राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सात वटा निर्वाचनमा क्षेत्रमा जित हात पारेको छ।
झापा-३ बाट अध्यक्ष राजेन्द्र लिङ्देन, मकवानपुर १ बाट दीपक सिंह, चितवन-३ बाट विक्रम पाण्डे, नवलपरासी पश्चिम २ बाट ध्रुवबहादुर प्रधान विजयी भएका छन्।
यस्तै, रूपन्देही ३ बाट दीपक बोहोरा, बाँके २ बाट धवलशमशेर राणा विजयी भएका छन् भने जुम्लाबाट ज्ञानबहादुर शाही विजयी भएका छन्।
२०७४ सालको प्रतिनिधि सभामा राप्रपाबाट राजेन्द्र लिङ्देन मात्र सांसद थिए भने समानुपातिकमा पनि उसले तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेको थिएन।
राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग गरिरहेको राप्रपाले यसपालि भने प्रत्यक्ष र समानुपातिक दुबैतर्फ निकै नै मत बढाएको छ।
समानुपातिकमा अहिलेसम्म ४ लाख ४८ हजार ७ सय ९७ मतसहित राप्रपा पाँचौं स्थानमा छ।
श्रोत ः- सेटोपाटी