आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ।
‘कोही जिवित भेटिने हुने सम्भावना छैन,’ उनले भने,‘हामी शवहरू निकाल्दै छौं।’
जिल्ला प्रहरी प्रमुख अजय केसीका अनुसा पौने १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन सकिएको छैन।
शवहरू डढेको अवस्थामा फेला परेका छन्,’ उनले भने।
जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए।
पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको जहाजमा आगो लागेको छ।
पोखरा-१५ नयाँ गाउँमा जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्। जहाजमा आगो लागेको छ।
Category:
३ नं. प्रदेश

काठमाडौं – युवा आक्रामक ब्याटिङ अलराउन्डर सिद्धान्त लोहनीले आफ्नो दिमागमा छक्का हान्ने मात्रै हुने बताएका छन् । पोखरा एभेन्जर्सबाट नेपाल टि२० लिगमा राम्रो प्रदर्शन गर्दै नेपाली क्रिकेट टोलीमा पूनरागमनको सम्भावना देखाएका सिद्धान्तले उक्त प्रतिक्रिया लिएका हुन् ।
‘मैले आफ्नो जीवनको सबैभन्दा उत्कृष्ट दिनहरु रमाईलो गर्दैछु । खाली दिमागमा म केहि राख्दिन । मेरो दिमागमा छक्का हान्ने मात्रै हुन्छ । म केहि सोच्दिन । यो प्रतियोगितामा सर्वाधिक छक्का हान्छु भनेर आएको छु । त्यो नै निरन्तरता गरि रहेको छु’, उनले आफ्नो लक्ष्य सुनाए ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै स्वतन्त्रहरू एक हुने समय आएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘कथाले माग्यो अब ! स्वतन्त्रहरू एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’
नौ महिनापछि खुलेको पशुपति
written by pilot
१ पुस, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै नौ महिनाअघि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ ।
आराध्यदेव पशुपतिनाथको दर्शन गर्न श्रद्धालुहरु आज बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए । पुसको जाडोको प्रवाह नगरी भक्तजनहरु फाट्टफुट्ट पशुपतिनाथ दर्शनका लागि आइरहेका छन् ।
भक्तजनहरुलाई मास्क अनिवार्य गरिएको छ । ढोकाबाट प्रवेश गर्नुअघि हात स्यानिटाइज्ड गर्नुपर्छ । जुत्ताचप्पल राख्ने ठाउँमा पनि हात धुने र स्यानिटाइज्ड गर्ने व्यवस्था मिलाइएको छ ।

त्यहाँबाट अगाडि बढेपछि तापक्रम नाप्ने कोठामा जानुपर्छ । त्यहाँ जडान गरिएको अटोमेटिक मेसिनले भक्तजनको तापक्रम रेकर्ड गर्छ ।
Breaking NewsFlash NewsUncategorizedVideoअन्तर्राष्ट्रियअन्तर्वार्ताअर्थखेलकुदजागिरपत्रपत्रिकापर्यटनप्रदेश खबरप्रवासप्रविधिमनोरन्जनमुख्य समाचारयुथ अफ वीरगंज बिशेषराजनीतिविचारसमाचारसाहित्यस्वास्थ्य/जीवनशैली१ नं. प्रदेश२ नं. प्रदेश३ नं. प्रदेश४ नं. प्रदेश५ नं. प्रदेश६ नं. प्रदेश७ नं. प्रदेश
पिडितको सहयात्री सांसद यादव :आगलागी पिडितलाई घरमा पुगेर राहत सहयोग
written by pilot
वीरगंज,२३ कार्तिक २०७५
वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौका आगलागी पिडित सन्त महतोको परिवारलाइ पर्सा क्षेत्र नं.१ का सांसद प्रदिप यादवले आज राहत सामाग्री वितरण गर्नुभएको छ ।
पिडित महतोको घरमा पुगी संघिय सामाजबादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष समेत रहेका सांसद यादवले राहत स्वरुप चामल , दाल ,लता कपडा र त्रिपाल लगायतका राहत सामाग्री वितरण गर्नुभएको हो । राहत वितरण गर्न पुगेका सांसद सांसद यादवले महतोको घर बनाउन पहल समेत गर्ने आश्वासन दिनुभएको हो ।
