
वीरगंज (पर्सा), २७ फागुन / नेशनल मेडिकल कलेज सञ्चालक परिवारका युवाहरूले गरेको युवती दुर्व्यवहारको काण्डलाई पावर र पैसाको बलमा दबाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजको घटना स्थलको फोटो र भिजुअल समेत मगाएको थियो । तिनमा युवतीसँग दुर्व्यवहार गरको प्रत्यक्ष देखिएको छ । घण्टाघर नजिकै रहेको इन्फिनिटी रेष्टुरेन्टको सिसि क्यामरामा युवती लडेको, दुर्व्यवहार गर्नेहरूले लडाएको सबै फोटोहरू देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।
उनले भने, ‘पहिलो दिन भन्दा दोश्रो दिन पीडितको नै कुरा फेरिएको छ । उनले नै होलीको दिन बियर खाएकोले गल्ती हुन गएको भन्दै जाहेरी दिन अस्वीकार गरेपछि मुद्दा दर्ता नगरिएको हो । ’
वीरगंजको गहवा निवासी पीडिताकी आमा नेशनल मेडिकल कलेजमै काम गर्ने कर्मचारी भएकोले पनि अन्सारी परिवारले ‘जागिर र पैसा’ को बलमा दुर्व्यवहारको मुद्दालाई दबाउन सफल भएको प्रहरी श्रोतको दाबी छ । बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साले ६ जना विरुद्ध प्रहरीसँगको अभद्र व्यवहारको मुद्दा दर्ता गरेको छ । नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसुरुद्दिन अन्सारीका छोरा २५ वर्षीय जाँहगिर अन्सारी सहित ६ जना विरुद्ध अभद्र व्यवहारको मुद्दा प्रहरीले दर्ता गरेको हो । जसमध्ये ५ जना प्रबन्ध निर्देशक अन्सारीका आफन्तहरू नै छन् । युवतीसँग दुर्व्यवहार गरेको आरोपमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीको छोरा सहित ६ जनालाई पर्सा प्रहरीले रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरेको थियो ।
वीरगंज आदर्शनगरमा न्यूज २४ ले आयोजना गरेको होली हंगामा कार्यक्रम सकेपछि युवती आफ्ना साथीसँगै घण्टाघर नजिकैको इन्फिनिटी रेष्टुरेन्टका खाजा खान पसेका थिए । त्यहाँबाट निस्कने बेलामा प्रबन्ध निर्देशक बसुरुद्धिन अन्सारीका छोरा लगायतका युवाहरूले युवतीसँग गरेको दुर्व्यवहारदेखि लडेको, लडाएको फोटोहरू रेष्टुरेन्टको सिसि क्यामरामा स्पष्ट रुपले देखिएको छ । दुर्व्यवहारलाई लिएर भएको होहल्ला पछि पुगेको प्रहरीले बसरुद्दिन अन्सारीको छोरा सहितको युवा टोलीलाई सम्झाउन खोज्दा उल्टै उनीहरू प्रहरी माथि जाइलागेका थिए ।
स्थिति अराजक बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट थप प्रहरी पुगेर सबैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । युवतीसँग दुर्व्यवहार गरेको भनिए पनि युवतीले नै दुर्व्यवहार नगरेको प्रतिक्रिया दिएको प्रहरी प्रवक्ता गिरीको भनाई छ । होहल्ला किन गरेको भनेर बुझ्न खोज्दा प्रहरीलाई नै अभद्र व्यवहार गरेपछि अन्सारी सहित २४ वर्षीय आदित्य गिरी, ३२ वर्षीय फिरोज अन्सारी, ३१ वर्षीय अल्फाज अन्सारी, २७ वर्षीय तारीक अन्सारी र २४ वर्षीय आशिष साह माथि प्रहरीले मुद्दा दर्ता गरेको छ ।
