अबैध रुपमा भारतबाट ल्याउदै गरेको २०० के.जी.माछा सहित मानिस पक्राउ !
बिशेष सूचनाको अधारमा भंसार छली चोरी पैठारी गरी माछा लगायतका मालबस्तुहरु ल्याउदै गरेको छ भन्ने प्राप्त सूचना अनुसार यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०७७।१०।१८ गते अं. २०:०० बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१६ नगवा पोखरी स्थितमा ON Test Hero Honda मो.सा.मा २०० के.जी.माछा लोड गरी बीरगंज तर्फ ल्याउदै गरेको अवस्थामा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले भारत बिहार आदापुर बस्ने असर्फी सहनीको छोरा बर्ष ३० को प्रमोद सहनीले बोकी ल्याएको उक्त माछा र निज प्रमोद सहनीलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन चेक प्वाईन्ट सिर्सिया पर्सामा बुझाइएको ।
Flash News
न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरीले भारतबाट चोरबाटो भएर ल्याउँदै गरेको मुर्गामुर्गी (कुखुरा) पक्राउ गरिएको छ । प्रहरीले भारतबाट चोरेर नेपालतर्फ ल्याउँदै गर्दा पक्राउ गरेको हो ।
कुखुरा सहित २ जना तस्करलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले भारबाट लुकीछिपी बोर्डर पार गर्ने बेलामा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले ८७ वटा कुखुरा कुुखुरी पक्राउ गरेको हो ।
तस्करीको सूचना पाए लगत्तै सीमा प्रहरी चौकी लग्मा, जटहीबाट प्रहरी नायव निरीक्षक मनु श्रेष्ठको कमाण्डमा खटिएको टोलीले नगराईन नगरपालिका ६ लहरनीयाबाट २ ओटा मोटरसाइलकल सहित ८७ वटा बोईलर कुखुरा बरामद गरेको हो । आजको टुडे एक्सप्रेसमा समाचार प्रकाशित छ ।
बीरगन्ज, १४ पुष । बीरगन्जमा दि जोकटेल नामक हाँस्यव्यंग्य कार्यक्रम हुने भएको छ । पिडिएल कन्सलटिंग ग्रुप, नेक्नो टेक्नोलोजिज् र युथ्स् अफ बीरगन्जलगायतका संघ संस्थाको आयोजनामा कार्यक्रम हुने भएको हो ।
बीरगन्जले जित्दैछ कोरोना” भन्ने नाराका साथ अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा कार्यक्रम आयोजना हुन लागेको हो । बीरगन्जस्थित टाउनहलमा साँझ ५ बजेबाट प्रारम्भ हुने कार्यक्रममा आदर्श मिश्र, सज्जन श्रेष्ठ, अपुर्व क्षितीज सिंह, मनिराज गिरीलगायतका हाँस्य कलाकारहरुले प्रस्तुती दिनेछन् 
कार्यक्रममा प्रस्तुतीका लागि बीरगन्ज आउन लागेका हाँस्य कलाकारहरुको युवा वर्गमा विशेष प्रभाव छ । समसामयिक विषयवस्तुलाई व्यंग्यात्मक ढंगमा प्रस्तुत गर्ने यी कलाकारहरुको प्रस्तुतीका कारण युवा वर्गमा विशेष प्रभाव पर्न गएको हो ।
साथै स्थानिय कलाकारहरुद्धारा सांगितीक प्रस्तुती पनि रहने आयोजकले जनाएका छन् ।
यहि शुक्रबार हुन लागेको कार्यक्रमका लागि तयारी तीब्र पारिएको आयोजक युथ्स् अफ बीरगन्जका सौरभ साहले बताए । उनका अनुसार कार्यक्रमको सबै तयारी लगभग पुरा भईसकेको छ । कोरोना तथा लकडाउनका कारण आजित बनेका यहाँका बासिन्दाहरुका मनोरञ्जनार्थ कार्यक्रम आयोजना गर्न लागिएको साहको भनाई छ ।
कार्यक्रममा सहभागि हुन यहाँका युवावर्गमा विशेष उत्साह देखिएको छ । कार्यक्रममा सहभागि हुन दर्शकले टिकट किन्नुपर्नेछ ।
यसैबिच बीरगन्जमा स्टैण्ड अप कमेडिको वातावरण सिर्जना गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको आयोजक संस्थाहरु मध्ये एक नेक्नो टेक्नोलोजिज्का रवि शंकर साहले जानकारी गराए ।
