बिरगंज स्थित रामगढ्वा १७ नं वडा मा रहेको यादगार बचत तथा ऋण सहकारी सस्था का संचालक फरार भएका छन। सर्वसाधारण जनता ले जम्मा गर्दै आएको रकम लिएर सहकारी का संचालक फरार भएका छन। एक बचतकर्ता का अनुसार सर्वसाधारण ले जम्मा गरेको लगभग १० करोड रकम लिएर संचालक समिति का अध्यक्ष राहुल सिंह तथा कोषाध्यक्ष बलराम साह फरार भएका छन। बिगत धेरै दिन देखि सहकारी मा रकम जम्मा गर्दै आएका रानिघाट निवासी अनिल स्वर्णकार ले बताएका छन। उनका अनुसार आफू ले कडा मेहनत गरि कमाएको रकम सहकारी का संचालक लिएर फरार भएको मा धेरै नै मर्का मा परेको बताए । घर खर्च कटाएर केही पैसा भबिस्य को लागि जम्मा गर्दै आएको मा त्यो पैसा पनि संहकारी का अध्यक्ष राहुल सिंह तथा कोषाध्यक्ष बलराम साह ले लिएर फरार भएका छन। उक्त सहकारी का मार्केटर रहेका धर्मेद्र रौनियार संग बुझ्न खोज्दा संचालक फरार रहेको बारे आफू जानकारी नरहेको बताए । बिगत दुई तीन महिना देखि सहकारी का कार्य शंकास्पद रहेको जानकारी पाउँदा बचतकर्ता ले पैसा निकाल्न खोज्दा सहकारी का कोषाध्यक्ष बलराम साह ले आफू स्थानिय भएको तथा आफ्नो घर यहि रहेको आफू नभाग्ने बताएर बचतकर्ता लाई आश्वासन दिएका थिए तर बिगत एक महिना देखि स्वम बलराम साह फरार रहेका छन।
विगत लामो समयदेखि संचालित सो सहकारी सँस्थामा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवा क्षेत्रका अधिकाँश सर्वसाधारणहरुले खाता खोली रकम बचत गर्दै आएका थिए ।
प्रदेश खबर
बानेश्वर घटनामा प्रहरी भन्छः प्रकाउ गर्ने हतारमा मुखमा हात पुगेको होला, थुनेको हैन् ।

हिजो दिउँसो काठमाडौंको नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्राउ गर्ने क्रममा मुख थुनेको भिडियो अहिले सर्वत्र चर्चामा छ।
तर नेपाल प्रहरीले भने उक्त घटनामा नियतवस मुख नथुनेको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले हतारमा प्रकाउ गर्ने क्रममा मुखमा हात गएको हुन् सक्ने बताएका छन्।
उनले भने, ‘पक्राउ गर्ने हतारमा मुखमा हात परेको हुन् सक्छ। आतिएर गरेको हुन् सक्छ। नियत वस मुख थुनिएको होइन्।’

वीरगन्ज ,२९फागुनः वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा झण्डै दुइ ददशकपछि हुन लागेको शतचण्डी महायज्ञमा , महायज्ञ आयोजक समितिले प्रवेश गर्न नदिने भएपछि दलितहरु आन्दोलित भएका छन् ।अलौंमा २२ वर्ष पछि आगामी चैत ८ गते देखि शतचण्डी महायज्ञ आयोजना हुदैछ । तर उक्त महायज्ञमा दलितलाई प्रवेश गर्न नदिने भएपछि उनिहरु आन्दोलित भएका हुन् ।
महायज्ञ आयोजक समितिले नै जातीय छुवाछुतको विभेद गरेर महायज्ञमा प्रवेश गर्न नदिने भएपछि अलौंका दलितहरुले सोमबार वीरगन्जको बजारमा आएर विरोध प्रदर्शन नै गरेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘हिन्दूद्वारा हिन्दूमाथि विभेद गर्न पाइदैन , हिन्दूको शोषण हिन्दूले नै गर्न पाइदैन , हिन्दू एकता जिन्दावाद, दलित एकता जिन्दावाद, दलित समुदायसँग अत्याचार गर्नेलाई कारबाही गर जस्ता नारा नाराबाजी पनि गरेका थिए ।
महायज्ञमा प्रवेश गर्न पाउनु पर्ने र छुवाछुतको विभेद गर्नेहरुलाई कारबाही गर्नु पर्ने माग राख्दै उनिहरुले सोमबार नै जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई ज्ञापन–पत्र पनि बुझाएका छन् ।
