
नेपाली कांग्रेसका क्षेत्रीय सभापति महम्मद साहबुद्दिनको घरमा प्रहरीले छापामारी गरेको छ । लेनदेन मुद्धामा फरार रहेकी साहबुद्धिनकी श्रीमती नजमा बेगमलाई खोजतलास गर्न प्रहरीले उनको घरमा छापामारी गरेको हो ।
श्रीमतीको नाममा साहबुद्दिनले कलैया उपमहानगरपालिका वडा नं. ४ निवासी दिपु प्रसाद गुप्तासँग लाखौँको लेनदेन गरेका थिए ।
जिल्ला अदालत बाराले गत फागुन ४ गते गुप्ताको पक्षमा फैसला गर्दै प्रतिवादीलाई पक्राउ गरि विगो भराउन आदेश गरेको थियो । अदालतको आदेश अनुसार नै चैत १ गते बिहीबार अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
सोही अनुसार जिल्ला प्रहरी कार्यालय पर्साले नजमालाई पक्राउ गर्न बुधबार (आज) घरमा छापामारी गरेको हो । छापामारी गर्न प्रहरीको टोली नै साहबुद्दिनको घरमा पुगेको थियो । घर खानतलासी गर्दै नजमाको खोजी गरेको भए पनि पहिले नै भगाइसकेकाले अहिले फेला नपरेको तर कहीँ गए पनि पक्राउ गरिछाड्ने पर्सा प्रहरीले जनाएको छ ।
अदालतले पक्राउ पुर्जी जारी गरेको जानकारी पाएसँगै साहबुद्धिनले श्रीमतीलाई भगाइसकेका थिए ।
कांग्रेसको खोलमा साहबुद्दिनले वीरगंज महानगरपालिकाकै अधिनमा रहेको आदर्शनगर स्थित १ कट्ठा जग्गा श्रीमतीको नाममा गराएर जिपी फाउण्डेसनको कार्यालय खोलेर व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै आएका थिए । तर किर्ते गरेर कब्जा गरेको उक्त जग्गा अदालतबाट मुद्धा जितेर अहिले महानगरपालिकाले आफ्नो अधिनमा लिइसकेको छ ।
लेनदेन मुद्धामा अहिले श्रीमती फरार रहेको र साहबुद्दिनमाथि पनि दोहोरो नागरिकता लिएको अभियोगमा अदालतमा मुद्धा चलिरहेको छ । उच्च अदालत वीरगंजले दोहोरो नागरिकता मुद्धाको सन्दर्भमा साहबुद्धिनलाई बयानका लागि झिकाउन आदेश समेत दिइसकेको छ ।
(अदालतको आदेश पछी नजमाले गुप्तालाई दिन पर्ने पहिलो किस्ता बुझाएका छन ।)
युथ अफ वीरगंज बिशेष
शहाबुद्दिनलाई दोहोरो नागरिकता मुद्दामा बयानका लागि झिकाउन उच्चको आदेश
वीरगंज, ८ चैत
नेपाली कांग्रेस पर्साका क्षेत्रीय सभापति महम्मद साहबुद्दिन (उर्फ साहबुद्दिन खाँ) समेतले झुटा विवरण पेश गरी दोहोरो नागरिकता लिएकोबारे बयानका लागि झिकाउन उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीशद्वय दिपेन्द्र बहादुर बम र मोहनराज भट्टराईको संयुक्त इजलासले खाँ परिवारलाई झिकाउने आदेश दिएको हो । भारतीय नागरिक रहेका साहबुद्दिन समेत उनको परिवारले झुठो विवरण पेश गरि बंशजको आधारमा नेपाली नागरिकता लिन सफल भएको भन्दै दायर भएको रिटमा उच्च अदालतले उनलाई बयानका लागि झिकाउन आदेश दिएको हो ।
