
वीरगञ्जसिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि गठित समितिले प्रदुषित पानी नदीमा मिसाउने उद्योगलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । समितिको आइतबार जितपुर सिमरा उपमहानगरपालिकाको सभाकक्षमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
समितिले तीन साता लगातार नदी क्षेत्रमा रहेका उद्योगको अनुगमन गरेको र अहिलेसम्म अनुगमन गरिएका ९ वटा उद्योगमध्ये ट्रिटमेन्ट प्लान्ट निर्माण नगरी प्रदुषित पानी सोझै नदीमा मिसाउने ३ उद्योगलाई पहिलो पटक कारबाही स्वरुप स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । 
कतिपयले ट्रिटमेन्ट प्लान्ट भएर पनि संचालन नगरेको भेटिएको र तीनलाई पनि कारबाहीको दायरामा ल्याइने समितिले निर्णय गरेको छ ।
अनुगमनका क्रममा मरियम लेदर, मारुती पेपर र दुर्गा पल्प एण्ड पेपरले प्रदुषित फोहोर पानी नदीमा फाल्ने गरेको भेटिएकाले तीनै वटा उद्योगलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले निर्वाचनका बेला जनतासमक्ष गरेको बाचा बमोजिम नदी प्रदुषण नियन्त्रणका लागि समिति नै बनाएका हुन् ।
महानगरका उपप्रमुख इम्तियाज आलम संयोजक रहने गरी बनाइएको सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिमा जितपुर सिमरा उपमहानगरपालिका, यहाँका उद्योगी व्यवसायी, स्थानीय प्रशासन र सुरक्षा संयन्त्रलाई समेटिएको छ ।
‘सिर्सिया प्रदुषण नियन्त्रण एउटाको प्रयासले मात्रै संभव हुँदैन,’ मेयर सिंहले भने, ‘त्यसैले सबैलाई समेटेर बारा पर्सा हुँदै बग्ने सिर्सिया नदी प्रदुषण नियन्त्रणको महाअभियान अघि बढाइएको हो ।’
यस्तै बैठकले सिर्सिया नदीको आधार क्षेत्र (राइट अफ वे) छुट्याउन नापी कार्यालयको नेतृत्वमा तत्काल काम सुरु गर्ने निर्णय गरेको समितिका संयोजक रहेका उपप्रमुख इम्तियाज आलमले जानकारी दिए ।
‘सिर्सिया नदी जितपुर सिमरा उपमहानगरपालिका हुँदै वीरगञ्ज महानगर भएर बग्ने भएकाले दुबैको समन्वयमा नदीको आधार क्षेत्र छुट्याउनुका साथै प्रदुषण नियन्त्रणको पहल हुनेछ,’ संयोजक आलम भन्छन्, ‘नदीको क्षेत्रमा पर्ने परवानीपुर गाउँपालिकालाई पनि अर्को बैठकदेखि साथमा लिएर हिँड्ने निर्णय गरेका छौँ ।’
सिर्सिया नदीमा उद्योगीहरुको मनपरीका कारण प्रदुषण भइरहेकाले यसलाई नियन्त्रणमा लिन कडाइका साथ समिति लाग्नु पर्ने बैठकले निर्णय गरेको छ ।
‘हामीले जसरी पनि सिर्सियालाई प्रदुषण मुक्त बनाउनु छ,’ वीरगञ्जका मेयर सिंहले भने, ‘त्यसका लागि उद्योगीहरु सच्चिन जरुरी छ, होइन भने अब कारबाहीको प्रकृया अघि बढाउनुको उपाय हुँदैन ।’
