मेयर राजेशमान सिंहलाइ भारतको सत्तारुढ दल भाजपा का बिहार प्रदेश अध्यक्ष डाक्टर सन्जय जयसवाल र बिहारको बेतिया क्षेत्रका सांसद समेत रहेका जयसवालले महानगरपालिकाको कार्यालयमै पुगेर मेयर सिंहलाइ सम्मानित गर्दै बधाइ दिनुका साथै सफल कार्यकालको शुभकामना पनि दिए ।
राजनीति
भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारत विरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ। नेपाल-भारत सहसचिव स्तरीय सीमा व्यवस्थापनसम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुप’ (जेडब्लजी) को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो।
नेपाल-भारत सीमा व्यवस्थापनको १२औँ बैठकमा भारतीय पक्षले सीमासम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरसाबाट भारत विरोधी आतङ्कवादी काम भइरहेको आरोप लगाएपछि नेपाली पक्षले प्रतिवाद गरेको थियो। बैठक बुधबार र बिहीबार नयाँ दिल्लीमा बसेको थियो। वार्तामा नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव एवं शान्तिसुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले गरेका थिए। भारतीय टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशीष कुमारले गरेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।
मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।
‘गठबन्धन’ले कसरी कमजोर हुँदैछ कांग्रेस?

संघ र प्रदेशको निर्वाचनमा गठबन्धनको निरन्तरताबारे नेपाली कांग्रेसले कुनै नयाँ फैसला गरिसकेको छैन। यसको सोझो अर्थ गठबन्धनको पूर्ववत् निर्णय यथावत छ भन्ने नै हो। त्यसैले आउँदा निर्वाचनको मुखमा पनि नेपाली कांग्रेस गठबन्धन विवादमा उल्झिने सम्भावना प्रशस्तै छ।
गठबन्धनका सम्बन्धमा विभाजित मतले कांग्रेसप्रति आस्थावान जनाधार मक्किएको त छ नै, सांगठनिक मजबुती पनि कमजोर हुँदै गएको छ। सत्ता गठबन्धन निर्वाचन गठबन्धनमा परिणत हुँदैगर्दादेखि नै नेपाली कांग्रेसभित्रैबाट विरोधका स्वरहरू बाहिरिए। तर ती स्वरहरू आपसमा सम्मिश्रण नहुँदा नेतृत्वलाई सन्न बनाउनेगरी चर्को भने सुनिएन।
जतिजति निर्वाचन नजिकिँदै जाला त्यतित्यति विरोधका स्वर जरूर उछालिनेछन्। किनभने, सत्ता गठबन्धनको निर्वाचन लक्षित गठबन्धनले तत्कालीनरूपमा सिट संख्या बढाएको जस्तो देखिए पनि त्यसबाहेकका सवालमा नेपाली कांग्रेसमा पूर्णरूपेण क्षति पुगेको प्रस्ट भइसकेको छ।
कयौं क्षति हामीले यो बीचमा अनुभूत गरिसकेकै पनि छौं। क्षतिका कयौं संकेतहरू अझैं देखिँदै छन् र त्यसबाट पूर्णतया जोगिनसक्ने उपाय यथावस्थामा सम्भव पनि देखिँदैन।
खासगरी नेपाली कांग्रेसको सिद्धान्त, संगठन, नेतृत्व, जवाफदेही र कर्यप्रदर्शन जस्ता सवालमा पार्टीभित्रै र सुभेच्छुकहरूबाट समेत गम्भीर चिन्ता जताइएको छ। हुन पनि हो, गठबन्धनको गञ्जागोलमा कांग्रेसको मौलिकता गुमेको छ, गतिशिलता रोकिएको छ अनि लक्ष्यप्रतिको दृष्टिभ्रम सघन हुन पुगेको छ।