यस अघि जिल्ला अदालत पर्साले गत पुष २४ मा आरोप प्रमाणीत हुन प्रमाण नपुगेको भन्दै फैसला गरेको थियो । उक्त फैसला बदर भागी रहेकोले जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा नागरिकता खारेजीको मागदावी सहित पुनरावेदन गरेको हो । साहबुद्धिनसहित परिवारैले झुठो विवरण पेश गरी लिएको नागरिकता खारेज हुनुपर्ने दावि सहित दायर रिटमा वादी तर्फको दावी सुन्दै उच्च अदालतले प्रतिवादीलाई कानुन बमोजिम म्याद जारी गरि उपस्थित गराउन आदेश दिएको छ ।
मिसिलमा संलग्न विभिन्न प्रमाण र आधार रहँदा रहँदै पनि सुरु जिल्ला अदालतबाट भएको फैसला प्रमाण मुल्यांकनको रोहमा बिचरणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा १४०(३) प्रयोजनार्थ प्रतिबादीहरुलाई म्याद जारी गरि उपस्थित गराउन आदेश गरेको हो ।
उच्च अदालतको आदेशमा भनिएको छ ‘मिसिल संलग्न रहेको भारतीय निर्वाचन आयोगबाट तैयार भएको मतदाता नामावली, फरिद मियाका छोराहरुका बिचमा अंशवण्डाको लिखत तैयार हुँदा यी प्रतिवादी मन्सुर खाँको कुनै नाम उल्लेख नहुनु, अनुसन्धानको क्रममा ख्याली सिंहले पेश गरेको प्रतिवेदन, भारतमा मन्सुर खाँले अचल सम्पत्ति हस्तान्तरण गर्दा आफ्ना बाबुको नाम सुलेमान खान भन्ने उल्लेख भएको र उक्त लिखतमा लागेको ल्याप्चे सहीछाप र प्रतिवादी मन्सुर खाँको ल्याप्चे नमुना परीक्षणको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउँदा उक्त सहीछाप मिलेको भन्ने प्रतिवेदन समेतका आधारमा सुरु पर्सा जिल्ला अदालतबाट भएको फैसला प्रमाण मुल्यांकनको रोहमा बिचारणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा १४०(३) प्रयोजनार्थ प्रत्यर्थीको नाउँमा कानून वमोजिम म्याद जारी गरी उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु होला ।’
नेपाल सरकारको तर्फबाट दायर भएको पुनरावेदनमा विदेश भारत बिहार राज्य पश्चिम चम्पारण जिल्ला सिकारपुर थाना मौजे बिनबलिया तथा चेगवन प्रगन्ना मझौआ घर भई हाल वीरगंज महानगरपालिका ३ बस्ने सुलेमान खाँको छोरा मंसुर शेष भन्ने मंसुर खाँ, उनकी श्रीमती हमिदा वेगम, छोरा महमद साहबुद्दिन भन्ने साहबुद्दिन खाँ र साहबुद्दिनको श्रीमती नजमा बेगम र कान्छा छोरा महमद मुर्तुजा भन्ने गुड्डु खाँ लाई प्रतिवादी बनाइएको छ । महम्मद शहाबुद्दिन उर्फ साहबुद्दिन खाँ नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का क्षेत्रीय सभापति हुन । उनले पार्टीको आडमा संरक्षण पाउँदै आएको आरोप लाग्ने गरेको छ ।
दोहोरो नागरिकता छानविनमा यस अघि के के भयो कारवाहि ?