बीरगन्जबाट स्टैण्ड अप कमेडिमा लाग्न चाह्ने युवाहरुलाई बाध्यकारी रुपमा काठमाण्डौ जानुुपर्ने अवस्थाको अन्त्यका लागि दि जोकटेलको आयोजना गर्न लागिएको साहले बताए । “स्टैण्ड अप कमेडिमा भविष्य खोज्न काठमाण्डौ जानैपर्छ, बीरगन्जमा कुनै विकल्प छैन,” साह भन्छन्,”यहाँ पनि स्टैण्ड कमेडी सम्भव छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस कार्यक्रमको आयोजना गरेका हौ|”
कार्यक्रम आयोजनाका लागि यहाँको समुदाय सँग प्राप्त भईरहेको सहयोगले आफुहरुलाई निकै हर्षित बनाएको साहको भनाई छ । उनका अनुसार कार्यक्रममा यहाँ विभिन्न संघसंस्था जोडिएका छन् । शुक्रबारको कार्यक्रमको लागि कलाकारहरु बिहीबार बीरगन्ज आईपुग्ने जनाइएको छ । कार्यक्रममा सहभागिताका लागि टिकटहरु बजारमा सर्वत्र उपलब्ध रहेको आयोजकहरुको भनाई छ ।
सरकारले काठमाडौँ–रक्सौल जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडलाई अनुमति दिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले काठमाडौँ–रक्सौल अन्तरदेशीय रेलमार्ग निर्माण तथा सञ्चालन गर्न डीपीआर तयार गर्न भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडले अनुमति माग गरेकोमा अनुमति प्रदान गरिएको जानकारी दिनुभयो । रेलमार्ग निर्माणको डीपीआर तथा निर्माण कार्य अगाडि बढाउन भारतले गएको भदौमा नेपाल सरकारसँग औपचारिक अनुमति मागेको थियो ।
रेलमार्गको डीपीआरसहित सम्पूर्ण निर्माण कार्य सुरु गर्नुअघि भारतद्वारा पठाइएको पत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो रायसहित डीपीआर लगायत निर्माण कार्य अगाडि बढाउन स्वीकृति प्रदान गरी भारतलाई पत्र पठाइसकिएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको रायसुझावसहित सहमति लिई डीपीआरसहित निर्माण कार्य अगाडि बढाउन अनुमति प्रदान गरिएको पत्र भारतलाई पठाइसकिएको छ भन्नुभयो । दुई दिनअघि भारतलाई पत्र पठाइएको बताउँदै उहाँले काम सुरु गर्न भारतीय पक्ष जनशक्ति र उपकरणसहित छिट्टै नै नेपाल आउने जानकारी दिनुभयो ।
कोङ्कर्ण रेल्वे कर्पोरेसनले यसअघि नै सो रेलमार्गको प्रारम्भिक अध्ययन (प्रिमिनरी इन्जिनियरिङ कम ट्राफिक सर्भे, पीईटी) गरी सोको प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको थियो । २०७६ भदौ १८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सो अध्ययनको प्रस्तुतिसमेत गरिएको थियो । प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार भारतको रक्सौलबाट नेपालको वीरगञ्ज सुक्खा बन्दरगाह हुँदै आउने यो रेलमार्ग बाराको जितपुर–निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएर काठमाडौँ आउने बताइएको छ । कुल लम्बाई १३६ किलोमिटर रहने यस रेलमार्गमा ४२ किलोमिटर सुरुङ रहनेछ ।
उक्त रेलमार्गको डीपीआर तयार गर्न भारत सरकारले यो वर्ष बजेट विनियोजनसमेत गरेको छ । भारत सरकारको सम्पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा सो रेलमार्ग निर्माण गर्ने सहमति दुई मुलुकबीच भएको हो । यो रेलमार्ग निर्माणमा कुल तीन खर्ब रुपियाँ खर्च हुने अनुमान छ ।
काठमाडौँमा २०७५ भदौमा सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले उक्त रेलमार्गको अध्ययन गर्न समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गर्नुभएको थियो ।
source :- Ankushdaily.
