वीरगञ्ज, बैशाख ६ – पर्साको बहुदरमाई नगरपालिका वडा नं. ९ दुई समुहबीच झडप भएको छ । नगरपालिकाको विश्रामपुर गाउँमा झडपमा परेर केहि व्यक्ति घाइते समेत भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा अनुसार २ महिला सहित आधादर्जन व्यक्ति घाइते भएको जनाएको छ । घाइतेहरुको अहिले वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचार चलिरहेको स्थानीयहरुले जनाएका छन् !
सामान्य विषयलाई लिएर विवाद हुँदा झडप भएको पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनुभयो ।
‘सामान्य विषयलाई लिएर झडप भएको हो,’ हरी उपरिक्षण पन्तले भन्नुभयो, ‘अहिले सम्पूर्ण जानकारी आएको छैन, आधा दर्जन जति घाइते भएका छन् र केहिलाई हामीले पक्राउ समेत गरेका छौं । अवस्था अहिले सामान्य छ, हामि अनुसन्धान गरिरहेका छौं।
via :-Nepalpost daily