Photo- Nepal Photo Library
काठमाडौँमा फुटपाथ व्यवसायीमाथि हातपात भएको विरोधमा श्रमजीवी स्वरोजगार सडक व्यापारीले विरोध सभा आयोजना गरेका छन् । बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको थियो । सडक व्यापारीले उक्त घटनामा संलग्न महानगर प्रहरीलाई कारवाही गर्न माग गरेका छन् । काठमाडौँ महानगरको जननिर्वाचित नागरिक नेतृत्वले धैर्यताकासाथ संवादको माध्यमले समस्याको समाधान गर्ने प्रयास गर्नुको साटो महानगर प्रहरी परिचालन गरी अत्यधिक बल प्रयोग गरेर केही सडक व्यापारीलाई गम्भीर घाइते बनाएको र उनीहरूको सामान लुटपाटको शैलीमा जफत गरेको भन्दै उनीहरूले विरोध गरेका छन् ।
Category:
Breaking News

सिरहामा एक समुदायिक विद्यालयका शिक्षकले टिकटोक भिडियो बनाउँदै गरेकी विद्यार्थीलाई पढन भनेपछि फिनाइल खाईएर अस्पताल भर्ना भएको घटना बाहिरिएको छ ।
सिरहाको गोलबजार नगरपालिका वडा वडा नम्बर ४ स्थित रहेको जनता माध्यमिक विद्यालय गोलबजारका एक शिक्षकले सोही विद्यालयमा पढने दुई किशोरीलाई मात्र झपारेपछि फिनाइल खाएको बताईएको छ ।
सोमबार दिउँसो १२ बजेको समयमा विद्यालय भित्रै आयोजना गरिएको खोप शिविरको क्रममा खोप लगाएर विद्यालयको छेउमा रहेको रुख मुनि टिकटोक भिडियो बनाईरहेको अवस्थामा गणित पढाउने शिक्षक शशि साहले झपारेपछि दुवै जना फिनाइल खाईदिएको बताईएको छ ।
सोही स्थान बस्ने विद्यार्थी अञ्जली सिंह र दिपा मण्डलले फिनाइल खाईदिएको बताईएको छ । भ्याक्सिन लगाएपछि आराम गर्नुको साटो मोबाईल लिएर टिकटोक भिडियो, रिल्स बनाईरहेको अवस्थामा रिसाएका शिक्षक साहले उनीहरुलाई झपार्दै अभिभावकलाई गुनासो गर्ने भनेपछि फिनाईल खाईदिएको हो ।
शिक्षक साहले उनीहरुलाई सम्झाउँदै विद्यालय बाहिर खिचिरहेको भिडियोको तस्विर समेत उनले आफ्नो मोबाईलमा प्रमाणको लागि कैद गरे । शिक्षक साहले उनीहरुले टिकटोक भिडियो बनाईरहेको विद्यालय बाहिर रहेको बयर रुखमुनीको तस्विर खिच्दै अभिभावकलाई देखाउने बताएपछि उनीहरु फिनाईल खाइन् ।
शिक्षक साहले भने, “दिपा मण्डलको म क्लास टिचर हुँ, उनलाई पटक पटक सम्झाउँदै आएकै छु, घण्टी छाडेर मोबाईलमा व्यस्त हुने, मोबाईल लिएर विद्यालय बाहिर गई नाचगान गरी भिडियो बनाउने, रिल्स बनाउने, टिकटोक बनाउने जस्ता कार्यहरु गर्दै आएकोमा सम्झाएको हुँ, तिम्रो बाउआमालाई प्रमाणको साथ गुनासो गर्छु मात्र भनेको थिए । उनीहरुलाई विद्यालय प्रशासनको जिम्मा लगाएर म सिरहातर्फ निस्के, र उनीहरु फिनाईल खाईदिएको जानकारी पाए । विद्यार्थीलाई सम्झाउन पनि नपाउने कस्तो बिडम्बना सृजना भयो विद्यालयमा है त ।”
विद्यालयभित्र मोबाईल निषेध भएपनि कक्षा ८,९ मै पढने किशोर किशोरीहरुले स्वतन्त्रताको नाममा कक्षा छाडेर टिकटोक भिडियो बनाएपछि आफूहरुको जिम्मेवारी भएको शिक्षक साहले बताए । उनले अभिभावकलाई समेत गुनासो गर्ने स्थिति नरहेकोप्रति दुःख प्रकट गरे ।
गोलबजारको भूमिजा अस्पतालमा उपचाररत रहेकी दुवै किशोरीको अवस्था समान्य बन्दै गएको छ भने अभिभावक र विद्यालय पक्षबीच उपचार खर्च तिर्ने सहमति भएपछि मिलापत्र भएको हो ।