यस्ता चिन्ताजनक विषयहरूमा बेलैमा चिन्तन नगर्ने हो र नसच्चिने हो भने नेपाली कांग्रेसका लागि यो गठबन्धन अझैं कसिलो गलपासो हुने निश्चित छ।
सत्तासीन दलहरुबीच निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको केन्द्रीय नेतृत्वले गरेको फैसलाको घानमा अन्य एकाइका नेतृत्वहरू पनि फस्दैछन्। न त केन्द्रीय फैसलाविरुद्ध खुलेर जानसक्ने, न आत्मसात गर्न सक्ने! नेता-कार्यकर्ता मझधारमा छन्। यस्तो असमञ्जसको मनस्थितिमा गुज्रिरहेको नेतृत्वले न दिशा दिन सक्छ, न गति लिन सक्छ। जसका दृष्टान्तहरू बैशाख ३० को निर्वाचन सेरोफेरोमा त देखियो नै, अहिले झनै झाङ्गिँदो छ। थुप्रै पालिकाहरूमा आफू बलियो हुँदाहुँदै पनि कयौं पदमा उम्मेदवारी नै दिन नपाउने बाध्यताले केन्द्रीय नेतृत्वप्रति असन्तुष्टि त थियो नै। उत्पन्न असहज अवस्थालाई काबुमा ल्याउन नसक्ने स्थानीय नेतृत्वप्रति पनि कार्यकर्ताहरूको असन्तोष बढेको छ।
अहिले जिल्ला समन्वय समितिको निर्वाचनका क्रममा विभिन्न जिल्लामा गठबन्धन छिन्नभिन्न भएको छ। थुप्रै ठाउँमा गठबन्धनको निर्देशनविपरीत विरोधी शक्तिहरूसँग साँठगाँठ भएको छ।
गठबन्धनका साझेदारहरूले ‘खाउञ्जेल आफ्नो खाइसक्यो बिरानो’ भने झैं व्यवहार कांग्रेससँग देखाएको पाइएको छ। यसको एउटा उदाहरण पर्सा जिल्ला पनि हो। जहाँ प्रमुख र उपप्रमुखमा झन्डैझन्डै एकल बहुमत नजिक रहेको (२८ मा १२) पर्सामा पनि कांग्रेसका सबै उम्मेदवारले हार्नुपर्यो।
केन्द्रीय नेतृत्वको फैसलाअनुसार कांग्रेसले मैदान छाडिदिँदा वीरगञ्ज महानगरको प्रमुख पदमा चिठ्ठा पारेको जसपाले कांग्रेससँग दगाबाजी गर्दै समन्वय समितिको नेतृत्व पनि हत्यायो।
जम्मा ५ मतभार रहेको जसपा आफैंले प्रतिगामी भन्ने गरेको एमालेसँग समन्वय समितिको नेतृत्व पाउनकै खातिर टाउको जोड्न संकोच मानेन।
हो, यो किसिमको राजनीतिक बेइमानीप्रति जसपालाई धारेहात लगाउन सकिएला। अन्यत्र यस्तै गतिविधि गर्ने दलहरूको इमानमाथि प्रश्न उठाउन पनि सकिएला। तर त्यो मात्र काफी पक्कै हुँदैन। अरूलाई दोष लगाउँदैमा कांग्रेसका जिम्मेवार भनिएका नेताहरूको नेतृत्वशैली र क्षमताप्रतिको प्रश्नमा लगाम लाग्नु हुँदैन। जित्नुपर्ने निर्वाचन किन हारियो भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ त खोज्नै पर्छ, सम्बन्धितबाट आउनै पर्छ।
गठबन्धनका नाउँमा नेपाली कांग्रेसले कैयन पालिकामा उम्मेदवार नै खडा गरेन। गठबन्धनको चक्करमा कांग्रेसका क्षमतावान र योग्य नेता-कार्यकर्ता जनप्रतिनिधि हुने अवसरबाट वञ्चित भए।
राजनीतिक वञ्चितिकरणमा परेका यस्ता नेता-कार्यकर्तालाई न उनीहरूको भविष्यप्रति आशा जगाउने काम भयो, न चित्तबुझ्नेगरी सम्झाउन नै आवश्यक ठानियो। जसले गर्दा निर्वाचन गठबन्धन बनेदेखि नै कांग्रेसका नेता-कार्यकर्ताहरूको पलायन हुन सुरू भयो।
