वीरगन्ज , ०९ मंसिर : पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका राज कुमार गुप्ता निर्वाचित भइसकेको भएपनि उनलाइ निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र अझै सम्म दिएको छैन ।मतगणना सम्पन्न भइ अन्तिम नतिजा आएको ४८ घण्टा बित्न लाग्दा समेत पर्सा ३ को निर्वाचन अधिकृतको कार्यालयले गुप्तालाई निर्वाचित भएको प्रमाणपत्र नदिएको हो ।
निकटतम प्रतिस्पर्धी काँग्रेसका सुरेन्द्र प्रसाद चौधरीलाई १ सय ५१ मत मात्रैको झिनो अन्तरले पराजित गरेको भनिएका गुप्ताले निर्वाचित भएको ४८ घण्टा बित्दा पनि निर्वाचन अधिकृतको कार्यालयबाट अहिले सम्म प्रमाणपत्र नपाउदा अनेक आशंकाहरु उब्जिएको छ ।यसका साथै काँग्रेसका उम्मेदवार चौधरीले पनि मतगणनामा गडबड गरिएकोले रिकाउन्टिङ (पुन गणना ) गर्नु पर्ने माग गर्दै निवेदन दिएकाले यसले पर्सा ३ को विजेता को हुने भन्ने प्रश्न उठेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले पनि पर्सा ३ मा गुप्ता निर्वाचित भएको भनेर आधिरीक घोषणा पनि अहिले सम्म गरेको छैन । यद्यपि निर्वाचन आयोगको वेभ साइटमा भने गुप्ता २४ हजार २६० .मतका साथ निर्वाचित भएको उल्लेख छ । वेभसाइटमै चौधरीले भने गुप्ता भन्दा १५१ मत मात्रै कम अर्थात २४ हजार १०९ मत पाएको उल्लेख गरिएको छ ।
आइतबार मतदानका दिन पर्सा ३ मा प्रतिनिधीसभा सदस्यको प्रत्यक्ष तर्फ कूल ६४ हजार ४४८ मत खसेको थियो । मतगणनाका क्रममा भने मतपेटिकाबाट ६४ हजार १७६ मतपत्र मात्रै गनिएको थियो । यो दुवै संख्या जोड घटाउ गर्दा २७२ मत कम भएको देखिन्छ ।
मतदान केन्द्रहरुबाट उठाइएको मुचुल्का अनुसार पर्सा ३ को प्रतिनिधीसभा सदस्यमा प्रत्यक्ष तर्फ ६४ हजार ४ सय ४८ मत खसेको तर मतगणनाका क्रममा मतपेटिकाहरुबाट ६४ हजार १७६ मतपत्र मात्रै भेटिएको पर्सा ३ का निर्वाचन अधिकृत योगनाथ ढकालले बताए ।
उनका अनुसार , प्रत्यक्ष तर्फ मतदान केन्द्रबाट उठाइएको मुचुल्काको भन्दा गणनाका क्रममा कूल सदर मत र कूल बदर मत भन्दा २७२ मत कम भएको देखिन्छ । ढकालका अनुसार , गणनाका क्रममा मतपेटिकाबाट निकालेर गनिएको कूल मत ६४ हजार १७६ छ भने त्यसमा सदर मत ६१ हजार ५ सय ४५ र बदर मत २ हजार ६३१ छ ।
कूल सदर र बदर मतको योगफल जोड्दा आउने संख्या , मतदान केन्द्रहरुबाट उठाइएको मुचुल्का अनुसारको मतसंख्या ६४ हजार ४४८ भन्दा २७२ ले कम देखिएको निर्वाचन अधिकृत ढकाल पनि स्वीकार्छन् ।
उनले मतदानका क्रममा केहि मतदाताले प्रत्यक्ष तर्फको मतपत्र , भूलवस समानुपातिक तर्फको मतपेटिकामा पनि खसाएको हुन सक्ने भएकाले प्रतिनिधीसभा सदस्यमा प्रत्यक्ष तर्फ निर्वाचित हुने उम्मेदवारको आधिकारीक घोषणा नगरिएको र प्रमाणपत्र पनि वितरण नगरिएको बताए ।
ढकालले भने ,‘ अहिले समानुपातिक तर्फको मतगणना भइरहेको छ , शनिबार दिउँसो सम्म सकिन्छ होला , समानुपातिककोे गणना सकेर प्रत्यक्षतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आधिकारीक रुपमा घोषणा गर्नुका साथै प्रमाणपत्र पनि वितरण गर्छौ ।
ढकालले भने,‘ अहिले भइरहेको समानुपातिकको मतगणनाका क्रममा समानुपातिकको मतपेटिकाबाट प्रत्यक्ष तर्फका पनि मतपत्र छिट्फुट भेटिइरहेका छन् , यसरी भेटिएका मतपत्र , प्रत्यक्ष तर्फमा जोडिन्छ , अनि मात्रै आधिकारीक घोषणा हुन्छ ।यता पराजित भनिएका काँग्रेसका उम्मेदवार चौधरीले भने मतगणनाकै क्रममा गडबड गरिएको आरोप लगाए । उनले भने ,‘ १५१ मतले म हारेको भनिएको छ , तर गणनामा २७२ मत नै कम छ , त्यो २७२ मत आखिर कहाँ गायब भयो ? अर्को कुरा गणनामा पढे नलेखेका निरक्षर गणकहरुलाइ पनि खटाइएको थियो , गणनामा नै षडयन्त्र गरिएको छ । त्यसैकारण रि–काउन्टिङका लागि आफुले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पनि दिइसकेको चौधरीले बताए ।
