अख्तियार अनुसन्धान आयोगले वीरगञ्जमा महानगरपालिकाका कम्प्युटर अपरेटरलाई १५ हजार घुस रकमसहित पक्राउ गरेको छ।
महानगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर राकेश कुमार जैशवाललाई १५ हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।
वीरगञ्ज महानगर-१८ मा सडक बनाएर रकम भुक्तानी गर्ने क्रममा उनले घुस मागेको आरोपमा पक्राउ गरिएको आयोगले जनाएको छ।
सोमबार हेटौंडाबाट खटिएको टोलीले महानगरमा छापा मारेको थियो। महानगरमा कुनै काम गराउन पैसा मागेको भन्ने सूचनाका आधारमा आयोगले छापा मारेको हो।
उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ।
via :1 Setopati