१७ मंसिर, वीरगञ्ज । बाराको परवानीपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई २०५ किलोको माला लगाइदिएका छन् ।
pilot

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै स्वतन्त्रहरू एक हुने समय आएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘कथाले माग्यो अब ! स्वतन्त्रहरू एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’

काठमाडौ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ ।
बिहीबार राष्ट्रियसभा गृहस्थित मेयर साहको कार्यकक्षमा राजदूत थम्पसनले भेट गरकेा हुन् ।
भेटमा राजदूत थम्पसनले काठमाडौँसँग संयुक्त राज्य अमेरिकाका विभिन्न शहरहरुसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिवद्ध रहेको बताए ।
भेटका क्रममा आपसी सिकाई तथा हित प्रवर्द्धन, सम्पदा संरक्षण तथा प्रवर्धन, शहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धमा विषयमा राजदूत थम्पसन र साहले छलफल गरेका थिए ।
अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर शहरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध छ ।
श्रोतः- ऑनलाइनख़बर
कृषकहरुलाई मलको अभाव हुन नदिन सांसद् यादव प्रतिबद्ध, सरोकारवालालाई भेटेर गराए धन्याकर्षण

वीरगञ्ज, १३ मंसिर । शपथग्रहण नगर्दै पर्सा क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले कृषकको समस्यालाई प्राथमिकताका साथ लिएका छन् । कृषकका समस्यालाई गम्भिर रुपमा लिँदै यादवले कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुखसँग भेटेर छलफल गरेका छन् ।
छलफलका क्रममा पूर्वमन्त्रीसमेत रहेका यादवले वर्षौंदेखि किसानले खेप्दै आएको मल अभावको समस्या सम्बोधन गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन् । समयमा मल नपाउने र पाएपनि सबैले नपाउने एवम् पर्याप्त मात्रामा नपाउने जस्ता समस्याहरु अबको दिनमा सुन्न नपर्ने किसिमले समन्वयकारी भूमिका निर्वाह गर्न यादवले कार्यालय प्रमुख चन्द्र प्रसाद चौलागाईलाई निर्देशन दिएका छन् ।
आवश्यक मलको उपलब्धताका लागि अहिलेसम्म भइरहेका समस्या एवम् कठीनाईहरु आफुलाई जानकारी गराउन आग्रह गर्दै यादवले नीतिगतदेखि अन्य संरचतागत एवम् संस्थागत बाधा अड्चनलाई समाधान गर्ने बताए ।
उनले भने, ‘अहिले जे जति मल मौज्दात छ त्यो गाँउमा छिट्टै पठाइ दिनुस्, बाँकी सरकारको नीतिगत समस्या जुन छ त्यसलाई समाधानका लागि म संसद्मा आवाज उठाउँछु ।’ उनले सरकारी अनुदानलको मल बिचौलियाको कब्जामा पुग्दा किसानले सहज रुपमा नपाएको व्यापक जनगुनासो पनि रहेकाले यस बारे पनि कार्यालय प्रमुख चौलागाईको ध्यानाकर्षण् गराए ।
चौलागाईलाई निर्देशन दिदै यादवले भने, ‘नेपालमा मलको कारखाना छैन त्यस कारण चाहिए जति मल किसानले पाउन सकेका छैनन्, यद्दपी विदेशबाट जेजति आउँछ त्यो पनि किसानले बिचौलियाका कारण पाइरहेका छैनन्, यस बारे पनि ध्यान दिनुहोला ।’
चुनावको प्रचार ताका मतदाता सामु गरेका वाचा पुरा गर्न यादवले अग्रसरता देखाएका हुन् । चुनाव प्रचारका बेला मत माग्ने क्रममा उनले कृषि र किसानका विद्यमान समस्या आफनो प्रमुख प्राथमिकतामा रहने वाचा गरेका थिए । त्यही वाचा अनुरुप यादवले किसानका लागि सहज रुपमा मल आपुर्तिको व्यवस्था मिलाउन चौलागाईको ध्यानाकर्षण गराएका हुन् ।