यस्तै जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले प्रदुषण नियन्त्रणको सवालमा एक कार्यविधि बनाएर आवश्यक कानुनी प्रकृयामा अघि बढ्नु पर्नेमा जोड दिए ।
साथै सबैको सहयोगमा सिर्सिया प्रदुषण मुक्त हुने भएकाले अनुगमन, कारबाहीका साथै सचेतना अभियान पनि सँगसँगै चलाउनु पर्नेमा उनको जोड थियो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले भने उद्योगीहरुलाई ट्रिटमेन्ट प्लान्ट निर्माणका लागि अझै केही समय दिन पर्ने भन्दै त्यसका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्नु पर्ने बताए ।
बारा, पर्सा दुबैका स्थानीय तह, सुरक्षा संयन्त्र, उद्योगी व्यवसायी सम्मिलित टोलीले अहिले पहिलो पटक सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि पहल थालेको हो ।
आइतबारको बैठकमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उपमेयर भोला अधिकारी, नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठ, नारायणी सिंचाईका डिभिजन इन्जिनियर अकलाख सिद्धिकी, उद्योग वाणिज्य संघ वीरगञ्जका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना, वीरगञ्ज महानगरका वन तथा वातावरण महाशाखा प्रमुख देवेन्द्र चौधरी, वातावरण निरीक्षक प्रदिप साह लगायतको सहभागिता रहेको थियो । गएको कात्तिक २३ गते गठन भएको समितिले हरेक साताको मंगलबार उद्योगहरुको अनुगमन गर्दै आएको छ ।
युथ अफ वीरगंज बिशेष

वीरगञ्ज, २८ मंसिर । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयो गर्ने उद्घोष गरेका छन् ।
स्व. सर्राफको १३ औँ दिनको पूण्यतिथीका अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सांसद् यादवले १ लाख आर्थिक सहयोग उपलब्ध गराउने उद्घोष गरेका हुन् ।
सांसद् यादवले प्रधानमन्त्रीलाई भनेर भएपनि अर्थ मन्त्रालयबाट सर्राफका परिवारको लागि विशेष राहतको व्यवस्था गर्ने आश्वासन पनि दिएका छन् । पर्साको पत्रकारिता क्षेत्रमा सर्राफको निधनले क्षति भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका यादवले उनले अंगालेको मार्गमा निर्देशित भई निष्पक्ष र निडर पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् ।
सर्राफ स्वच्छ छविका र ईमान्दार पत्रकार भएको बताउँदै यादवले उनको जस्तो स्वभाव भएको पत्रकार पर्साले पाउन मुस्किल पर्ने बताए । विशेष गरी भूइँतहका र सर्वसाधारण नागरिकका समस्या एवम् पिडाहरुलाई खोजी खोजी पत्रकारिता गरेमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि यादवले व्यक्त गरेका छन् ।
पत्रकारको हकहित र पेशागत सुरक्षा एवम् मर्यादाका लागि सदैव एकरुप भएर लाग्न आग्रह गर्दै पर्साको पत्रकारिताको उचाईलाई अँझै बढाउन पनि उनले सुझाव दिएका छन् ।