मेडिकल कलेजको सम्पति विवाद: दाई जैनुद्दिनलाई भाई बसरुद्दिनले दिए ज्यान मार्ने धम्की
written by pilot

वीरगन्ज,१३फागुनःवीरगन्जमा रहेको नेशनल मेडिकल कलेजको सम्पति भागबण्डाको विषयलाई लिएर दुई दाजुभाई बिचको विवाद थप छताछुल्ल भएको छ ।
मेडिकल कलेजका अध्यक्ष जैनुद्दिन अन्सारी र उनका सांहिला भाई बसरुद्दिन अन्सारीबिच मेडिकल कलेजको जायजेथाको भागबण्डाको विषयलाई लिएर केहि महिनादेखि चल्दै आएको विवाद अहिले छताछुल्ल भएको हो ।अध्यक्ष जैनुद्दिनले मेडिकल कलेजको प्रबन्ध निर्देशक(एमडी)बाट बसरुुद्दिनलाई पदच्यूत गरेर आफनै छोरा शाहनवाज अन्सारीलाई एमडीमा नियुक्त गरेपछि दुई दाजुभाईबिचको विवाद झन चर्किएको छ ।
गत शुक्रबार अध्यक्ष जैनुद्दिनले आफना छोरा शाहनवाजलाई एमडीमा नियुक्त गरिएको निर्णय सञ्चारमाध्यम र। सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि विवाद झन् बढेको हो ।शाहनवाजलाई एमडीमा नियुक्त गरिएको निर्णय विभिन्न माध्यमबाट सार्वजनिक भएपछि बसरुद्दिनले भने मेडिकल कलेजको एमडी आँफू नै यथावत रहेको र अध्यक्षपनि बनेको भन्दै सामाजिक सञ्जाल मार्फत प्रचारबाजी गरेका छन् ।
त्यसपछि आइतबार अध्यक्ष जैनुद्दिनका छोरा तथा मेडिकल कलेजका नवनियुक्त एमडी शाहनवाजले पत्रकार सम्मेलन गरेर मेकिडल कलेजका बारेमा बसरुद्दिनले फिजाँएको हल्ला भ्रामक रहेको दाबी गरेका छन् ।
पत्रकार सम्मेलनमा शाहनवाजले मेडिकल कलेजको सञ्चालक समितिले यहि फागुन ४ गतेदेखि लागु हुने गरि आँफुलाई एमडीमा नियुक्त गरेको दाबी गरे । फागुन ४ गते सम्पन्न मेडिकल कलेजको वार्षिक साधरण सभाले संस्थापक अध्यक्ष जैनुद्दिन अन्सारीकै अध्यक्षतामा तीन सदस्यिय सञ्चालक समिति गठन गरेको उनले बताए । वाषिर्क साधररण सभाले सञ्चालक अध्यक्षमा जैनुद्दिन अन्सारी, प्रबन्ध सञ्चालकमा आँफुलाई र सञ्चालकमा नुशरत जहान अन्सारीलाई नियुक्त गरेको शहनवाजले जानकारी दिए । नुशरत , अध्यक्ष जैनुद्दिनकै छोरी हुन् ।
पत्रकार सम्मेलनमा शाहनवाजले यसअघिका एमडी बसरुद्दिनको कार्यशैली र गतिविधीमा कैफियत देखिएपछि सञ्चालक समितिले उनलाई एमडी पदबाट हटाएको प्रष्टिकरणपनि दिए । उनले भने,‘कानूनी रुपमा एक जना मात्र सञ्चालक समितिमा रहने व्यवस्था भएपनि कामको बोझले अध्यक्षले बसरुद्दिन अन्सारीलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिनु भएको् थियो । तर केहि समयदेखि उनको कार्य सञ्चालनमा कैफियत देखियो । अध्यक्षले उनलाई पटक पटक सचेतपनि गराएका थिए । तर त्यसका बाबजुदपनि सुधार नआएपछि अध्यक्षले अन्सारीको अधिकार कटौती गर्दै जानु भएको हो । अहिले मेडिकल कलेज प्रालिमा बसरुद्धिनको १० प्रतिशतमात्र शेयर लगानी छ । त्यो बाहेक यस मेकिडल कलेजसंग उनको कुनै साइनो छैन ।’
मेकिडल कलेजको एमडीबाट हटाएप्छि बसरुद्दिनले अध्यक्ष जैनुद्दिनलाई ज्यान मार्ने धम्कीसमेत दिएको शाहनवाजले आरोप लगाए ।धम्की आएपछि अध्यक्ष जैनुद्दिनले जिउज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्तासमेत गराइसकेको पत्रकार सम्मेलनमा शाहनवाजले बताए । उनले भने,‘ बसरुद्दिनले ज्यान मार्ने सम्मको धम्की दिदैं आएकोभएपनि स्थानीय प्रशासनले केहि सुनुवाई अहिलेसम्म गरेको छैन ।