नेपाली काँग्रेसका स्थानीय नेता एंव पोखरीया नगरपालिकाका पुर्व मेयर दिपनारायण रौनीयारले पनि प्रत्यक्ष तर्फको मतपत्र केहि मतदाताले भूलवस , समानुपातिक तर्फको मतपेटिकामा खसाएको जिकिर गरे । उनले गणनाका क्रममा प्रतिनिधीसभाको समानुपातिक तर्फको मतपेटिकाबाट प्रत्यक्ष तर्फको ७४ वटा मतपत्र भेटिएको बताए ।
रौनीयारले भने ,‘ प्रत्यक्ष तर्फको मतपेटिकाबाट सामानुपातिकको मतपत्र पनि भेटिएको थियो, यस्तै प्रातिनिधीसभा सदस्य प्रत्यक्ष तर्फको मतपत्र , प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फको मतपेटिका पनि भेटिएको थियो , त्यसका कारण समानुपातिकको पनि मतगणना नसकिए सम्म प्रत्यक्षमा को जित्छ ? को हार्छ भन्न सकिन्न । हामी त्यसैको प्रतिक्षामा छौ ।
Breaking News

यस पटकको निर्वाचनमा दलका ठूला धेरै नेता पराजित भएका छन्।
पार्टी भित्रको अस्वस्थ प्रतिस्पर्धा, टिकट वितरणमा असन्तुष्टि र नयाँलाई अवसर नदिनाले परीक्षण भइसकेका नेताहरुलाई यस पटक जनताले पत्याएनन्।
कसले कोसँग हारे?
ईश्वर पोखरेल
ईश्वर पोखरेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष हुन्। काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका पोखरेल नेपाली कांग्रेसका प्रदीप पौडेलसँग पराजित भए।
पौडेलले १५ हजार २३७ मत प्राप्त गर्दा पोखरेलले १० हजार १७५ मतमा चित्त बुझाए। रक्षामन्त्री भइसकेका पोखरेलले २०७४ सालको निर्वाचनमा काठमाडौं- ५ बाटै जितेका थिए।
सुरेन्द्र पाण्डे
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन २ बाट पराजित भएका छन्। पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका हुन्।
ढकालले ३४ हजार १८९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रहेका पाण्डेले २६ हजार ६०८ मत प्राप्त गरे। त्यसैगरी नेपाली काँग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत प्राप्त गरे।
पाण्डेको पहिलो संसद् यात्रा भने २०५४ बाट सुरु भएको हो। त्यतिबेला उनी राष्ट्रिय सभाको सदस्य निर्वाचित भएका थिए। त्यसपछि उनी संविधान सभा निर्वाचन २०६४ र २०७० मा निर्वाचित भएका थिए। यस्तै, प्रतिनिधि सभा सदस्य २०७४ मा चितवन २ बाट नै निर्वाचन जितेका थिए।
पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेको संसद् यात्रामा यसपटकका लागि ब्रेक लागेको छ।
शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भए। रेखाले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरे। उनी १९६ मतले पराजित भए।
केपी ओली निकट रहेका पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत भइसकेका छन्।
लेखराज भट्ट
नेकपा एमालेका सचिव एवं एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट कैलाली- ४ बाट पराजित भएका छन्। उनी कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरसँग पराजित भएका हुन्।
बलायरले २६ हजार २२० मत प्राप्त गरेर विजयी हुँदा भट्टले २२ हजार ६१३ मत ल्याए।
नेकपा विभाजित हुँदा भट्टले माओवादी परित्याग गर्दै एमाले रोजेका थिए। उनी नेकपा माओवादी केन्द्रबाट २०६४ को पहिलो संविधान सभा निर्वाचनमा कैलाली- ५ बाट निर्वाचित भएका उनी २०७४ को निर्वाचनमा कैलाली- ४ बाट निर्वाचित भएका थिए।
