हेटौंडा,२७ पुस,प्रदेश ३ को नाम बागमती घोषणा भएको छ । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले आईतबार बसेको दोस्रो प्रदेशसभा बैठकमा प्रदेश ३ को नाम बागमती घोषणा गरेका हुन् ।
प्रदेश ३ को नामको लागि एक मात्र नाम बागमती प्रस्ताव गरिएको थियो । आईतबार प्रदेश ३ को नाम बागमती राख्ने काङ्ग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रस्तावमा मतदान हुदाँ १०८ प्रदेश सदस्यले प्रदेशको नाम बागमती राख्ने पक्षमा मतदान गरेका थिए !


यसै विषयलाई लिएर चर्चित हाँस्यकलाकार दिपक राज गिरिले “संविधान संशोधन”को नाममा आन्दोलन गर्न तयार हुनुभन्दा पहिला किसानको माग पूरा गराउन राजनीतिक नेताहरुलाई आह्वान गरेका छन्।
मंगलबार फेसबुक मार्फत गिरिले यस्तो आह्वान गरेका हुन्। आफ्नो अधिकारका लागि काठमाडौँका सडकमा लडिरहेका तपाईका किसानहरुको माग पूरा गराउन नेताहरु समक्ष उनको आह्वान छ।