केही ठाउँमा गठबन्धनको बलमा नेपाली कांग्रेसले तत्कालका लागि मत बढायो होला। जित्यो पनि होला। तर यो मतप्राप्ति र जिताइ कदापी दिगो हुन सक्दैन। लामो त्याग र सङ्घर्षपछि मुकाममा पुग्नैलाग्दा कयौं नेता-कार्यकर्ताको अवसरको ढोका थुनिएको छ।
कयौंलाई ‘तँ नभए पनि हुन्छ’ शैलीमा धकेलिएको छ। योग्यताभन्दा बढ्ता अवसर खोजेर कसैले पार्टी छाड्छ भने त्यसमा चित्त बुझाउने ठाउँ हुन्छ कि, ‘अवसरवादी रहेछ, गयो, राम्रै भयो।’ तर बहिष्करणमा परेर नेता-कार्यकर्ता विरक्तिनु अनि निरन्तर पलायन भइरहनुले स्वभाविकरूपमा चिन्ता जन्माउँछ नै।
गठबन्धनमा गिजोलिँदा नेपाली कांग्रेसको संगठन स्वस्तफूर्त चलायमान हुन नसकेकोमा पार्टीका नेताहरू जानकार नभएको पक्कै होइन। तर पनि उनीहरू पार्टीको संगठन सुदृढीकरणमा भन्दा पनि गठबन्धन दलको आडमा बढ्ता भरोसा गरिरहेको देखिन्छ। कांग्रेसका नेताहरूलाई आफ्ना कार्यकर्ताभन्दा गठबन्धन दलका कार्यकर्ताको चिन्ताले धेरै सताउन थालेको छ।
कांग्रेसका एक पदाधिकारीले मसँगको एउटा संवादमा बडो कठोर भएर भनेका थिए- ‘हाम्रा सभापति अब हाम्रो मात्र रहनुभएन। उहाँ अब गठबन्धनको संयोजक हुनुभयो। उहाँलाई मेरो चिन्ता जति छ, त्यति नै रेनु दाहालको पनि छ। जति कांग्रेस कार्यकर्ताप्रतिको जिम्मेवारी छ, त्यति नै गठबन्धन दलका कार्यकर्ताप्रति पनि।’
कामना गरौं, ती पदाधिकारीले भनेजस्तै सभापतिको चिन्ता र जिम्मेवारीवोध कांग्रेसभन्दा बढी गठबन्धनका लागि नहोस्।
गठबन्धनकै कारण कांग्रेसको जवाफदेहीमा पनि ह्रास आएको छ। गठबन्धनको विवादले केन्द्रदेखि स्थानीय तहसम्म स्वेच्छाचारी प्रवृत्ति बढेको छ। केन्द्रले गठबन्धनको बचाउ गर्दै यसलाई लोकतन्त्र रक्षाको लडाईं भन्छ। यसका विरुद्ध जानेलाई अनुशासन र पार्टी नीतिविपरित भन्दै कारबाहीको डण्डा चलाउने चेतावनी दिन्छ।
असन्तुष्ट नेता-कार्यकर्ता आफ्नै संगठनप्रति बेइमानी गर्न नसक्ने भन्दै केन्द्रीय नेतृत्वले गठबन्धन सारथीहरूलाई दिलाएको विश्वास धर्मराइदिन्छन्। यसरी न गठबन्धन दलहरूलाई लगाएको गुणप्रति सम्मान व्यक्त हुनसकेको छ, न आफ्नै नेता-कार्यकर्ताहरूको इमान र आस्थाको सवाल सम्बोधन भएको छ।
निष्कर्षमा भन्दा, गठबन्धनका सवालमा आन्तरिक ध्रुबिकरण तीव्र छ। ध्रुबिकरणकै कारण श्रृजित अवस्थाले पार्टीमा आन्तरिक अविश्वास झनै बढाउँदै लगेको छ। एउटाले अर्कोलाई गलत देखाउने अभ्यास भइरहेको छ। तर गल्तिप्रति जवाफदेही हुन कोही पनि चाहिरहेको छैन। जिम्मेवारी उठाउने तत्परता देखिएको छैन।
फलत: नेता-कार्यकर्ताहरूमा नैराश्यता छाएको छ। सिद्धान्त, विचारधारा र मान्यताको राजनीतिमा ह्रास आएको छ।