भट्ट २०७६ मंसिर ५ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, २०६५ मा श्रम तथा यातायात व्यवस्था मन्त्री, २०६७ मा विज्ञान तथा प्रविधि मन्त्री र २०६८ मा वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए।
महेश बस्नेत
नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर २ बाट पराजित भए। बस्नेत कांग्रेसका उम्मेदवार दुर्लभ थापासँग ८ सय २३ मतान्तरले पराजित भएका हुन्।
सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भका थिए भने बस्नेतले २२ हजार ६७७ मतमा चित्त बुझाए।
सांसद अपहरणदेखि संसदमा चर्को बोलेका कारण चर्चामा आएका बस्नेत उद्योग मन्त्री समेत बनेका थिए। उनी २०७४ सालको निर्वाचनमा भक्तपुर- २ बाट निर्वाचित भएका थिए।
कृष्ण राई
नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष समेत रहेका कृष्ण राई काठमाडौं- ३ बाट पराजित भएका छन्। राईलाई नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले पराजित गरेका हुन्।
चालिसेले १५ हजार १५८ मत ल्याएर विजयी हुँदा राईले ११ हजार ११ हजार १९६ मत ल्याए।
देव गुरुङ
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रतिनिधि सभा निर्वाचन हारेका छन्। उनी नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङसँग पराजित भएका हुन्।
पृथ्वीले ३४ हजार ९९६ मत प्राप्त गर्दा देवले ३१ हजार ७८१ मत मात्र ल्याए। देव २०७४ को प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए भने पृथ्वी यहीँबाट प्रदेश सभामा निर्वाचित भएर गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थिए।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र मानिने देव गुरुङको पनि यस पटक संसद्मा भेटिने छैनन्।
विरोध खतिवडा
नेकपा एकीकृत समाजवादी पार्टीका नेता विरोध खतिवडा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका महेश बर्तौलासँग पराजित भए। बर्तौलाले ३४ हजार ९९६ मत प्राप्त गर्दा खतिवडाले ३० हजार ३१६ मत ल्याएका थिए।
६२ वर्षीय खतिवडा समाजवादीका स्थायी कमिटी सदस्य हुन्। उनी २०४८ देखिका सांसद् हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका खतिवडा यस पटक संसद बन्नबाट वञ्चित भएका छन्। खतिवडालाई पराजित गर्ने महेश उनकै राजनीतिक चेला हुन्।
जीवनराम श्रेष्ठ
नेकपा एकीकृत समाजवादी जीवनराम श्रेष्ठ काठमाडौं- ८ बाट पराजित भए। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका हुन्। यो क्षेत्रमा जीवनरामले तेस्रो स्थानमा चित्त बुझाएका छन्।
निर्वाचित हुने विराजभक्तले १० हजार १०५ मत ल्याउँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका दोस्रो भएका थिए भने तेस्रो भएका जीवनरामले ४ हजार ८७७ मत ल्याएका थिए।
जीवनराम २०७४ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट यही क्षेत्रमा निर्वाचित भएका थिए।
जगन्नाथ खतिवडा
एकीकृत समाजवादी पार्टीका प्रवक्ता समेत रहेका जगन्नाथ खतिवडा आफ्नै पूर्वसहकर्मी एमालेका अम्मरबहादुर रायमाझीसँग पराजित भए।
उदयपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रायमाझीले १५ हजार २५१ मत ल्याउँदा खतिवडाले १२ हजार ८९३ मतमा चित्त बुझाएका छन्।
