प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शंकास्पद वस्तु फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका ९ बाघबानी देखि शंकटमोचन मन्दिर जाने भित्री सडकको छेउमा अबेर साँझ कुकर बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको हो ।
झोलामा राखेर राखिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका छ । अहिले प्रहरी त्यहाँ घेरा हालेर आवत जावतमा रोक लगाएको छ । कुकर जस्तो देखिएकाले बमकै आशंका गरेर त्यहाँ आवत जावतमा रोक लगाइएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।
बम हो कि भन्ने शंकाका आधारमा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल आउन लागेको जनाइएको छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।