सर्राफ पत्रकार मात्रै नभएर सामाजिक अभियानताको रुपमा विभिन्नि किसिमका सामजिक क्रियाकलापहरुमा पनि सक्रिय रहेको स्मरण गर्दै यादवले उनको छोटो समयको योगदान पनि अविस्मरणीय रहेको बताए ।
वीरगंजकी छोरी निकिता बनिन् प्रहरी निरीक्षक

गत मङ्सिर ८ गते लोकसेवा आयोगले २०७८ सालमा नेपाल प्रहरी सेवा अन्तर्गतको प्रहरी निरीक्षक पदमा लिएको परीक्षाको नतीजा प्रकाशित ग¥यो । १४६ जना उत्तीर्ण भएको नामावलीभित्र मधेसी चेली निकिता मिश्रको पनि नाम थियो ।
सिद्धार्थ माविबाट स्कूले अध्ययन पूरा गरेकी मिश्रले ठाकुर राम बहुमुखी क्याम्पसबाट बिएस्सी उत्तीर्ण गरिन् भने हाल ठाराबमा राजनीतिकशास्त्रमा स्नातकोत्तर गर्दैछिन् । स्नातक सकेर जिएचपी स्कूल, वीरगंजमा चार वर्षसम्म लेखापालमा जागीर गरेकी निकिताले आफूलाई साहसी महिला प्रमाणित गरेकी छन् । चार वर्षअघि प्लस टु सकेर सुब्बाको लिखित परीक्षा उत्तीर्ण भए तापनि अधिकृतस्तरको जागीर खान्छु भन्ने सोचले गर्दा उनी अन्तर्वार्ता दिन गइनन् । त्यसपछि स्नातक सकाएर काठमाडौंको कोलम्बिया इन्स्ट्च्यिुटबाट प्रहरी निरीक्षक पदको तयारी गरेकी निकिता पहिलो प्रयासमैं सफल हुँदा निकै खुशी छिन् । मङ्सिर २४ गतेदेखि उनी १६ महीने तालीममा सहभागी हुनेछिन् ।
मधेसका छोरीचेलीहरूलाई राज्यका हरेक अङ्ग तथा तहतप्कामा जागीर खानको लागि समाजले प्रेरित गर्नुपर्ने उनले आग्रह गरिन् । जसरी पहाडी समुदायमा छोरीचेलीलाई स्वतन्त्र वातावरण दिइन्छ, त्यसरी नै मधेसी छोरीचेलीले नपाउने गरेको र विभिन्न रूढिवादी चिन्तन र सोचाइका कारण मधेसका छोरीचेली पछि पर्दै गएको उनले बताइन् । उनले केटीलाई विभेद नगरी केटासरह शिक्षादीक्षा, पालनपोषण, घुमफिरलगायतमा अभिभावकले ध्यान दिए घरपरिवार, समाज र देशको नाम उज्ज्वल गर्न सक्ने उनको दाबी छ ।
प्रहरी निरीक्षकमा पास हुन अन्तर्वार्तामा लाखौं घूस खुवाउनुपर्छ भन्ने प्रश्नमा उनले लोकसेवा आयोगको विश्वसनीयतामाथि कसैले शङ्का नगर्न र प्रहरी तथा अन्य परीक्षामा घूस खुवाएर पास गराइदिन्छु भन्दै कसैले बार्गेनिङ गर्न आउँछ भन्ने त्यस्ता भ्रममा नपर्न उनले आग्रह गरिन् । उनले नेपाल प्रहरीको सिद्धान्त र ऐन कानून बमोजिम आफ्नो कर्तव्य निवर्हन गर्न आफू प्रतिबद्ध रहेको बताइन् । उनले प्रहरीको धर्म अनुसार आफूले हरेक पाइलामा दायित्व पूरा गर्ने बताइन् ।

यस पटकको निर्वाचनमा दलका ठूला धेरै नेता पराजित भएका छन्।
पार्टी भित्रको अस्वस्थ प्रतिस्पर्धा, टिकट वितरणमा असन्तुष्टि र नयाँलाई अवसर नदिनाले परीक्षण भइसकेका नेताहरुलाई यस पटक जनताले पत्याएनन्।
कसले कोसँग हारे?