राहत वितरण कार्यक्रममा संघिय सामाजबादी फोरम नेपाल पर्साका जिल्ला सह ईन्चार्ज रामनरेश यादव ,जिल्ला सदस्य तबरेज अहम्द , असलम आलम , सामाजबादी युवा फोरमका केन्द्रिय सचिवालय सदस्य सरोज यादव लगायतको उपस्थिति रहेको थियो । यस्तै आगलागी पिडित महतोे परिवारलाइ सामाजिक अभियन्ता बृजेश्वर चौधरीले आज नयाँ कपडालत्ता सहयोग गर्नु भएको छ ।
आगलागीमा महत्तोको घरमा रहेका खाद्यान्न ,लता कपड़ा ,साइकल , काठका फर्निचर लगायतका सामान जलेर नष्ट भएपछि बिचल्लीमा परेको महत्तोको परिवारलाइ आज चौधरीले २० थान नया लता कपडा हस्तान्तरण गर्नु भएको हो । महत्तोको घरमा अस्ति दिपावलीका राति आगलागी भएको थियो ।
Breaking NewsFlash NewsUncategorizedVideoअन्तर्राष्ट्रियअन्तर्वार्ताअर्थखेलकुदजागिरपत्रपत्रिकापर्यटनप्रदेश खबरप्रवासप्रविधिमनोरन्जनमुख्य समाचारयुथ अफ वीरगंज बिशेषराजनीतिविचारसमाचारसाहित्यस्वास्थ्य/जीवनशैली१ नं. प्रदेश२ नं. प्रदेश३ नं. प्रदेश४ नं. प्रदेश५ नं. प्रदेश६ नं. प्रदेश७ नं. प्रदेश
सांसद यादवको पहलमा मुख्यमन्त्री राउतद्वारा क्षेत्र नं. १ को संभावित विकासबारे अवलोकन
written by pilot
वीरगंज,२३ कार्तिक
प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउत गदीले पर्सा क्षेत्र नं.१ को विभिन्न ठाउमा पर्ने सडक , विद्यालय , धर्मशाला , स्वास्थ्य चौकी लगायत विभिन्न ठाउको अवलोकन भ्रमण गर्नुभएको छ ।
पर्सा क्षेत्र नं.१ का सांसद प्रदिप यादवको विशेष आग्रहमा प्रदेश सरकारको सहयोगबाट क्षेत्र नं.१ को विकासको लागि संभावित ठाउको अवलोकन गर्नुभएको सांसद यादवले जानकारी दिनुभयो । मुख्यमन्त्री राउतले पर्सा क्षेत्र नं. १ को भवानीपुरको विद्यालय र पोखरीको अवलोकन गर्नुभयो भने हरपतगंजको अपौनीमा रहेको खेल मैदानको अवलोकन गर्नुभयो ।
अवलोकन पश्चात मुख्यमन्त्री राउतले निकट भविष्यमा विद्यालयको भौतिक पुर्वाधार र पोखरीको डिललाई छठघाट बनाउन र खेल मैदानको लागि बजेट बिनियोजन गरी सहयोग गर्ने आश्वासन दिनुभयो । मुख्यमन्त्री राउतले मधेश आन्दोलनका सहिद दिलिप चौरसियाको घरमा पुगी पारिवारीक अवस्थाको बारेमा पनि बसझनुभएको थियो ।
अवलोकन कार्यक्रममा सांसद प्रदिप यादव , प्रदेशसभा सदस्य जन्नत अंसारी संघिय सामाजबादी फोरम नेपाल पर्साका जिल्ला सह ईन्चार्ज रामनरेश यादव ,जिल्ला सदस्य तबरेज अहम्द , असलम आलम , सामाजबादी युवा फोरमका केन्द्रिय सचिवालय सदस्य सरोज यादव लगायतको सहभागिता रहेको थियो ।
Breaking NewsFlash NewsUncategorizedVideoअन्तर्राष्ट्रियअन्तर्वार्ताअर्थखेलकुदजागिरपत्रपत्रिकापर्यटनप्रदेश खबरप्रवासप्रविधिमनोरन्जनमुख्य समाचारयुथ अफ वीरगंज बिशेषराजनीतिविचारसमाचारसाहित्यस्वास्थ्य/जीवनशैली१ नं. प्रदेश२ नं. प्रदेश३ नं. प्रदेश४ नं. प्रदेश५ नं. प्रदेश६ नं. प्रदेश७ नं. प्रदेश
सांसद प्रदिप यादवको संसदीय कोषका ४ करोड़को पुर्वाधार विकाश बारे छलफल शुरु
written by pilot
वीरगंज,१६ कार्तिक÷ पर्सा निर्वाचन क्षेत्र नं १ का सांसद प्रदिप यादवको संसदीय कोष विकास अन्तर्गत चालु आर्थिक वर्षमा गरिने विकासको काम बारे छलफल शुरु भएको छ ।
