चिसो हवा चलन साथ विरगंज लगायत मधेश साथै देशमैं बढेको जाडो ले जनजीवन प्रभावित हुन साथ हरेक बर्ष धेरै मानिसहरु कष्टकर जिवन बाचन वाध्य भएका हुने गरेका छन ।

आफ्नो समाजिक दायित्व निर्वाह गर्दै आज रात्रि करिब ११ बजे देखी १२:३० सम्म बिरगंज महानगर भित्र रजत-जयन्ती चौक देखी गण्डक हुँदै बाईपास सड़क खण्ड, लिंक रोड लगायत का सड़कमा यस चिसो मौसम मा रोड मा राती बिताउन बाध्य भएका हामी ले भेटाएका दाई,आमा काकालाई जाड़ों बाट जोगिने आशा साथ विधार्थी नेता निखिल बरनवाल को अगुवाई में युवाहरु लेका युवाहरु ले माध्यरात मा कम्बल सहयोग गरेका छन ।

वीरगञ्जबाट सशस्त्र प्रहरीले ११ किलो चरेस बरामद गरेको छ । मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लग्दै गरेको अवस्थामा उक्त चरेस सशस्त्र प्रहरीले विहिवार बरामद गरेको हो ।
२ बर्ष नेपाल प्रहरीको विपद व्यवस्थापन महाशाखा समेत काम गरेका प्र नि मैनालीले स्वदेश तथा विदेशमा विपद सम्बन्धि बिभिन्न तालिम गरेका छन । उनको क्षमताको मनन गर्दै उनलाई अन्तराष्ट्रिय प्रशिक्षकको रुपमा पाकिस्तान पठाइएको हो । त्यसो त उनि नेपालमा भएका विपद व्यवस्थापन सम्बन्धी प्रशिक्षणहरुमा निरन्तर प्रशिक्षको रुपमा काम गर्दै आएका छन । यस अघि गत श्रावणमा नेपाल, भुटान, श्रिलंका र माल्दिभ्सका प्रशिक्षार्थीहरु सहभागि भएका Regional Collapsed Structure Search and Rescue (CSSR)” तालिममा नेपाल प्रहरीको तर्फबाट प्रशिक्षकको रुपमा खटिएका थिए ।
बिरगंजको युवाहरु शनीवारको बिहान उठ्छन अनी नेपालको प्रवेशद्वार तिर लाग्छन अनी बिहान एक जुट भएर सर सफाइ तिर लाग्छन । सबैको मुख बाट निस्कन्छ “वाह क्या गजव” फेरी अर्को हप्ता अवस्था उस्तै । दक्षीण भारतका एक नागरिक भेटिए उनले के हुदैछ भनेर जिज्ञासा राखे ।


राज्यले दिएको तलब सुविधाभन्दा गलत काम गरी अकुत सम्पत्ति थुपार्ने लोभ गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फेलामा परेका छन् गुप्ता । मालपोत कार्यालयको निमित्त प्रमुखको समेत जिम्मेवारी सम्हाल्नुभएका गुप्ताले २०४७ असार २७ गतेदेखि २०६४ सालसम्म वैधानिकरूपमा कमाएको भन्दा बढी स्रोत नखुलेको सम्पत्ति थुपारेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


