8
१६ माघ, काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा तीव्र गतिका बलर चन्दन रामको उत्कृष्ट बलिङमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८७ रनमै अलआउट गरेको छ ।
चन्दनले कसिलो बलिङ गरेपिछि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेश १६.२ ओभरमा ८७ रनमा अल आउट भयो ।
सुदूरका नारायण जोशी २५ बलमा ३ चौका र ३ छक्कासहित ३१ रनमा नट आउट रहे । आफ्नो करिअरकै पहिलो राष्ट्रिय स्तरको खेल खेलेका चन्दले सुदूरको शीर्ष र मध्यक्रम ध्वस्त पारेका थिए ।
उनले ओपनर टेक रावतलाई शून्य, नरेन भट्टलाई १, मिलन बोहरालाई ८ रनमा बोल्ड आउट गरे । खड्क बोहरालाई २४ रनमा आउट गराए ।
श्रोत:- ऑनलाइनख़बर
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.