अहिले गँहु र दलहन बालीको सिजन चलिरहेको भएपनि डिएपी मल नपाएर किसानहरु समस्यामा परेको भन्दै यादवले यथाशीघ्र व्यवस्था मिलाउनुपर्ने बताएका हुन् ।
कार्यालयसँग अहिले मौज्दात मल, जिल्लाका सबै पालिकामा समयमै पठाएर कृषि सहकारी संस्थाहरु मार्फत किसानलाइ सहज रुपमा उपलब्ध गराउन उनले चौलागाईलाई निर्देशन पनि दिए ।
कार्यालय प्रमुख चौलागाइले कार्यालयमा अहिले युरिया मल प्रयाप्त मौज्दात रहेपनि डिएपि मलको मौज्दात थोरै रहेकाले वितरणमा समस्या भएको बताएका थिए । चौलागाईले नीतिगत समस्याहरुको कारण पनि मल आभाव हुनभएकोले त्यसलाई पहल गर्न सांसद् यादवसँग आग्रह पनि गरेका थिए ।
चुनाव जिते लगत्तै चौरसियाको पहिलो ध्यान किसान माथि : मलको आपूर्ति सहज बनाउन निर्देशन

वीरगन्ज,१३ मंसिर : पर्सा क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य अजय चौरसियाले चुनाव जिते लगत्तै किसानका समस्या समाधानका लागि पहलकदमी लिएका छन् ।
निर्वाचित भएपछि आफनो क्षेत्रका मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलो गर्ने क्रममा चौरसियालाई किसानले गँहु र दलहन बालीका लागि मलको अभाव भएको भन्दै गुनासो गरेका थिए ।
किसानको उक्त गुनासो सम्बोधनका लागि मङगलबार बिहान नवनिर्वाचित प्रतिनिधीसभा सदस्य चौरसियाले प्रमुख जिल्ला अधिकारी र जिल्लामा मल आपुर्ति गर्ने सरोकारवाला निकायका प्रमुखहरुसंग छलफल गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलमा पर्सा २ (क) र (ख) का नवनिर्वाचित प्रदेश सभा सदस्यद्वय श्याम पटेल र रमेश कुर्मीको पनि सहभागीता थियो ।
छलफलमा चौरसियाले अहिले गँहु र दलहन बालीको सिजनमा डिएपि मल नपाएर किसानहरु तनावमा रहेकाले मलको सहज आपुर्तिको व्यवस्थापन मिलाउन प्रजिअ उमेश ढकालका साथै सरोकारवाला निकायका प्रमुखहरुलाइ निर्देशन दिए ।
नेपाल सरकारले अनुदानमा आयात गरेको मल , जिल्लामा कृषि सामाग्री कम्पनि र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारी संस्था मार्फत आपुर्ति गर्दै आएको छ ।
छलफलमा चौरसियाले कृषि सहकारी संस्थाहरुले पनि मल वितरणमा बदमाशी गरिरहेको किसानहरुको गुनासो रहेकाले त्यस बारे प्रजिअ , कृषि सामाग्री र साल्ट ट्रेडिङका कार्यालय प्रमुखहरुको ध्यानाकर्षण पनि गराए ।
छलफलमा जिल्लामा मल आपूर्तिमा देखिएको समस्या सामधानका लागि प्रजिअ ढकालको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने निर्णय भएको छ । उक्त समितिले हरेक पालिकासंग समन्वय गरि मल वितरणको अनुगमन गरि आपूर्तीमा देखिएको समस्या समाधान गर्ने र मलको आपूर्ति सहज बनाउने बताइएको छ ।
छलफलमा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, कृषि सामाग्री कम्पनि लिमिटेड मधेस प्रदेश क्षेत्रीय कार्यालय प्रमुख चन्द्र चौलागाई , साल्ट ट्रेडिङ कर्पोरेसन वीरगन्जका प्रमुख अमोज लामिछाने , कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसाद , प्रहरी उपरिक्षक रमेश बस्नेत , सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल, काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन , काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे लगायतको पनि सहभागीता थियो ।