बाबुराम भन्छन्, ‘९ अर्ब भ्रष्टाचारको आरोप गलत प्रमाणित भए मृत्युदण्ड भोग्न तयार छु’
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले केहि दिन अघि बुढीगण्डकी जलविद्युत आयोजनामा ठूलो भ्रष्टाचार भएको आरोप लगाए।
गृहजिल्ला गोरखामा आयोजित कार्यक्रममा उनले बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवामाथि ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए।
आफू प्रधानमन्त्री भएका बेला सुरु भएको उक्त आयोजनामा भ्रष्टाचार भएको प्रमाण दिन तयार रहेको बाबुरामको भनाई छ।
नेता भट्टराईको उक्त अभिव्यक्तिपछि राजनीतिक क्षेत्रमा तरंग छाएको छ। नेपाली काँग्रेसले पार्टी सभापति देउवामाथि लगाएको आरोप पुष्टि गर्न बाबुरामलाई चुनौती दिइसकेको छ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।सत्ताधारी दल नेकपाले भने यो अभिव्यक्तिबारे कुनै टिप्पणी गरेको छैन।राजनीतिक दल तथा नेताहरुले उक्त आरोप प्रमाणित गर्न चुनौती दिन थालेपछि नेता भट्टराईले यस प्रकरणको छानबिन आरम्भ गर्न सरकारलाई आग्रह गरेका छन्।
त्यसका लागि एउटा अधिकारसम्पन्न छानबिन आयोग गठनको माग उनले गरेका छन्।
आफूसँग भएको प्रमाण सम्बन्धित आयोगलाई उपलब्ध गराउन आफू तयार रहेको डा.भट्टराईले बताए।
यदी आफ्नो आरोप गलत प्रमाणित भए आफू मृत्युदण्डका लागि तयार रहेको उनको चुनौती छ।
हालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र कसैलाई गर्न पनि नदिने अर्थात भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अपनाउने बताउँदै आएका छन !
सांसदले भन्दैमा खुल्दैन, केन्द्रियको निर्णय विपरित विद्यालय खोले कारवाही गर्छु – मेयर सरावगी
वीरगञ्ज २६ असोज । वीरगञ्जमा सरोकारवालाहरुको बैठकले जिल्लाभरका विद्यालयहरु आगामी कार्तिक ११ गतेबाट खोल्ने निर्णयको वीरगन्ज महा नगरपालिकाका मेयर विजयकुमार सरावगीले विरोध जनाएका छन ।
आईतबार वीरगञ्ज विर्तास्थित होटल अन्नपूर्णामा प्याब्सन पर्साको आयोजनामा सम्पन्न वैकल्पिक सिकाईका चुनौति र समाधान विषयमा भएको सर्वपक्षीय अन्तरक्रियामा जिल्लाभरका विद्यालयहरु आगामी कार्तिक ११ गतेबाट खोल्ने निर्णय गरेका छन । यसका लागि दशैं अघिसम्म सबै विद्यालयहरुले तयारी गरिसक्ने निर्णय समेत भएको छ ।
यता आईतबार वीरगञ्ज विर्तास्थित होटल अन्नपूर्णामा प्याब्सनमा भएको वैकल्पिक सिकाईका चुनौति र समाधान विषयमा भएको सर्वपक्षीय अन्तरक्रिया कार्याक्रममा जिल्लाभरका विद्यालयहरु आगामी कार्तिक ११ गतेबाट खोल्ने निर्णय कार्यक्रममा वीरगन्ज महा नगरपालिकाका मेयर विजयकुमार सरावगी र जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ सहभागी भएन्न ।