महायज्ञमा प्रवेश गरि पूजापाठ गर्न पाउनका लागि विगत १ महिना देखि नै निरन्तर आवाज उठाउदै आएको भएपनि महायज्ञ आयोजक मूल समितिले वास्ता नगरेपछि सोमबार सडकमै उत्रिएर प्रदर्शन गर्नु परेको अलौंं निवासी कृष्ण राम चमारले बताए ।
उनले भने ,‘ २२ वर्ष पहिले पनि गाँउमा शतचण्डी महायज्ञमा भएको थियो , त्यस बेला पनि दलितलाई महायज्ञमा प्रवेश गर्न दिइएको थिएन , उ बेला हामी बच्चा थियौं , हाम्रा अग्रजहरु माथि अन्याय हुदा पनि चुप लागेर बसे , तर अहिले हामी बुझने र सचेत भइसकेका छौ , त्यसका कारण यसपालि हामी चुप लागेर बस्दैनौ , छुवाछुत गर्नेहरु विरुद्ध कानूनी कारवाहीमा जान्छौ ।
चैत ८ देखि शुरु हुने महायज्ञको तयारी जोडतोडका साथ चलिरहेको छ । महायज्ञस्थलको निर्माण र तयारीमा दलितहरु पनि खटेका छन् । तर महायज्ञको पूजामा मण्डप भित्र दलितलाई प्रवेश नदिने मूल आयोजक समितिको अडान छ । अलौंकै ५६ वर्षीय खुबलाल महरा चमारले भने,‘ गाँउका गैरदलितहरुले महायज्ञ तयारीको अरु सबै काम गर्नु तर चौका (पूजा) मा भने तिमिहरु बस्न पाउदैनौ भनेका छन् ।
,‘सबै काम हामीले नै गर्ने अनि चौकामा भने बस्न नदिने ? हिन्दू धर्मकै यज्ञमा हामी हिन्दूलाई नै वञ्चित गर्नु कहाँको धर्म हो ? भन्दै महराले प्रश्न पनि गरे ।
महायज्ञ मुल पूजा समितिमा पनि दलितलाई समावेश नगरिएको र समितिले दलितहरुबाट चन्दा समेत समेत नलिएको अलौकै ६४ वर्षीय जोधा राम चमारले बताए । उनले भने ,‘ समितिमा गैरदलित समुदायका मात्रै व्याक्ति छन् , एक जना पनि दलित छैनन् , अनि महायज्ञमा हामीले पनि चन्दा दिन्छौ भन्दा हामी दलितबाट चन्दा लिन समेत इन्कार गरेका छन् ।
स्थानीय दलित विकास पथका अध्यक्ष शिवनारायण रामले भने,‘ हिन्दूमाथि हिन्दूले नै विभेद गरेपछि अब हामी न त मन्दिर जान सक्छौ, न त मस्जिद नै , हामी कुन धर्मको मान्छे हो भन्ने नै थाहा भएन ।धर्मको आडमा दलितमाथि छुवाछुतको विभेद गर्नेहरुलाई कानुनी दायरामा नल्याउँदा सम्म दलितहरुमाथि अपमान र अन्याय नरोकिने उनले बताए ।
महायज्ञमा प्रवेश गर्न नपाउने भएपछि आन्दोलित भएका अलौंका दलितहरुको माग र आन्दोलन प्रति हिन्दू परिषद् नेपालले पनि ऐक्यबद्धता जनाएको छ ।
मन्दिरमा र पूजामा बस्न पाउने सबैको अधिकार भएकाले यसबाट कसैलाई वञ्चित नगर्नका लागि हिन्दू परिषद् नेपाले पनि अलौंका दलितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य विनोद प्रसाद कुर्मीले बताए । उनले भने,‘ हिन्दुको महानग्रन्थ रामायणमा पनि छुवाछुत छैन, धर्ममा छुवाछुत र विभेद भन्ने कतैपनि छैन , तर धर्मकै आडमा विभेद गर्न खोज्नु भनेको धर्मलाई भाड्न खोज्नु हो’ ।
ब्राह्मणवादको यस्तै मानसिकता र रुढीवादी परम्पराकै कारण हिन्दू धर्म छोड्दै जाने र धर्म परिवर्तन गर्नेको संख्या बढ्दै गएको उनले बताए । अधिवक्ता समेत रहेका कुर्मीले भने ,‘ जुन जातको भएपनि मुस्लिम समुदायमा एकता भएजस्तै हिन्दूहरु पनि एक हुनुपर्छ ,जातपातका आधारमा विभेद दण्डनीय हो, त्यसैले त्यस्ता व्यक्तिलाई कारवाही गर्नुपर्छ’, कुर्मीले भने ।
