिक्त रन दिएपछि नन्स्ट्र्राइकमा रहेकी सीता मगरले एक बलपनि सामना गर्नु परेन ।
२.१ ओभरमा २ मेडन सहित बिना रन ६ विकेट लिएकी अञ्जली चन्द उमन अफ द म्याच भइन् । करुणा भण्डारीले २ ओभरमा २ विकेट लिइन् । उनले १ मेडन राख्दै ४ रन खर्चिएकी थिइन् ।
जित पछि नेपाली टिमका कप्तान रुबिना क्षेत्री बेलबासेले प्रतियोगितामा राम्रो सुरुआत गर्न सकेकोमा खुसी व्यक्त गरिन् । साथै यही प्रतियोगिताका लागि आफूहरुले लामो समयदेखि मिहिनेत गरेको बताउँदै नेपाली महिला क्रिकेट टिमले केही गरी देखाउने अवसरका रुपमा यो प्रतियोगितालाई लिएको उनले बताइन् ।
माल्दिभ्सका कप्तान जुना मारियाले नेपाल बलियो टिम भएको बताइन् । पहिलो अन्तर्राष्ट्रिय खेल भएका कारण उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि अनुभव बटुल्ने अवसर पाएको उनले बताइन् । प्रतियोगिता अन्तर्गत मंगलबार श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । नेपालले बुधबार बंगलादेशसँग खेल्ने छ ।
- प्र नि मैनाली अव अन्तराष्ट्रिय प्रशिक्षक
प्रहरी निरिक्षक कुमार मैनाली विपद व्यवस्थापन सम्बन्धमा सञ्चालन हुने CADRE तालिमको अन्तराष्ट्रिय प्रशिक्षक बनेका छन । पाकिस्तानको इस्लामावादमा नोभेम्वर २१ देखि २८ सम्म सञ्चालित तालिममा उनि नेपाल प्रहरीवाट प्रशिक्षककको रुपमा खटिएका थिए । Community Action for Disaster Response (CADRE) समुदायमा आधारित विपद उद्दार सम्वन्धि तालिम हो । यस तालिम मार्फत समुदायका सदस्यहरुलाइ तालिम दिइ उनिहरुको विपद उद्दार सम्बन्धि क्षमता अभिवृद्दि गरिन्छ । विपद व्यवस्थापनको क्षत्रमा लामो समयदेखि काम काम गर्दै आएका मैनाली प्रहरी संगठनभित्र पनि क्षमतावान अधिकृत मानिन्छन ।
२ बर्ष नेपाल प्रहरीको विपद व्यवस्थापन महाशाखा समेत काम गरेका प्र नि मैनालीले स्वदेश तथा विदेशमा विपद सम्बन्धि बिभिन्न तालिम गरेका छन । उनको क्षमताको मनन गर्दै उनलाई अन्तराष्ट्रिय प्रशिक्षकको रुपमा पाकिस्तान पठाइएको हो । त्यसो त उनि नेपालमा भएका विपद व्यवस्थापन सम्बन्धी प्रशिक्षणहरुमा निरन्तर प्रशिक्षको रुपमा काम गर्दै आएका छन । यस अघि गत श्रावणमा नेपाल, भुटान, श्रिलंका र माल्दिभ्सका प्रशिक्षार्थीहरु सहभागि भएका Regional Collapsed Structure Search and Rescue (CSSR)” तालिममा नेपाल प्रहरीको तर्फबाट प्रशिक्षकको रुपमा खटिएका थिए ।
वडा प्रहरी कार्यलय श्रीपुर, पर्सामा रहँदा समेत उनले स्कुल तथा समुदायमा विपद उद्दार सम्वन्धि सचेतना कार्यक्रम हरु गरी समुदाय र प्रहरीलाइ जोड्ने काम गरेका थिए ।