सामुदायिक विद्यालयले नियम विपरित शुल्क लिएको भन्दै कानूनका विद्याथीहरु विकास कुमार गुप्ता, सिमा केसी र राम रतन सिंहले बिहीबार अदालतमा रिट दायर गरेका हुन्।
उक्त रिटको सुनुवाइका लागि अदालतले आइतबारको पेशी तोकेको निवेदक गुप्ताले जानकारी दिए।
संविधान तथा विभिन्न ऐन कानूनमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको निःशुल्क शिक्षा पाउने व्यवस्था गरिएको छ।
तर, वीरगंज महानगरपालिकामा रहेको माइस्थान विद्यापिठ, सुरजी देवी माद्यमिक विद्यालय, नृसिंह माद्ययमिक विद्यालय, त्रिभूवन मावि, ललितपुरको श्रमजीत किशोर मावि, काठमाडौंको गीतामाता मावि, धनगढीको त्रिनगर माविले नियम विपरित विद्यार्थीसँग शुल्क लिने गरेकोको उक्त कार्य रोक्न माग गरिएको छ।
राप्रपा बन्यो देश कै पाँचौं ठूलो दल ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सात वटा निर्वाचनमा क्षेत्रमा जित हात पारेको छ।
झापा-३ बाट अध्यक्ष राजेन्द्र लिङ्देन, मकवानपुर १ बाट दीपक सिंह, चितवन-३ बाट विक्रम पाण्डे, नवलपरासी पश्चिम २ बाट ध्रुवबहादुर प्रधान विजयी भएका छन्।
यस्तै, रूपन्देही ३ बाट दीपक बोहोरा, बाँके २ बाट धवलशमशेर राणा विजयी भएका छन् भने जुम्लाबाट ज्ञानबहादुर शाही विजयी भएका छन्।
२०७४ सालको प्रतिनिधि सभामा राप्रपाबाट राजेन्द्र लिङ्देन मात्र सांसद थिए भने समानुपातिकमा पनि उसले तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेको थिएन।
राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग गरिरहेको राप्रपाले यसपालि भने प्रत्यक्ष र समानुपातिक दुबैतर्फ निकै नै मत बढाएको छ।
समानुपातिकमा अहिलेसम्म ४ लाख ४८ हजार ७ सय ९७ मतसहित राप्रपा पाँचौं स्थानमा छ।
श्रोत ः- सेटोपाटी

१० मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका छन् । मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्नुपर्ने बताए ।
‘सुरुबाटै त्रुटिहरु देखिएका छन् । खसेको भन्दा धेरै गणना कसरी हुन्छ ?’ खनालले अनलाइनखबरसँग भने, ‘कुनै ब्रम्हाले ल्याएर त त्यहाँ राखेनन् होला । त्यो धाँधलीकै प्रमाण हो ।’
पछिल्लोपटक गणना भएको ६ वटा केन्द्रको मत गणना गर्दा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका छन् ।
‘मैले प्रमुख निर्वाचन आयुक्तसँग पनि कुरा गरें, उहाँसँग पनि यसको जवाफ छैन,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘अब रिपोलिङको विकल्पै छैन ।’ यसअघि पनि ५५५ मत हराएको भन्दै मतगणना स्थगित भएको थियो ।
त्रुटि रोकिएन । अब हाम्रा प्रतिनिधिहरुले त्यहाँ हस्ताक्षर गर्दैनन्, त्यो सम्भव पनि छैन’, खनालले भने । पछिल्लो गणनाअनुसार, इलाम-२ मा खनालसँग प्रतिस्पर्धा गरेका नेकपा एमालेका महेश बस्नेतले अग्रतालाई लिइरहेका छन् ।
श्रोतः- ऑनलाइनख़बर
वीरगन्ज , ०९ मंसिर : पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका राज कुमार गुप्ता निर्वाचित भइसकेको भएपनि उनलाइ निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र अझै सम्म दिएको छैन ।मतगणना सम्पन्न भइ अन्तिम नतिजा आएको ४८ घण्टा बित्न लाग्दा समेत पर्सा ३ को निर्वाचन अधिकृतको कार्यालयले गुप्तालाई निर्वाचित भएको प्रमाणपत्र नदिएको हो ।