अलौंको संसारीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद चौधरीले महायज्ञको पूजा स्थलमा दलित समुदायलाई प्रवेश गर्न नदिएको स्विकारे । पुस्तौ देखि चल्दै आएको संस्कार अनुसार मन्दिर र महायज्ञस्थलमा दलितलाई प्रवेश गर्न नदिने उनको अडान छन् ।
उनले भने, ‘पहिल्यैदेखि हामीले पूजामा दलितलाई सँगै बसाएका छैनौ, सँगै बसेर पूजा कहिल्यै पनि गरेका छैनौं र अब पनि गर्दैनौं , यदि यो अपराध हो भने बरु जेलमै भएपनि जाउँला, जहाँ भएपनि भात खाने हो, बरु जेलमै बसेर भात खाउँला ।’
महायज्ञका लागि अन्य ६ वटा टोलबाट चन्दा लिएपनि दलित समुदायबाट चन्दा नलिएको उनले पनि बताए । उनले भने,‘ अब यो महायज्ञ सकिएपछि छलफल गरेर आगामी पूजादेखि के गर्ने बारे छलफल गरौंला , तर अहिलेकै यज्ञको पूजामा दलितलाई संगै राखर पूजा गर्न सकिन्न ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष सञ्जीव बहादुर क्षेत्रीले भने यो विषय आपसी छलफलका माध्यमले सुल्झाउनु पर्ने बताए । महायज्ञ मूल पूजा समितिको सदस्य समेत रहेका क्षेत्रीले भने, ‘महायज्ञको पूजा मूल समिति छ, त्यहाँ पदाधीकार छन्, छलफल जारी छ, सहमती हुन्छ होला ।’
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले छिटै दुवै पक्षलाई बोलाएर छलफल गरी समस्या सुल्झाइने बताए । कुनै पनि समुदायसंग छुवाछुत र जातीय विभेद गर्न पाइदैन , यसो गरेमा द०डनीय अपराध हुनेछ , पौडेलले भने,‘ यदि छलफलबाट पनि समस्या सुल्झिएन र पूजामा दलितलाई सहभागी हुन दिएनन् भने ती व्याक्तिहरु विरुद्ध प्रशासनले कारबाही गर्छ ।
वीरगञ्ज महानगरले अधिनमा ल्यायो अतिक्रमित ५ विघा जग्गा वीरगञ्ज महानगरको ठूलो सफलता, ५ विघा अतिक्रमित जग्गा महानगरको अधिनमा

वीरगञ्ज, २९ फागुन वीरगञ्ज महानगरपालिकाले अतिक्रमित ५ विघा भन्दा बढी जग्गा नियन्त्रणमा लिएको छ ।
महानगरको वडा नम्वर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले आफ्नो नियन्त्रणमा ल्याएको हो ।
महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने काम समेत गरेको छ ।
सार्वजनिक जग्गा छुट्याएर तारबार गरि वृक्षारोपण गर्ने महानगरको योजना छ ।
सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संभावित स्थानमा पुगेको हो ।
अतिक्रमित जग्गा वडा नम्वर १७ का वडासदस्य अमोद यादव सहित केही स्थानीयले भोगचलन गर्दै आएका थिए ।
यादव एक्लैले आफ्नो नाममा रहेको ७ कट्ठा जग्गाको आडैमा रहेको ४ विघा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसियाले बताउनुभयो ।
अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको उहाँले जानकारी दिनुभयो ।
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्याउन अभियान अगाडि बढाएसँगै वडा नम्बर १७ को ५ विघा जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको बताउनु भयो ।
अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्यांक नरहँदा खोजिमा कठिनाई भइरहेको भए पनि अभियान सफल पार्न टोली दिनहुँ खटिएको पनि उहाँले जानकारी दिनु भयो ।
अतिक्रमण भएको ५ विघा भन्दा बढी जग्गा एकै पटक अधिनमा ल्याएको यो पहिलो घटना हो ।
‘हामीले आज ठूलो सफलता प्राप्त गरेका छौँ,’ नगर प्रमुख सिंहले भन्नुभयो, ‘अतिक्रमणमा परेको यति धेरै जग्गा एकै पटक हामिले शान्तिपूर्ण रुपमा आफ्नो अधिनमा ल्याएको पहिलो पटक हो ।’