वीरगन्जका विद्यालयहरु आगामी कार्तिक ११ गतेबाट खोल्ने विषयमा भएको सर्वपक्षीय अन्तरक्रिया कार्याक्रमको विषयमा मेयर सरावगीसंग कुरा गर्दा स्थानिय नेता र केहि शिक्षको अन्तरक्रियाले विद्यालय खोलन नसकिने बताउदै केन्द्रिय सरकारले जवसम्म विद्यालय खोलन ईजाज्त दिदैन तवसम्म विद्यालय खोलन सकिदैन, केन्द्रिय सरकारको प्रतिनिधि जिल्ला प्रमुख अधिकार हुन उनले विद्यालय खोलन नभने सम्म विद्यालय कसरी खुल्न सक्छ, हाम्रो पनि चाहना छ विद्यालयहरु खुलोस तर मोडल स्वरुपमा पहिला ८, ९ र १० कक्षा सचालन गर्ने सहज भए पछि ५, ६ र ७ कक्षा जोडदै लिएर जाने, यसमा पनि जस्को घरमा आनलाईन पढन सुविधा छ उ घरमै नै पढने, जस्को सुबिधा छैन उ विद्यालय आउने, दुवै सुविधा एकै साथ संचालन गर्ने साथै विद्यालयमा विद्यार्थी बोलाउनु अघि अभिभावकसँग सबै विद्यालयले अनुमित लिनुपर्ने, ईसबै कुरा मईले लिखित जिल्ला प्रमुख अधिकार तामाङलाई पठाई सकेको छु, जबरजस्ती कसैले विद्यालय खोले कारवाही गर्छु उनले भने ।
यता आईतबार वीरगन्जको विद्यालय खोलने तयारी स्वरुप भएको निर्णय कार्यन्वयनका लागि जिल्लाका सबै स्थानीय तहहरुमा समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ । सामुदायिक विद्यालयहरुमा राखिएका क्वारेन्टाइन अन्यत्र सार्न लगाउने, विद्यालयहरुमा सरसफाई लगायत विद्यालय खोलेपछि अपनाउनु पर्ने सम्पूर्ण सर्तकर्ताहरुबारे प्रधानाध्यापक, शिक्षकहरुसँग सबै सरोकारवालासँग समन्वय गर्ने पनि निर्णय भएको छ । यसका लागि आईतबार बसेको बैठकले गरेको निर्णयको बोधार्थ जिल्ला प्रशासन कार्यालय र जिल्लाका सबै स्थानीय तहमा पठाइने भएको छ ।
आईतबार अन्तरक्रियामा सहभागी हुदैं कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पर्साको क्षेत्र नं. १ का सांसद प्रदीप यादवले अब धैरे दिनसम्म शैक्षिक संस्था बन्द गर्न नहुने बताएका छन ।
प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साहको अध्यक्षतामा भएको सो अन्तरक्रियामा सांसद प्रमुख अतिथिको रुपमा सांसद यादव, विशिष्ट अतिथिको रुपमा प्रदेश सांसद करिमा बेगम र जिल्ला समन्वय समितिका सभापति नेक महमद अन्सारीका साथै नेपाली कांग्रेस पर्साका सभापति अजय दुवेदी, नेकपा जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ, शिक्षाविद् प्रा.डा. दिपक शाक्य, हिसानका प्रदेश अध्यक्ष मनिष सिंह, बौद्धिक पेशाकर्मी महासंघका प्रदेश अध्यक्ष विजय यादव, एन प्याब्सन अध्यक्ष रामसुन्दर चौधरी, नेपाल पत्रकार महासंघका पर्सा अध्यक्ष श्याम बन्जारा, अभिभावक संघका जिल्ला अध्यक्ष अमर बहादुर गौतम, शिक्षक महासंघका जिल्ला अध्यक्ष तीर्थराज यादव, संघीय शिक्षक फोरमका जिल्ला अध्यक्ष हरिन्द्र चौरसिया, नेपाल शिक्षक महासंघका बीरगन्ज नगर अध्यक्ष विनोद मेहता, जसपाका युवा नेता ईश्वरचन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।
source :- Yatradaily
काठमाडौं : महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थालेको छ। संविधान जारी भएदेखि सुषुप्त रूपमा उठ्दै आएको यो विषयलाई महाधिवेशनमा एजेन्डा बनाउने केही नेताको तयारी छ।