र, कांग्रेस र कांग्रेसबाट प्रतिनिधित्व गर्ने कार्यप्रदर्शन पनि खस्किने परिस्थिति बनेको छ।
(झा नेपाली कांग्रेसका नेता हुन्)
जिल्ला समन्वय समिति पर्साको प्रमुखमा नेपाली कांग्रेसबाट सरोज चौरसियाले उम्मेद्वारी दिएका छन् । यहि जेष्ठ २७ गते हुन लागेको जिससको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रमुखमा चौरसिया र उप–प्रमुखमा सोनी पासवानको उम्मेदवारी परेको हो । नेविसंघ हुँदै नेपाली कांग्रेसबाट सक्रिय राजनीति गरिरहेका चौरसियाको जिससको सभापतिमा उम्मेद्वारी परेपछि कांग्रेसी युवाहरु उत्साहित छन् । पर्सेली राजनीतिक वृत्तमा चौरसियाको विशेष प्रभाव छ । प्रखर बोली र स्पष्ट विचारका कारण उनी प्रभावशाली युवा नेताका रुपमा समेत परिचित छन् । सहि सुझबुझ र समयसापेक्ष निर्णय क्षमता भएका चौरसिया युवा शक्ति परिचालनमा खप्पिस छन् । सिमित स्रोतका बावजुद पनि वृहत समस्याहरुको समाधान गर्नसक्ने चौरसिया, यहाँका युवाहरुको लागि प्रेरणाका स्रोत हुन् ।
चौरसिया सक्रिय सामाजिक अभियन्ता हुन् । उनले करिब १५ वर्ष विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध भएर काम गरेका छन् । सामुदाायिक विकासका लागि समुदाय अनुसारकै विकास पद्धती निर्माण गरि कार्यान्वयन गर्नसक्ने चौरसिया यहाँको समुदाय र समुदायको समस्याबारे जानकार छन् । संस्थाहरुमा कार्यरत रहँदा उनको नेतृत्वमा सञ्चालन भएका समुदाय सापेक्ष विकासका कार्यक्रम तथा परियोजनाहरु परिणाममुखी रहे । पर्सा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गराउनुमा उनको विशेष योग्दान छ ।
उनले संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रम युएन–हैबिट्याटका लागि पर्सा जिल्ला संयोजक भएर ४ वर्ष काम गरे । युएनमा कार्यरत रहँदा साविकको गाविसहरुमा खुल्लामा शौच नगर्न जनचेतना कार्यक्रम सञ्चालनदेखि घर–घरमा शौचालय निर्माणसम्मका कार्यहरु चौरसियाको नेतृत्वमा सम्पन्न भएको हो । खुला दिशामुक्त क्षेत्र घोषणाका लागि नेपाल रेडक्रस सोसाईटीद्वारा सञ्चालित कार्यक्रमको नेतृत्व पनि चौरसियाले नै गरे । तत्कालिन गाविस र जिविसहरुको बिच समन्वय गर्न सहजीकरण र कार्यको मार्गचित्र प्रस्तुत गर्ने काम पनि उनले गरे ।
जिल्लास्थित प्रहरी–प्रशासन तथा सार्वजनिक निकायहरुसँगको समन्वयमा काम गर्न उनी अभ्यस्त छन् । राष्ट्रसंघ परियोजनामा कार्यरत रहँदा विभिन्न निकायहरुलाई एकमत बनाएर काम गरेको अनुभव उनीसँग छ । काममा गुणस्तर र परिणामलाई प्राथमिकतामा राख्ने चौरसियासँग महिला तथा बालबालिकाको क्षेत्रमा पनि सक्रिय भएर काम गरेको अनुभव छ । राष्ट्रसंघकै अकों अंग युएनडिपीमा कार्यरत रहँदा उनले दाइजो प्रथा, बाल विवाह, बालश्रम, घरेलु हिंसा, लिंगमा आधारित हिंसा, महिला हिंसाका विरुद्ध चर्को विरोघ गरेकै हुन् । जिल्लामा हिंसाका घटनाहरुमा कमी आउनु, उनको नेतृत्वमा सञ्चालित परियोजना तथा कार्यक्रमहरुको पनि परिणाम हो । सामाजिक सुरक्षा तथा युवा–प्रहरी साझेदारीका विषयहरुमा पनि उनको दखल छ । सन् २०१६ मा युवा र प्रहरीको साझेदारी नभएसम्म सामाजिक सुरक्षाको प्रत्याभुत हुन नसक्ने भन्दै उनले विभिन्न कार्यक्रमहरु सञ्चालन गरे ।