यो अभियान ३२ वटै वडामा संचालन हुने पनि महानगरले जनाएको छ ।
हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको पनि नगरप्रमुख सिंहले बताउनुभयो ।
अभियान अन्तर्गत सोमबार नगरप्रमुख सिंहको सचिवालयका हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, वडा नम्बर १९ का वडा अध्यक्ष मुकेस कुमार चौरसिया, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन लेखनारायण कर्ण, प्रमोद साह, अनिल पंणित, रामेश्वर प्रसाद कुशवाहा लगायत स्थानीयको सहभागिता रहेको थियो ।
पत्रकार चौरसिया माथि आक्रमण गर्ने कुशवाहा विरुद्ध प्रहरी कार्यालयमा अभद्र व्यवहारको मुद्दा

वीरगंज २८ फागुन । काठमाडौंबाट सञ्चालन हुने मिर्मिरे अनलाईन डटकमका पर्सा सहकर्मी दिपक चौरसियाले आफु माथि भएको आक्रमणको विरुद्धमा जय प्रकाश कुशवाहा उपर जिल्ला प्रहरी कार्यालय पर्सामा आईतवार अभद्र व्यवहारको जाहेरी दिएका छन् ।
जाहेरीमा गत २१ गते राती करिब १० बजेको समयमा उनको घर अगाडि जय प्रकाश कुशवाहा लगायतकाले आक्रमण गर्ने प्रयास गरी बेईज्जत हुने गरी आमाचकाली गाली गर्दा प्रहरीको टोली पुगी चौरसियालाई बचाउन सफल भएको उल्लेख छ । कुशवाहाले पत्रकार चौरसियाको मोबाईलमा फोन गरी धम्की दिएको अडियो रेकर्ड र अभद्र व्यवहार गरेको भिडियो फुटेज प्रमाणको रुपमा आफु संग सुरक्षित रहेको चौरसियाले बताए ।
कुशवाहा विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र व्यवहारको मुद्दा परे पनि हालसम्म पर्सा प्रहरीले पक्राउ गर्न नसकेको प्रति समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेश समितिले आईतवार एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । चौरसिया संगठन पर्साका कार्य समिति सदस्य हुन् ।
सो विज्ञप्तिमा आन्तरिक राजस्व कार्यालय पर्साको समाचारको विषयलाई लिएर कुशवाहाले फोनबाट धम्की दिई केही मान्छेलाई लिएर घरमै गई आक्रमणको प्रयास गर्नु निन्दनिय भएको उल्लेख छ । कुनै पनि सञ्चारमाध्यममा प्रकाशित÷प्रशारित समाचार प्रति चित्त नबुझे कानुनी रुपमा जान सक्ने प्रावधान हुंदा हुंदै पनि पत्रकार माथि आक्रमण गर्नु भनेको प्रेस स्वतन्त्रता माथिको आक्रमण हो भन्ने संगठनको ठहर रहेको जनाईएको छ ।
संगठनका अध्यक्ष प्रविण साहले जारी गर्नु भएको सो विज्ञप्तिमा कुशवाहाले गरेका अभद्र व्यवहारको घोर निन्दा गर्दै उनलाई कानुनी दायरामा ल्याउन सम्बन्धित पक्ष संग जोडदार रुपमा माग गरिएको छ ।

वीरगंज (पर्सा), २७ फागुन / नेशनल मेडिकल कलेज सञ्चालक परिवारका युवाहरूले गरेको युवती दुर्व्यवहारको काण्डलाई पावर र पैसाको बलमा दबाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजको घटना स्थलको फोटो र भिजुअल समेत मगाएको थियो । तिनमा युवतीसँग दुर्व्यवहार गरको प्रत्यक्ष देखिएको छ । घण्टाघर नजिकै रहेको इन्फिनिटी रेष्टुरेन्टको सिसि क्यामरामा युवती लडेको, दुर्व्यवहार गर्नेहरूले लडाएको सबै फोटोहरू देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।
उनले भने, ‘पहिलो दिन भन्दा दोश्रो दिन पीडितको नै कुरा फेरिएको छ । उनले नै होलीको दिन बियर खाएकोले गल्ती हुन गएको भन्दै जाहेरी दिन अस्वीकार गरेपछि मुद्दा दर्ता नगरिएको हो । ’