घटनाको वास्तविकता नै फेरिएर कमजोर मुद्दा दर्ता भएपछि थुनामा रहेका छोरालाई शुक्रबार नै छोडाउने योजनामा मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी लागेका छन् । एमालेका स्थानीय नेता पुर्व प्रधानमन्त्री केपि ओली नजिक समेत रहेका अन्सारी पैसा र पावरको बलमा शुक्रबार जसरी पनि आफ्नो छोरालाई छुटाएर देखाई दिने आसेपासेसँग भन्दै हिँडेको बताइएको छ । बसरुद्दिन अन्सारीका छोरा जहाँगिर अन्सारी सहित ६ जना माथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिन म्याद थप गराएर अनुसन्धान सुरु गरेको छ । रकेटको गतिमा फाइल अघि बढाएर भएपनि छुटाउने तयारीमा अन्सारी लागेको प्रहरी श्रोतको भनाइ समेत रहेको छ ।
श्रोतः- वीरगंज टाइम्स
pilot

वीरगंज २२ फागुन ।
यस अनलाईनमा आईतवार “आन्तरिक राजश्व कार्यालयका प्रमुख तिवारी कमाउधन्धामा, अधिकृत पटेलको समन्वयमा अबैध कारोबारीबाटै असुली” शिर्षकको समाचार प्रकाशित भए पछि कार्यालय प्रमुख ढाकाराम तिवारी र कर अधिकृत संदिप पटेलले असुली गरेको रकमबाट स्थानिय केही पत्रकारहरुलाई खुवाई राति करिब १० बजेको समयमा पर्सा संवाददाता दिपक चौरसिया माथि आक्रमणको प्रयास गर्न लगाएका छन् ।
पर्साको मिर्जापुर निवासी अपराधि प्रवृतिका जय प्रकाश कुशवाहाले ९८१११७०३३७ मोबाईल नम्बरबाट प्रमुख चौरसियाको ९८१४२८६२५२ मा फोन गरी “दिपक चौरसिया बोलेको हो ? जवाफमा मैले हो चौरसिया बोलेको, तिमी कहाँ छस्, म घरमा छु भनि भन्दा अहिले तिमिलाई भेटनु छ, १० मिनेटमा हामी घरैमा आई राखेका छौं, बाहिर निस्क, तिमी को हो, के काम छ भनि सोध्दा मोबाईल फोनको लाईन काटिदिए ।
सम्बाद भएको केही बेर पछि कुशवाहाले पत्रकार मनोज पटेल, शम्भु कुमार सुमन, संतोष साह, हरिशंकर शर्मा, बृजलाल पासवान लगायतकालाई लिएर मेरो घर अगाडि आमाचकाली तथानाम गाली गर्दै गुण्डा शैलीमा ढोकामा लातले हिर्काउदै बाहिर निस्क भन्दै होहल्ला गरिरहेकोमा मैले यथार्थकुराहरु घरभित्रै बाट प्रहरी उपरिक्षक कोमल शाहलाई जानकारी गराए पछि तत्कालै घटनास्थलमा प्रहरीको टोली आई पुगेको पत्रकार चौरसियाले बताए ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा आएको टोलीले धम्की दिनेहरु संंग सोधपुछ गर्दा कर कार्यालयको पैसामा बिकेका पत्रकारहरु प्रहरी संग हामी पत्रकार हौं, चौरसिया संग केही सोधपुछ गर्न आएका हौं भनि पन्छेका थिए ।
मोबाईल फोनमा धम्की दिने अपराधि प्रवृतिका जय प्रकाश कुशवाहालाई प्रहरीले समात्न प्रयास गर्दा पत्रकारहरुले वहां पनि पत्रकारै हो भनेर झुक्याएका थिए । तर जय प्रकाश कुशवाहा पत्रकार होईनन् । प्रहरीको टोली समयमै नगएको भए मलाई अपुरणीय क्षति हुने नै थियो । समाचारको विषयलाई लिएर रातीको समयमा मेरो घरमा आएर आतंकित बनाउने जो सुकैलाई कानुनी दायरामा ल्याउन जोडदार रुपमा माग गर्दछु ।
राजदेवी मन्दिरमा चोरी गर्ने सरिफ मुसलमान, रजाक मोहमद, रमेश महतो, नर्सुदिन साहलाई पक्राउ गरेका छन ।