दशरथ रंगशालामा हुने उद्घाटन समारोहमा प्रत्यक्ष सहभागी हुन नसक्ने अवस्था रहेकाले आइसियूबाटै प्रधानमन्त्रीले टिभीमार्फत उदघाटन हेर्नुहुनेछ । मनमोहनको पाँचौ तल्लास्थित आईसीयुमै उहाँका लागि टिभी सेट उपलब्ध गराइएको उहाँको उपचारमा संलग्न डाक्टर अरुण सायमीले जानकारी दिए ।
प्रम ओलीले सागको उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण (लाइभ) हेर्ने इच्छा व्यक्त गर्नुभएकोले आइसियूमै टिभी उपलब्ध गराइएको डा सायमीको भनाइ छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको समेत उनकाे भनाइ छ ।

धार्मिक सांस्कृतिक संरक्षण तथा दाइजो प्रथालाई उन्मूलन गर्न रामजानकी विवाहपञ्चमी महोत्सवको अवसरमा मंसिर १६ गते ‘सामूहिक विवाह’ कार्यक्रमको आयोजना गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका १४ कभर्ड हलस्थित रामजानकी विवाह मण्डपमा कार्यक्रम आयोजना गरिने भएको हो ।
हिन्दू परम्पराअनुसार त्रेतायुगमा भगवान राम र माता सीताले गरेको वैवाहिक संस्कारलाई निरन्तरता दिन विवाहपञ्चमीकै भोलिपल्ट सामूहिक विवाह कार्यक्रम राखिएको आयोजक पक्षले जनाएको छ । सीताराम विवाह मणिमण्डप विकास समितिले कम्तीमा एक सय आठ जनाको एकै ठाउँमा विवाह गर्ने लक्ष्यका साथ कार्यक्रम राखिएको बताएका छन् ।
समितिका उपाध्यक्ष रामशिष दासले विवाह गर्ने जोडीलाई साडी, ब्लाउज, पेटिकोट, रुमाल, तौलिया, प्यान्ट, सर्ट र बनियान दिइनेछ । त्यस्तै, पाँच लिटरको कुकर, तावा, परात, लोटा, चिमटा, भगोने, करछुन, पलटालगायतका भाँडावर्तन पनि प्रदान गरिनेछ ।
शृंगार बक्स, छाता, टर्च, ब्याग, मच्छरदानी पनि दिइने उपाध्यक्ष दासले जानकारी दिए । उनले भने, ‘कम्तीमा १०८ वेदी निर्माण हुनेछ । बेहुलाबेहुली पक्षले पुरोहित ल्याउन नसकेमा पुरोहित पनि उपलब्ध गराउनेछौं ।’ उपाध्यक्ष दासका अनुसार अहिलेसम्म ४४ जोडी सम्पर्कमा आइसकेको र अझै आउने क्रम जारी छ ।
सामूहिक विवाहलाई व्यवस्थित पार्नका लागि तीनवटा उपसमिति गठन गरिएको छ । उपसमितिमा सुरक्षा, अनुगमन र भोजन गठन भएको उपाध्यक्ष दासले पत्रकार सम्मेलनमा बताएका छन् । माटो पुर्ने कार्य र पण्डाल निर्माणको जिम्मा बृहत्तर जनकपुर क्षेत्र परिषद र दुलाहादुलहीलाई दिइने सामान विश्व हिन्दू परिषद् नेपालले व्यवस्था गर्नेछ ।
जनकपुरधामलाई धार्मिक दृष्टिले विकास गर्ने लक्ष्यका साथ पहिलो पटक आरम्भ गर्न लागिएको सामूहिक विवाहमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको समितिका अध्यक्ष नारायण राउतले बताए । वैवाहिक कार्यक्रमका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ दिने अश्वासन दिएको छ । कार्यक्रममा करिब ५० लाख रुपैयाँ खर्च हुने समितिको अनुमान छ ।