वीरगंजको गहवा निवासी पीडिताकी आमा नेशनल मेडिकल कलेजमै काम गर्ने कर्मचारी भएकोले पनि अन्सारी परिवारले ‘जागिर र पैसा’ को बलमा दुर्व्यवहारको मुद्दालाई दबाउन सफल भएको प्रहरी श्रोतको दाबी छ । बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साले ६ जना विरुद्ध प्रहरीसँगको अभद्र व्यवहारको मुद्दा दर्ता गरेको छ । नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसुरुद्दिन अन्सारीका छोरा २५ वर्षीय जाँहगिर अन्सारी सहित ६ जना विरुद्ध अभद्र व्यवहारको मुद्दा प्रहरीले दर्ता गरेको हो । जसमध्ये ५ जना प्रबन्ध निर्देशक अन्सारीका आफन्तहरू नै छन् । युवतीसँग दुर्व्यवहार गरेको आरोपमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीको छोरा सहित ६ जनालाई पर्सा प्रहरीले रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरेको थियो ।
वीरगंज आदर्शनगरमा न्यूज २४ ले आयोजना गरेको होली हंगामा कार्यक्रम सकेपछि युवती आफ्ना साथीसँगै घण्टाघर नजिकैको इन्फिनिटी रेष्टुरेन्टका खाजा खान पसेका थिए । त्यहाँबाट निस्कने बेलामा प्रबन्ध निर्देशक बसुरुद्धिन अन्सारीका छोरा लगायतका युवाहरूले युवतीसँग गरेको दुर्व्यवहारदेखि लडेको, लडाएको फोटोहरू रेष्टुरेन्टको सिसि क्यामरामा स्पष्ट रुपले देखिएको छ । दुर्व्यवहारलाई लिएर भएको होहल्ला पछि पुगेको प्रहरीले बसरुद्दिन अन्सारीको छोरा सहितको युवा टोलीलाई सम्झाउन खोज्दा उल्टै उनीहरू प्रहरी माथि जाइलागेका थिए ।
स्थिति अराजक बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट थप प्रहरी पुगेर सबैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । युवतीसँग दुर्व्यवहार गरेको भनिए पनि युवतीले नै दुर्व्यवहार नगरेको प्रतिक्रिया दिएको प्रहरी प्रवक्ता गिरीको भनाई छ । होहल्ला किन गरेको भनेर बुझ्न खोज्दा प्रहरीलाई नै अभद्र व्यवहार गरेपछि अन्सारी सहित २४ वर्षीय आदित्य गिरी, ३२ वर्षीय फिरोज अन्सारी, ३१ वर्षीय अल्फाज अन्सारी, २७ वर्षीय तारीक अन्सारी र २४ वर्षीय आशिष साह माथि प्रहरीले मुद्दा दर्ता गरेको छ ।
घटनाको वास्तविकता नै फेरिएर कमजोर मुद्दा दर्ता भएपछि थुनामा रहेका छोरालाई शुक्रबार नै छोडाउने योजनामा मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी लागेका छन् । एमालेका स्थानीय नेता पुर्व प्रधानमन्त्री केपि ओली नजिक समेत रहेका अन्सारी पैसा र पावरको बलमा शुक्रबार जसरी पनि आफ्नो छोरालाई छुटाएर देखाई दिने आसेपासेसँग भन्दै हिँडेको बताइएको छ । बसरुद्दिन अन्सारीका छोरा जहाँगिर अन्सारी सहित ६ जना माथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिन म्याद थप गराएर अनुसन्धान सुरु गरेको छ । रकेटको गतिमा फाइल अघि बढाएर भएपनि छुटाउने तयारीमा अन्सारी लागेको प्रहरी श्रोतको भनाइ समेत रहेको छ ।
श्रोतः- वीरगंज टाइम्स

वीरगंज २२ फागुन ।
यस अनलाईनमा आईतवार “आन्तरिक राजश्व कार्यालयका प्रमुख तिवारी कमाउधन्धामा, अधिकृत पटेलको समन्वयमा अबैध कारोबारीबाटै असुली” शिर्षकको समाचार प्रकाशित भए पछि कार्यालय प्रमुख ढाकाराम तिवारी र कर अधिकृत संदिप पटेलले असुली गरेको रकमबाट स्थानिय केही पत्रकारहरुलाई खुवाई राति करिब १० बजेको समयमा पर्सा संवाददाता दिपक चौरसिया माथि आक्रमणको प्रयास गर्न लगाएका छन् ।