स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रम नाम दिइएको योजनाहरुको विषयमा आज जिल्ला समन्वय समिति पर्सामा बैठक बस्दै यस वर्षको चार करोडको बजेटबारे के गर्ने के नगर्ने बारे सरोकारवालाहरु वीच छलफल भएको हो ।क्षेत्र नं १ को विभिन्न वडामा आएको विभिन्न योजना मध्ये प्राथमिकतामा छनौट भएको योजनाको कामहरु अघि बढाउने कार्यक्रमका संयोजक समेत रहेका क्षेत्र नं १ का सांसद प्रदिप यादवले बताए ।
उनले भने,‘छलफल शुरु भएको छ,कुन ठाउँमा त्यहाको आवश्यकता अनुसार के गर्ने बारे निर्णयमा पुगी समय सिमा भित्र गुणस्तीय र राम्रो काम गराउने लक्ष्य छ ।’ उनले छपकैयामा मुस्लिम समुदायको लागी विवाह भवन,बिभिन्न ठाउँमा धर्मशाला,मन्दिर,मदरसा,स्कुल,स्वास्थ्य चौकी एवं दलित,विपन्न,असहाय,भूमिविहीन,घरविहीन समुदायको लागि पनि बासस्थानको लागि घर बनाउने जस्ता योजना आएकोले छलफलबाट छनौट योजना पुरा गर्ने प्रारम्भिक तयारी थालिएको बताए ।
जनताको पैसा सही किसिमले जनताले सुविधा उपभोग्य गर्न पाउनु पर्छ भन्ने मान्यताले स्थानीय अवश्यकताबारे अघि बढने बताए । बैठकमा प्रदेश सांसद जनत अंसारी, प्रह्लाद गिरी,करिमा बेगम,जिल्ला समन्वय समिती पर्साका सभापति नेक महम्मद अंसारी, उपसभापति ठाकुर प्रसाद न्यौपाने,वीरगंज माहानगरका कार्यकारी प्रमुख डा.भिष्म प्रसाद भुषाल जिल्ला समन्वय समिती अधिकारी शिव प्रसाद लम्साल गायतको सहभागिता थियो ।
Breaking NewsFlash NewsUncategorizedVideoअन्तर्राष्ट्रियअन्तर्वार्ताअर्थखेलकुदजागिरपत्रपत्रिकाप्रदेश खबरप्रवासप्रविधिमनोरन्जनमुख्य समाचारयुथ अफ वीरगंज बिशेषराजनीतिविचारसमाचारसाहित्यस्वास्थ्य/जीवनशैली१ नं. प्रदेश२ नं. प्रदेश३ नं. प्रदेश४ नं. प्रदेश५ नं. प्रदेश६ नं. प्रदेश७ नं. प्रदेश
सांसद यादवको निर्देशनपछि र्सिसिया नदिमा फोहोर तथा दुषित पानी रोक्न् उधोगीहरु सहमत
written by pilot
कार्तिक ९,२०७५
वीरगंज । हिन्दुहरुको महान पर्व छठलाई लक्षित गरी र्सिसिया नदिको फोहोर पानी रोक्ने सम्बन्धमा सांसद प्रदिप यादवले हिजो स्थलगत अनुगमनको क्रममा ध्यानकार्षण गराएपछि फोहोर पानी बन्द गर्ने भन्दै वीरगंजका उद्योगीहरुले आज ४ बुँदे लिखित सहमती गरेका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एव् सांसद यादवको विशेष उपस्थितीमा वीरगंज उद्योग बाण्जिय संघका प्रतिनिधि लगायतका उद्योगीहरुले फोहोर पानी रोक्ने सम्बन्धमा आज प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल समक्ष लिखित सहमती गरेका हुन् । आज भएको सहमतीमा कार्तिक १८ गतेदेखि छठ पर्व सम्पन नहुन्जेलसम्म उद्योग तथा व्यवयसायिक प्रतिष्ठानबाट निस्किएको उत्सर्जित फोहोर तथा दुषित पानी छाडन् पुर्ण रुपमा बन्द गर्ने, खोलामा दुषित पानी बन्द भएपछि महानगरका अन्य दह र पोखरीको फोहोर पानी महानगरले फाल्ने, आज भएको निर्णय कार्यान्यन गराउन श्रम कार्यालाई पत्रचार गर्ने लगायतको सहमती भएको हो ।

Breaking NewsFlash NewsUncategorizedVideoअन्तर्राष्ट्रियअन्तर्वार्ताअर्थखेलकुदजागिरपत्रपत्रिकापर्यटनप्रदेश खबरप्रवासप्रविधिमनोरन्जनमुख्य समाचारयुथ अफ वीरगंज बिशेषराजनीतिविचारसमाचारसाहित्यस्वास्थ्य/जीवनशैली१ नं. प्रदेश२ नं. प्रदेश३ नं. प्रदेश४ नं. प्रदेश५ नं. प्रदेश६ नं. प्रदेश७ नं. प्रदेश
सांसद यादवद्वारा आज पनि स्थलगत अनुगमन तथा निरीक्षण कार्यलाई निरन्तरता…नियमित रुपमा घरदैलोमा पुग्दा स्थानीयद्वारा खुशी व्यतm
