
मिति २०७८।१२।२८ गते अं.२२:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको जिल्ला रौतहट फतुवा विजयपुर न.पा. वडा नं.१० बस्ने लक्ष्मी चौधरीको ना ३५ प ५९१ नम्बरको 124.7 CC को कालो रंगको सुपर स्पलेण्डर मोटरसाइकल जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं. २२ जगरनाथपुर बस्ने वर्ष २० को ऋषी पासवान र वर्ष १९ को सहिम मिया अन्सारीले मो.सा.को लक तोडी चोरी गरी भाग्दै गरेको सूचना प्राप्त भई तत्काल प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले उक्त मो.सा. सहित निजहरुलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको व्यहोरा सूचित गरिन्छ ।पक्राउ परेका व्यक्तिको नाम ऋषि पासवान, उमेर: २० वर्ष ठेगाना:- जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२२ जगरनाथपुर र सहिम मिया अन्सारील उमेर:- १९ वर्ष जि.पर्सा वीरगञ्ज म.न.प वडा- २२ जगरनाथपुर