मिति २०७९-११-१४ गते राति अं. १२ः१० बजेको समयमा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा. वडा नं. १ रमदैया स्थित राजदेवी मन्दिरको ताला तोडी उक्त मन्दिरबाट देवीको चाँदीको मुर्ती, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्रि, कानको झुम्का लगायतको सुन चाँदीको सर-सामानहरू अज्ञात व्यक्तिहरुको समुहले चोरी गरी भागी फरार भएको भन्ने खबर ऐ. १४ गते बिहान ०५;०० बजेको समयमा प्राप्त हुनासाथ उक्त स्थानमा ई.प्र.का. महेन्द्रनगर र जि.प्र.का. धनुषाबाट अनुसन्धान सहितको मुचुल्का टोली खटि गई मुचुल्का कार्य सम्पन्न पश्चात अनुसन्धानको क्रममा सोही मन्दिरमा जडान भएको सि.सि.टि.भि. फुटेज तथा भिडियोहरुको सुक्ष्म विश्लेषण गरी उक्त सि.सि. टि.भि. फुटेज तथा Human Intellegence को सहायताले चोरी कार्यमा संलग्न मानिसहरूको पहिचान गरी निजहरुको खोज तलास गर्ने क्रममा मिति २०७९/११/१९ गते वेलुका २१;३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको बिशेष अनुसन्धान टोलीले जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ ठाडि स्थितबाट उक्त घटनामा संलग्न जि.धनुषा क्षिरेश्वर न.पा. वडा नं. ४ बस्ने बर्ष ३० को सरिफ मुसलमानलाई नियन्त्रणमा लिई तत्काल निजको सूचनाका आधारमा पूर्ण योजनावद्ध तवरले भारत तर्फ फरार हुन लागेको अवस्थामा धनुषा जनकनन्दनी गा.पा. वडा नं. ३ महुवा स्थित भारतीय सिमा नजिक रेल्वे ट्याकको बाटो हुँदै भारत तर्फ जाँदै गरेको अबस्थामा ऐ. २३;५० बजेको समयमा जिल्ला धनुषा क्षिरेश्वर न.पा. वडा नं. ५ महेन्द्रनगर बस्ने बर्ष ३७ को रजाक मोहमद, जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ सुन्दरपुर बस्ने बर्ष २१ को मोहमद हबगुल्ला साह, जिल्ला धनुषा कमला न.पा. वडा नं. ७ हथमुन्डा बस्ने बर्ष २२ को रमेश कुमार महतो, जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ बस्ने बर्ष २२ को नर्सुदिन साह समेतलाई मन्दिरबाट चोरी भएका निम्न सामानहरु सहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई उक्त घटनामा प्रयोग गरेका कटुवा पेस्तोल थाना -१ र ऐ. मा लाग्ने गोली थान-१ समेत बरामद गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको साथै निजहरूको समूहले नै जनकपुर उप.म.न.पा. १२ कुवा स्थित हनुमान मन्दिरमा समेत चोरी गरेको भन्ने बुझिएकोमा थप अनुसन्धान कार्य भइरहेको ।
बरामद भएका सामानहरू
१) उक्त घटनामा प्रयोग गरेका कटुवा पेस्तोल थाना -१ र ऐ. मा लाग्ने गोली थान-१,
२) नगद ने.रु. ११,५००,
३) मोवाइल थान १३ थान,
४) चाँदीको मुर्तीको टुक्रा र मुकुटको टुक्रा समेत गरी अं. २ के.जी (महुअवा स्थितबाट निजहरुको साथबाट )
५) मोहमद सरिफको घरबाट बरामद भएका सामानहरु (चरेशको थाल-७ थान, हम्मर थान-१, , कमण्डल थान-१, दविया थान-३, खुकुरी थान-१, , ह्याक्सो ब्लेड थान-१, पासपोर्ट थान-१, परीक्षा प्रबेश पत्र थान-१ )