written by pilot
कार्तिक ९,२०७५
वीरगंज । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष तथा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले आज पनि स्थलगत अनुगमन तथा निरीक्षण कार्यलाई निरन्तरता दिनुभएको छ । उहाँले आफनो निर्वाचन क्षेत्रमा पर्ने विभिन्न स्थानहरुको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको हो । अनुगमन तथा निरीक्षणको क्रममा स्थाीय स्तरमा भईरहेका विकास निर्माण कार्यहरुको पनि अनुगमन तथा निरीक्षण गर्नुका साथै विकास लगायतका विभिन्न विषयमा स्थानीय युवा , महिलाहरुसंग छलफल समेत गर्नुभएको थियो । स्थानीय तहको चुनावपछि जितेका जनप्रतीनीधीहरु फर्केर जनताकोमा नआउने गरेको भएपनि सांसद प्रदिप यादवले सधै जनताको सुख दुखमा साथ दिनुका साथै घरदैलोमै पुगेर जनताको समस्या लगायत अपेक्षा बुझने गरेको प्रती खुशी लाग्ने गरेको स्थानीयवासीहरुले बताएका थिए ।


Breaking NewsFlash NewsUncategorizedVideoअन्तर्राष्ट्रियअन्तर्वार्ताअर्थखेलकुदजागिरपत्रपत्रिकापर्यटनप्रदेश खबरप्रवासप्रविधिमनोरन्जनमुख्य समाचारयुथ अफ वीरगंज बिशेषराजनीतिविचारसमाचारसाहित्यस्वास्थ्य/जीवनशैली१ नं. प्रदेश२ नं. प्रदेश३ नं. प्रदेश४ नं. प्रदेश५ नं. प्रदेश६ नं. प्रदेश७ नं. प्रदेश
निर्मला पन्त हत्या प्रकरणस् निलम्बित एसपी विष्ट र इन्स्पेक्टर भट्ट प्रहरी सेवाबाटै बर्खास्त
written by pilot
कार्तिक ९ ,२०७५
निर्मला पन्त बलात्कारपछिको हत्या प्रकारणमा निलम्बित कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट तथा निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरिएको छ ।
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको छानबिनमा लापर्वाही गरेको भन्दै विष्ट र भट्टलाई प्रहरी सेवाबाटै बर्खास्त गरिएको हो । उनीहरुलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा बिहीबार गृह मन्त्रालयले बर्खास्त गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयले विष्ट र भट्टसँग दुई पटक स्पष्टिकरण सोधे पनि उनीहरुबाट चित्तबुझ्दो जवाफ नआएकाले सेवाबाटै बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।
छानबिनका क्रममा उनीहरुले गैरजिम्मेवारपूर्ण व्यवहार गरेको पनि गृहमन्त्रालयको ठहर छ । प्रहरी महानिरीक्षकसमेतको टोलीले स्थलगत अध्ययन गर्दा घटनामा सम्बद्ध प्रहरी कर्मचारीले नै अनुसन्धानका क्रममा सामान्य कानुनी व्यवस्थासमेत पालना नगरेको तथ्य फेला परेको थियो ।
तत्कालबाट प्रहरीबाट अनुसन्धान र खोजतलास हुनुपर्नेमा प्रहरीबाट नै लापर्वाही भएपछि अनुसन्धान प्रक्रिया नै प्रभावित भएको थियो । घटनासँग सम्बन्धित प्रमाण हुन सक्ने वस्तु भित्री वस्त्रहरु पानीमा चोपलेको, गुप्ताङ्ग र तिघ्रा पखालेको र वस्त्र नै गायब गर्ने कामसमेत प्रहरीले नै गरेको आरोप लागेको थियो ।
त्यस्तै नेपालमै नरहेका मृतकका बाबुको दस्तखत गराइको र मृतकको अन्त्येष्टिका लागि दबाब दिएको प्रहरीमाथि गम्भीर आरोप छ । विष्ट र भट्टलाई भविष्यमा सरकारी जागिर खानका लागि अयोग्य नठहरिने गरी प्रहरी सेवाबाट बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गएको साउन १० गते कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