उनले मानवअधिकार र शान्ति निर्माणको क्षेत्रमा पनि काम गरेका छन् । समुदायमा बसोबास गरिरहेकाहरुबाट कहिकतैं मानवअधिकारको उल्लंघन नहोस् भन्ने विषयमा सदैव सचेत रहने प्रवृत्तिका व्यक्ति हुन्, उनी । हिमालय ह्युमन राईट्स् मोनिटर्स् (हिमराईट्स्ं)मा कार्यरत रहँदा उनले जिल्लामा हुने हिंसाका घटनाहरुको पिडितलाई न्याय दिलाउन र पिडकलाई कारवाहीको दायरा भित्र ल्याउन तल्लिन रहे । न्याय सम्पादनको क्रममा कहिकतैं सरोकारवाला निकायबाट ढिलासुस्ती नहुन दिन निरन्तर खटिरह्ने व्यक्ति हुन्, उनी । साथै समुदायमा उत्पन्न भएका विवादलाई साम्य पार्न समयसान्दर्भिक उपाय अवलम्बन गर्दै शान्ति निर्माणमा उनले टेवा पुर्याए ।
सन् २०१३ मा वैदेशिक रोजगारमा गएका थुप्रै सर्वसाधारणहरु विदेशमा अलपत्र परे । म्यानपावरको भर परेर विदेश गएका, वैदेशिक भाषा र कम्पनी बारे यथेष्ट जानकारी नभएकाहरु अलपत्र पर्ने क्रम बढ्दै गयो । त्यस बखत हिमराईट्स् द्वारा सञ्चालन भएको सेफ माईग्रेसन परियोजनामा काउन्सेलर भएर उनले काम गरे । जस अन्तर्गत उनले पर्सा जिल्लाबाट विदेश जाने योजनामा रहेकाहरुलाई मार्गनिर्देशन गर्ने काम गरे । सन् २०१५ मा नेपाल रेडक्रस सोसाईटीको प्रतिनिधीत्व गदैै युरोपको फिनल्यान्डबाट उनी प्रशिक्षित छन् ।
सन् २०१५ मा ठाकुरराम बहुमुखी क्याम्पसबाट ग्रामीण विकासमा स्नातक गरेका चौरसियाले सन् २०१८ मा समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् ।
पर्साको जीराभवानी गाउँपालिका सेढवा निवासी चौरसिया हाल गाउँपालिकाको कार्यपालिका सदस्य पनि हुन् । चौरसियाको अनुभवका कारण उनी जिल्लाको समन्वयकर्ताको भूमिका निर्वाह गर्न सक्षम् रहेको चर्चा छ । सेवा प्रवाह तथा विकास निर्माणका सवालमा कुनै सम्झौता नगर्ने उनले जिल्लास्थित पालिकाहरूका बीचमा आवश्यक पर्ने समन्वयका लागि आफूलाई जिससको प्रमुखमा निर्वाचित गराउन आग्रह गरेका छन् ।
नेता कञ्चन झाले आह्वान गरेको २४ घण्टा नबित्दै मेयर सिंहले गरे निर्णय, श्वेतपत्र जारी हुने
- वीरगञ्ज, २४ जेष्ठ । वीरगञ्ज महानगरपालिकाले श्वेतपत्र जारी गर्ने भएको छ । सोमबार बसेको महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले महानगरको अवस्थाबारे अवगत गराउन श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेसका युवा नेता कञ्चन झाले महानगरपालिकाले श्वेतपत्र जारी गरेर आफ्नो कामको थालनी गर्नुपर्ने आवाज उठाउँदै आएका थिए। झाले अघिल्लो दिन सार्वजनिकरूपमै श्वेतपत्र जारी गर्न सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए।