जिल्ला प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान अयोग,
शहाबुद्दिन समेत उनको परिवारको नागरिकता खारेजीको माग गर्दै वीरगंज महानगरपालिका वडा नं. ३ बस्ने जाहेरवाला राजेश मान सिंहले आवश्यक कारवाहिको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा २०६५ । ११ । ०८ मा निवेदन दिएकोमा सो निवेदन उपर कारवाहि नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबुत प्रमाण सहित जाहेरी दिएकोमा आयोगको मिति २०६८ । ०८ । २७ गतेको बैठकले निजहरु भारतीय नागरिक हुन भन्ने देखिन आएकोले प्रचलित नेपाल नागरिकता ऐन २०६३ तथा नेपाल नागरिकता नियमावली २०६३ बमोजिम कारवाहि हुन गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय पर्सालाई लेखि पठाउने निर्णय भएअनुसार मिति २०६८ । ०८ । २९ मा आयोगले जिल्ला प्रशासन कार्यालय पर्सालाई कारवाहि सिफारीस ।
पक्राउ आदेश र मन्सुर खाँ पक्राउ
झुटा विवरण पेश गरि नेपाली नागरिकता लिएको भन्ने उजुरीमा अनुसन्धान गर्न २०७१ । ०३ । ०१ गते जिल्ला प्रहरी कार्यालय पर्साको अपराध दर्ता किताब १० नं. डायरीमा ४५३ नं. मा मुद्दा दर्ता भई शहाबुद्दिनका बुवा मन्सुर खाँ लाई पक्राउ गरी जिल्ला अदालत पर्सामा पेश गरेकोमा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रतिवादी मंसुर शेषबाट नगद धरौटी एक लाख वा सो बराबरको जेथा जमानि दिए लिई पुर्पक्षका लागि तारेखमा राख्नु । सो दिन नसके नियमानुसारको सिधा खान पाउने गरी थुनामा राख्न अ.व. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई कारागार कार्यालय पर्सामा पठाउनु भन्ने २०७१ । ०३ । २७ गतेको थुनछेक आदेश । मन्सुर खाँ २६ दिन जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा बसेका थिए । त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साले २०७१ असार ६ गते वडा प्रहरी कार्यालय विर्तालाई पक्राउ पुर्जी चलानी नं. १३७२३ मार्फत मोहम्मद शहाबुद्दिन भन्ने शहाबुद्दिन खाँ, आमा हमिदा बेगम र भाई महमद मुर्तुजा भन्ने गुड्डु खाँ लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराउन आदेश दिएको थियो । यद्यपी प्रहरीले पक्राउ नगरी उनिहरु पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए । शहाबुद्दिन ३० हजार र उनका भाई गुड्डु १० हजार धरौटीमा तारेखमा छुटेका थिए ।

वीरगंज (पर्सा), २६ फागुन । नेपाली बालिकालाई केरला लैजान खोज्ने एक युवक भारतबाट पक्राउ परेका छन् । १४ बर्षिय नाबालिगलाई नक्कली प्रेमको जालमा फँसाएर भारत लगेका वीरगंजका २६ बर्षिय मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेका हुन् । अन्सारीलाई भारतको उत्तराखण्ड भीम तालबाट पक्राउ गर्नुको साथै नाबालिकालाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण इकाई एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७ औं कोर एसएसबी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिए ।