निकटतम प्रतिस्पर्धी काँग्रेसका सुरेन्द्र प्रसाद चौधरीलाई १ सय ५१ मत मात्रैको झिनो अन्तरले पराजित गरेको भनिएका गुप्ताले निर्वाचित भएको ४८ घण्टा बित्दा पनि निर्वाचन अधिकृतको कार्यालयबाट अहिले सम्म प्रमाणपत्र नपाउदा अनेक आशंकाहरु उब्जिएको छ ।यसका साथै काँग्रेसका उम्मेदवार चौधरीले पनि मतगणनामा गडबड गरिएकोले रिकाउन्टिङ (पुन गणना ) गर्नु पर्ने माग गर्दै निवेदन दिएकाले यसले पर्सा ३ को विजेता को हुने भन्ने प्रश्न उठेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले पनि पर्सा ३ मा गुप्ता निर्वाचित भएको भनेर आधिरीक घोषणा पनि अहिले सम्म गरेको छैन । यद्यपि निर्वाचन आयोगको वेभ साइटमा भने गुप्ता २४ हजार २६० .मतका साथ निर्वाचित भएको उल्लेख छ । वेभसाइटमै चौधरीले भने गुप्ता भन्दा १५१ मत मात्रै कम अर्थात २४ हजार १०९ मत पाएको उल्लेख गरिएको छ ।
आइतबार मतदानका दिन पर्सा ३ मा प्रतिनिधीसभा सदस्यको प्रत्यक्ष तर्फ कूल ६४ हजार ४४८ मत खसेको थियो । मतगणनाका क्रममा भने मतपेटिकाबाट ६४ हजार १७६ मतपत्र मात्रै गनिएको थियो । यो दुवै संख्या जोड घटाउ गर्दा २७२ मत कम भएको देखिन्छ ।
मतदान केन्द्रहरुबाट उठाइएको मुचुल्का अनुसार पर्सा ३ को प्रतिनिधीसभा सदस्यमा प्रत्यक्ष तर्फ ६४ हजार ४ सय ४८ मत खसेको तर मतगणनाका क्रममा मतपेटिकाहरुबाट ६४ हजार १७६ मतपत्र मात्रै भेटिएको पर्सा ३ का निर्वाचन अधिकृत योगनाथ ढकालले बताए ।
उनका अनुसार , प्रत्यक्ष तर्फ मतदान केन्द्रबाट उठाइएको मुचुल्काको भन्दा गणनाका क्रममा कूल सदर मत र कूल बदर मत भन्दा २७२ मत कम भएको देखिन्छ । ढकालका अनुसार , गणनाका क्रममा मतपेटिकाबाट निकालेर गनिएको कूल मत ६४ हजार १७६ छ भने त्यसमा सदर मत ६१ हजार ५ सय ४५ र बदर मत २ हजार ६३१ छ ।
कूल सदर र बदर मतको योगफल जोड्दा आउने संख्या , मतदान केन्द्रहरुबाट उठाइएको मुचुल्का अनुसारको मतसंख्या ६४ हजार ४४८ भन्दा २७२ ले कम देखिएको निर्वाचन अधिकृत ढकाल पनि स्वीकार्छन् ।
उनले मतदानका क्रममा केहि मतदाताले प्रत्यक्ष तर्फको मतपत्र , भूलवस समानुपातिक तर्फको मतपेटिकामा पनि खसाएको हुन सक्ने भएकाले प्रतिनिधीसभा सदस्यमा प्रत्यक्ष तर्फ निर्वाचित हुने उम्मेदवारको आधिकारीक घोषणा नगरिएको र प्रमाणपत्र पनि वितरण नगरिएको बताए ।
ढकालले भने ,‘ अहिले समानुपातिक तर्फको मतगणना भइरहेको छ , शनिबार दिउँसो सम्म सकिन्छ होला , समानुपातिककोे गणना सकेर प्रत्यक्षतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आधिकारीक रुपमा घोषणा गर्नुका साथै प्रमाणपत्र पनि वितरण गर्छौ ।
ढकालले भने,‘ अहिले भइरहेको समानुपातिकको मतगणनाका क्रममा समानुपातिकको मतपेटिकाबाट प्रत्यक्ष तर्फका पनि मतपत्र छिट्फुट भेटिइरहेका छन् , यसरी भेटिएका मतपत्र , प्रत्यक्ष तर्फमा जोडिन्छ , अनि मात्रै आधिकारीक घोषणा हुन्छ ।यता पराजित भनिएका काँग्रेसका उम्मेदवार चौधरीले भने मतगणनाकै क्रममा गडबड गरिएको आरोप लगाए । उनले भने ,‘ १५१ मतले म हारेको भनिएको छ , तर गणनामा २७२ मत नै कम छ , त्यो २७२ मत आखिर कहाँ गायब भयो ? अर्को कुरा गणनामा पढे नलेखेका निरक्षर गणकहरुलाइ पनि खटाइएको थियो , गणनामा नै षडयन्त्र गरिएको छ । त्यसैकारण रि–काउन्टिङका लागि आफुले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पनि दिइसकेको चौधरीले बताए ।