६० वर्षीय खतिवडा समाजवादीका उपमहासचिव समेत हुन्। उनी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा उदयपुर- ३ मा कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसँग पराजित भएका थिए।
रामकुमारी झाँक्री
एकीकृत समाजवादी पार्टीकी सचिव नेतृ रामकुमारी झाँक्री आफ्नै पूर्वसहकर्मी एमालेका गोकर्णराज विष्टसँग पराजित भएकी छिन्। विष्टले २८ हजार ४७६ मत प्राप्त गर्दा झाँक्रीले २६ हजार ४४२ मत ल्याइन्।
२०७४ सालमा नेकपा एमालेको समानुपातिक सूचीबाट प्रतिनिधि सभा सदस्य भएकी झाँक्री पार्टी विभाजनपछि सहरी विकास मन्त्री बनेकी थिइन्।
उपेन्द्र यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग ठूलो मतान्तरले पराजित भए। राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९७९ मात्र ल्याउन सके।
२०३२ सालमा वामपन्थी दल निकट विद्यार्थी राजनीतिमा आबद्ध भएका यादव २०४८ सालपछि नेकपा एमालेमा आबद्ध भएका थिए। २०५६ सालसम्म एमालेको सुनसरी र मोरङ जिल्ला कमिटीको नेतृत्व गर्दै २०५६ सालमा एमाले परित्याग गरेका थिए।
२०६३ सालपछि मधेसी जनअधिकार फोरम नेपाल पार्टी गठन गरी त्यसको अध्यक्ष बनेका यादवले एमालेबाट बाहिरिएको अशोक राई समूहलाई समेटेर संघीय समाजवादी फोरम गठन गर्दै त्यसको नेतृत्व लिए। उनी हाल जनता समाजवादी पार्टीको अध्यक्ष छन्।
यादव संविधानसभा निर्वाचन २०६४ मा सुनसरी- ५ बाट, संविधान सभा निर्वाचन २०७० मा सुनसरी- ५ बाटै र २०७४ मा सप्तरी- २ बाट निर्वाचित भएका यादव पटक पटक मन्त्री भइसकेका छन्।
लक्ष्मणलाल कर्ण
लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण पराकिलो मतान्तरसहित जसपाका प्रदीप यादवसँग पराजित भएका छन्। यादवले २२ हजार ५३७ मत ल्याउँदा कर्णले १ हजार ११७ मत मात्र ल्याउन सके। उनी सो क्षेत्रमा चौथो भएका छन्।
कर्ण यसअघि पर्सा- ४ बाट निर्वाचित भएका थिए। संविधान सभा सदस्य निर्वाचन २०६४ र २०७० मा लगातार समानुपातिक निर्वाचन प्रणालीबाट उनी संसद् छिरेका थिए। यस पटकको पराजयसँगै उनको संसदीय यात्रामा ब्रेक लागेको छ।
ओनसरी घर्ती
पूर्वसभामुख एवं माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती काठमाडौं- २ बाट पराजित भएकी छिन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमसँग पराजित भएकी हुन्।
सोबिता गौतमले १५ हजार २२९ मत ल्याएर निर्वाचित हुँदा घर्तीले ९ हजार ४४९ मत मात्र ल्याउन सकिन्। उनी सो क्षेत्रमा चौथो स्थानमा सीमित भइन्।
घर्तीले संविधान सभा निर्वाचन २०६४ मा समानुपातिक सदस्य, दोस्रो संविधान सभा निर्वाचन २०७० र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा रोल्पा- २ बाट जितेकी थिइन्।
संविधान जारीपछि रुपान्तरित व्यवस्थापिका संसद्मा पहिलो महिला सभामुख (२०७२–२०७४) बनेकी उनी संविधानसभा उपाध्यक्ष तथा व्यवस्थापिका संसद् उपसभामुखकी (२०७०–२०७२) को जिम्मेवारी प्राप्त गरेकी थिइन्।
पम्फा भुसाल
नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल प्रतिनिधि सभा निर्वाचनमा ललितपुर- ३ बाट पराजित भएकी छिन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले हराएकी हुन्।
तोसिमा ३१ हजार १३६ मत ल्याएर निर्वाचित हुँदा भुसालले ८ हजार ७६९ मत प्राप्त गरेकी थिइन्। उनी सो क्षेत्रमा तेस्रो भइन्।
संविधान सभा सदस्य निर्वाचन २०६४ र प्रतिनिधि सभा निर्वाचन २०७४ मा ललितपुर- ३ बाट निर्वाचित भुसाल पटक पटक मन्त्री भइसकेकी छिन्।
source:- Nepal live

