मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।
स्वास्थ्य/जीवनशैली
विश्व रक्तदाता दिवसको अवसरमा १ सय २ पटक रक्तदान गरेका योगेश खनाल लाई कदर पत्रले सम्मानित ।
वीरगन्ज । विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एशोसियसन पर्साले रक्तदान गर्ने व्यक्ति र रक्तदान कार्यक्रम आयोजना गरेका पर्सा र बाराका संघसंस्थाहरुलाइ सम्मानित गरेको छ ।
आज मङगलबार वीरगन्जको होटल मकालुमा आयोजित कार्यक्रममा ब्लड डोनर्स एशोसियसन पर्साले वीरगन्जमै रहेर १ सय २ पटक रक्तदान गरेका योगेश खनाललाइ पनि कदर पत्रले सम्मानित गरेको छ । वीरगन्जको रानीघाटमा बस्दै आएका खनालले २०५२ साल देखि हरेक तीन तीन महिनामा स्वस्फुर्त रुपमा रक्तसन्चार केन्द्र वीरगन्जमा पुगेर रगतदान गर्दै आएका छन् ।
यस्तै एक सय पिन्ट (पोका) भन्दा बढि रक्तदान गर्ने पर्सा र बाराका ४० वटा संघसंस्था , आकस्मिक रक्तदान कार्यक्रम गरेका ८ वटा संघसंस्था र रक्त सन्चार केन्द्रमा आएर आकस्मिक रगतदान गरेका ६० जना व्याक्तिहरुलाइ पनि सम्मानित गरिएको ब्लड डोनर्स एशोसियसन पर्साका सचिव अरविन्द सिंहले जानकारी दिए । रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्था र रगतदान गर्ने रगत दाताहरुलाइ प्रोत्साहित गर्न सम्मानित गरिएको एशोसियसन पर्साका अध्यक्ष शत्रुधन नेपालले बताए ।

बजाज मोटरसाइकलको तीन मोडलको मूल्य बढेको छ । मंगलबार नयाँ मुल्यसूची सार्वजनिक गर्दै एउटै मोटरसाइकलमा २० हजारसम्म मूल्य बढाएको हो ।
नेपालका लागि बजाज मोटरसाइलको नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले सरकारले बजेटमा भन्सार दर बढेसँगै मोटरसाइकलको मूल्य पनि वृद्धि भएकाे जनाएको छ ।
जस अनुसार बजाज पल्सर १५० एसडि, २२० एफ र एभेन्जर २२० मोटरसाइकलको मूल्य बढाएको हो । यी मोटरसाइकल बाहेक अन्य मोडलको मूल्य भने यथावत नै राखिएको छ ।
आजदेखि लागू हुने गरी बढेको मूल्य अनुसार १५० सिङ्गल डिक्समा ३ हजार, एभेन्जर २२०मा ३ हजार र सर्वाधिक बिक्रीहुने २२० एफलमा एकैपटक २० हजार रुपैयाँ मुल्य बढेको छ ।
नयाँँ मूल्यसूची अनुसार बढेको १५० एसडीको मूल्य २ लाख ८२ हजार, एभेन्जरको ३ लाख ९९ हजार र २२० को ३ लाख ९४ हजार रुपैयाँ मूल्य तोकिएको छ । यस अघि २२० बाइक ३ लाख ७४ हजारमा विक्री हुँदै आएको थियो ।
आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार २ सय ३१ म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेको संख्यामा म्यादी प्रहरी भर्ना गरिए तलब/भत्ता र खाजामा करिब ७ अर्ब रुपैयाँ खर्च हुनेछ ।
आगामी वैशाख ३० मा हुने चुनावमा प्रहरीले सेना, प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अलावा ५० दिनका लागि म्यादी प्रहरी भर्ना गर्नुपर्ने गरी निर्वाचन सुरक्षा कार्ययोजनाको मस्यौदा तयार गरेर गृह मन्त्रालयमा बुझाएको छ ।
