
काठमाडौं । प्रहरीले गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।
सन्दीप लामिछाने बलात्कारको कसुरमा दोषी ठहर भएपछि गौशाला २६ को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले संखुवासभाका एक युवा केशरमान राईलाई पक्राउ गरेको जनाएको छ ।
पीडित गौशाला २६ को तस्बिर सार्वजनिक गरिएको भन्दै साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले सार्वजनिक गर्नेलाई खोजी गरेको हो ।
बलात्कारको आरोपमा सन्दीपलाई अदालतले ८ वर्षको जेल सजाय तोकेको छ । पक्राउ परेका राईलाई विद्युतीय कारोबार ऐन, २०६३, अपराध अन्तर्गतको कसूरमा अनुसन्धान गरिने भएको छ ।
उनलाई पक्राउ पछि जिल्ला अदालतमा उपस्थित गराएर सात दिनको अनुसन्धानका लागि म्याद थप गरिएको साइबर ब्यूरोको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी गराएका छन् ।