
बुधबार राति काठमाण्डाैलगायतका केही जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।
बुधबार राति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चाेककाे फुल्पिङकाेट केन्द्रविन्दु भएर ५ म्याग्निच्यूडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचाैरले जनाएकाे छ ।
सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प गए पनि काठमाण्डाै, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चाेकमा समेत भूकम्पकाे धक्का महसुस गरिएकाे छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भैसकेको छैन



राज्यले दिएको तलब सुविधाभन्दा गलत काम गरी अकुत सम्पत्ति थुपार्ने लोभ गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फेलामा परेका छन् गुप्ता । मालपोत कार्यालयको निमित्त प्रमुखको समेत जिम्मेवारी सम्हाल्नुभएका गुप्ताले २०४७ असार २७ गतेदेखि २०६४ सालसम्म वैधानिकरूपमा कमाएको भन्दा बढी स्रोत नखुलेको सम्पत्ति थुपारेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