एकै चरणमा निर्वाचन गर्नुपर्दा चारवटै सुरक्षा निकायबाट मात्रै सुरक्षा व्यवस्थापन गर्न कठिन भएकालगे यस पटक म्यादीको संख्या बढ्न सक्ने देखिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने ।
म्यादी प्रहरीका लागि प्रहरी जवानसरह तलब र जनही ४ हजार ५ सय रुपैयाँ पोसाक खर्च उपलब्ध गराउनुपर्ने भनिएको छ । जवानको तलब करिब २३ हजार हुन्छ । म्यादीका लागि जवानसरह पारिश्रमिक दिँदा प्रस्तावित संख्याका लागि मासिक एकमुष्ट २ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी बजेट चाहिन्छ । ५० दिनका लागि करिब ५ अर्ब रुपैयाँ तलबमा मात्रै खर्च हुनेछ । यातायात खर्चबापत प्रतिव्यक्ति छुट्टै १ हजार रुपैयाँ दिनुपर्ने प्रस्ताव छ ।
२०७४ को स्थानीय चुनावमा म्यादी प्रहरीलाई पोसाक खर्च मासिक ४ हजार रुपैयाँ उपलब्ध गराइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पेटमा समस्या भएपछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा लगिएको छ ।
सोमवार राति प्रधानमन्त्री ओलीको पेट देख्ने समस्याका कारण अस्पताल लगिएको हो । सेन्टरमा ओलीको स्वास्थ्य जाँच भइरहेको छ ।
‘स्वास्थ्य जाँचपछि उहाँको स्वास्थ्यबारे थप विवरण आउने छ ! प्रधानमन्त्री ओलीले आइतवार ग्राण्डी अस्पतालमा मृर्गाैलाको डायलासिस गरेका थिए । ओलीले १२ वर्षअघि प्रत्यारोपण गरेको मृर्गाैला पटक–पटक समस्या देखिँदै आएको छ ।
शुक्रबार राति करिब ८ बजेको समयमा नेशनल मेडिकल कलेजमा एमबिबिएस अध्यनरत विद्यार्थीले वीरगन्जको सडकमा मेडिकल माफियाको लडाइँमा वीरगन्जवासीको साथ मागेका छन् ।
सरकारले तोकेको भन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत नेशनल मेडिकल कलेजका विद्यार्थीबीच झडप भएको छ !
मेडिकल माफिया नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जमा एम डि बसरुदिन असारीले अतिरिक्त शुल्क फिर्ताको माग गरेर बिरोधमा उत्रेका बिद्यार्थीहरु माथी गुण्डा लगाएर जिउदै जलाइ दिने धम्की दिएको घटनाले देशभर सनसनी फैलिएको छ । कलेजका सिनियर भनाउने उनका आसेपासे र आफन्त पर्ने बिद्यार्थीलाई समेत प्रयोग गराएर आन्दोलनरत बिद्यार्थीमाथी मानसिक तथा शारीरिक यातना दिलाउने गरेको घटना समेत बाहिरिएको छ । उनका एक दुई जना दलाल प्रवृत्तिका ब्यक्ति अतिरन्जिस तरिकाले आन्दोलन र बिद्यार्थीको जायज मागलाइ समेत ढाकछोप गर्ने प्रयास गरिएको छ ।
फोटो:- राहुल शाह
पिडितको सहयात्री सांसद यादव :आगलागी पिडितलाई घरमा पुगेर राहत सहयोग
वीरगंज,२३ कार्तिक २०७५
वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौका आगलागी पिडित सन्त महतोको परिवारलाइ पर्सा क्षेत्र नं.१ का सांसद प्रदिप यादवले आज राहत सामाग्री वितरण गर्नुभएको छ ।
पिडित महतोको घरमा पुगी संघिय सामाजबादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष समेत रहेका सांसद यादवले राहत स्वरुप चामल , दाल ,लता कपडा र त्रिपाल लगायतका राहत सामाग्री वितरण गर्नुभएको हो । राहत वितरण गर्न पुगेका सांसद सांसद यादवले महतोको घर बनाउन पहल समेत गर्ने आश्वासन दिनुभएको हो ।
राहत वितरण कार्यक्रममा संघिय सामाजबादी फोरम नेपाल पर्साका जिल्ला सह ईन्चार्ज रामनरेश यादव ,जिल्ला सदस्य तबरेज अहम्द , असलम आलम , सामाजबादी युवा फोरमका केन्द्रिय सचिवालय सदस्य सरोज यादव लगायतको उपस्थिति रहेको थियो । यस्तै आगलागी पिडित महतोे परिवारलाइ सामाजिक अभियन्ता बृजेश्वर चौधरीले आज नयाँ कपडालत्ता सहयोग गर्नु भएको छ ।
आगलागीमा महत्तोको घरमा रहेका खाद्यान्न ,लता कपड़ा ,साइकल , काठका फर्निचर लगायतका सामान जलेर नष्ट भएपछि बिचल्लीमा परेको महत्तोको परिवारलाइ आज चौधरीले २० थान नया लता कपडा हस्तान्तरण गर्नु भएको हो । महत्तोको घरमा अस्ति दिपावलीका राति आगलागी भएको थियो ।
सांसद यादवको पहलमा मुख्यमन्त्री राउतद्वारा क्षेत्र नं. १ को संभावित विकासबारे अवलोकन
वीरगंज,२३ कार्तिक
प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउत गदीले पर्सा क्षेत्र नं.१ को विभिन्न ठाउमा पर्ने सडक , विद्यालय , धर्मशाला , स्वास्थ्य चौकी लगायत विभिन्न ठाउको अवलोकन भ्रमण गर्नुभएको छ ।
पर्सा क्षेत्र नं.१ का सांसद प्रदिप यादवको विशेष आग्रहमा प्रदेश सरकारको सहयोगबाट क्षेत्र नं.१ को विकासको लागि संभावित ठाउको अवलोकन गर्नुभएको सांसद यादवले जानकारी दिनुभयो । मुख्यमन्त्री राउतले पर्सा क्षेत्र नं. १ को भवानीपुरको विद्यालय र पोखरीको अवलोकन गर्नुभयो भने हरपतगंजको अपौनीमा रहेको खेल मैदानको अवलोकन गर्नुभयो ।
अवलोकन पश्चात मुख्यमन्त्री राउतले निकट भविष्यमा विद्यालयको भौतिक पुर्वाधार र पोखरीको डिललाई छठघाट बनाउन र खेल मैदानको लागि बजेट बिनियोजन गरी सहयोग गर्ने आश्वासन दिनुभयो । मुख्यमन्त्री राउतले मधेश आन्दोलनका सहिद दिलिप चौरसियाको घरमा पुगी पारिवारीक अवस्थाको बारेमा पनि बसझनुभएको थियो ।
अवलोकन कार्यक्रममा सांसद प्रदिप यादव , प्रदेशसभा सदस्य जन्नत अंसारी संघिय सामाजबादी फोरम नेपाल पर्साका जिल्ला सह ईन्चार्ज रामनरेश यादव ,जिल्ला सदस्य तबरेज अहम्द , असलम आलम , सामाजबादी युवा फोरमका केन्द्रिय सचिवालय सदस्य सरोज यादव लगायतको सहभागिता रहेको थियो ।
सांसद प्रदिप यादवको संसदीय कोषका ४ करोड़को पुर्वाधार विकाश बारे छलफल शुरु
