
नगरपालिकाको नगरप्रमुख कल्पनाकुमारी कटुवालको हठबादी नीतिबाट उब्जीएको प्रतिकूल परिस्थितिलाई प्रहरीले नियन्त्रणमा लिन अन्धाधुन्ध गोली चलाएपछि एक युवकको मृत्यू भएको थियो ।
प्रदर्शन चलिरहेको स्थान भन्दा ५ सय देखि ६ सय मिटरको दुरीमा रहेका नेपाल विद्युत प्राधिकरणको पुल भएर जाँदै गरेका बरहथवा नपा ६ का २७ बर्षिय जयशंकर साहको टाउकोमा गोली लागेका थिए ।
गोली लागेर पुलमै ढल्न पुगेका युवक साहको शवलाई आफन्तहरुले नियन्त्रणमा लिई पुलमै बसेका हुन् ।
आफन्तहरुले जुलुश प्रदर्शनमा सहभागी नै नभएका पसल बन्द गरेर तर तर्फ जाँदै गरेका युवक साहलाई ताकेर टाउकोमा प्रहरीले गोली हानेको गम्भीर आरोप लगाउदै गोली हान्ने र आदेश दिने दुबैलाई कारवाही गर्न माग गरेको हो ।
घरका एक्लो छोरालाई प्रहरीद्धारा हत्या भएकोमा घरपरिवारका सदस्यहरु अचेत अवस्थामा रहेको छ । स्थानीय प्रशासनले पन्छिनको लागि नामको लागि मात्रै कर्फ्यू लगाएर ढाकछोपको कथित रुपमा प्रयास गरिएको गम्भीर आरोप उनीहरुको छ ।
घटनास्थलमा पीडित परिवार संगै स्थानीय बासिन्दाहरुको उल्लेख संख्यामा उपस्थितिको कारण प्रहरी उक्त स्थानमा पुग्न सकेका छ्रैनन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवाको अवस्था निकै तनावपूर्ण रहदा शुक्रवार साँझ साढे ५ बजे देखि शनिवार विहान ८ बजे सम्म रहेका कर्फयुको समय आइतवार विहान ८ बजे सम्म बढाइएको छ ।
बरहथवामा थप अप्रिय घटना हुन नदिन जिल्लाका सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको हुँदा कर्फयुको पूर्ण पालना गर्न सर्लाही प्रशासनले जिल्लाबासी संग अनुरोध गरेका छन् ।