बालिकाले सोधपुछको क्रममा अन्सारीले आफूलाई केरला लैजाने चाहेको ब्यान दिएका कारण उत्तराखण्ड प्रहरीले केरला लैजान चाहेको कारणको बारेमा अनुसन्धान गरिरहेको इन्सपेक्टर शर्माले वताए । उनका अनुसार पक्राउ परेका अन्सारीले नाबालिगसंग इन्स्टाग्राममार्फत मित्रता बनाएका थिए । उसले आफ्नो वास्तविक नाम लुकाएर युवतीलाई मुन्ना महतो बताएका थिए । नाबालिगले उनलाई पत्याएर नक्कली प्रेमको जालमा फँसाएर भारत लगेका थिए । युवती घर नआएपछि बालिकाका परिवारका सदस्यले बालिकाको धेरै खोजी गरेपनि फेला पार्न सकेनन् । आफ्नो छोरी बेपत्ता भएको एक महिनापछि बालिकाकी आमालाई भारतीय नम्बरबाट ह्वाट्सएप कल आयो र मोहम्मद इस्राफिल अन्सारीले आफ्नी केटीलाई बिर्सिदेऊ र अब कहिल्यै फिर्ता नपाउने धम्की दिए ।
काउन्सिलिङका क्रममा नाबालिग बालिकाले भनिन् कि एक दिन मोहम्मद इस्राफिल अन्सारी आफ्नो फोन घरमा बिर्सेर घरबाट बाहिर गए, त्यसपछि उनका एक नातेदारले उनलाई फोन गरे र मोहम्मद इस्राफिल अन्सारी कहाँ छन् भनेर सोधे ? युवतीले भनिन् को इस्राफिल ? त्यसपछि युवतीले आफ्नो वास्तविक नाम थाहा पाउन अघि नै युवतीले उनको नाम मुन्ना महतो भनेर चिनिन् । सोधपुछका क्रममा उनले थप दुई युवतीसँग विवाह गरि छाडेर गएको पनि खुलासा भएको भारतिय प्रहरीले जनाएको छ ।
श्रोत:- वीरगंज टाइम्स

वीरगञ्ज । वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शब निकालेर प्रहरीले ति बालकका बाबा आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सबितालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई नजिकको सिर्सिया नदि छेउको आर्यघाटमा खाल्डो खनेर गाडिएको अवस्थामा १२ वर्षीय दिलिप मण्डल धानुकको शब निकालेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । थापाकाअनुसार प्रहरी तथा छिमेकीलाई समेत खबरै नगरी शब गाडेको हुँदा घटना शंकास्पद देखिएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको सयुँक्त टोलीले बिहीबार बेलुका आर्यघाटबाट शब निकालेको थापाले बताए । आमा–बुबाले बिहीबार घरकै एक कोठामा दिलिपलाई थुनेर ज्याला मजदुरीका लागि घरबाट निस्किएको छिमेकीले बताएका छन् ।
प्रहरी नायब उपरीक्षक थापाकाअनुसार कामबाट बिहीबार साँझ घर फर्किदाँ दिलिप कोठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाह नदिई अटोरिक्सामा शव राखेर घाटमा लगेर गाडेको बुबा शम्भुले स्विकार गरेका छन् ।
दिलिप लागूपदार्थको कूलतमा फसेको र अरुको घरघरमै पसेर मोबाइल लगायतका सामान चोरेर हैरान पार्न थालेपछि आफुहरु कामका लागि बाहिर जाँदा दिलिपलाई कोठामै थुनेर जाने गरेको बुबा दिलिपले प्रहरीसमक्ष बयान दिएका छन् ।
दिलिपको शबलाई पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बालकको मृत्युको यकिन कारण खुल्ने र त्यसको आधारमा प्रहरी अगाडि बढ्ने प्रहरी नायब उपरीक्षक थापाले बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी अहिले यूएई भ्रमणमा छन्। वैदेशिक रोजगार व्यवयायी संघले सरकारी खर्चमा आइतबार आयोजना गरेको दुबई रोजगार मेला उद्घाटनका लागि उनी यूएई पुगेका हुन् ।