२०५६ साल भदौं ३२ गतेदेखि विधिवत रुपमा सञ्चालनमा आएको नेशनल मेडिकल कजेज तथा शिक्षण अस्पतालको अध्यक्ष सुरुदेखि नै जैनुद्दिन अन्सारी छन् । शाहनवाजका अनुसार, सुरुमा मेकिडल कलेजमा जैनुद्दिनको ९० प्रतिशत र उनका साँहिलो भाई बसरुद्दिनको १० प्रतिशत शेयर थियो । तर गत साउन २६ गते सम्पन्न साधरणसभाले अध्यक्ष जैनुद्दिनकै छोराछोरीहरुलाई राखेर शेयरधनीहरु थपेको थियो ।जसअनुसार अब अध्यक्ष जैनुद्दिनको ४५ प्रतिशत,उनका छोरा शहनवाजको १५ प्रतिशत, छोरीहरु नुशरत जहानको १० प्रतिशत,निकहत यासमिनको १० प्रतिशत,इशंत जहानको १० प्रतिशत र साँहिलो भाई बसरुद्दिनको १० प्रतिशत शेयर रहेको पत्रकारसम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तर अध्यक्ष जैनुद्दिनका भाई बसरुद्दिनले भने मेडिकल कलेजको एमडी अहिलेपनि आँफू नै भएको दाबी गरे । उक्त पदबाट आँफुलाई कसैलेपनि नहटाएको दाबीपनि उनको छ।मेडिकल कलेजको दर्ता, स्थापना , अदालतमा मुद्धा लड्ने लगायतका सबै काम आँफुले नै गरेर २५ वर्षदेखि मेडिकल कलेज चलाउँदै आएको उनले बताए ।
उनले भने,‘कलेज स्थापनका बेला दाजु जैनुद्दिन आँफैले आधा आधा साझेदारी रहने भनेर मौखिक सहमति गर्नु भएको थियो ।बुबा सरहको दाजुले भनेको कूरामा मैले भरोसा गरे । तर अहिले आएर उहाँका छोरा छोरी पढेलेखेर आएपछि मलाई नै पाखा लगाउने काम उहाँले गरिरहनु भएको छ ।यो सरासर बेइमानी हो । धोखा हो ।
वीरगन्जको नेशनल मेडिकल कलेजमात्र नभइ काठमाडौं मडिकल कलेज र नेपाल मेडिकल कलेज गरी तीन्वटा संस्थामा दाजुभाईको हिस्सेदारी रहेको भन्दै बसरुद्दिनले मधेसखबरसंग भने,‘ यी तीनवटै जायजेथाको अहिलेको चलनचल्तीको भाउ मुल्यांकन गरेर दूई दाजुभाईले बराबर बाँडौ भन्ने मेरो माग हो । तर दाजुमा बेयमाइनी देखिएको छ ।’
उनले दूई दाजुभाई बिचको विवादलाई आँफुले थप चर्काउन नचाहेकोपनि बताए ।मधेसखबरसंग उनले भने,‘ गाँउसमाजमा बसेर दूई दाजुभाईको मनमुटाव सल्टाउँ भनेर मैले दाजुलाई भन्दै आएको छु ।’ज्यान मार्ने धम्की दिएको बारेमा प्रश्न गर्दा बसरुद्दिनले त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । उनले भने,‘ उल्टै मलाई दाजुका आफन्तहरुले मार्ने धम्की दिइरहेका छन् ।’

वीरगञ्ज । वीरगञ्जको गौतम माद्यामिक विद्यालयले ४७ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बैभव वीरगञ्जका लागि शैक्षिक क्षेत्रको सुदृढीकरण अपरिहार्य रहेको बताए । वीरगञ्ज महानगरपालिकाले शैक्षिक गुणस्तर बृद्धि र विद्यार्थीको चौतर्फी विकासका क्षेत्रमा काम गरीरहेको प्रमुख सिंहको भनाई छ ।
साथै उच्च शिक्षाका लागि वीरगञ्ज भन्दा बाहिर जाने प्रवृतिलाई अन्त्य गर्दै वीरगञ्जमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नुपर्नेमा मेयर सिंहको जोड छ । उनले भने, ‘हामीले सोच परिवर्तन गर्ने बेला भएको छ । उच्च शिक्षाका लागि वीरगञ्ज भन्दा बाहिर पठाउने गरिन्छ । यहाँकै शैक्षिक संस्थामा विश्वास नभएको हो र ?’
