
पर्सा । अन्तर्राष्ट्रिय कल बाईपास VOIP (Voice Over Internet Protocol) सचालन गर्ने एकजना भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा २ रेल्वे रोडमा स्थित मनान मियाको घरमा डेरा गरि बस्दै आएका भारतीय नागरिक इरफान सुफियान खानलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले खानलाइ VOIP (Voice Over Internet Protocol) मा प्रयोग हुने उपकरण सहित पक्राउ गरेको हो ।
खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल कल बाईपास गर्दै गर्दाको अवस्थामा नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।