वीरगंज,१६ कार्तिक÷ पर्सा निर्वाचन क्षेत्र नं १ का सांसद प्रदिप यादवको संसदीय कोष विकास अन्तर्गत चालु आर्थिक वर्षमा गरिने विकासको काम बारे छलफल शुरु भएको छ ।
स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रम नाम दिइएको योजनाहरुको विषयमा आज जिल्ला समन्वय समिति पर्सामा बैठक बस्दै यस वर्षको चार करोडको बजेटबारे के गर्ने के नगर्ने बारे सरोकारवालाहरु वीच छलफल भएको हो ।क्षेत्र नं १ को विभिन्न वडामा आएको विभिन्न योजना मध्ये प्राथमिकतामा छनौट भएको योजनाको कामहरु अघि बढाउने कार्यक्रमका संयोजक समेत रहेका क्षेत्र नं १ का सांसद प्रदिप यादवले बताए ।
उनले भने,‘छलफल शुरु भएको छ,कुन ठाउँमा त्यहाको आवश्यकता अनुसार के गर्ने बारे निर्णयमा पुगी समय सिमा भित्र गुणस्तीय र राम्रो काम गराउने लक्ष्य छ ।’ उनले छपकैयामा मुस्लिम समुदायको लागी विवाह भवन,बिभिन्न ठाउँमा धर्मशाला,मन्दिर,मदरसा,स्कुल,स्वास्थ्य चौकी एवं दलित,विपन्न,असहाय,भूमिविहीन,घरविहीन समुदायको लागि पनि बासस्थानको लागि घर बनाउने जस्ता योजना आएकोले छलफलबाट छनौट योजना पुरा गर्ने प्रारम्भिक तयारी थालिएको बताए ।
जनताको पैसा सही किसिमले जनताले सुविधा उपभोग्य गर्न पाउनु पर्छ भन्ने मान्यताले स्थानीय अवश्यकताबारे अघि बढने बताए । बैठकमा प्रदेश सांसद जनत अंसारी, प्रह्लाद गिरी,करिमा बेगम,जिल्ला समन्वय समिती पर्साका सभापति नेक महम्मद अंसारी, उपसभापति ठाकुर प्रसाद न्यौपाने,वीरगंज माहानगरका कार्यकारी प्रमुख डा.भिष्म प्रसाद भुषाल जिल्ला समन्वय समिती अधिकारी शिव प्रसाद लम्साल गायतको सहभागिता थियो ।
सांसद यादवको निर्देशनपछि र्सिसिया नदिमा फोहोर तथा दुषित पानी रोक्न् उधोगीहरु सहमत
कार्तिक ९,२०७५
वीरगंज । हिन्दुहरुको महान पर्व छठलाई लक्षित गरी र्सिसिया नदिको फोहोर पानी रोक्ने सम्बन्धमा सांसद प्रदिप यादवले हिजो स्थलगत अनुगमनको क्रममा ध्यानकार्षण गराएपछि फोहोर पानी बन्द गर्ने भन्दै वीरगंजका उद्योगीहरुले आज ४ बुँदे लिखित सहमती गरेका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एव् सांसद यादवको विशेष उपस्थितीमा वीरगंज उद्योग बाण्जिय संघका प्रतिनिधि लगायतका उद्योगीहरुले फोहोर पानी रोक्ने सम्बन्धमा आज प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल समक्ष लिखित सहमती गरेका हुन् । आज भएको सहमतीमा कार्तिक १८ गतेदेखि छठ पर्व सम्पन नहुन्जेलसम्म उद्योग तथा व्यवयसायिक प्रतिष्ठानबाट निस्किएको उत्सर्जित फोहोर तथा दुषित पानी छाडन् पुर्ण रुपमा बन्द गर्ने, खोलामा दुषित पानी बन्द भएपछि महानगरका अन्य दह र पोखरीको फोहोर पानी महानगरले फाल्ने, आज भएको निर्णय कार्यान्यन गराउन श्रम कार्यालाई पत्रचार गर्ने लगायतको सहमती भएको हो ।