ईश्वर पोखरेल
ईश्वर पोखरेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष हुन्। काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका पोखरेल नेपाली कांग्रेसका प्रदीप पौडेलसँग पराजित भए।
पौडेलले १५ हजार २३७ मत प्राप्त गर्दा पोखरेलले १० हजार १७५ मतमा चित्त बुझाए। रक्षामन्त्री भइसकेका पोखरेलले २०७४ सालको निर्वाचनमा काठमाडौं- ५ बाटै जितेका थिए।
सुरेन्द्र पाण्डे
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन २ बाट पराजित भएका छन्। पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका हुन्।
ढकालले ३४ हजार १८९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रहेका पाण्डेले २६ हजार ६०८ मत प्राप्त गरे। त्यसैगरी नेपाली काँग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत प्राप्त गरे।
पाण्डेको पहिलो संसद् यात्रा भने २०५४ बाट सुरु भएको हो। त्यतिबेला उनी राष्ट्रिय सभाको सदस्य निर्वाचित भएका थिए। त्यसपछि उनी संविधान सभा निर्वाचन २०६४ र २०७० मा निर्वाचित भएका थिए। यस्तै, प्रतिनिधि सभा सदस्य २०७४ मा चितवन २ बाट नै निर्वाचन जितेका थिए।
पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेको संसद् यात्रामा यसपटकका लागि ब्रेक लागेको छ।
शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भए। रेखाले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरे। उनी १९६ मतले पराजित भए।
केपी ओली निकट रहेका पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत भइसकेका छन्।
लेखराज भट्ट
नेकपा एमालेका सचिव एवं एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट कैलाली- ४ बाट पराजित भएका छन्। उनी कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरसँग पराजित भएका हुन्।
बलायरले २६ हजार २२० मत प्राप्त गरेर विजयी हुँदा भट्टले २२ हजार ६१३ मत ल्याए।
नेकपा विभाजित हुँदा भट्टले माओवादी परित्याग गर्दै एमाले रोजेका थिए। उनी नेकपा माओवादी केन्द्रबाट २०६४ को पहिलो संविधान सभा निर्वाचनमा कैलाली- ५ बाट निर्वाचित भएका उनी २०७४ को निर्वाचनमा कैलाली- ४ बाट निर्वाचित भएका थिए।
भट्ट २०७६ मंसिर ५ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, २०६५ मा श्रम तथा यातायात व्यवस्था मन्त्री, २०६७ मा विज्ञान तथा प्रविधि मन्त्री र २०६८ मा वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए।
महेश बस्नेत
नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर २ बाट पराजित भए। बस्नेत कांग्रेसका उम्मेदवार दुर्लभ थापासँग ८ सय २३ मतान्तरले पराजित भएका हुन्।
सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भका थिए भने बस्नेतले २२ हजार ६७७ मतमा चित्त बुझाए।
सांसद अपहरणदेखि संसदमा चर्को बोलेका कारण चर्चामा आएका बस्नेत उद्योग मन्त्री समेत बनेका थिए। उनी २०७४ सालको निर्वाचनमा भक्तपुर- २ बाट निर्वाचित भएका थिए।
कृष्ण राई
नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष समेत रहेका कृष्ण राई काठमाडौं- ३ बाट पराजित भएका छन्। राईलाई नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले पराजित गरेका हुन्।