६) तामाको मरअंकित बस्तु थाना-१, पित्तको कसौडी थान-१, पित्तलको सानो लोटा थान-१, पित्तलको गिलास थान-१, दियो थान-१, तामाको सानो सानो गिलासहरु, फलामको छेनी थान-२, ठुलो फलाको घन-१, सलाई रिन्च-१, फलाको चारपाटे बस्तु, खुकुरी थान-१, खन्ती थान-१

वीरगञ्जको वडा नम्वर २१ मा सिर्सिया नदीमा फोहोर फालिरहेको अवस्थामा फेला परेका ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा प्र २–०३–००१ त ४८७, ना १८ त ६८८९ र ना ७ त ५३८९ रहेको महानगरपालिकाले जनाएको छ ।
तीनै वटा ट्याक्टरलाई महानगरले बिहान नियन्त्रणमा लिएर बालमन्दिरमा राखेको थियो ।
तीनै वटा ट्याक्टरका चालकलाई पहिलो पटक १÷१ हजार जरिबाना गरेर छाडिएको छ ।
महानगरपालिकाले सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियान चलाईरहेको अवस्थामा नदी प्रदुषण गर्ने जो कसैलाई पनि कारबाही गर्ने रणनीति अनुसार नदीमा फोहोर गर्नेलाई आजबाट जरिबाना गर्न सुरु गरेको हो ।
नदी प्रदुषण नियन्त्रणका लागि महानगरले समिति नै बनाएर अनुगमनलाई समेत तिब्रता दिएको छ । नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर जथाभावी फालिदिँदा सिर्सिया नदी प्रदुषित हुने गरेको छ ।
महानगरले उद्योगहरुलाई पनि कारबाही गर्ने तयारी अनुरुप मरियम लेदर सहित ५ वटा उद्योगलाई पत्र नै पठाएर चेतावनी दिएको छ ।
यहाँ रहेका उद्योगकै कारण सिर्सिया नदी प्रदुषण हुँदै आएको छ । आज उद्योगबाट निस्केको फोहोर नदीमा ल्याएर फाल्ने ट्याक्टरलाई चेतावनी स्वरुप कारबाही गरिएको र आउँदा दिनमा फोहोर पानी सोझै नदीमा मिसाउने उद्योगलाई पनि कारबाही गरिने महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

बीरगंज, पर्सा। सामाजिक युवा एकता क्लबले वीरगञ्जमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
क्लव स्थापनाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएका छन्। वीरगञ्ज महानगरपालिका वडा नं. १२ ब्रम्ह मन्दिरचोकमा गरिएको रक्तदानमा स्थानीयको उल्लेख्य सहभागिता रहेकोे थियो। रक्तदान कार्यक्रममा ५० जना पुरुष र ११ जना महिला गरी कुल ६१ जनाले रक्तदान गरेको क्लवका सल्लाहकार प्रमोद महतो धानुकले जानकारी दिनु भयो।
रक्तदानले आफ्नो शरीर स्वास्थ हुनुको साथै लाखौ यज्ञ गरे पनि कसैको ज्यान जोगाउन सकिँदैन तर एक थोपा रगतले ज्यान जोगाउन सकिन्छ त्यस कारण रक्तदान भन्दा ठुलो र महान दान अरु कुनै दान नरहेकोले रक्त दान गरि महा दान गर्न सबैमा सचेतना समेत ब्लड बैंक बीरगंजका प्रतिनिधिले आफ्नो अभिव्यक्ति दिएका थिए।
वीरगञ्जमा विभिन्न अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामी लाई रगतको अभावमा समस्या नहोस भन्ने उद्देश्यले रक्तदान गरिएको आयोजक संस्थाका अध्यक्ष विकास कुमार मण्डलले बताए। उक्त अवसरमा वीरगञ्ज वडा नं. १२ का वडाध्यक्ष सुरेश गुप्ता, नगर परिसद सदस्य दीपक डंगोल लगायतको उपस्थिति थियो।