बिरगंजको युवाहरु शनीवारको बिहान उठ्छन अनी नेपालको प्रवेशद्वार तिर लाग्छन अनी बिहान एक जुट भएर सर सफाइ तिर लाग्छन । सबैको मुख बाट निस्कन्छ “वाह क्या गजव” फेरी अर्को हप्ता अवस्था उस्तै । दक्षीण भारतका एक नागरिक भेटिए उनले के हुदैछ भनेर जिज्ञासा राखे ।

उनलाई स्वयंसेवकहरु साप्ताहिक बिदाको दिनमा आएर यो प्रवेशद्वारको सरसफाई गर्छन भनेर एक स्वयं सेवक बुझाउदै थिए । उनले पनि बुझै झै गरेर “ग्रेट वर्क” भन्दै टाउको हल्लाए ।

उनको अनुहारमा देखिने भावभंगिमाबाट लाग्थ्यो नेपालीहरु अनौठो काम गर्दैछन । उनले निकैबेर सफाई अभियान नियाले । बीरगंजमा बिभिन्न क्षेत्रहरुमा स्वयसेवीहरुले बिभिन्न खालका अभियानहरु चलाएर राम्रोे सन्देश प्रवाह गर्न लागेका छन । कोही रक्तदानमा जुटेका छन ।
कोही प्लाष्टिक निषेध हर्न निषेध भन्दै जुटेका छन । कोही श्रीसिया नदीको संरक्षण र बीरगंजको सभ्याताको रक्षामा लागेका छन । स्वयसेवीहरुको यस्तो प्रयासमा स्थानीय सरकारको द¥हो साथ नपाएको कतिपयले भने गुनासो गरेका छन ।
तेश्रो शनीवार सफाई अभियान संचालन गरेको भोलन्टीएर समुहले गरेको यो कामलाई सबैले प्रशंसा गरेका छन । पहिला महानगरले नै प्रवेशद्वारमा फोहर फालेर बीरगंजको प्रतिष्ठा लिने काम गरेको थियो ।
अहिले गुमेको प्रतिष्ठालाई फिर्ता गर्न यो समुहले प्रभावकारी काम गरेको छ । मेयर बिजय सरावगीनै यो अभियानमा सहभागि हुनुले पनि यही कुारको संकेत गर्छ । बीरगंज रक्सौल वीचमा रहेको मितेरी पुल नजिक शंकराचार्य गेट र आसपासको क्षेत्रमा सरसफाईले त्याहाका बासिन्दालाई पनि खुशी बनाएको छ ।
यसका साथै सरसफाई अभियान अन्तर्गत नै शंकराचार्यद्वारमा रहेको नेपालको झन्डा फेरिएको छ । हिजो शुक्रबार शंकराचार्यद्वारको अवलोकन तथा निरिक्षण गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले झन्डा फेर्ने गरेको आग्रह अनुसार झन्डा समेत फेरिएको भोलन्टियर वीरगंजका संयोजक राजन श्रीवास्तवले वताए ।
सरसफाई सम्पन्न पश्चात सरसफाई अभियानकर्मीहरु शंकराचार्यद्वारको झन्डा फेर्दै राष्ट्रगान समेत गाएको भोलन्टियर समुहका महासचिव श्याम सरार्फले वताए ।
सरसफाई कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर वीजय सरावगी, नेकपाका युवा नेता अरबिन्द सिंह, भोलेन्टियर समुहका करण यादव, राजा रौनियार, बिनय गुप्ता, कम्लेश कुश्ववाहा, नुतन सरावगी, सुशिला पौडेल, देवेस गुप्ता, अनिल हजरा, सेशकुमार हजरा, बिक्की सरार्फ, अनिस कुश्वाहा, किस्सु सरार्फ, राजा सरार्फ, दिपलाल साह लगायतको सहभागिता रहेको थियो ।