चालिसेले १५ हजार १५८ मत ल्याएर विजयी हुँदा राईले ११ हजार ११ हजार १९६ मत ल्याए।
देव गुरुङ
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रतिनिधि सभा निर्वाचन हारेका छन्। उनी नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङसँग पराजित भएका हुन्।
पृथ्वीले ३४ हजार ९९६ मत प्राप्त गर्दा देवले ३१ हजार ७८१ मत मात्र ल्याए। देव २०७४ को प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए भने पृथ्वी यहीँबाट प्रदेश सभामा निर्वाचित भएर गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थिए।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र मानिने देव गुरुङको पनि यस पटक संसद्मा भेटिने छैनन्।
विरोध खतिवडा
नेकपा एकीकृत समाजवादी पार्टीका नेता विरोध खतिवडा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका महेश बर्तौलासँग पराजित भए। बर्तौलाले ३४ हजार ९९६ मत प्राप्त गर्दा खतिवडाले ३० हजार ३१६ मत ल्याएका थिए।
६२ वर्षीय खतिवडा समाजवादीका स्थायी कमिटी सदस्य हुन्। उनी २०४८ देखिका सांसद् हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका खतिवडा यस पटक संसद बन्नबाट वञ्चित भएका छन्। खतिवडालाई पराजित गर्ने महेश उनकै राजनीतिक चेला हुन्।
जीवनराम श्रेष्ठ
नेकपा एकीकृत समाजवादी जीवनराम श्रेष्ठ काठमाडौं- ८ बाट पराजित भए। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका हुन्। यो क्षेत्रमा जीवनरामले तेस्रो स्थानमा चित्त बुझाएका छन्।
निर्वाचित हुने विराजभक्तले १० हजार १०५ मत ल्याउँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका दोस्रो भएका थिए भने तेस्रो भएका जीवनरामले ४ हजार ८७७ मत ल्याएका थिए।
जीवनराम २०७४ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट यही क्षेत्रमा निर्वाचित भएका थिए।
जगन्नाथ खतिवडा
एकीकृत समाजवादी पार्टीका प्रवक्ता समेत रहेका जगन्नाथ खतिवडा आफ्नै पूर्वसहकर्मी एमालेका अम्मरबहादुर रायमाझीसँग पराजित भए।
उदयपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रायमाझीले १५ हजार २५१ मत ल्याउँदा खतिवडाले १२ हजार ८९३ मतमा चित्त बुझाएका छन्।
६० वर्षीय खतिवडा समाजवादीका उपमहासचिव समेत हुन्। उनी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा उदयपुर- ३ मा कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसँग पराजित भएका थिए।
रामकुमारी झाँक्री
एकीकृत समाजवादी पार्टीकी सचिव नेतृ रामकुमारी झाँक्री आफ्नै पूर्वसहकर्मी एमालेका गोकर्णराज विष्टसँग पराजित भएकी छिन्। विष्टले २८ हजार ४७६ मत प्राप्त गर्दा झाँक्रीले २६ हजार ४४२ मत ल्याइन्।
२०७४ सालमा नेकपा एमालेको समानुपातिक सूचीबाट प्रतिनिधि सभा सदस्य भएकी झाँक्री पार्टी विभाजनपछि सहरी विकास मन्त्री बनेकी थिइन्।
उपेन्द्र यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग ठूलो मतान्तरले पराजित भए। राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९७९ मात्र ल्याउन सके।
२०३२ सालमा वामपन्थी दल निकट विद्यार्थी राजनीतिमा आबद्ध भएका यादव २०४८ सालपछि नेकपा एमालेमा आबद्ध भएका थिए। २०५६ सालसम्म एमालेको सुनसरी र मोरङ जिल्ला कमिटीको नेतृत्व गर्दै २०५६ सालमा एमाले परित्याग गरेका थिए।