पर्साको मिर्जापुर निवासी अपराधि प्रवृतिका जय प्रकाश कुशवाहाले ९८१११७०३३७ मोबाईल नम्बरबाट प्रमुख चौरसियाको ९८१४२८६२५२ मा फोन गरी “दिपक चौरसिया बोलेको हो ? जवाफमा मैले हो चौरसिया बोलेको, तिमी कहाँ छस्, म घरमा छु भनि भन्दा अहिले तिमिलाई भेटनु छ, १० मिनेटमा हामी घरैमा आई राखेका छौं, बाहिर निस्क, तिमी को हो, के काम छ भनि सोध्दा मोबाईल फोनको लाईन काटिदिए ।
सम्बाद भएको केही बेर पछि कुशवाहाले पत्रकार मनोज पटेल, शम्भु कुमार सुमन, संतोष साह, हरिशंकर शर्मा, बृजलाल पासवान लगायतकालाई लिएर मेरो घर अगाडि आमाचकाली तथानाम गाली गर्दै गुण्डा शैलीमा ढोकामा लातले हिर्काउदै बाहिर निस्क भन्दै होहल्ला गरिरहेकोमा मैले यथार्थकुराहरु घरभित्रै बाट प्रहरी उपरिक्षक कोमल शाहलाई जानकारी गराए पछि तत्कालै घटनास्थलमा प्रहरीको टोली आई पुगेको पत्रकार चौरसियाले बताए ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा आएको टोलीले धम्की दिनेहरु संंग सोधपुछ गर्दा कर कार्यालयको पैसामा बिकेका पत्रकारहरु प्रहरी संग हामी पत्रकार हौं, चौरसिया संग केही सोधपुछ गर्न आएका हौं भनि पन्छेका थिए ।
मोबाईल फोनमा धम्की दिने अपराधि प्रवृतिका जय प्रकाश कुशवाहालाई प्रहरीले समात्न प्रयास गर्दा पत्रकारहरुले वहां पनि पत्रकारै हो भनेर झुक्याएका थिए । तर जय प्रकाश कुशवाहा पत्रकार होईनन् । प्रहरीको टोली समयमै नगएको भए मलाई अपुरणीय क्षति हुने नै थियो । समाचारको विषयलाई लिएर रातीको समयमा मेरो घरमा आएर आतंकित बनाउने जो सुकैलाई कानुनी दायरामा ल्याउन जोडदार रुपमा माग गर्दछु ।
राजदेवी मन्दिरमा चोरी गर्ने सरिफ मुसलमान, रजाक मोहमद, रमेश महतो, नर्सुदिन साहलाई पक्राउ गरेका छन ।

मिति २०७९-११-१४ गते राति अं. १२ः१० बजेको समयमा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा. वडा नं. १ रमदैया स्थित राजदेवी मन्दिरको ताला तोडी उक्त मन्दिरबाट देवीको चाँदीको मुर्ती, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्रि, कानको झुम्का लगायतको सुन चाँदीको सर-सामानहरू अज्ञात व्यक्तिहरुको समुहले चोरी गरी भागी फरार भएको भन्ने खबर ऐ. १४ गते बिहान ०५;०० बजेको समयमा प्राप्त हुनासाथ उक्त स्थानमा ई.प्र.का. महेन्द्रनगर र जि.प्र.का. धनुषाबाट अनुसन्धान सहितको मुचुल्का टोली खटि गई मुचुल्का कार्य सम्पन्न पश्चात अनुसन्धानको क्रममा सोही मन्दिरमा जडान भएको सि.सि.टि.भि. फुटेज तथा भिडियोहरुको सुक्ष्म विश्लेषण गरी उक्त सि.सि. टि.भि. फुटेज तथा Human Intellegence को सहायताले चोरी कार्यमा संलग्न मानिसहरूको पहिचान गरी निजहरुको खोज तलास गर्ने क्रममा मिति २०७९/११/१९ गते वेलुका २१;३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको बिशेष अनुसन्धान टोलीले जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ ठाडि स्थितबाट उक्त घटनामा संलग्न जि.धनुषा क्षिरेश्वर न.पा. वडा नं. ४ बस्ने बर्ष ३० को सरिफ मुसलमानलाई नियन्त्रणमा लिई तत्काल निजको सूचनाका आधारमा पूर्ण योजनावद्ध तवरले भारत तर्फ फरार हुन लागेको अवस्थामा धनुषा जनकनन्दनी गा.