बीरगन्ज । बीरगन्जको स्थानीय वासीन्दाहरुले बीरगन्जको मुख्य सडकको अतिक्रम हटाउनु पर्ने माग गरेका छन् । पथलैया देखि गण्डक सम्मको २५/ २५ मिटरको अतिक्रम हटीसके पनि गण्डक देखि मितेरी पुल सम्मको अतिक्रम सर्वोच्च अदालतको निषेधाज्ञा को कारण हटन सकेको छैन । ‘ ३ वर्षमा १६ पटक पेसी चढीसक्दा पनि ‘ हेर्न नभ्याइने ‘ भन्दै सर्दै आएको छ । १७ औ पटक सोमबार फेरि पेसी छ हेरौ सर्वोच्च अदालतले कुनै आदेश गर्छ या फेरि हेर्न नभ्याउने भन्दै टर्छ ‘ बीरगन्जका राजु कुमार साह बताउन्छन।
त्रिभुवन राजपथमा पर्ने बीरगन्जको मितेरी पुलदेखि गण्डक चौकसम्म मुख्य सडकको मुख्य विन्दुबाट दायाँबायाँ २५/२५ मिटर अतिक्रमित घर टहरा हटाउन सडक डिभिजनको निर्णयविरुद्ध परेका रिट को सोमबार सर्वोच्च अदालतमा पेसी छ । पटक पटक गरि १६ पटक सम्म स्थगित हुन्दै आएको पेसी १७ पटक सोमबार सुनवाइ हुन्दैछ । यसपटक को पेसी को क्रम संख्या ६ नम्बर रहेको छ ।
लक्ष्मण साह रौनियारसमेत त्रिभुवन राजपथ विस्तारको काम रोक्न २०७६ असोज ७ गते सर्वोच्च अदालतमा उत्प्रेषणको रिट निवेदन दिएका छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौं, सडक डिभिजन हेटौंडा, व्यापारिक मार्ग विस्तार योजना वीरगन्ज पथलैया, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, मालपोत कार्यालय पर्सासमेत मुद्दा दायर गरिएको छ ।
यसै मुद्दाको लगाउमा २०७६ पुस २१ गते राजकुमारी देवी तुल्स्यान, २०७७ माघ २७ गते भरतप्रसाद रौनियारसमेत, २०७६ कात्तिक १७ गते वीरेन्द्रकुमार संघई, २०७५ मंसिर ११ मा विक्रम गुरुङले दर्ता गरेको उत्प्रेषण मुद्दासमेत रहेको छ । कारण देखाउ आदेश जारी गरिएको यो मुद्दाको २०७६ असोज ८ गते पहिलो पेसी थियो भने आउँदो फागुन १५ गते १७ औं पेसी रहेको छ । २०७९ भदौ २० मा १६ औं पेसी परेको थियो । प्रत्येक पेसीमा हेर्न नभ्याइएको भन्दै अर्को पेसी तोकिने गरेको छ । २०७६ माघ २१ को पेसी पछि एकैपटक एक वर्ष पछि २०७७ फागुन १७ गते पेसी , त्यय पछि २०७८ मा ३ पटक र २०७९ मा भदौ पछि फागुन १५ गते सोमबार पेसी तारेख परेका छ ।
जब जब अदालतमा परेको पेसीको म्याद नजिकिन्छ तब तब वीरगन्जमा सडक विस्तारको यो विषयको चर्चा चुलिन्छ । अब महानगरवासीको नजर फागुन १५ गते सर्वोच्च अदालतमा परेको यो मुद्दाको पेसीमा छ । आफ्नो सहरको स्वरूप परिवर्तन गरिने र मुख्य सडकको कायापलट नै हुने भएकाले अधिकांश महानगरवासी यो विषयलाई चाख लिएर हेरिरहेका छन् ।
वीरगन्ज आदर्शनगर निवासी जयप्रकाश लोहिया लामो समयदेखि वीरगन्जको सुन्दरता र भविष्यसँग जोडिएको यो समस्याले अब निकास पाउनुपर्ने बताउँछन् । ‘धेरै लामो समय हामीले बाधा अवरोध र कानुनी झमेलाका कारण खर्च गरी सक्यौं,’ उनले भने, ‘वीरगन्ज महानगरको भविष्य र प्रतिष्ठा जोडिएको यो विषयलाई अब कुनै पनि बहानामा बाधा अड्काउ गरिराख्नुभन्दा निकास दिनु उचित हुन्छ ।’