बुधबार दिउँसो साढे १ बजे सन्धिखर्कबाट बुटवलका लागि छुटेको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को लु२ख २१४८ नम्बरको बस अपराह्न ४ बजे दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी बस चालक रुपन्देही गैंडहवा–७ का ३२ वर्षीय चालक थापा, गाडी धनी अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय सन्तबहादुर बस्नेतसँगै १९ जना यात्रुको ज्यान गएको थियो।
पूजा वसन्तकी कान्छी श्रीमती हुन्। जेठी श्रीमतीतर्फ दुई छोरा जन्मिएपछि वसन्तले तीन वर्षपहिले पूजासँग बिहे गरेका थिए। डेढ वर्ष पहिले पूजा र वसन्तको छोरी जन्मिएकी थिइन्।
जेठी श्रीमती दुई छोरासहित केही समयदेखि माइतीमा बस्दै आए पनि बेलाबखत आउजाउ हुन्थ्यो।
वसन्त सानैदेखि पैसाको लागि विदेशमा श्रम र पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौं भन्ने भावना राख्थे। त्यसैले पनि उनी गाडी चलाउन थाले। ४-५ वर्ष बसमा सहचालकको काम गरेका वसन्तले चार वर्षदेखि भने बस चलाउँदै आएका थिए। यसअघि अर्को बस चलाएका उनले त्यो बस बिक्री भएपछि चार महिनादेखि लु२ख २१४८ नम्बरको बस चलाउन थालेका थिए।
प्रत्यक्षदर्शी प्रहरी सहायक निरीक्षक पन्थी साँघुरो सडकमा गाडीको स्टेरिङले मोड काट्न नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताउँछन्।
घटनास्थलको सडक मुश्किलले १२ फिट मात्र चौडाइको रहेको र एउटा मोडको खोंच पार गरी अर्को मोड घुम्दै गर्दा तत्काल स्टेरिङ नघुमेको कारण बस दुर्घटनामा परेको देखिएको पन्थीले बताए।
घटनास्थल भन्दा ५-७ फिट अगाडि-पछाडि रुखहरू रहे पनि बस पल्टिएको स्थानमा रुख नभएको कारण बस धेरै तल खसेको प्रहरी सहायक निरीक्षक पन्थीले बताए।
गाडी धनी, चालक र १७ जना यात्रु गरी १९ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। जसमध्ये सन्धिखर्ककी एन्जिला भट्टराई र छत्रदेव गाउँपालिका-७ ढिकुराका १९ वर्षीय लोकनाथ पाण्डे सामान्य उपचारपछि घर फर्किएका छन्। १४ जना घाइतेहरुको बुटवल, भैरहवा र काठमाडौंमा उपचार भइरहेको छ।
साग खेलकुदको मार्चपासमा रास्ट्रय झन्डा बोक्ने जिम्मेवारी पारस खडकाले पाएका छन ।
२०१४ मा नेपाल पहिलो पल्ट ट-२० विश्वकप खेलेको थ्यो त्यती बेला पारस खडका नै नेपाल क्रीकेटको कप्टान हुनुहुन्थ्यो !
उन्ले २००४ देखी नै नेपाल क्रीकेट सँग आब्द छन उनको योगदानको उचित कदर भएकै हो। डिविजन ५ देखी नेपाल टोली लाई ओडिई नेशन बनाउन उहाको ठुलो भूमिका रहेको छ !

