पर्साको सखुवाप्रसौनी गाउँपालीकाको महुवन टोलमा आज कुस्ती प्रतियोगिताको आयोजना गरीएको छ । 
संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एव् पर्सा क्षेत्र नम्बर १ का सासद प्रदीप यादवले प्रतीयोगीताको उदघाटन गर्नुभएको हो । प्रतीयोगीताको उद्घाटन गर्दै उहाँले केन्द्रिय सरकारको दोधारे नितीका कारण प्रदेश नम्बर दुईमा खेलकुद र खेलाडीको विकास हुन नसकेको आरोप लगाउनुभयो । उहाँले तराई मधेशको शानको रुपमा रहेको कुश्ती खेल र खेलाडीहरुको संरक्षणका लागि प्रदेश नम्बर दुईमा प्रशिक्षण केन्द्र खोल्नका लागि पहल गर्ने प्रतीबद्धता जनाउनुभयो । प्रतीयोगीतामा प्रदेश नम्बर दुईका प्रदेश सभा सदस्य प्रहलाद गिरी , सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवाल , जगरनाथपुर गाउँपालिकाका जालिम मिया , पर्सागढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष असलम आलम , संघीय समाजवादी फोरम नेपाल पर्साका सदस्य तबरेज अहमद लगायतको उपस्थिती रहेको थियो । 
आजको कुश्ती प्रतीयोगितामा भारत र नेपालका राष्ट्रिय स्तरका प्रसिद्ध पहलवानहरूको सहभागीता रहेको छ ।