१४ औं महाधिवेशनमा सनातन हिन्दूराष्ट्रको एजेन्डालाई सशक्त रूपमा उठाउँछौं’, केन्द्रीय सदस्य शंकर भण्डारीले भने, ‘हिन्दू धर्म नेपालको राष्ट्रिय पहिचान हो। हाम्रो राष्ट्रियता हो। यसलाई स्वीकार गर्नेलाई पार्टीमा स्थापित गराउनु हाम्रो अभियान हुनेछ।’
संविधानमा रहेको धर्मनिरपेक्षताप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेता खुमबहादुर खड्काले पार्टीभित्र र बाहिर हिन्दूराष्ट्रको पक्षमा बहस चलाएका थिए। तर, उनको निधनपछि उक्त मुद्दा पार्टीमा मलिन रूपमा उठे पनि त्यसले दबाब सिर्जना गर्न सकेन।
खड्कानिकट केन्द्रीय सदस्य भण्डारीलगायत नेताले हिन्दूराष्ट्रका पक्षमा आवाज उठाउँदै आएका छन्। काठमाडौंमा दुई वर्षअघि सम्पन्न महासमिति बैठकमा सहभागी १ हजार ४ सय सदस्यमध्ये करिब ७ सयले हिन्दूराष्ट्रका पक्षमा हस्ताक्षर बुझाएका थिए। त्यसलगत्तै बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू बालकृष्ण खाँण, एनपी साउद, डा. शेखर कोइरालालगायतले पनि धर्मनिरपेक्षताका ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्ने माग चर्काे रूपमा उठाएका थिए। यसअघि मौसमी रूपमा कांग्रेसमा धर्मको विषयले चर्चा पाउँदै आए पनि महाधिवेशन नजिकिएसँगै शीर्ष नेता हिन्दूराष्ट्रका विषयमा बोल्न थालेका हुन्।
‘धर्मनिरपेक्षताका विषयमा असन्तुष्टि देखिन थालेको छ। यसबारे पार्टीले ठोस निर्णय गर्नुपर्ने बेला आएको छ’, बीपी जयन्तीका अवसरमा आयोजित पार्टीका शीर्ष नेता सहभागी कार्यक्रममा उपसभापति विजयकुमार गच्छदारले भने, ‘धार्मिक स्वतन्त्रता वा हिन्दूराष्ट्र अहिले गर्न मिल्छ वा मिल्दैन तर हिन्दू बाहुल्य मुलुकमा धार्मिक स्वतन्त्रताको कुरा नेपाली कांग्रेसको मान्यतामा थियो। बीपी कोइराला, गणेशमान, किसुनजी, गिरिजाबाबुलाई सम्झिँदै कांग्रेसले यसमा पुनर्विचार गर्नुपर्ने हुन्छ।’ उनले हिन्दूराष्ट्रका पक्षमा निर्णय गर्न कांग्रेसले ढिलाइ गर्न नहुने बताएका थिए।
महामन्त्री डा. शशांक कोइरालाले हिन्दूराष्ट्रको मुद्दा बेलाबखत उठाउने गरे पनि एजेन्डाकै रूपमा भने लिएका छैनन्। तर, उनले महाधिवेशनमा हिन्दूराष्ट्रको मुद्दा एजेन्डाका रूपमा उठ्न सक्ने बताउँदै आएका छन्।
कांग्रेसको केन्द्रीय तहमा हिन्दूराष्ट्रका पक्षमा खुलेर बोल्ने नेता कम भए पनि तल्लो तहमा भने संख्या ठूलो छ। पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत नेता पनि हिन्दू राष्ट्रका पक्षमा खुल्न थालेका छन्।
महाधिवेशनमा हिन्दूराष्ट्रको मुद्दा उठे त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेमा कांग्रेसमा छलफल भने भएको छैन। कतिपय नेताले महाधिवेशनअघि नै हिन्दूराष्ट्रका बारेमा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका छन्।
‘८ सय महासमिति सदस्यले हिन्दूराष्ट्रका पक्षमा हस्ताक्षर बुझाइसकेका छन्। महाधिवेशनमा यो विषय झनै पेचिलो हुने निश्चित छ’, एक केन्द्रीय सदस्यले भने, ‘महाधिवेशनमा यो विषय उठ्यो भने कसरी हल गर्ने ? त्यसैले अहिले नै हामीले हिन्दूराष्ट्रका बारेमा स्पष्ट धारणा बनाउनुपर्छ।’