व्यापारिक मार्ग विस्तार योजना वीरगन्ज पथलैया कार्यालयका सूचना अधिकृत इन्जिनियर सञ्जीव गुप्ता अदालतबाट क्लिन चिट पाइए राजमार्गको दुवैतर्फ २५/२५ मिटर विस्तारको कामलाई गति दिन कुनै समस्या नरहेको बताउँछन् । वीरगन्ज महागनरपालिकाका मेयर राजेशमान सिंह नेपाल सरकारको मापदण्डअनुसार राजमार्गको दायाँबायाँ सडक विस्तार भएमा त्यसमा आफ्नो बाधाविरोध नरहने बताउँछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।
शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको महामन्त्री शरदराज पाठकले जानकारी दिए। 

वीरगञ्ज महानगरमा ४८ जना कर्मचारी माग भएकोमा करिब १७ सय जनाको आवेदन
कम्प्युटर अपरेटरमा सबैभन्दा धेरै १ हजार ४८० जनाको आवेदन परेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनुभयो ।
चौंथो तहको कम्प्युटर अपरेटरमा ३३ जनाका लागि महानगरले दरखास्त आह्वान गरेको थियो ।
‘३३ जना चौंथो तहको कम्प्युटर अपरेटर माग भएकोमा यसैमा सबैभन्दा धेरै दरखास्त परेको छ,’ उहाँले भन्नुभयो, ‘अन्य पदहरुमा पनि माग भन्दा धेरै नै आवेदन परेका छन् ।’
आवेदन बुझाउने बिहीबार अन्तिम दिन सम्ममा विभिन्न पदमा १ हजार ६ सय ८२ जनाले आवेदन बुझाएको पौडेलले जानकारी दिनुभयो ।
२ जना सिभिल इन्जिनियरको माग भएकोमा २४ जनाको आवेदन परेको छ ।
यस्तै १/१ जनाको माग भएको रोजगार सहायक र कम्प्युटर इन्जिनियर पदमा क्रमश: २८ र ३१ जनाको आवेदन परेको छ ।
अमीन सहायक चौंथोका लागि ११ जना माग भएकोमा ११९ जनाको आवेदन परेको छ ।
खुला प्रतिष्पर्धा बाट करारमा दक्ष जनशक्ति पदपूर्ति गर्नु पर्ने भएकाले महानगरले गएको माग २५ गते सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो ।
परीक्षा मिति भने अहिले तय भइ नसकेको र केही दिनमा सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनु भयो ।
विर्तामा स्वीकृति नै नलिई संचालनमा रहेको चित्रांस पोली क्लिनिक र श्री गणेशमा सिलबन्दी

वीरगञ्ज महानगरपालिकाद्वारा गठित स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण समितिको नेतृत्वमा गएको अनुगमन टोलीले स्वीकृति बिना संचालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा सिलबन्दी गरेको हो ।
टोलीले चित्रांस पोली हेल्थ क्लिनिक, त्यसै अन्तर्गत रहेको प्याथोलोजी ल्याब र श्री गणेश डाइग्नोस्टिक सेन्टर स्वीकृति बेगर नै संचालन गरेको भेटेपछि सिलबन्दी गरेको समितिका सदस्य जयप्रकाश महतोले जानकारी दिनुभयो ।
तीन वटै स्वास्थ्य संस्था स्वीकृति बेगर संचालन हुनुका साथै प्याथोलोजी ल्याबहरुले म्याद गुज्रेका केमिकल तथा औषधी प्रयोग गरेर रिपोर्ट तयार गर्ने गरेको भेटिएको पनि उहाँले बताउनुभयो ।
महानगरपालिकाले गएको एक सातादेखि वीरगञ्जमा संचालित प्याथोलोजी तथा क्लिनिकहरुको अनुगमनलाई तिब्र पारेको छ ।