वीरगन्ज,०३ मंसिर : पर्सा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका प्रतिनिधीसभा सदस्य उम्मेदवार जालिम मियँका छोरा , नक्कली मतपत्र र गाडी सहित पक्राउ परेका छन् ।
मियाँका छोरा सहबीर अहमद , मौन अवधीमा गाडीमा प्रचार प्रसारमा हिडेको अवस्थामा नक्कली मतपत्र र स्वास्तिक छाप सहित पक्राउ परेका हुन् । उनिसंगै गाडीका चालक सुरज साहलाइ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार दिउँसो कालिकामाइ गाँउपालिका वडा नम्बर १ मुडलीमा सवारी साधन चेकजाँचका क्रममा बा १४ च ४७४८ नम्बरको हाइलेक्स गाडी रोकेर चेकजाँच गर्दा गाडी भित्रबाट नक्कली मतपत्र ५९८ थान र स्वास्तीक छाप ४ थान बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए ।
र्मान अवधीको समयामा चुनाव प्रचार प्रसारका लागि कुनै पनि गतिविधी गर्न नपाइने भएपनि गाडीमा मतपत्र र स्वास्तिक छाप बोकेर हिडेको अवस्थामा फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको गिरीले बताए ।बरामद मतपत्र , स्वास्तिक छाप र गाडी सहित दुवै जनालाई पर्सा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा जिम्मा लगाइएको उनले जानकारी दिए ।
निर्वाचन आचारसंहिता विपरित मौन अवधीको समयमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जितेन्द्र सोनलले घरदैलो गरेका छन्।
मौन अवधीको उल्लंघन गर्दै बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रेष्ठ र प्रदेशसभा ४(२) का उम्मेदवार सोनलले परवानीपुर गाँउपालिका ३ लिपनीमालमा शुक्रबार बिहान कार्यकर्तासहित घरदैलो गरेका हुन्।
मंसिर ४ गतेको निर्वाचनका लागि बिहीबार राती १२ बजेदेखि मौन अवधी सुरु भएको छ। निर्वाचन सम्पन्न नहुँदासम्मका लागि लागु हुने मौन अवधीको समयमा उम्मेदवार र दलले चुनावी प्रचारप्रसार गर्न पाउने छैनन्। तर निर्वाचन आयोगको आचारसंहितालाई उलंघन गर्दै श्रेष्ठ र सोनलले उक्त क्षेत्रमा घरदैलो गरिरहेका छन्।

वीरगन्ज, ३० कार्तिक : भारतबाट अवैध रुपमा भित्रयाइएको ठूलो परिमाणमा मतपत्र सहित एक भारतीय पक्राउ परेका छन् ।
भारतसंग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाट भित्रयाउदै गरेको १५ हजार थान नमूना मतपत्र सहित भारत बिहारको नरकटिया ग्राम पन्चायत वडा नम्बर १४ घर भएका ४० वर्षिय इजाजत अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।
भारत बिहारबाट बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर जानकीटोला नाका हुदै मङगलबार छिरेका अहमदलाई जानकीटोला नाकामा खटिएको प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरिले जानकारी दिए ।
नेपालमा मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि भारतमा छापिएको नमूना मतपत्र गैरकानूनी रुपमा नेपालमा भित्रयाउदै गरेको अवस्थामा पक्राउ परेका अहमदलाई इलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखिएको गिरीले बताए ।
प्रनाउ गिरिले भने ,‘ कुन दल वा कुन उम्मेदवारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएका हुन् ? यस बारे केहि खुल्न सकेको छैन , अनुसन्धान जारी छ ।
अवैध रुपमा भित्रयाइएको मतपत्र सहित पक्राउ परेका भारतीय नागरिक अहमदलाई कुन ऐन अन्तर्गत कारबाही प्रकृया अगाडि बढाउने विषयमा प्रमुख जिल्ला अधिकारी र प्रमुख निर्वाचन अधिकृतसंग समन्वय भइरहेको पनि गिरिले जानकारी दिए ।