सभापति शेरबहादुर देउवा भने धर्मबारे मौन छन्। उनले न धर्म निरपेक्षताबारे बोलेका छन् न त हिन्दूराष्ट्रबारे। वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेताले भने संवैधानिक व्यवस्थालाई अंगीकार गर्नुपर्ने बताउँदै आएका छन्। कांग्रेसको नेतृत्वमा बनेको संविधानको स्वामित्व पार्टीले लिनुपर्ने उनीहरूको अडान छ। कांग्रेसभित्रका मुस्लिम र अधिकांश जनजाति नेता भने धर्म निरपेक्षताकै पक्षमा छन्। राजनीतिक विश्लेषक चन्द्रदेव (सीडी) भट्टले कांग्रेसभित्र उठेको धर्मको विषय स्वाभाविक भएको बताए। संविधानमा पनि धर्मनिरपेक्षताको विषय परिवर्तनीय भएकाले कुनै पनि राजनीतिक दलले हिन्दूराष्ट्रलाई एजेन्डा बनाउनुलाई स्वाभाविक रूपमा लिनुपर्ने उनको टिप्पणी छ।
‘संविधानले पनि परम्परादेखि चलिआएको सनातन धर्मको कुरा उल्लेख गरेको छ। परम्परागत धर्मलाई जोगाउने आधार संविधानले दिएको छ’, उनले भने, ‘फेरि संविधानमा धर्मनिरपेक्षतालाई अपरिर्वतनीय पनि भनेको छैन। पार्टीले त्यसलाई एजेन्डाका रूपमा उठाउन सक्छ। धर्मनिरपेक्ष बनाउँदा गहन छलफल पनि भएन।’
धर्म लोकतन्त्रविरुद्ध नहुने उनको तर्क छ। ‘धर्म लोकतन्त्रविरुद्ध हुँदैन। राजतन्त्र र धर्म फरक कुरा हुन्। विश्वमा निश्चित धर्मलाई अंगीकार गरेका मुलुकमा पनि लोकतान्त्रिक व्यवस्था छ’, उनले भने, ‘त्यसमा पनि हिन्दू धर्मले बहुलवादलाई विश्वास गर्छ। व्यक्ति र समाजको पहिचानसँगै मुलुकको पनि पहिचान हुन्छ। नेपालको लागि हिन्दू धर्म पहिचान पनि हो। यसबारे व्यापक छलफलको आवश्यकता देखिन्छ।’
श्रोत :- अन्नपूर्ण पोस्ट !
पर्सा : पर्सामा फेरि ४५ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितहरु अधिकांश वीरगञ्ज महानगरपालिका बजार क्षेत्रका हुन् ।
सबैभन्दा बढि वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका १६ जना छन्। त्यसै गरी वडा नम्बर ४ विर्ता र भगवती टोलका १५ जना रहेको वीरगञ्जको नारायणी अस्पतालको बिशेष कोभिड अस्पताल गण्डकका इन्चार्ज डा. निरज कुमार सिंहले बताए ।
त्यसैगरी वीरगञ्जको ड्राइपोर्टका ५, वीरगञ्ज ३ छपकैयाका १, वीरगञ्ज ८ का १, वीरगञ्जको मनियारीका १ जना रहेका छन् । वीरगञ्ज बाहिरको पालिकाहरुमा ठोरीको निर्मलवस्तीका १, सखुवाप्रसौनीका १ जना रहेको डा सिंहले बताए ।
संक्रमित हुनेमा वीरगञजका मेयर विजयकुमार सरावगी श्रीमती र छोरीमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ५ वर्ष देखि ६२ बर्ष उमेर समूहका रहेको वीरगञ्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताए ।
मास ट्रेसिङ्गका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको उनको भनाइ छ । संक्रमित मध्ये १४ जना महिला र ३१ जना पुरुष रहेका रहेका छन् ।
पर्सामा नयाँ थपिएका संक्रमितसहित अहिलेसम्म कुल संक्रमितको संख्या ५ सय ४ पुगेको छ । संक्रमित मध्ये १ सय ८८ जनाले कोरोना जितेर डिष्चार्ज पनि भइसकेका छन् ।