श्रममन्त्री भण्डारी भोलि मंगलबार नेपाल फर्किने कार्यक्रम छ। तर यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरण बनाएर सबै मन्त्रीको जागिर खाइदिएका छन्। नेकपा एमालेसहितका दलसँग नयाँ गठबन्धन गर्ने सहमति गरेसँगै श्रममन्त्री भण्डारीसहित सबै मन्त्री पदमुक्त हुन लागेका छन्। मन्त्रीको हैसियतमा दुबई उडेका मन्त्री भण्डारी फर्किंदा त्यो हैसियतमा हुनेछैनन्।
यता फिनल्याण्ड जाने तयारीमा रहेका परराष्ट्रमन्त्री एनपी साउदको भ्रमण पनि रोकिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बसिरहेको छ । पार्टी कार्यालयमा जारी बैठकमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेको छ । उक्त समझदारीमा रास्वपा पनि सहमत बनेको बताइएको छ।
Photo- Nepal Photo Library
काठमाडौँमा फुटपाथ व्यवसायीमाथि हातपात भएको विरोधमा श्रमजीवी स्वरोजगार सडक व्यापारीले विरोध सभा आयोजना गरेका छन् । बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको थियो । सडक व्यापारीले उक्त घटनामा संलग्न महानगर प्रहरीलाई कारवाही गर्न माग गरेका छन् । काठमाडौँ महानगरको जननिर्वाचित नागरिक नेतृत्वले धैर्यताकासाथ संवादको माध्यमले समस्याको समाधान गर्ने प्रयास गर्नुको साटो महानगर प्रहरी परिचालन गरी अत्यधिक बल प्रयोग गरेर केही सडक व्यापारीलाई गम्भीर घाइते बनाएको र उनीहरूको सामान लुटपाटको शैलीमा जफत गरेको भन्दै उनीहरूले विरोध गरेका छन् ।
रौतहटमा सरस्वती माताको मुर्ति विसर्जनको क्रममा हिन्दु समुदाय माथी गैर हिन्दु समुदायले हस्तक्षेप गर्दै कुटपिट गरि घाइते बनाएको र विगत केहिदिन यता हिन्दुहरुको हरेक चाडपर्वहरुमा मुस्लिमहरुले यसरी हमला गर्नु निकै दुस्खद र विडम्बनापूर्ण रहेकोे छ।
यस्ता किसिमको दुस्खद घटना हाम्रो समाजमा घटदै गईरहेको ले यो देश कता तिर जादैछ। भने प्रश्नवाचक चिन्ह समेत खडा भएको छ। यस्ता किसिमको सम्प्रादायिक घटना बारम्बार घटनु पक्कै पनि देश र जनताको लागी राम्रो संकेत होईन।। यस्ता किसिमको घटना जुनसुकै समुदायको माध्यमबाट घटेपनी त्यसको उचित समाधान र दोषीहरुलाई कानुनको दायरामा ल्याउनै पर्दछ।
यहि बिषयलाई लिएर आज बिरगंजमा हिन्दुहरुको केही जत्थाहरुले बिरगंज बन्द गराउदै तथा विभिन्न किसिमको नारा जूलूस गर्दै बिरगंज नगर परिक्रमा गरी ,,हिन्दुत्त्व मास्न पाईदैन,, हिन्दुहरु माथीको आक्रमण बन्द गर,, दोषीलाई कार्यवाही गर,, जस्ता नारा लगाउदै जिल्ला प्रशासन कार्यालय पर्साको मुलगेट मा धर्ना दिंदै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्रसमेत बुझाएका छन ।
काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित सांग्रीला होटेलको मोडमा विपक्षी चालकसँग ‘विवाद’ गर्ने पुरुषलाई प्रहरीले झिकाएर छलफल गराएको छ । प्रहरी वृत्त दरबारमार्गमा धनगढी घर भएका प्रवीण श्रेष्ठ र विपक्षी चालकलाई प्रहरीले विवादबारे छलफल गराएको हो ।
शनिवार साङ्ग्रिला होटेलको मोडमा गाडी घुमाउने क्रममा विवाद हुँदा प्रवीण श्रेष्ठले ‘डीएसपी’ हुँ भन्दै अर्का चालकलाई अश्लील गालीगलौज गरेका हुन् । बिरगंजको युवालाई श्रेष्ठले गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
