
काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले रास्वपाका सभापति रवि लामिछाने निष्फिक्री बोलेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको बताएका छन् ।
मिडियाका विषयमा डटेर सामना गर्ने बास्कोटा भएको लामिछानेले् आइतबार सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि बास्कोटाको यस्तो प्रतिक्रिया आएको हो । आफूले यसअघि बास्कोटाको एउटा घटनाक्रममा आलोचना गरेपनि मिडियाको सवालमा आँटिलो बास्कोटा भएको लामिछानेले बताए ।
‘रबिले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो’ बास्कोटाले भने ।
Breaking News

काठमाडौँ – नेकपा (एमाले)का नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तथ्य जाँच गर्न माग गरेका छन् । सोमबार बिहानै सामाजिक सन्जालमार्फत् नेता रावलले लामिछाने गाली गलौजमा उत्रिएको भन्दै तथ्य जाँच गर्नुपर्ने बताएका हुन् । ‘राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश-जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ,’ उनले लेखेका छन्, ‘आलोचना सुन्छ। सत्य तथ्य -औँल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ। गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौं।’
लामिछानेले आइतबार पत्रकार सम्मेलन गर्दै मिडियाको चर्को आलोचना गरेका थिए । सरकारबाट बाहिरने निर्णय गरेलत्तै आयोजित पत्रकार सम्मेलनमा लामिछानेले मिडिया सन्चालक, सम्पादक र पत्रकारकमाथि विभिन्न लान्छना लगाउने काम गरेका थिए । जसको अहिले व्यापक आलोचना भइरहेको छ । नाम नै लिएर प्रकाशक र सम्पादकविरुद्ध उत्रिएका लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघलगायत विभिन्न संस्थाहरूले विज्ञप्ति जारी गरेका छन् ।

मिति २०७९।१०।२२ गते अं.१२;०० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा यस कार्यालय मातहत वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा गाडीलाई रोकी कानूनी रीत पुर्याई जाँच गर्दा निम्न नामथर वतनका व्यक्तिहरूले उल्लेखित नम्बरको गाडीको बर्नट भित्र सेतो प्लाष्टिकको २ वटा बोराभित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध Onrex 100ml को ३५८ बोत्तल फेला परेको हुँदा ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा, उल्लेखित परिमाणको लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ थप अनुसन्धान कार्य भैरहेको ।
निम्नः-
१.अभियुक्त:- अबु अयुव असरफ
उमेर:-२० वर्ष
वतन:- जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.१ बिसुनपुर्वा
बरामद लागु औषधः- Onrex ३५८ बोत्तल, ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा
२. अभियुक्तःईजहार आलम
उमेरः- २८ वर्ष
वतनः- जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२ छप्कैया
बरामद लागु औषधः- Onrex ३५८ बोत्तल, ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘मिडियाका १२ भाइले’ आफूलाई पासपोर्टमा फसाउन खोजिरहेको आरोप लगाएका छन्।
उनले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै भने, ‘पासपोर्टमा मलाई मजाले फसाउनुहोला। म लड्छु। आफ्नो मुद्दामा म आफै मजाले लड्छु।’ लामिछानेले आफूलाई पासपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेको बताए।
लामिछानेले पत्रकार सम्मेलनको अधिकांश समय कान्तिपुर पब्लिकेशन्स्का अध्यक्ष कैलाश सिरोहिया, अनलाइनखबरका प्रकाशक धर्मराज भुषाल, अन्नपूर्णका प्रकाशक रामेश्वर थापा, सेतोपाटीको प्रधान सम्पादक अमित ढकाललगायतको आलोचना गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्।
आइतबार बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन जारी राखी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
उक्त निर्णयपछि आज नै राजीनामा बुझाउने रास्वपाका सभापति रवि लामिछानेले बताए।
रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए।
उनीहरूले आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा दिन लागेका हुन्।

काठमाडौ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । उनले आज बिहान बालुवाटार पुगी प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
आज रास्वपाको केन्द्रीय समितको निर्णायक बैठक बस्न लागेको छ । बैठकले सरकारमा रहने या बाहिरिने विषयमा निर्णय गर्ने बताइएको छ ।
गृह मन्त्रालय रास्वपालाई नै दिने वा नदिने भन्नेबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई दुई दिनको समय दिएको थियो। गृह नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएको थियो।
पार्टीको बैठकपछि स्वयम लामिछानेले विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सिधाकुरा नगरेको लामो समय भएको भन्दै आज विशेष पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।
गृह मन्त्रालयमा दाबी गरेको रास्वपालाई सत्ता साझेदार दलले अन्य मन्त्रालय दिने तयारी गरेसँगै आजको बैठकले ठोस निर्णय गर्ने तयारी गरेको छ ।

काठमाडौँ– अरूको बैंक अकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन्।
ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशिया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए।
सोही उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा सो कार्यमा संलग्न पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रबिना चौधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहार प्रदेशका अवधेश कुमारलाई काठमाडौँ र मकवानपुरको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए।
श्रोतः- उकालो

पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाह बलिउड फिल्म ‘पठान’ हेर्न हल पुगेका छन्।
उनी बुधबार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा फिल्म हर्ने पुगेका हुन्।
दरबार सिनेम्याक्सले केही तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएको छ।
‘दरबार सिनेम्याक्समा तपाईंको भव्य उपस्थितिबाट हामी धेरै खुसी छौं। तपाईंहरूलाई फेरि स्वागत गर्न तत्पर हुनेछौं,’ दरबार सिनेम्याक्सले आफ्नो फेसबुकमा लेखेको छ।