२०६३ सालपछि मधेसी जनअधिकार फोरम नेपाल पार्टी गठन गरी त्यसको अध्यक्ष बनेका यादवले एमालेबाट बाहिरिएको अशोक राई समूहलाई समेटेर संघीय समाजवादी फोरम गठन गर्दै त्यसको नेतृत्व लिए। उनी हाल जनता समाजवादी पार्टीको अध्यक्ष छन्।
यादव संविधानसभा निर्वाचन २०६४ मा सुनसरी- ५ बाट, संविधान सभा निर्वाचन २०७० मा सुनसरी- ५ बाटै र २०७४ मा सप्तरी- २ बाट निर्वाचित भएका यादव पटक पटक मन्त्री भइसकेका छन्।
लक्ष्मणलाल कर्ण
लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण पराकिलो मतान्तरसहित जसपाका प्रदीप यादवसँग पराजित भएका छन्। यादवले २२ हजार ५३७ मत ल्याउँदा कर्णले १ हजार ११७ मत मात्र ल्याउन सके। उनी सो क्षेत्रमा चौथो भएका छन्।
कर्ण यसअघि पर्सा- ४ बाट निर्वाचित भएका थिए। संविधान सभा सदस्य निर्वाचन २०६४ र २०७० मा लगातार समानुपातिक निर्वाचन प्रणालीबाट उनी संसद् छिरेका थिए। यस पटकको पराजयसँगै उनको संसदीय यात्रामा ब्रेक लागेको छ।
ओनसरी घर्ती
पूर्वसभामुख एवं माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती काठमाडौं- २ बाट पराजित भएकी छिन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमसँग पराजित भएकी हुन्।
सोबिता गौतमले १५ हजार २२९ मत ल्याएर निर्वाचित हुँदा घर्तीले ९ हजार ४४९ मत मात्र ल्याउन सकिन्। उनी सो क्षेत्रमा चौथो स्थानमा सीमित भइन्।
घर्तीले संविधान सभा निर्वाचन २०६४ मा समानुपातिक सदस्य, दोस्रो संविधान सभा निर्वाचन २०७० र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा रोल्पा- २ बाट जितेकी थिइन्।
संविधान जारीपछि रुपान्तरित व्यवस्थापिका संसद्मा पहिलो महिला सभामुख (२०७२–२०७४) बनेकी उनी संविधानसभा उपाध्यक्ष तथा व्यवस्थापिका संसद् उपसभामुखकी (२०७०–२०७२) को जिम्मेवारी प्राप्त गरेकी थिइन्।
पम्फा भुसाल
नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल प्रतिनिधि सभा निर्वाचनमा ललितपुर- ३ बाट पराजित भएकी छिन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले हराएकी हुन्।
तोसिमा ३१ हजार १३६ मत ल्याएर निर्वाचित हुँदा भुसालले ८ हजार ७६९ मत प्राप्त गरेकी थिइन्। उनी सो क्षेत्रमा तेस्रो भइन्।
संविधान सभा सदस्य निर्वाचन २०६४ र प्रतिनिधि सभा निर्वाचन २०७४ मा ललितपुर- ३ बाट निर्वाचित भुसाल पटक पटक मन्त्री भइसकेकी छिन्।
source:- Nepal live

यो एउटा देश कै ठुलो समस्या हो, नागरिकता बिहिनहरु पढ्न सकेको छैनन, बाहिर बिदेश जान बाट बन्चित भएका छन, धेरै पल्ट युवाहरु अन्दोल्न सम्म गरे, सांसद ज्यु हरु पनि यो कुरा पाली बारम्बार उठानु पनि भएका छन।
सांसद प्रदिप यादव ज्यु आफ्नो फेसबुक पेज बाट एक साता भित्र जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता पाउने लेख्नु भएका छन !
मैले पटक पटक सडकदेखि सदनसम्म उठाएको आवाज अब सरकार ले सुन्ने भएको छ।जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिलाउन आज जनता समाजवादी पार्टी नेपाल का माननीय सांसद का टोली संयुक्त रूपमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्युसँग भेटेर पुनः हामीले उहाँको ध्यनाकर्षण गराएका छौँ । उहाँले पनि यही साताभित्रै नागरिकताको समस्या समाधान गर्ने ठोकुवा गर्नु भएको छ । सयौँ अनागरिकलाई नागरिक बनाएर उनीहरुको रोकिएको उच्च शिक्षा, रोजगारी लगायतका अधिकारको प्रत्याभुती दिलाउन अनुरोध गर्दछु ।:- सांसद प्रदिप यादव