उनले आह्वान गरेको २४ घण्टा नबित्दै मेयर राजेशमान सिंहनले श्वेतपत्र जारी गर्ने निर्णय गरेका हुन् । महानगरको आर्थिक, शैक्षिक, सामाजिक र पूर्वाधार विकासको अवस्था समेटेर श्वेतपत्र जारी गरिनेछ। श्वेतपत्र कहिलेसम्म जारी हुनेछ भन्ने खुलाइएको छैन।
सामाजिक सञ्जालको फेसबुकमा झाले भनेका थिए ‘हाम्रो महानगरको विध्यमान अवस्था के–कस्तो छ, समग्र वस्तुस्थिति समेटेर तत्कालै एउटा श्वेतपत्र जारी गरियोस्, जसले भविष्यमा यहाँहरूको ५ वर्षे कार्यकालको वस्तुपरक मूल्यांकनको आधार तय गर्न सकोस्।’
कार्यपालिका बैठकले जनप्रतिनिधिको सम्पत्ति विवरणका सम्बन्धमा भने कुनै निर्णय गरेन। कांग्रेस नेता झाले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहित सबै जनप्रतिनिधिको सम्पत्ति विवरण तत्कालै सार्वजनिक गरिनुपर्ने माग अघि सारेका छन्। यसले स्थानीय शासन व्यवस्था पारदर्शी बनाउन र जनप्रतिनिधिलाई जवाफदेही बनाउन आधार तय गर्ने उनको भनाइ छ।
श्वेतपत्र जारी गर्ने महानगरपालिकाको निर्णयलाई झाले सकारात्मक सुरुआत भनेका छन्। ‘श्वेतपत्र जारी गर्नु सकारात्मक कदम हो। अब जनप्रतिनिधिको सम्पत्ति विवरण पनि सार्वजनिक होस् र सदाचारको बाटोमा महानगर अघि बढोस् भन्ने वीरगञ्जवासीको चाहना छ।’
आफूले पदबहाल गर्दा अघि सम्मको महानगरको अवस्थाबारे नगरवासीलाई जानकारी दिन जरुरी ठानेर श्वेतपत्र जारी गर्न लागेको मेयर राजेशमान सिंहले जानकारी दिए ।उनले भने ‘अहिले महानगरको अवस्था सबैलाई थाहा नै छ, जता हेर्यो उतै बेथिती नै छ,त्यसैले यो कुरा सबैलाई जानकारी दिन श्वेत पत्र जारी गर्न लागेको हुँ ।’ श्वेत पत्रले महानगरको यथार्थ चित्रण गर्ने र आफूले त्यसलाई सुधार्दै नगरवासीको चाहना बमोजिम काम गर्न सहज हुने उनको भनाइ छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७१ ले दिएको अधिकार प्रयोग गरी स्थानीय तह निर्वाचन (कसुर तथा सजाय) निर्देशिका, २०७४ जारी गरेको छ ।
निर्देशिकाको २ (१) (च) र (छ) मा मतदातालाई कुनै किसिमले लोभ लालच देखाएमा वा आर्थिक प्रलोभन देखाएमा र धर्म भकाएमा वा प्रतिज्ञा गराएमा (किरिया खुवाएमा) एक लाख रुपैयाँसम्म जरीवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । यो सजाय तोक्ने अधिकार अदालतलाई दिइएको छ ।
विजय सराबगी भन्ने व्यक्ति जो एमालेमा प्रवेश गर्नुभयो।उहाँ मलाई पनि भेट्न आउनुभएको थियो’ : गगन थापा

१ वैशाख ,काठमाडौं | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वीरगञ्ज महानगरपालिकाका मेयर विजयी सराबगीले कांग्रेस प्रवेश नपाएर नेकपा एमालेमा प्रवेश गरेको दाबी गरेका छन् ।