नेपाली काँग्रेसका स्थानीय नेता एंव पोखरीया नगरपालिकाका पुर्व मेयर दिपनारायण रौनीयारले पनि प्रत्यक्ष तर्फको मतपत्र केहि मतदाताले भूलवस , समानुपातिक तर्फको मतपेटिकामा खसाएको जिकिर गरे । उनले गणनाका क्रममा प्रतिनिधीसभाको समानुपातिक तर्फको मतपेटिकाबाट प्रत्यक्ष तर्फको ७४ वटा मतपत्र भेटिएको बताए ।
रौनीयारले भने ,‘ प्रत्यक्ष तर्फको मतपेटिकाबाट सामानुपातिकको मतपत्र पनि भेटिएको थियो, यस्तै प्रातिनिधीसभा सदस्य प्रत्यक्ष तर्फको मतपत्र , प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फको मतपेटिका पनि भेटिएको थियो , त्यसका कारण समानुपातिकको पनि मतगणना नसकिए सम्म प्रत्यक्षमा को जित्छ ? को हार्छ भन्न सकिन्न । हामी त्यसैको प्रतिक्षामा छौ ।

यस पटकको निर्वाचनमा दलका ठूला धेरै नेता पराजित भएका छन्।
पार्टी भित्रको अस्वस्थ प्रतिस्पर्धा, टिकट वितरणमा असन्तुष्टि र नयाँलाई अवसर नदिनाले परीक्षण भइसकेका नेताहरुलाई यस पटक जनताले पत्याएनन्।
कसले कोसँग हारे?
ईश्वर पोखरेल
ईश्वर पोखरेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष हुन्। काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका पोखरेल नेपाली कांग्रेसका प्रदीप पौडेलसँग पराजित भए।
पौडेलले १५ हजार २३७ मत प्राप्त गर्दा पोखरेलले १० हजार १७५ मतमा चित्त बुझाए। रक्षामन्त्री भइसकेका पोखरेलले २०७४ सालको निर्वाचनमा काठमाडौं- ५ बाटै जितेका थिए।
सुरेन्द्र पाण्डे
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन २ बाट पराजित भएका छन्। पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका हुन्।
ढकालले ३४ हजार १८९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रहेका पाण्डेले २६ हजार ६०८ मत प्राप्त गरे। त्यसैगरी नेपाली काँग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत प्राप्त गरे।
पाण्डेको पहिलो संसद् यात्रा भने २०५४ बाट सुरु भएको हो। त्यतिबेला उनी राष्ट्रिय सभाको सदस्य निर्वाचित भएका थिए। त्यसपछि उनी संविधान सभा निर्वाचन २०६४ र २०७० मा निर्वाचित भएका थिए। यस्तै, प्रतिनिधि सभा सदस्य २०७४ मा चितवन २ बाट नै निर्वाचन जितेका थिए।
पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेको संसद् यात्रामा यसपटकका लागि ब्रेक लागेको छ।
शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भए। रेखाले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरे। उनी १९६ मतले पराजित भए।
केपी ओली निकट रहेका पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत भइसकेका छन्।
लेखराज भट्ट
नेकपा एमालेका सचिव एवं एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट कैलाली- ४ बाट पराजित भएका छन्। उनी कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरसँग पराजित भएका हुन्।
बलायरले २६ हजार २२० मत प्राप्त गरेर विजयी हुँदा भट्टले २२ हजार ६१३ मत ल्याए।
नेकपा विभाजित हुँदा भट्टले माओवादी परित्याग गर्दै एमाले रोजेका थिए। उनी नेकपा माओवादी केन्द्रबाट २०६४ को पहिलो संविधान सभा निर्वाचनमा कैलाली- ५ बाट निर्वाचित भएका उनी २०७४ को निर्वाचनमा कैलाली- ४ बाट निर्वाचित भएका थिए।