पा. वडा नं. ३ महुवा स्थित भारतीय सिमा नजिक रेल्वे ट्याकको बाटो हुँदै भारत तर्फ जाँदै गरेको अबस्थामा ऐ. २३;५० बजेको समयमा जिल्ला धनुषा क्षिरेश्वर न.पा. वडा नं. ५ महेन्द्रनगर बस्ने बर्ष ३७ को रजाक मोहमद, जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ सुन्दरपुर बस्ने बर्ष २१ को मोहमद हबगुल्ला साह, जिल्ला धनुषा कमला न.पा. वडा नं. ७ हथमुन्डा बस्ने बर्ष २२ को रमेश कुमार महतो, जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ बस्ने बर्ष २२ को नर्सुदिन साह समेतलाई मन्दिरबाट चोरी भएका निम्न सामानहरु सहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई उक्त घटनामा प्रयोग गरेका कटुवा पेस्तोल थाना -१ र ऐ. मा लाग्ने गोली थान-१ समेत बरामद गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको साथै निजहरूको समूहले नै जनकपुर उप.म.न.पा. १२ कुवा स्थित हनुमान मन्दिरमा समेत चोरी गरेको भन्ने बुझिएकोमा थप अनुसन्धान कार्य भइरहेको ।
बरामद भएका सामानहरू
१) उक्त घटनामा प्रयोग गरेका कटुवा पेस्तोल थाना -१ र ऐ. मा लाग्ने गोली थान-१,
२) नगद ने.रु. ११,५००,
३) मोवाइल थान १३ थान,
४) चाँदीको मुर्तीको टुक्रा र मुकुटको टुक्रा समेत गरी अं. २ के.जी (महुअवा स्थितबाट निजहरुको साथबाट )
५) मोहमद सरिफको घरबाट बरामद भएका सामानहरु (चरेशको थाल-७ थान, हम्मर थान-१, , कमण्डल थान-१, दविया थान-३, खुकुरी थान-१, , ह्याक्सो ब्लेड थान-१, पासपोर्ट थान-१, परीक्षा प्रबेश पत्र थान-१ )
६) तामाको मरअंकित बस्तु थाना-१, पित्तको कसौडी थान-१, पित्तलको सानो लोटा थान-१, पित्तलको गिलास थान-१, दियो थान-१, तामाको सानो सानो गिलासहरु, फलामको छेनी थान-२, ठुलो फलाको घन-१, सलाई रिन्च-१, फलाको चारपाटे बस्तु, खुकुरी थान-१, खन्ती थान-१

वीरगञ्जको वडा नम्वर २१ मा सिर्सिया नदीमा फोहोर फालिरहेको अवस्थामा फेला परेका ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा प्र २–०३–००१ त ४८७, ना १८ त ६८८९ र ना ७ त ५३८९ रहेको महानगरपालिकाले जनाएको छ ।
तीनै वटा ट्याक्टरलाई महानगरले बिहान नियन्त्रणमा लिएर बालमन्दिरमा राखेको थियो ।
तीनै वटा ट्याक्टरका चालकलाई पहिलो पटक १÷१ हजार जरिबाना गरेर छाडिएको छ ।
महानगरपालिकाले सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियान चलाईरहेको अवस्थामा नदी प्रदुषण गर्ने जो कसैलाई पनि कारबाही गर्ने रणनीति अनुसार नदीमा फोहोर गर्नेलाई आजबाट जरिबाना गर्न सुरु गरेको हो ।
नदी प्रदुषण नियन्त्रणका लागि महानगरले समिति नै बनाएर अनुगमनलाई समेत तिब्रता दिएको छ । नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर जथाभावी फालिदिँदा सिर्सिया नदी प्रदुषित हुने गरेको छ ।
महानगरले उद्योगहरुलाई पनि कारबाही गर्ने तयारी अनुरुप मरियम लेदर सहित ५ वटा उद्योगलाई पत्र नै पठाएर चेतावनी दिएको छ ।
यहाँ रहेका उद्योगकै कारण सिर्सिया नदी प्रदुषण हुँदै आएको छ । आज उद्योगबाट निस्केको फोहोर नदीमा ल्याएर फाल्ने ट्याक्टरलाई चेतावनी स्वरुप कारबाही गरिएको र आउँदा दिनमा फोहोर पानी सोझै नदीमा मिसाउने उद्योगलाई पनि कारबाही गरिने महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