‘विजय सराबगी भन्ने व्यक्ति जो एमालेमा प्रवेश गर्नुभयो । उहाँ मलाई पनि भेट्न आउनुभएको थियो’ थापाले नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा भने,‘कांग्रेसका सबै नेताहरुलाई उहाँले काठमाडौं आएर भेट्नुभयो । हामीले कांग्रेसमा ल्याउन सक्दैनौं भनिसकेपछि उहाँ एमालेमा जानुभयो ।’
निर्वाचन आचारसंहिता लागु हुँदै,प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाईन्छ ।

२५ चैत, काठमाडौं | आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि बर्जित हुन्छ । कुनै कार्यक्रम गर्नुभन्दा ७२ घण्टा अगाडि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्छ ।
यसैगरी योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन । यसैगरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ ।
दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला लगायत पनि बोक्न हुँदैन । तर उम्मेदवारले ‘ए–फोर’ आकारको कागजमा आफ्नो व्यक्तिगत विवरण खुलाएर वितरण गर्न भने मिल्छ । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ ।
प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न पाइन्छ तर दुई दलका मुख्य प्रचारकमात्र हेलिकप्टरमा हुनुपर्छ । तर साइकल, रिक्सा, ठेलागाडा,बयलगाडा, टाँगा लगायतका सवारी साधन चुनाव प्रचारमा प्रयोग गर्न भने नपाइने निर्वाचन आचार संहितामा उल्लेख छ ।
आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।
आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार २ सय ३१ म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेको संख्यामा म्यादी प्रहरी भर्ना गरिए तलब/भत्ता र खाजामा करिब ७ अर्ब रुपैयाँ खर्च हुनेछ ।
आगामी वैशाख ३० मा हुने चुनावमा प्रहरीले सेना, प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अलावा ५० दिनका लागि म्यादी प्रहरी भर्ना गर्नुपर्ने गरी निर्वाचन सुरक्षा कार्ययोजनाको मस्यौदा तयार गरेर गृह मन्त्रालयमा बुझाएको छ ।
एकै चरणमा निर्वाचन गर्नुपर्दा चारवटै सुरक्षा निकायबाट मात्रै सुरक्षा व्यवस्थापन गर्न कठिन भएकालगे यस पटक म्यादीको संख्या बढ्न सक्ने देखिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने ।
म्यादी प्रहरीका लागि प्रहरी जवानसरह तलब र जनही ४ हजार ५ सय रुपैयाँ पोसाक खर्च उपलब्ध गराउनुपर्ने भनिएको छ । जवानको तलब करिब २३ हजार हुन्छ । म्यादीका लागि जवानसरह पारिश्रमिक दिँदा प्रस्तावित संख्याका लागि मासिक एकमुष्ट २ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी बजेट चाहिन्छ । ५० दिनका लागि करिब ५ अर्ब रुपैयाँ तलबमा मात्रै खर्च हुनेछ । यातायात खर्चबापत प्रतिव्यक्ति छुट्टै १ हजार रुपैयाँ दिनुपर्ने प्रस्ताव छ ।
२०७४ को स्थानीय चुनावमा म्यादी प्रहरीलाई पोसाक खर्च मासिक ४ हजार रुपैयाँ उपलब्ध गराइएको थियो ।