भट्ट २०७६ मंसिर ५ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, २०६५ मा श्रम तथा यातायात व्यवस्था मन्त्री, २०६७ मा विज्ञान तथा प्रविधि मन्त्री र २०६८ मा वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए।
महेश बस्नेत
नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर २ बाट पराजित भए। बस्नेत कांग्रेसका उम्मेदवार दुर्लभ थापासँग ८ सय २३ मतान्तरले पराजित भएका हुन्।
सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भका थिए भने बस्नेतले २२ हजार ६७७ मतमा चित्त बुझाए।
सांसद अपहरणदेखि संसदमा चर्को बोलेका कारण चर्चामा आएका बस्नेत उद्योग मन्त्री समेत बनेका थिए। उनी २०७४ सालको निर्वाचनमा भक्तपुर- २ बाट निर्वाचित भएका थिए।
कृष्ण राई
नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष समेत रहेका कृष्ण राई काठमाडौं- ३ बाट पराजित भएका छन्। राईलाई नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले पराजित गरेका हुन्।
चालिसेले १५ हजार १५८ मत ल्याएर विजयी हुँदा राईले ११ हजार ११ हजार १९६ मत ल्याए।
देव गुरुङ
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रतिनिधि सभा निर्वाचन हारेका छन्। उनी नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङसँग पराजित भएका हुन्।
पृथ्वीले ३४ हजार ९९६ मत प्राप्त गर्दा देवले ३१ हजार ७८१ मत मात्र ल्याए। देव २०७४ को प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए भने पृथ्वी यहीँबाट प्रदेश सभामा निर्वाचित भएर गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थिए।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र मानिने देव गुरुङको पनि यस पटक संसद्मा भेटिने छैनन्।
विरोध खतिवडा
नेकपा एकीकृत समाजवादी पार्टीका नेता विरोध खतिवडा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका महेश बर्तौलासँग पराजित भए। बर्तौलाले ३४ हजार ९९६ मत प्राप्त गर्दा खतिवडाले ३० हजार ३१६ मत ल्याएका थिए।
६२ वर्षीय खतिवडा समाजवादीका स्थायी कमिटी सदस्य हुन्। उनी २०४८ देखिका सांसद् हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका खतिवडा यस पटक संसद बन्नबाट वञ्चित भएका छन्। खतिवडालाई पराजित गर्ने महेश उनकै राजनीतिक चेला हुन्।
जीवनराम श्रेष्ठ
नेकपा एकीकृत समाजवादी जीवनराम श्रेष्ठ काठमाडौं- ८ बाट पराजित भए। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका हुन्। यो क्षेत्रमा जीवनरामले तेस्रो स्थानमा चित्त बुझाएका छन्।
निर्वाचित हुने विराजभक्तले १० हजार १०५ मत ल्याउँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका दोस्रो भएका थिए भने तेस्रो भएका जीवनरामले ४ हजार ८७७ मत ल्याएका थिए।
जीवनराम २०७४ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट यही क्षेत्रमा निर्वाचित भएका थिए।
जगन्नाथ खतिवडा
एकीकृत समाजवादी पार्टीका प्रवक्ता समेत रहेका जगन्नाथ खतिवडा आफ्नै पूर्वसहकर्मी एमालेका अम्मरबहादुर रायमाझीसँग पराजित भए।
उदयपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रायमाझीले १५ हजार २५१ मत ल्याउँदा खतिवडाले १२ हजार ८९३ मतमा चित्त बुझाएका छन्।
६० वर्षीय खतिवडा समाजवादीका उपमहासचिव समेत हुन्। उनी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा उदयपुर- ३ मा कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसँग पराजित भएका थिए।