बीरगन्ज । बीरगन्जको स्थानीय वासीन्दाहरुले बीरगन्जको मुख्य सडकको अतिक्रम हटाउनु पर्ने माग गरेका छन् । पथलैया देखि गण्डक सम्मको २५/ २५ मिटरको अतिक्रम हटीसके पनि गण्डक देखि मितेरी पुल सम्मको अतिक्रम सर्वोच्च अदालतको निषेधाज्ञा को कारण हटन सकेको छैन । ‘ ३ वर्षमा १६ पटक पेसी चढीसक्दा पनि ‘ हेर्न नभ्याइने ‘ भन्दै सर्दै आएको छ । १७ औ पटक सोमबार फेरि पेसी छ हेरौ सर्वोच्च अदालतले कुनै आदेश गर्छ या फेरि हेर्न नभ्याउने भन्दै टर्छ ‘ बीरगन्जका राजु कुमार साह बताउन्छन।
त्रिभुवन राजपथमा पर्ने बीरगन्जको मितेरी पुलदेखि गण्डक चौकसम्म मुख्य सडकको मुख्य विन्दुबाट दायाँबायाँ २५/२५ मिटर अतिक्रमित घर टहरा हटाउन सडक डिभिजनको निर्णयविरुद्ध परेका रिट को सोमबार सर्वोच्च अदालतमा पेसी छ । पटक पटक गरि १६ पटक सम्म स्थगित हुन्दै आएको पेसी १७ पटक सोमबार सुनवाइ हुन्दैछ । यसपटक को पेसी को क्रम संख्या ६ नम्बर रहेको छ ।
लक्ष्मण साह रौनियारसमेत त्रिभुवन राजपथ विस्तारको काम रोक्न २०७६ असोज ७ गते सर्वोच्च अदालतमा उत्प्रेषणको रिट निवेदन दिएका छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौं, सडक डिभिजन हेटौंडा, व्यापारिक मार्ग विस्तार योजना वीरगन्ज पथलैया, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, मालपोत कार्यालय पर्सासमेत मुद्दा दायर गरिएको छ ।
यसै मुद्दाको लगाउमा २०७६ पुस २१ गते राजकुमारी देवी तुल्स्यान, २०७७ माघ २७ गते भरतप्रसाद रौनियारसमेत, २०७६ कात्तिक १७ गते वीरेन्द्रकुमार संघई, २०७५ मंसिर ११ मा विक्रम गुरुङले दर्ता गरेको उत्प्रेषण मुद्दासमेत रहेको छ । कारण देखाउ आदेश जारी गरिएको यो मुद्दाको २०७६ असोज ८ गते पहिलो पेसी थियो भने आउँदो फागुन १५ गते १७ औं पेसी रहेको छ । २०७९ भदौ २० मा १६ औं पेसी परेको थियो । प्रत्येक पेसीमा हेर्न नभ्याइएको भन्दै अर्को पेसी तोकिने गरेको छ । २०७६ माघ २१ को पेसी पछि एकैपटक एक वर्ष पछि २०७७ फागुन १७ गते पेसी , त्यय पछि २०७८ मा ३ पटक र २०७९ मा भदौ पछि फागुन १५ गते सोमबार पेसी तारेख परेका छ ।
जब जब अदालतमा परेको पेसीको म्याद नजिकिन्छ तब तब वीरगन्जमा सडक विस्तारको यो विषयको चर्चा चुलिन्छ । अब महानगरवासीको नजर फागुन १५ गते सर्वोच्च अदालतमा परेको यो मुद्दाको पेसीमा छ । आफ्नो सहरको स्वरूप परिवर्तन गरिने र मुख्य सडकको कायापलट नै हुने भएकाले अधिकांश महानगरवासी यो विषयलाई चाख लिएर हेरिरहेका छन् ।
वीरगन्ज आदर्शनगर निवासी जयप्रकाश लोहिया लामो समयदेखि वीरगन्जको सुन्दरता र भविष्यसँग जोडिएको यो समस्याले अब निकास पाउनुपर्ने बताउँछन् । ‘धेरै लामो समय हामीले बाधा अवरोध र कानुनी झमेलाका कारण खर्च गरी सक्यौं,’ उनले भने, ‘वीरगन्ज महानगरको भविष्य र प्रतिष्ठा जोडिएको यो विषयलाई अब कुनै पनि बहानामा बाधा अड्काउ गरिराख्नुभन्दा निकास दिनु उचित हुन्छ ।’
व्यापारिक मार्ग विस्तार योजना वीरगन्ज पथलैया कार्यालयका सूचना अधिकृत इन्जिनियर सञ्जीव गुप्ता अदालतबाट क्लिन चिट पाइए राजमार्गको दुवैतर्फ २५/२५ मिटर विस्तारको कामलाई गति दिन कुनै समस्या नरहेको बताउँछन् । वीरगन्ज महागनरपालिकाका मेयर राजेशमान सिंह नेपाल सरकारको मापदण्डअनुसार राजमार्गको दायाँबायाँ सडक विस्तार भएमा त्यसमा आफ्नो बाधाविरोध नरहने बताउँछन् ।