प्रहरीले अहमदका साथबाट बरामद गरेको मतपत्रमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुख बाहेक अन्य सबै दलको चुनाव चिन्ह रहेकाले ती मतपत्रहरु पर्सा क्षेत्र नम्बर ४ का नेकपा एमाले र जसपाका उम्मेदवारहरुले मगाएको हुन सक्ने नेपाली काँग्रेसका युवा नेता राकेश यादवले बताए ।
उनले भने ,‘ एमालेका प्रतिनिधीसभा सदस्य उम्मेदवार जालीम मियाँ र जसपाका प्रदेशसभा सदस्य उम्मेदवार सिंहासन सा कलवारले नै चुनावमा धाँधली गर्न भारताबाट फर्जि मतपत्र मगाएका हुन सक्छन् ।

वीरगञ्ज, २९ भदौ । बिहार भ्रमणका क्रममा रहनुभएका नेपाली कांग्रेसका नेता कञ्चन झाले राष्ट्रिय जनता दल (आरजेडी) का बिहार अध्यक्ष जगदानन्द सिंह र राष्ट्रिय महासचिव अब्दुल बारी सिद्धिकीसँग भेटवार्ता गर्नुभएको छ । भारत बिहारका कृषिमन्त्री सुधाकर सिंहको निमन्त्रणामा २ दिने बिहार भ्रमणको क्रममा रहनुभएका वहाँले बुधबार साँझ पार्टी कार्यालयमै आरजेडीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुभएको हो ।
भेटका क्रममा नेपाल–भारत सम्बन्धबारे खुलेरै चर्चा भएको नेता झाको सचिवालयका प्रमुख जय साहले बताउनुभयो । आरजेडी अध्यक्ष सिंहले अबका दिनमा दुबै देशका युवाहरूमार्फत नेपाल–भारत सम्बन्धलाई नयाँ मुकाममा पु¥याउनुपर्ने आवश्यकता देखिएको बताउनुभएको थियो । दिवङ्गत समाजवादी नेता प्रदीप गिरीलाई स्मरण गर्दै वहाँले राजनीतिक–सामाजिक पथमा दृढ भएर अघि बढ्न पनि सुझाव दिनुभएको सचिवालय प्रमुख साहले जानकारी दिनुभयो ।
नेता झालाई पटनास्थित आरजेडी पार्टी कार्यालयमा भव्य स्वागत गरिएको थियो । सामाजिक सञ्जालको फेसबुकमा पोष्ट गर्दै वहाँले सम्मान, आतिथ्यता र सुझावका पार्टीका शीर्ष नेताहरु प्रति आभार प्रकट गर्नुभएको छ ।
नेता झा नेतृत्वमा रहेको टोलि २ दिने बिहार राज्य भ्रमणमा छ । यसअघि बुधबार बिहान वहाँले भारत बिहारका कृषिमन्त्री सुधाकर सिंहसँग भेटवार्ता गर्नुभएको थियो ।

पर्सा । अन्तर्राष्ट्रिय कल बाईपास VOIP (Voice Over Internet Protocol) सचालन गर्ने एकजना भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा २ रेल्वे रोडमा स्थित मनान मियाको घरमा डेरा गरि बस्दै आएका भारतीय नागरिक इरफान सुफियान खानलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले खानलाइ VOIP (Voice Over Internet Protocol) मा प्रयोग हुने उपकरण सहित पक्राउ गरेको हो ।
खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल कल बाईपास गर्दै गर्दाको अवस्थामा नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारत विरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ। नेपाल-भारत सहसचिव स्तरीय सीमा व्यवस्थापनसम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुप’ (जेडब्लजी) को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो।
नेपाल-भारत सीमा व्यवस्थापनको १२औँ बैठकमा भारतीय पक्षले सीमासम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरसाबाट भारत विरोधी आतङ्कवादी काम भइरहेको आरोप लगाएपछि नेपाली पक्षले प्रतिवाद गरेको थियो। बैठक बुधबार र बिहीबार नयाँ दिल्लीमा बसेको थियो। वार्तामा नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव एवं शान्तिसुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले गरेका थिए। भारतीय टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशीष कुमारले गरेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।
मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।