गौतम माविका विद्यार्थीहरुको प्रस्तुती हेर्दै उनले थपे, ‘जग नै यति बलियो छ भने घर पनि बलियो हुन्छ भन्ने विश्वास दिलाउन जरुरी छ । वीरगञ्जको शैक्षिक क्षेत्रको छुट्टै इतिहास छ, अब त्यही इतिहास फेरी फर्काउने बेला भएको छ । यसका लागि सबै शिक्षाकर्मी एवम् सरोकारवालाले हातेमालो गर्न आवश्यक छ ।’
कार्यक्रममा उपस्थित अतिथीहरुलाई शब्दमार्फत स्वागत गर्दै गौतम माविकी सहायक प्रधानाध्यापिका परीक्षा लामाले ४७ वर्षमा प्रवेश गर्दाको समयमा थुप्रै उतारचढावको सामना गरेको बताइन् । २०३१ सालमा ४ जना विद्यार्थीबाट गौतम मावि सुरु भएको जानकारी गराउँदै उनले भनिन्, ‘अहिले सबै अभिभावकको रोजाईमा हामी पर्ने गर्छाै । यसका साथै हरेक वर्ष एसईईमा सर्वाेत्कृष्ट नतिजा ल्याउने गर्दछौँ । यो हाम्रो ठूलो उपलब्धी हो ।’
कार्यक्रममा कक्षा नर्सरीदेखि ९ सम्मका १२ सय विद्यार्थीले विभिन्न क्रियाकलापमा सहभागिता जनाएको पनि उनले जानकारी गराइन् । साथै एक साताको छोटो समयमा तयारी गरेर विद्यार्थीहरुले विभिन्न सचेतनामुलक एवम् मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सौराज प्रधान र शिक्षिका श्वेता क्षेत्री गरेका थिए ।
साहिब दरबारको आयोजनामा ६२ जनाले गरे रक्तदान
written by pilot

वीरगंज । साहिब दरबार वीरगंजको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. २१ स्थित कन्साइ नेरोलेक पेन्ट्स (knp) परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४ जना महिलासहित ६२ जनाले रक्तदान गरेको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा निशा कार्की, सङ्गीता दास, नेत्र कुमारी खनाल, सोनी कुमारी चौधरी, कृष्ण पटेल, दिलिप पाण्डेलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए ।
रक्तदान कार्यक्रमको वीरगंज महानगर प्रमुख राजेशमान सिंहले रक्तदान गरेर उद्घाटन गर्नुभयो ।
उहाँले रक्तदान एक मानवीय कार्य भएकोले सबैले रक्तदान गरेर सहयोग गर्नुपर्ने बताउनु भयो ।
रक्तदाताहरुलाई महानगर प्रमुख सिंहले प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।
रक्तदान कार्यक्रममा साहिब दरबारका पजुनुमैया त्वायना, सुरज गुप्ता, शिव गुप्ता, संगिता दास लगायतको सहभागिता रहेको थियो ।

वीरगंज । नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी चयन भएका छन्।
अस्पतालमा १५ प्रतिशत सेयर रहेका शाहनवाजलाई गत फागुन ४ मा बसेको अस्पतालको सञ्चालक समिति बैठकले प्रबन्ध निर्देशकमा चयन गरेको हो।
उनी सञ्चालक समितिका अध्यक्ष महम्मद जैनुद्दिन अन्सारीका छोरा हुन्।
यसअघि लामो समयसम्म अस्पतालको सञ्चालक समितिको प्रबन्ध निर्देशकमा बसरुद्दिन अन्सारी थिए। बसरुद्दिन नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य हुन्।
अस्पतालमा अब बसरुदिनको १० प्रतिशत मात्र सेयर रहेको छ । हाल अस्पतालको सञ्चालक समितिमा तीन जना चयन भएका छन् ।
नेसनल मेडिकल कलेज प्रा.लि.को वार्षिक साधरणसभा २०८० ले मिति २०८०/११/०४ देखि लागु हुनेगरी कम्पनी ऐन २०६३ र कम्पनी निर्देशिका २०७२(दोस्रो संसोधनसहित) बमोजिम कम्पनीको सञ्चालक समितिमा तीन जना निर्देशहरु गठन गरेको हो ।
जसमा जैनुद्दिन अन्सारी अध्यक्ष, शाहनबाज अन्सारी प्रवन्ध सञ्चालक र नुशरत जहान अन्सारी सञ्चालक रहेका छन् ।


वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक सम्पती अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा वडा नम्बर १६ का विभिन्न संरचनामा डोजर चलाइएको हो ।
कृषि तरकारी बजार, खानेपानी आयोजना तथा सार्वजनिक नहरको जग्गा अतिक्रमण गरी बनाइएका घर, ग्वास एवम् गुम्ती पसल लगायतका संरचना बिहिवार डोजर चलाएर भत्काइएको महानगर प्रमुख राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दासले जानकारी दिए ।
महानगरअन्र्तगतको भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजक तथा वडा नम्बर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, वडा नम्बर १६ का वडाअध्यक्ष प्रशुराम चौरसिया, महानगर प्रमुखका राजनीतिक सल्लाहकार हरि पोखरेल, नगर प्रहरी प्रमुख हरि प्रसाद भुसाल लगायतको उपस्थितीमा अतिक्रमीत जग्गा खाली गराइएको हो ।
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको विषयले प्रवेश पाएको छ ।
कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले महासमितिको हलमा हिन्दु राष्ट्रको विषय प्रवेश गराएका हुन् ।
ललितपुरस्थित गोदावरीमा जारी महासमिति बैठकमा नेता भण्डारीले १ हजार बढी महासमिति सदस्यको हस्ताक्षरसहितको पूरक प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई महासमिति सदस्यहरुले ताली पड्काएर समर्थन गरेका थिए ।
श्रौत:- रातोपाटी
रौतहटमा सरस्वती माताको मुर्ति विसर्जनको क्रममा हिन्दु समुदाय माथी गैर हिन्दु समुदायले हस्तक्षेप गर्दै कुटपिट गरि घाइते बनाएको र विगत केहिदिन यता हिन्दुहरुको हरेक चाडपर्वहरुमा मुस्लिमहरुले यसरी हमला गर्नु निकै दुस्खद र विडम्बनापूर्ण रहेकोे छ।
यस्ता किसिमको दुस्खद घटना हाम्रो समाजमा घटदै गईरहेको ले यो देश कता तिर जादैछ। भने प्रश्नवाचक चिन्ह समेत खडा भएको छ। यस्ता किसिमको सम्प्रादायिक घटना बारम्बार घटनु पक्कै पनि देश र जनताको लागी राम्रो संकेत होईन।। यस्ता किसिमको घटना जुनसुकै समुदायको माध्यमबाट घटेपनी त्यसको उचित समाधान र दोषीहरुलाई कानुनको दायरामा ल्याउनै पर्दछ।
यहि बिषयलाई लिएर आज बिरगंजमा हिन्दुहरुको केही जत्थाहरुले बिरगंज बन्द गराउदै तथा विभिन्न किसिमको नारा जूलूस गर्दै बिरगंज नगर परिक्रमा गरी ,,हिन्दुत्त्व मास्न पाईदैन,, हिन्दुहरु माथीको आक्रमण बन्द गर,, दोषीलाई कार्यवाही गर,, जस्ता नारा लगाउदै जिल्ला प्रशासन कार्यालय पर्साको मुलगेट मा धर्ना दिंदै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्रसमेत बुझाएका छन ।
काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित सांग्रीला होटेलको मोडमा विपक्षी चालकसँग ‘विवाद’ गर्ने पुरुषलाई प्रहरीले झिकाएर छलफल गराएको छ । प्रहरी वृत्त दरबारमार्गमा धनगढी घर भएका प्रवीण श्रेष्ठ र विपक्षी चालकलाई प्रहरीले विवादबारे छलफल गराएको हो ।
शनिवार साङ्ग्रिला होटेलको मोडमा गाडी घुमाउने क्रममा विवाद हुँदा प्रवीण श्रेष्ठले ‘डीएसपी’ हुँ भन्दै अर्का चालकलाई अश्लील गालीगलौज गरेका हुन् । बिरगंजको युवालाई श्रेष्ठले गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
त्यसबारे दुवै पक्षलाई राखेर छलफल गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । ति अधिकृत भन्छन्–‘छलफलपछि उहाँहरु मिलापत्र गरेर जानुभएको छ ।’
प्रहरीको अनुसन्धानबाट प्रवीण श्रेष्ठ डीएसपी नभएको खुलेको छ । घटनाबारे जानकार प्रहरी वृत्त दरबारमार्गका एक जना अधिकृत भन्छन्,‘उहाँ प्रहरी होइन ।’