तस्बिर: नारायण महर्जन/सेतोपाटी
सागमा पौडीतर्फ ४ स्वर्ण जितेकी कीर्तिमानी खेलाडी गौरिका सिंहलाई उल्लेख गर्दै उनले आफू पनि पौडीबाज भएको बताए।
‘म गौरिकालाई बताउन चाहन्छु- म पनि एउटा स्विमर हो। म पनि ठूल्ठूला बगेका खोलाहरू पुल, डुंगाबाट होइन खोलाबाटै तरिदिन्थें,’ प्रधानमन्त्री ओलीले भने,‘हाम्रो समयमा स्विमिङ पुल चाहिँदैनथ्यो। खोलासँग राम्रो जानपहिचान भइसक्याथ्यो त्यसकारण बगाउँदैनथ्यो। धेरैपल्ट म बग्दाबग्दै बगाउनबाट जोगिएको छु किनभने पौडी खेल्न जानेको र सिकेको हुनाले।’
प्रधानमन्त्री ओलीले आफू पनि खेलाडी भएको उल्लेख गरे।
Vai :-Setopati