नेपालले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा ओमानलाई ३९ रनले हराउँदै सानदार सुरुवात गरेको छ ।
नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो।
ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन। त्यसबाहेक जितिन्द्र सिंह ९, खावर अली ७, आमिर कालिम ९, आयान खान ३, जसिम मक्सुदले २ रनमात्रै जोडे ।
नेपालका लागि कमलसिंह ऐरीले तीन तथा सन्दीप लामिछानेर दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए । त्यसबाहेक जितेन्द्र मुखिया र अविनाश बोहराले १-१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनायो ।
नेपालका लागि आरिफ सेखले सर्वाधिक ३८ रन बनाए । ३७ बल खेलेका उनले २ चौका प्रहार गरे ।
यस्तै कप्तान सन्दीप लामिछानेले अन्तिममा ७ बलमा एक चौका र एक छक्कासहित १६ रनको नटआउट पारी खेले |त्यसबाहेक नेपालका लोकश बम १६, ज्ञानेन्द्र मल्ल १५, कुशल भुर्तेल ५, आसिफ सेख ४, दीपेन्द्रसिंह ऐरी ११, विवेक यादवले ७ र कमलसिंह ऐरी १ रनमै आउट भए ।
जनकपुरधाम । नेपाल सरकारको शहरी विकास मन्त्री प्रभु साहले स्थानीयहरुको गहुँ बाली नष्ट गरेर मेला लगाउन थालेको स्थानीयहरुले आरोप लगाएका छन् ।
रौतहट जिल्लाको मौलापुरमा आगामी फागुन २७ गते आयोजना गरिएको मौलापुर महोत्सव मेलाको लागि मन्दिरको अगाडीमा रहेको गहुँबालीलाई नष्ट गरेर मेला लगाउने तयारी गरेको एक महिलाले बताएकी छन् ।
समाजिक सँजालमा अपलोड गरिएको एक भिडियोमा स्थानीय एक महिलाले मन्त्री प्रभु साहले मेला लगाउनको लागि आफ्नो ५ कठ्ठा जमिनमा लगाएको गहुँ बाली नाश गरिदिएको बताएकी छन् ।
मेलाकै लागि पहिलेदेखि नै आसपासको जग्गामा समेत बाली लगाउन नदिएको आरोप लगाउँदै ती महिलाले लगाएको बालीलाई समेत नष्ट पारिदिएको भन्दै भक्कानिए । उनले बाली लगाउन नदिएको जमिनको मुआब्जा समेत नदिने गरी लगाइएको बालीको पनि उचीत मुआब्जा नदिएको भन्दै भक्कानिए ।
शिवरात्रीको अवसरमा फागुन २७ गते मौलापुर महोत्सव भन्दै मन्त्री साहले नै आयोजना गर्न लागेको बुझिएको छ । त्यसको लागि मुआब्जा कम दिएको भन्दै स्थानीय किसानहरु पीडित भएको बताइएको छ ।
समान्यत एक कठ्ठामा कम्तीमा पनि ३ मन अर्थात करिब सवा क्वीन्टल गहुँ उब्जीने गरेकोमा मन्त्री साहले ठाडो रुपमा कुनै सहमति नै नगरी अढाई मनको प्रति कठ्ठा लिएर जग्गा बाँझो राख्न भनेको बताइएको छ ।
बाँझो बाहेकका जग्गामा लगाइएको गहुँ बाली नष्ट गर्न थालेपछि स्थानीयहरुले मन्त्री साहले गुण्डागर्दी गरेको आरोप पनि लगाएका छन् । यद्यपी, मन्त्री साहले उनीहरुसँग पहिले नै कुराकानी गरी मुआब्जाको कुरा मिलाएको बुझिएको छ ।
स्थानीयहरुले मुआब्जा अझै थप्नुपर्ने मनसाय देखाएपनि खुल्ला रुपमा भने बोल्न सकेका छैनन् । यसबारे मन्त्री साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् ।
source :- newsbureau
