
फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी कोइरी महतोले गृहमन्त्री रवि लामिछानेकै अगाडि मतदानमा भाग लिएका छन्।
प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको मतदानमा महतोले पनि भाग लिए।
प्रस्तावको पक्षमा मतदान गर्न उभिएका महतोले गृहमन्त्रीकै अगाडि पुस्तिकामा हस्ताक्षर गरेका थिए। गृहमन्त्री लामिछाने पनि प्रस्तावको पक्षमा मतदान गर्न उभिएका थिए।
पुस्तिकामा वर्णानुक्रमअनुसार नामावली राखिएको थियो। वर्णानुक्रममा गृहमन्त्री लामिछाने र फरार सूचीका महतोको नाम सँगसँगै थियो।
यसअघि प्रहरीले संसद् सचिवालयलाई महतो सम्पर्कमा आए खबर गर्न पत्र पठाएको थियो। तर, गृहमन्त्रीकै सामुन्नेमा उभिँदा पनि महतो पक्राउ परेनन्।
महतो सशस्त्रका असइ थमन विकको हत्यामा फरार सूचीमा छन्। मधेस आन्दोलनका क्रममा २५ भदौ ०७२ मा विकलाई गाडीबाट थुतेर भाला तथा धारिलो हतियारले घोचेर हत्या गरेको अभियोग उनीमाथि छ। उनलाई २ असोज ०७६ मा जिल्ला अदालत महोत्तरीले एक लाख धरौटीमा छाड्ने आदेश दिए पनि पुनरावेदनपछि उच्च अदालत जनकपुरले पुनः पक्राउ गर्न आदेश दिएपछि फरार छन्।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीको भ्रष्टाचार प्रकरणको चौतर्फी बिरोध भएपछि सदाचारी कहलिएका रामनारायण कुर्मी तर्फ जनमत आर्कर्षित हुन थालेको छ ।
मधेस आन्दोलनको केन्द्रबिन्दु बनेको बिरगंजमा ६-६ महिना बन्द गरेर आफ्नो कद बढाएका मधेसवादी दलहरु बिरगंजबासीहरु संग गद्दारी गरेर जनकपुरलाई राजधानी बनाउन लागे ।
मधेसवादी दलहरुले बिरगंजलाई राजधानी बनाउने वाचा गरे पनि अन्तत धोखा पाए बिरगंजलाई राजधानी नबनाए पनि बिरगंजबाट निर्वाचन जितेका लालबाबु राउत गद्दीलाई मुख्यमन्त्री बनाएर बिरगंजको आन्दोलनलाई स्थगित बनाइयो । मुख्यमन्त्री बनेपछी आफ्नो गृह जिल्लालाई बिर्सेर उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा बजेटको खोला बगाएर प्रदेशमा घोटालाको अनेकौं श्रृंखला खडा गरेको लालबाबु देश भित्र मात्र नभई विदेशमा समेत घृणाको पात्र बनेका छन् । समाजिक संजाल र युवाहरुको तारो बनेपछि निर्वाचन प्रक्रियाको दौडमा अगाडि रहेको नेपाली कांग्रेस पर्साका उप-सभापति रामनारायण कुर्मी प्रती आर्कषण बढन थालेको छ ।
पर्साको निर्वाचन क्षेत्र नं १ को २ बाट स्वतन्त्र उम्मेदवार बनेकोहरु पनि आफ्नो मिटर उठन नसकेको देखेर अन्तिममा मुख्यमन्त्रीलाई हराउनको लागि रामनारायण कुर्मी सदाचारी आचरणको भएकोले सहयोग गर्न सक्ने वातावरण बन्दै गएको छ ।

१७ मंसिर, वीरगञ्ज । बाराको परवानीपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई २०५ किलोको माला लगाइदिएका छन् ।







