4
तस्बिर: सेतोपाटी
स्लो स्पिडमा गुडिराखेको गाडी भित्र थिए- जनमत पार्टीका अध्यक्ष सिके राउत।
शनिबार दिउँसो एउटा प्राइभेट नम्बरको गाडी पुतलीसडकबाट भृकुटीमण्डपतिर सोझियो। कार सामान्य नै थियो तर त्यसको दाँयाबाँया असामान्य तरिकाले मान्छेहरू दौडिरहेका थिए। कालो चस्मा, सुटपाइन्ट लगाएका व्यवसायिक सुरक्षागार्डजस्ता देखिने युवा कारसँग दौडिएर भृकुटीमण्डप पुगे।