बीरगन्ज, १४ पुष । बीरगन्जमा दि जोकटेल नामक हाँस्यव्यंग्य कार्यक्रम हुने भएको छ । पिडिएल कन्सलटिंग ग्रुप, नेक्नो टेक्नोलोजिज् र युथ्स् अफ बीरगन्जलगायतका संघ संस्थाको आयोजनामा कार्यक्रम हुने भएको हो ।
बीरगन्जले जित्दैछ कोरोना” भन्ने नाराका साथ अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा कार्यक्रम आयोजना हुन लागेको हो । बीरगन्जस्थित टाउनहलमा साँझ ५ बजेबाट प्रारम्भ हुने कार्यक्रममा आदर्श मिश्र, सज्जन श्रेष्ठ, अपुर्व क्षितीज सिंह, मनिराज गिरीलगायतका हाँस्य कलाकारहरुले प्रस्तुती दिनेछन् 
कार्यक्रममा प्रस्तुतीका लागि बीरगन्ज आउन लागेका हाँस्य कलाकारहरुको युवा वर्गमा विशेष प्रभाव छ । समसामयिक विषयवस्तुलाई व्यंग्यात्मक ढंगमा प्रस्तुत गर्ने यी कलाकारहरुको प्रस्तुतीका कारण युवा वर्गमा विशेष प्रभाव पर्न गएको हो ।
साथै स्थानिय कलाकारहरुद्धारा सांगितीक प्रस्तुती पनि रहने आयोजकले जनाएका छन् ।
यहि शुक्रबार हुन लागेको कार्यक्रमका लागि तयारी तीब्र पारिएको आयोजक युथ्स् अफ बीरगन्जका सौरभ साहले बताए । उनका अनुसार कार्यक्रमको सबै तयारी लगभग पुरा भईसकेको छ । कोरोना तथा लकडाउनका कारण आजित बनेका यहाँका बासिन्दाहरुका मनोरञ्जनार्थ कार्यक्रम आयोजना गर्न लागिएको साहको भनाई छ ।
कार्यक्रममा सहभागि हुन यहाँका युवावर्गमा विशेष उत्साह देखिएको छ । कार्यक्रममा सहभागि हुन दर्शकले टिकट किन्नुपर्नेछ ।
यसैबिच बीरगन्जमा स्टैण्ड अप कमेडिको वातावरण सिर्जना गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको आयोजक संस्थाहरु मध्ये एक नेक्नो टेक्नोलोजिज्का रवि शंकर साहले जानकारी गराए ।
बीरगन्जबाट स्टैण्ड अप कमेडिमा लाग्न चाह्ने युवाहरुलाई बाध्यकारी रुपमा काठमाण्डौ जानुुपर्ने अवस्थाको अन्त्यका लागि दि जोकटेलको आयोजना गर्न लागिएको साहले बताए । “स्टैण्ड अप कमेडिमा भविष्य खोज्न काठमाण्डौ जानैपर्छ, बीरगन्जमा कुनै विकल्प छैन,” साह भन्छन्,”यहाँ पनि स्टैण्ड कमेडी सम्भव छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस कार्यक्रमको आयोजना गरेका हौ|”
कार्यक्रम आयोजनाका लागि यहाँको समुदाय सँग प्राप्त भईरहेको सहयोगले आफुहरुलाई निकै हर्षित बनाएको साहको भनाई छ । उनका अनुसार कार्यक्रममा यहाँ विभिन्न संघसंस्था जोडिएका छन् । शुक्रबारको कार्यक्रमको लागि कलाकारहरु बिहीबार बीरगन्ज आईपुग्ने जनाइएको छ । कार्यक्रममा सहभागिताका लागि टिकटहरु बजारमा सर्वत्र उपलब्ध रहेको आयोजकहरुको भनाई छ ।
कलाकार: सलमान खान, सोनाक्षी सिन्हा, सई मांजरेकर, अरबाज खान र किच्चा सुदीप
निर्देशक: प्रभु देवा
निर्माता: सलमान खान, अरबाज खान आदि।
सलमान दबंग ३ को लेखक र आफु भन्दा ३२ बर्ष सानी सई मांजरेकर को हीरो हो !
फिल्म को कहानिमा कहानि जस्तो केही पनि छैन फिल्मको कहानि सालमान आफु ले लेख्नु भाको छ !
सलमान खान धाकड् बाट चुल्बुल पाण्डे कसरी बने तेस्मै दबंग ३ बनेको छ ! हरेक एउटा अक्सन पछी डान्स, यो फिल्म मा डान्स, फाइट र सल्मान खान चुल्बुल कसरी बने तेस्मै कहानि छ !
हामी यूथ्स अफ बिरगंज सलमानको फिल्म दबंग ३ लाई २ स्टार दिन्छौ !

१७ मंसिर, वीरगञ्ज । बाराको परवानीपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई २०५ किलोको माला लगाइदिएका छन् ।