अनुगमनमा जाँदा स्वीकृति नै नलिई संचालनमा रहेको भेटिएकालाई बुधबारबाट भने सिलबन्दी गर्न सुरु गरिएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिनुभयो ।
बुधबार जिल्ला प्रशासन कार्यालय, वीरगञ्ज महानगरपालिका र प्रहरीको रोहबरमा लाहाछाप लगाएर तीनै वटा संस्थामा सिल गरिएको हो ।
टोलीले अनुगमनका क्रममा तराई डाइग्नोस्टिक, शुभम क्लिनिक र वीरगञ्ज डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर मापदण्ड विपरित संचालनमा रहेको भेटिएकाले उनीहरुलाई तत्काल बन्द गर्न र मापदण्ड पुरा गरेर मात्रै संचालन गर्न चेतावनी दिइएको स्वास्थ्य शाखा प्रमुख जयसवालले जानकारी दिनुभयो ।
यस अघि महानगरपालिकाले स्वीकृति लिएर मात्रै संस्था संचालन गर्न पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले आज बाट भने बारबाहीलाई कडाई पारिएको उहाँले बताउनुभयो ।
अनुगमनमा टोली पुगेको जानकारी पाए पछि अनुमति बेगर संचालनमा रहेका कतिपय क्लिनिक, डाइग्नोस्टिक सेन्टर तथा औषधी पसल संचालकहरु सटर बन्द गरेर फरार भएको भेटिएको पनि समिति सदस्य महतोले बताउनुभयो ।
महानगरले अनुगमनलाई निरन्तरता दिने भएकाले भागेर समाधान नहुने भन्दै प्रकृया पुर्याएर संचालन गर्न पनि सबैलाई उहाँले आग्रह गर्नुभयो ।
नागरिकको स्वास्थ्यमा प्याथलोजी सेन्टरहरुले खेलवाड गरिरहेको र स्वास्थ्य संस्थाहरु विना दर्ता नै संचालनमा रहेको भन्ने सूचना आएपछि महानगर महानगरप्रमुख राजेशमान सिंहको निर्देशनमा समितिले त्यसलाई नियन्त्रण गर्न अनुगमनलाई तिब्रता दिएको हो ।
जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा स्वास्थ्य संस्थाहरुबाटै लापरवाही हुनु गम्भिर भएकाले महानगरले अनुगमनलाई तिब्रता दिँदै कारबाहीलाई पनि कडाई गर्न लागेको हो ।
अनुगमन टोलीमा समितिका सदस्य जयप्रकाश महतो, स्वास्थ्य शाखा प्रमुख रितेश जयसवाल, नर्सिङ् अधिकृत इन्दिरा लोहनी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी तथा संचारकर्मीको सहभागिता रहेको थियो ।

बीरगन्ज । पटकपटक बाटोमा फोहोर फ्याकेकोले एन आइ सी एशिया बैकलाई बीरगन्ज शाखालाई बीरगन्ज महानगर पालिकाले ११ हजार जरिवाना गरेको छ । महानगर पालिकाले पहिलो पटक चेतावनी र दोश्रो पटक ५ हजार जरिवाना यस अधि एन आई सी बैकलाई गरिसकेको छ ।अनुगमनको क्रममा सरसफाइ को गाडीमा फोहोर नदिएर बाटोमा फोहोर फ्याकेको भेटिएपछि ११ हजार जरिवाना गरिएको सरसफाइ अधिकृत सर्फुदिन मियाँ ले जानकारी दिनु भएको छ । बैक जस्तो जिम्मेवार संस्थाबाट यसरी पटकपटक फोहोर गर्नु कानुन र मर्यादाको विपरीत भएकोले अब उप्रान्त फ्यालिएको भेटिएमा २५ हजार देखि २ लाख जरिवाना गरिने सरसफाइ पार्किङ संयोजक प्रकाश खेतान ले बताए । बीरगन्ज महानगर पालिकाले सरसफाइ मा प्राथमिकता मा राखी अभियाननै चलाएको खेतानले बताए । ५ सय रुपैया बाट सुरु गरेको जरिवाना १ हजार , ५ हजार सम्म गर्दै आएको छ । ११ हजार जरिवाना गरेको यो पहिलो हो ।