रामकुमारी झाँक्री
एकीकृत समाजवादी पार्टीकी सचिव नेतृ रामकुमारी झाँक्री आफ्नै पूर्वसहकर्मी एमालेका गोकर्णराज विष्टसँग पराजित भएकी छिन्। विष्टले २८ हजार ४७६ मत प्राप्त गर्दा झाँक्रीले २६ हजार ४४२ मत ल्याइन्।
२०७४ सालमा नेकपा एमालेको समानुपातिक सूचीबाट प्रतिनिधि सभा सदस्य भएकी झाँक्री पार्टी विभाजनपछि सहरी विकास मन्त्री बनेकी थिइन्।
उपेन्द्र यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग ठूलो मतान्तरले पराजित भए। राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९७९ मात्र ल्याउन सके।
२०३२ सालमा वामपन्थी दल निकट विद्यार्थी राजनीतिमा आबद्ध भएका यादव २०४८ सालपछि नेकपा एमालेमा आबद्ध भएका थिए। २०५६ सालसम्म एमालेको सुनसरी र मोरङ जिल्ला कमिटीको नेतृत्व गर्दै २०५६ सालमा एमाले परित्याग गरेका थिए।
२०६३ सालपछि मधेसी जनअधिकार फोरम नेपाल पार्टी गठन गरी त्यसको अध्यक्ष बनेका यादवले एमालेबाट बाहिरिएको अशोक राई समूहलाई समेटेर संघीय समाजवादी फोरम गठन गर्दै त्यसको नेतृत्व लिए। उनी हाल जनता समाजवादी पार्टीको अध्यक्ष छन्।
यादव संविधानसभा निर्वाचन २०६४ मा सुनसरी- ५ बाट, संविधान सभा निर्वाचन २०७० मा सुनसरी- ५ बाटै र २०७४ मा सप्तरी- २ बाट निर्वाचित भएका यादव पटक पटक मन्त्री भइसकेका छन्।
लक्ष्मणलाल कर्ण
लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण पराकिलो मतान्तरसहित जसपाका प्रदीप यादवसँग पराजित भएका छन्। यादवले २२ हजार ५३७ मत ल्याउँदा कर्णले १ हजार ११७ मत मात्र ल्याउन सके। उनी सो क्षेत्रमा चौथो भएका छन्।
कर्ण यसअघि पर्सा- ४ बाट निर्वाचित भएका थिए। संविधान सभा सदस्य निर्वाचन २०६४ र २०७० मा लगातार समानुपातिक निर्वाचन प्रणालीबाट उनी संसद् छिरेका थिए। यस पटकको पराजयसँगै उनको संसदीय यात्रामा ब्रेक लागेको छ।
ओनसरी घर्ती
पूर्वसभामुख एवं माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती काठमाडौं- २ बाट पराजित भएकी छिन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमसँग पराजित भएकी हुन्।
सोबिता गौतमले १५ हजार २२९ मत ल्याएर निर्वाचित हुँदा घर्तीले ९ हजार ४४९ मत मात्र ल्याउन सकिन्। उनी सो क्षेत्रमा चौथो स्थानमा सीमित भइन्।
घर्तीले संविधान सभा निर्वाचन २०६४ मा समानुपातिक सदस्य, दोस्रो संविधान सभा निर्वाचन २०७० र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा रोल्पा- २ बाट जितेकी थिइन्।
संविधान जारीपछि रुपान्तरित व्यवस्थापिका संसद्मा पहिलो महिला सभामुख (२०७२–२०७४) बनेकी उनी संविधानसभा उपाध्यक्ष तथा व्यवस्थापिका संसद् उपसभामुखकी (२०७०–२०७२) को जिम्मेवारी प्राप्त गरेकी थिइन्।
पम्फा भुसाल
नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल प्रतिनिधि सभा निर्वाचनमा ललितपुर- ३ बाट पराजित भएकी छिन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले हराएकी हुन्।
तोसिमा ३१ हजार १३६ मत ल्याएर निर्वाचित हुँदा भुसालले ८ हजार ७६९ मत प्राप्त गरेकी थिइन्। उनी सो क्षेत्रमा तेस्रो भइन्।
संविधान सभा सदस्य निर्वाचन २०६४ र प्रतिनिधि सभा निर्वाचन २०७४ मा ललितपुर- ३ बाट निर्वाचित भुसाल पटक पटक मन्त्री भइसकेकी छिन्।
source:- Nepal live