त्यसबारे दुवै पक्षलाई राखेर छलफल गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । ति अधिकृत भन्छन्–‘छलफलपछि उहाँहरु मिलापत्र गरेर जानुभएको छ ।’
प्रहरीको अनुसन्धानबाट प्रवीण श्रेष्ठ डीएसपी नभएको खुलेको छ । घटनाबारे जानकार प्रहरी वृत्त दरबारमार्गका एक जना अधिकृत भन्छन्,‘उहाँ प्रहरी होइन ।’
शनिबार राति काठमाडौँ उपत्यका लाजिमपाट सडक अन्तर्गत राति १० बजे १ जना व्यक्तिले अर्को गाडीमा सवार दम्पतिलाई अबद्र व्यवहार गरेको पाइयो। सामाजिक सञ्जालमा त्यो अभद्र व्यवहार गरेको भिडियो आएपछि र त्यसमा केही साम्प्रदायिक विविध पूर्णरुपको शब्दहरु पनि प्रयोग गरेको पाइयो। त्यसबारे धेरै नै नकारात्मक टिप्पणी भयो मान्छेहरुले यस्तो किसिमको व्यवहार असह्य रहेको र संघीय राजधानीको सहरमा देशकै एउटा मुख्य सहरको नागरिकलाई त्यो व्यवहार गर्नु राम्रो होइन भन्ने टिप्पणी हुन थाल्यो। शनिबार राति १० बजे। बीरगञ्ज निवासी आफ्नो साथीसंग घरतिर जाँदै थिए। बाटोमा अर्को सवारी साधनमा मदिरा सेवन गरेर सवारी साधन चलाइरहेका थिए नेपाली कांग्रेसका नेता चीज कुमार श्रेष्ठका छोरा प्रवीण श्रेष्ठ, स्वर्गीय चिजकुमार श्रेष्ठ नेपाली कांग्रेसका पूर्व प्रभावशाली नेता धादिङबाट राजनीति गर्दथिए। प्रविन श्रेष्ठले अङ्कितलाई धेरै नै अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गर्दै आफू नेपाल प्रहरीको डीएसपी रहेको र म जेसुकै गर्न सक्छु भनेर धम्काएको पाइन्छ। पीड़ित र उनका साथीले भने निकै शालिन तरिकाले दाइ तपाईँले साइडलाइट हेर्नुभएन मेरो गल्ती छैन भनेर अनुरोध गरेको र शालिन तरिकाले नै भद्र तरिकाले नै व्यवहार गरेको त्यो भिडियोमा देख्न सकिन्छ। आइतबार बिहानैदेखि यो भिडियो सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो। नेपाल प्रहरीको ध्यानाकर्षण गराइयो। त्यसपछि नेपाल प्रहरी सक्रिय भए र त्यो व्यक्ति को हुन् भनेर पत्ता लगाउन थाले र केही घण्टामै सबै कुरा पत्ता लगाएर प्रविन श्रेष्ठलाई पक्राउ गरियो र काठमाडौँको दरबार मार्ग स्थित नेपाल प्रहरीको कार्यालयमा लिएर आएर त्यहाँ थुने। प्रविन श्रेष्ठले तीनवटा गल्ती एकैचोटी गरेको पाइन्छ एउटा आफू नेपाल प्रहरीको कुनै पनि जिम्मेवारी पदमा नरहेको भए तापनि आफूलाई नेपाल प्रहरीको डिएसपी भनेर मान्छेलाई धम्काउने काम गरेको, दोस्रो गल्ती मदिरा सेवन गरेर सवारी साधन चलाएको, र सबैभन्दा ठूलो गल्ती आफूले आफू नेपाली हुँ भन्दै गर्दा अरुलाई अरुको नागरिकता मागेर अपहेलना गरेको अपशब्द प्रयोग गरेको र उसलाई सामाजिक रुपमा दुर्व्यवहार गरेको। यो तिनै गल्तीको कारण प्रविन श्रेष्ठलाई कडा कारबाही गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा निकै नै कमेन्टहरु आइरहेको छ। यो भिडियो अहिलेसम्म ५० लाख भन्दा धेरै मान्छेले हेरिसके र सबैले प्रविण श्रेष्ठ जो नेपाली कांग्रेसका स्वर्गीय नेता धादिङका नेपाली कांग्रेसका चिज कुमार श्रेष्ठका छोरा हुन् उनलाई हदैसम्मको कारबाही गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा यथेष्ट रुपमा माग देख्न सकिन्छ।