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको नयाँ भवन निर्माणको लागि गृह मन्त्रालायले २ करोड बजेट छुट्याएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको पहलमा नेपाल सरकारको गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय पर्साको नयाँ भवन निर्माणको लागी दुई करोड बजेट छुट्टयाइएको हो ।
जिल्ला प्रशासन कार्यालय संचालन रहेको भवनको पछाडि पट्टी ब्याडमिन्टन कोट भएको ठाउँमा नयाँ भवन निर्माण गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले वताउनु भयो । १२ करोडको लागतमा आधुनिक किसिमको ४ तल्ले भवन निर्माणको लागि पहिलो चरण अन्तर्गत मन्त्रालयले यस बर्ष २ करोड बजेट छुट्टयाएको अधिकारी भट्टराईले जानकारी गराउनु भयो । भवन निर्माणको लागि माटो परिक्षणको काम भइसकेको जानकारी गराउदै भट्टराईले छिटै नयाँ भवन निर्माणको काम पनि सुरु हुने वताउनु भयो ।
यसका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भट्टराई आए पछि थुप्रै कामहरु भएका छन् । भट्टराई पर्साका प्रजिअ भएर आए पछि जिल्ला प्रशासन कार्यालयलाई ब्यवस्थित गर्न सफल भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीहरुको लागि टोकन सिस्टम लागु भएको छ । नयाँ नागरिक्ता र नागरिक्ता प्रतिलिपी वितरणको लागी टोकन सिस्टम लागु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत प्राण मेहताले वताउनु भयो ।
नागरिक्ता फाँटमा टोकन सिस्टम लागु भए पछि सेवाग्राहीलाई लाईन बस्ने बाध्यता खत्म भएको छ । जिल्ला प्रशासन कार्यालयमा सुचना प्रणाली, हेल्प डेस्क स्थापना भएको छ । पछिलो प्रजिअको कार्यकालमा भएको सौचालय बिवादलाई ध्यानमा राखी सेवाग्राहिका लागि खाजा घर, साथै बैठक गर्नका लागि बातानुकुल एयरकन्डिसन युक्त बैठककोठाको निर्माण समेत भएको छ ।स्थानीय भाषा भोजपुरीमा अडियो नोटिस बोर्ड जडान भएको छ । कार्यालयबाट प्रदान गरिने नागरिकता, नागरिकता प्रतिलिपी, संस्था दर्ता , संस्था नविकरण तथा पासपोर्ट लागयतको सेवाहरुको लागि चाहिने आवश्यक कागजातहरु, लाग्ने समय , दस्तुर आदि बारे जानकारी गराईरहेको सो अडियो नोटिस बोर्डबाट सुन्न सकिन्छ भने सो कुरालाई भिडियो नोटिस बोर्डबाट समेत पढ्न सकिन्छ ।यसका साथै जिल्ला प्रशासन कार्यालय परिसर मै पानिको फोहारा फाल्ने (वाटर फाउन्टेन) निर्माण भएको छ । भट्टराई कै कार्यकालमा पर्साका ग्रामिण भेग स्थित जिराभवानी गाउँपालिकाको वडा नं. ४ सुपौलीमा इलाका प्रशासन कार्यालय संचालनमा आएको छ । कार्यालयमा पुग्दा प्रत्यक्षरुपले कार्यालय पहिला भन्दा व्यवस्थित भएको देखिनुको साथै अनुभुति हुन थालेको सेवाग्राहीहरु बताउँछन् ।
केही दिन मै अब जिल्ला प्रशासन कार्यालयको सेवा प्रभाव बैंकिङग प्रणालीबाट सुचारु गर्ने प्रजिअ भट्टराईको तयारी छ । जिल्ला प्रशासन कार्यालयमा बैंकको शाखा स्थापना गरि बैंकीङग प्रणालीबाट सेवा प्रवाह सुचारु गरिने बताईएको छ । यसका साथै कार्यालय परिसर भित्र निःशुल्क वाईफाई सुविधा समेत उपलब्ध हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ !
via :- KalikaTimes.

सो कार्यक्रममा ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साका सचिव अरबिन्द सिह,समाजसेवी सन्जय अग्रवाल, बिक्की सरार्फ, उमेस गुप्ता, अमेय देशमुख, मनिस यादव, राम रहिम संस्थाका प्रतिनिधि, संचारकर्मि लगायतको उपस्थिति रहेको थियोे ।

साग खेलकुदको मार्चपासमा रास्ट्रय झन्डा बोक्ने जिम्मेवारी पारस खडकाले पाएका छन ।